~केशब थापा~
आफ्नै हातबाट
चिल्पिरहेछ
यो समय।
घामको पहिलो किरणले
हराएको शीतजस्तो
इन्द्रेणी रहर बोकेर
कहाँ उक्लन सक्नु
त्यो मनको सगरमाथा ?? Continue reading
~केशब थापा~
आफ्नै हातबाट
चिल्पिरहेछ
यो समय।
घामको पहिलो किरणले
हराएको शीतजस्तो
इन्द्रेणी रहर बोकेर
कहाँ उक्लन सक्नु
त्यो मनको सगरमाथा ?? Continue reading
~ललिता तामाङ~
बिहान ढिलो उठ्ने बानी कहिले नसुध्रिने भयो । यसै त जाडो महिना सुध्रिने त कुरै भएन अनि अफिस जाँदा जहिले हतारो ।
लौन यही बेला फोन बज्यो फेरि । ओ हो मोबाइल डाटा त अफ गर्नै पो बिर्सेंछु । नचिनेको नामबाट मेसेन्जरमा कल आयो ।
“हेलो ! हेलो दिदी नमस्ते ।”
“नमस्ते को बोल्नुभयो होला, मैले त चिनिनँ नि ।” Continue reading
~तुलसी चिन्तक भट्टराई~
निराश अनि दुःखी मन लिएर
सानो झिनो आशा लिएर बजारका
गल्ली गल्लीहरुमा भौतारिदै
हिडिरहेको छ एउटा बेरोजगार
भोको पेट, उदासी चेहरा, पुरानो
जुत्ता पुरानै छ लुगाहरु पनि
घाम बर्Èा सबै सहदै– अफिसका सूचनापाटी चहार्दै
कामको खोजीमा हिड्दैछ बेरोजगार Continue reading
~पञ्च विस्मृत~
दनदन बलिरहेछ आगो
दनदन, दनदन ।।।
फक्लक्क–फक्लक्क उप्किएर खस्दैछन्
खरानी हुँदैछन् आफ्नै आँखाअगाडि
आफ्नै अस्तित्वका अङ्ग–प्रत्यङ्ग
हे भगवानुको भावमा उभिएको छ
मूक समय ।
एक जोडा लाचार हात
जहाँ सन्ततिका तसबिरहरु छन्
लक्ष्य र उद्देश्यहरुले भरिएका एक जोडा आँखा Continue reading
~तारा पराजुली~
अरु त ठिकै छ
जसरी पनि धड्किरहेकै छ
दुस्खले चट्याङ हानेको छातीको वारि।
पोहोर साल ठूलो भुकम्प आयो
तपाईं खुब डराउनु भो
म अलि कम डराएँ
कारण तपाईं अलि धेर हल्लिनु भो
म अलि कम हल्लिएँ। Continue reading
~शालिकराम मुसाफिर~
बाध्यता र विवसताले सेरिएको मान्छे म
हत्कडि र काडे तारले घेरिएको मान्छे म ।
गुलाव हुदा साथ दिने हराएछन् आज कहाँ
बाँच्दा पनि ज्युदो लास भै बेरिएको मान्छे म । Continue reading
~अनु भट्टराई~
हिजो आज सुर न ताल गुन्गुनाउने धेरै देखें
गल्ली गल्ली चोक चोक भुन्भुनाउने धेरै देखें
गर्ने भन्दा चर्चा धेरै चौबाटो र दोबाटोमा
उथलपुथल बनाईकन सुम्सुम्याउने धेरै देखें Continue reading
~कात्यायन~
– मेरी ठूली हस्यांग-फस्यांग गर्दै आई | स्कूलको ड्रेस नै नफुकाली मलाई ग्वाम्ल्यांगै अंगालो मारी र अगाडि उड्नलाई तम्तयार भएको लगेजहरूलाई खल्लो आँखाले हेरी र स्याँ-स्याँ गर्दै भनी, – “बाबा! बाबा! फूलहरूलाई जत्ति धेरै हेर्यो त्यत्तिनै धेरै सुन्दर हुन्छन्’रे !”
– मैले छोरीको आँखामा नियाल्न सकिन |
– मसंग दुई विकल्पहरू रहेका थिए | विकल्प थियो, Continue reading
~निकेशराज पोखरेल~
आहा कति राम्रो सेतो हिमाल हाँसेको !
हिमालको फेदमा डाँफे मुनाल नाचेको !!
तराइ पहाड डाडा पाखा हरियो बनैमा !
चन्द्र सुर्य झण्डा मेरो बस्यो मनैमा !! Continue reading
~दीपक कुमार ज्ञवाली~
बयान हुन्छ सुन्दरता को सुन्दर,
कस्तो तिम्रो हिस्सी परेको मुहार
बत्तीस दन्त मिलाएका हारजस्ता
बारुलाको जस्तो सुन्दर कम्मर ।
हिडाई लचक लचक हात्ति समान
कति गरुँ तिम्रो सुन्दरताको बयान
गुन्जन्छ पाउजुको छम्छम् आवाज
ति बाहु सजीएको छ सुन्दर कंगन । Continue reading
~भेषराज रिजाल~
यो बाटो
कुल्चिएर
थिचिएर
दोबाटो चौबाटोमा बाँडिएर
कहीँ भीरमा ठोक्किएर
कहीँ खहरे खोल्साहरुमा लछारिएर
वर्षौँदेखि पछारिइरहेछ
यो बाटो हिँड्नेहरु
कहाँदेखि कहाँसम्म पुगे
यहीँ सदनदेखि सडकसम्मका Continue reading
~राशि पाण्डे~
उद्घोषकले माइक समात्दै सुरिलो स्वरमा चिच्याइन्, “आर यु रेडी ?” दर्शकहरूले ठूलो स्वरमा जवाफ फर्काए ! “यस ऽ ऽ ऽ”
उनले फेरि अझ ठूलो स्वरमा चिच्याइन, “आर यु रेडी ?” “यस वी आ’ ऽ ऽ ऽ ?” हल नै थर्कियो ।
“ले’स सो बिगिन्स् !” हलको बत्ती झ्याप्प निभ्यो । स्टेजको बीच फोकस लाइटमा एक अर्धनङ्ग्न युवती प्रकट भइन् । ताली र सुसेलीले हल थर्कियो । अर्केस्ट्राको मादक स्वर, रातो, नीलो, हरियो रङ्गबिरङ्गी प्रकाशको झिलिमिलिमा युवती पाखाको रहु माछाझैँ तड्पिन लागिन् । पाश्र्वमा मादक गीत बज्न लाग्योः
“आजको यो साँझ, पिइदेऊ सबै विषहरू, Continue reading
~कार्तिकेय घिमिरे ~
एकदिन कान्छी र म शहर घुम्न भनेर हिड्यौं । बाटोमा मैले थुप्रै अचम्मका दृश्यहरु देखें ।
एउटा केटो बाटोमा चकलेट खान लागेको थियो । उसले खाने चकलेट झिलिमिली कागजले बेरेको निकै राम्रो थियो । हेर्दा खेरी त्यो एकदमै मिठो होला जस्तो लाग्थ्यो । उसले त्यो कागज निकालेर चकलेट खायो । चकलेट बेरेको कागज आफ्नै खल्तीमा हाल्यो । मैले अचम्म मान्दै उसलाई हेरिरहें । ऊ सरासर केही पर पुग्यो । त्यहा सडकको एक छेउमा ‘फोहोर मलाईु भनेर लेखिएको भाडा थियो । त्यो भाडाको बिर्को खोलेर उसले चकलेटको खोल त्यही फालिदियो । यसरी मैले त्यो देशमा अन्य थुप्रै मान्छेहरु पनि देखें । जसले बाटोमा हिड्दा हिड्दै चकलेट, केरा, मकै, सुन्तला जस्ता धेरै खानेकुरा खा“दारहेछन् । तर फोहोर पनि फोहोर फाल्ने ठाउ“मा आफैंले लगेर फाल्दा रहेछन् । त्यसैले गर्दा उनीहरुको सडक एकदमै सफा थियो । हेर्दै आनन्द लाग्ने । Continue reading
~रन्जु ‘मार्ग’~
अचानक,
मेरो पोस्टबक्समा
यस्तो पत्र आयो
पत्रमा लेखिएको थियो
प्यारी साथी,
सायद, तिमीले बुझ्छयौ होला मेरो पिडा!
उमेरले हामी धेरै फरक छौं …
तिमी भर्खरकी छौ,
म बुढी भै सकें…
मलाई थाहा छ –
तिमी मलाई बुझ्छयौ, Continue reading
~सन्तोष चिमरिया~
झोला बोकेर उड्नु अघि उसले एउटा चिटिक्क परेको सानो घर बनाएर बाउआमालाई सार्यो । रिन त उसले गएको ३ महिनामै ब्याज सहित तिरिसकेकै थियो त्यसमाथी आमालाई अलिकति” पकेट मनि” पठाईदियो । आमा खर्च त गर्दिन थिईन तर पुरानो मखमली थैलिमा पाँच हजार दाम बोक्न पाए बिछ्ट्टै खुशी हुन्थिन भन्ने उसलाई थाहा थियो ।
गएको छैटौं महिनामा सर सापटी गरेरै भएपनि बैनीको बिहाको लागि नब्बे हजार दाम एकमुष्ट पठायो । असारमा खेती खर्च भनेर दस हजार पठायो । असोज सम्ममा सापटी तिरिसकेर पनि दशैलाई पन्द्र हजार खर्च पठायो । मंसिरमा साथी छुट्टी जाँदा नयाँ ज्वाँईलाई सामसुङ मोबाइल, बालाई घडी, आमालाई होल्यान्डको लुङी पठाईदियो । Continue reading
~राम श्रेष्ठ~
चम्किलो त्यो सूर्यको किरण,
फेरि अन्धकार रातमा हराउन पुग्छ,
अनकन्टार त्यो कहालि लाग्दो दहमा,
निर्मल यि भावनाहरु डुब्न पुग्छ,
कठैबरा यि भावनाहरु चर्किन खोज्छ,
यि मनहरु त्यसै-त्यसै अतालिन पुग्छ, Continue reading
~देबकी के सी~
धेरै वर्षपछि आज आज अचानक भेट हुँदा कृष्ण र कुमार असाध्यै खुसी भए। अप्रत्यासित भेटले उनीहरुको मानसपटलमा बाल्यकाल चल्मलाउन थाले।बाल्यकालको साथी कृष्ण अमेरिकाबाट पिएचडी सकेर विश्वविद्यालयमा प्राध्यापक भएको खबर सुनेर कुमारका आँखा खुसीले रसाए।‘घरपरिवारको बोझले थिचिएर धेरै पढ्न सकिनँ’, कुमारले कृष्णसँग दुखेसो पोख्यो, ‘म त कृषक पो भएर बसेको छु।’
काम सानो ठूलो हुँदैन भनेर कृष्णले सम्झायो। दुवैले बाल्यकालका सम्झनामा डुबुल्की मार्न थाले। खोलामा पौडी खेलेको, माछा मारेको क्षण सम्झे। एकदिन पौ Continue reading
~पूर्णिमा प्रतिबिम्ब~
“प्रेम” कतै अदृष्य,, त्याे मिठासमा राखिएको छ !
भम्ररालाई जाल प्रत्येक फुलको सुवासमा राखिएको छ !
नकिनुन्जेल किताब , पानी पार्थे जस्तो लाग्छ
किनेको दिन हेरेपछि बाकासमा राखिएको छ ! Continue reading
~समाश्री~
यो देश
जहाँ हरेकले हरेक दिन
बांगो रुख हेरेर आफ्नो गर्दन छाम्छ भने
कसले भन्यो जंगबहादुर मर्यो भनेर
यो देश
जहाँ हरेकले हरेक दिन
नाना माना र छाना बक्सिस माग्छ भने
कसले भन्यो जंगबहादुर मर्यो भनेर Continue reading
~नवीन अनुपम रावत~
तिम्रो र मेरो भेट नभएको पनि
बर्षौं बितेछ । आजकै दिन पोहोर सालको
भ्यालेन्टाइनमा हामी पहिलोपटक भेटेका थियौं
हेर त म एक बर्ष पुरानो भएर
फेरि तिमी समक्ष यी खाली हात लिएर
हाजिर भएको छु ।
हुन त तिमीले मलाई बिर्स्यौं होला
तर मैले तिमीलाई भूल्न सकेको छैन
किनकी तिमीले मेरी ठुली र म बीचको सम्बन्ध प्रगाढ
बनाईदिएका थियौं, अझ भनौं उनी र म अहिले माछा र Continue reading
~अनुप जोशी~
गोविन्द केसी मृत्युशैयामा हाम्रो स्वास्थ्यको लागि लडिरहँदा
हामी ‘माइली साइरस’ र ‘निक्की मिनाज’का नग्न गीतहरुमा हराइरहेका छौं
तर एकदिन यस्तो त दिन आउनेछ
जब हाम्रो मगजमा गोविन्द केसीमात्रै याद आउनेछन्
जब पैसा नभएर ज्यूँदो लास अस्पतालको ढोकाबाट फर्कनेछ
गोविन्द केसी
तिमी याद आउनेछौ
जब सानो अपरेसन गर्दा आफन्तको अकालमै ज्यान जानेछ Continue reading
~मनीषा अवस्थी~
‘हरेक दिनहरू अप्रत्यक्ष पाठशाला रहेछन्, आखिर भोक लागेको अनुभूति पेटभरी खाएर सुतेकालाई थाहा नहुँदो रहेछ ।’
अठार वर्षकी युवतीको यो जवाफले म अवाक् भएँ । रत्नपार्कको पश्चिमपट्टिको कुनामा भेटिएकी ती युवतीले एक दिन सुनाएकी थिइन् यो कथन । ‘लता’ नामकी ती युवतीले आफू सोह्र वर्षकी हुँदादेखि नै त्यही रत्नपार्कको पश्चिमी कुनालाई आफ्नो दैनिकी थेग्ने स्थान बनाएकी रहिछन् ।
काठमाडौं रिङ्गरोडभित्रको अति अस्तव्यस्त तेइस नम्बर रुटमा स–साना माइक्रो अधिकांश समय यात्रुको ठेलमठेलमै चल्छन् । त्यही ठेलमठेल माइक्रोमा ठमेल छेउको सोह्रखुट्टे चोकबाट एक यात्रु बनी म पनि कोचिएँ । सोमबारको दिन थियो । अपराह्नको तीन बजेको हुँदो हो । ट्राफिक जामले दश मिनेटको बाटो सोह्रखुट्टेबाट जमल पुग्दा पौने चार बजिसकेको थियो ।
जमलमा झरेर गोजीबाट मोबाइल निकाल्दै सोचें, Continue reading
~राजेन्द्र शलभ~
जब अचानक तिमी
मेरो अंगालोमा कस्सिएर रुन थाल्यौं
मैले केही सोच्नै सकिनँ ।
मैले केही गर्नै सकिनँ
कुनै पुरानो घाऊ बल्झियो कि
अतीतको कुनै पल याद आयो कि
मेरै कुनै कुराले दुख्यो कि
बुझ्नै सकिनँ मैले । Continue reading
~अविनाश श्रेष्ठ~
हामी मलेसियाको राजधानी क्वालालम्पुरबाट सिङ्गापुर हुँदै ब्रुनाई जाने भएका थियौँ । स्थानीय समय अनुसार राती ११ बजे क्वालालम्पुरको सेन्ट्रल रेल्वे स्टेसनबाट ट्रेन छुट्ने रहेछ । म र मुरारी सुटकेस अनि ब्यागमा छिटोछिटो सामान राख्दै थियौँ । चन्द्र ढकाल हामी दुवैलाई सघाउँदै हुनुहुन्थ्यो । नारायण मैनालीजीले चिनजान गराउनुभएको चिनियाँ व्यापारी बूढो लिउ कङ् हामीलाई स्टेसन पुर्याउन समयमै गाडी लिएर आइपुग्नुभयो । बाहिर मुसलधारे पानी दर्किरहेको थियो । तर, हामीलाई यात्रामा निस्कनु नै थियो । मलेसियामा हामीलाई आफ्नो अपार्टमेन्टमा १३/१३ दिनसम्म राखेर न्यानो आतिथ्य प्रदान गर्ने सहृदयी मित्र चन्द्र ढकालसँग बिदाबारी हुँदा Continue reading
~मञ्जुल~
मन्दिर बनायौ तिमीले
बिहानीका
दिनका
साँझका-उसले भन्यो
मन्दिर बनायौ तिमीले Continue reading
~पुरुषोत्तम सुवेदी~
आँखामा जुन उन्माद छ
सपनाको उज्यालो फ्रेममा
त्यो निद्राबाट रूपान्तरित होइन
जीवनबाट निःसृत जीवन नै हो
जसका लागि लड्यौँ हामीहरू
उज्यालो युद्धको निरन्तरता ।
कहिले घामपानी देखियो इन्द्रेनीसाथ Continue reading
~मञ्जु काँचुली~
वृक्षले आफ्नो घाँटी तन्काएर
आफ्ना सन्तान हाँगा र पातहरूलाई
माथिमाथि हेरिरहेछ
धरतीका गोरेटोले पनि आहपना घाँटी तन्काएरै
बिदेसिँदै गएका आफ्नासन्तानलाई
परपरसम्म हेरिरहेछ
सन्तानले निरन्तर बास छाडेर जाने क्रम दिनदिनै बढिरहेछ Continue reading
आमा हुन साह्रै असजिलो छ
पहाड जस्तो
उचाइमा पुगेर मैदान भैदिनु पर्ने
मैदानमा पुगेर उकालो भैदिनु पर्ने
सन्तानहरु कहाँ पुग्छन् Continue reading
~डा. बेञ्जु शर्मा~
कैयौँ वर्षअघिदेखि
मेरो कोठामा
झुन्ड्याइएको थोत्रो तस्बिर
कीरा–मुसाले खाइसकेको
झम्पाट तस्बिर
बानी परेको आँखाले मात्र
ठम्याउन सक्ने
एउटा थोत्रो आकार
ठिङ्ग उभिइरहेको तस्बिर Continue reading
~अशेष मल्ल~
घाँसकोपहाड पिठ्यूँमा छ
घाम अस्ताउन लागेको छ
र उक्लिरहेकी छे उकालो
नाम सोध्दा ‘थाहा छैन’ भन्छे
परिचय हराएकी
आफैदेखि टाढा
बिनामूल्य जीवन बाँचेकी
को होली ऊ ? Continue reading
~इन्दिरा प्रसाई~
ती टापका आवाजहरू
सुदूर कतै
हो कि होइन जस्तो
फर्कन पनि सकेनन्
अन्ततः हराए कि ?
त्यस दिन पनि
हजुरआमाले हालेको कथा
सार्थक
साँच्चिकै सार्थक भएझैँ Continue reading