कविता : कमिलाहरुको मृत्यु

~बिमल गुरुङ~bimal-gurung

रुख
त्यस रुख
रोगको प्रारम्भिक छडीले
स्पर्श गरेको थियो जसलाई,
त्यस बखतदेखि
जुन बेला
लगातार मृत्यु भइरहेको थियो कमिलाहरुको
टाउको भारी भएर
हातमा-खुट्टामा-औंलाहरुमा
र पाखुराहरुमा गोलीका दानाहरु
हुत्याएर के हुन्छ ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

युगल गीत : तिमीले कैदी बनायौ

~नवराज पोखरेल ‘पाखेली’~

केटा: तिमीले कैदी बनायौ मलाइ तिम्रो मायामा कैदी बनायौ
केटि: तिमीले बन्दि बनायौ मलाइ तिम्रो मायामा बन्दि बनायौ

केटा: नलाग्छ भोक नलाग्छ निन्द्रा भा’को छु बेचैन
केटि: खटपटी हुन्छ यादले सताउछ के भा’को भनन Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्रष्टा परिचय : रूप-रसिक कवि कटुवाल

~अविनाश श्रेष्ठ~

कवि हरभिक्त कटुवाल २०२४ सालमा झापामा आयोजित द्वितीय राष्ट्रव्यापी साहित्य सम्मेलनमा भाग लिन पहिलोपटक भारत, असमबाट नेपाल आएका थिए । कटुवालको कवितापाठ गर्ने अद्भुत कलाले गर्दा साहित्य सम्मेलनमा आएका साहित्यकारहरूमाझ रातारात उनी चर्चित बन्न पुगे । कवि केदारमान व्यथितको पहलमा कवि कटुवाललाई त्यसै सम्मेलनमा विशिष्ट कवितापाठका निम्ति ‘स्वर्णपदक’ दिइयो । स्वर्णपदक पाएर हस्केका हरभिक्तले तिनताक राजा महेन्द्रका विश्वासपात्र व्यथितसित आफू नेपालमा आई साहित्यसेवा गर्न इच्छुक रहेको खुलासा गर्दै बिन्ती बिसाएपछि ‘एक वर्षपछि आउनू, म केही गरौँला’ भन्ने आश्वासन पाए । नभन्दै एक वर्षपछि नै हरभिक्त कटुवाल टुप्लुक्क काठमाडौँ आइपुगे । तर, उनी एक्लै थिएनन्, उनले आफूसँग लिएर आएका थिए एउटी भर्खरकी कलकलाउँदी युवती- उदीयमान गायिका, नर्तकी, अभिनेत्री । कवि हरभिक्त कटुवालको व्यवहारमा रहेको विचित्रता यसै घटनाबाट अनुमान लगाउन सकिन्छ, उनले असमको जागिर सधैँका लागि छोडी, काठमाडौँ बसाइँ सरेर आउँदा आफ्नी जीवनसङ्गिनी र चार-चार जना लालाबालालाई साथमा नल्याई अरू नै कसैलाई लिएर आएका थिए । Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : सङ्गीतकार

~जीवन आचार्य~

धुनहरू अभिमञ्चित गरेर पर्दाहरूभित्र
म पर्दा उघ्रने प्रतीक्षामा बसेको छु
पर्दा उघ्रँदैन,
पर्दा ढिलोसम्म नउघ्रिएकोमा उद्घोषण हुन्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटोखनी जाने सहिदहरू

~कृष्णभुषण बल~Krishna Bhushan Bal

बादलहरू च्यातेर घाम निकाले हाम्रा सहिदहरूले
तर त्यो घाम उनीहरूका सपनामा कहिल्यै लाग्न सकेन
तुवाँलाहरू फटाएर सिङ्गै आकाश दिए हाम्रा सहिदहरूले
तर त्यो आकाश उनीहरूको भविष्यले कहिल्यै भेट्न सकेन । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नीला फूल र पहेँला पातहरू

~कणाद महर्षि~Kanad Maharshi_1

आकाश मन पर्छ, मलाई सागर मन पर्छ
मन पर्छ मलाई किनभने
मन–मन उड्न, मन–मन डुब्न पाइन्छ

मन डुबेको कति मनलाग्दो हुन्छ, नीलो समुद्रमा
मन उडेको कति मनमोहक हुन्छ, नीलो आकाशमा

मलाई समुद्र मन पर्छ, मलाई आकाश मन पर्छ
किनभने त्यो नीलो हुन्छ, नीलो मलाई मन पर्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : रेडीयो

~बाबुराम पन्थी ‘गुल्मेली’Baburam Panthee Gulmeli~

कार्तिक महिना दोपहरको समय । न गर्मी न त चिसोको अनुभूती । दाजुभाई भित्र मौरो परेकोले क्रियापुत्री लाई भेट्न पँधेरामा पुग्दा थुप्रै दाजुभाई नाता गोताहरूको जमघट थियो । सायद छठ पर्वको सार्वजनिक विदाको दिन भएकोले पनी दाजुभाई विचको यो उपस्थिती संभव भएको थियो होला । मानौ यो कुनै मातम भन्दा पनी मेला लागे जस्तै थियो । हामी पन्थीहरूको बाहुल्य बस्ती भएको प्राकृतिक सौन्दर्यले सजिएको तम्घास नगरीमा ।

समय व्यतित गर्नको लागी समुह समुहमा विभाजित भएर कोही समसामयिक राजनिति माथी आफ्ना विष्लेषण त कोही आसन्न हुन गैरहेको गणतान्त्रिक नेपालको पहिलो केन्द्रिय र संघिय निर्वाचनका संभावित उमेद्वारहरूको चर्चा गर्दै थिए भने कोही सुन्दर नगरी तम्घासको शिर तपोभूमी रेसुड्गा लाई पर्यटकिय स्थलको रूपमा विकास गर्नको लागी यो वा त्यो गर्नु पर्छ भन्ने छलफलमा थिए । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : मान्छेलाई देखूँ

~दिनेश अधिकारी~Dinesh Adhikari

उकालीमा चढे पनि मान्छेलाई देखूँ
झर्दा पनि ओरालीमा मान्छेलाई भेटूँ
हँसाए नि, रुवाए नि, लगाए नि घाउ
मान्छेभन्दा टाढा हजुर ! छैन जाने ठाउँ

थोपाथोपा आँसुसँगै खसेको छ मान्छे
देउताभन्दा नजिक भै बसेको छ मान्छे Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मेरो टोपी कविताले लगाउँछ

~मञ्जुल~manjul

मेरो टोपी
कहिलेकाहीँ दराजले लगाउँछ
कहिलेकाहीँ बाकसले
कहिलेकाहीँ गलैँचाले लगाउँछ
कहिलेकाहीँ गिटारले
कहिलेकाहीँ कुर्सीले लगाउँछ
कहिलेकाहीँ पर्खालले
Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : वृद्धआश्रम

~सरला अर्याल~

काममा व्यस्त थिए । फोनमा घण्टी बज्यो , हेर्ने फुर्सद थिएन ।लगातार घण्टी बजे पछी हेरे मेरै साथी सन्दीपको रहेछ । यसै गरेको होला उसले , अली फुर्सदमा कलब्याक गर्छु , ऊ संग सधै लामो कुरा हुन्छ भन्दै फ़ोन उठाईन । फेरी कल आयो , फ़ोन उठाउदै उसलाई केही नसोधी मै मात्र बोले सन्दीप म काममा असाध्य व्यस्त छु ,फुर्सद हुने बित्तीकै म आफै कल गर्छु नी भन्दै उसको कुरा नसुनी कल काटी दिए ।

तुरुन्तै फेरी उसैको कल आयो ,रिसीब गर्दै भने अ.. भन किन कल गरीरहेको ? उ अली ठुलो स्वरमा बोल्यो वाह .. सरोज तेरो के पारा हो ? मैले जवाफमा भने सरी यार ,काममा निकै व्यस्त भएर फ़ोन नउठाएको । त आख़ीर मेरै साथी त होस नी म साँझ घरमा पुगे पछि कल गर्छु नी । होईन सरोज कुरा निकै गम्भी Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : चन्द्रमा तिमी बनिरहू

~बच्चु कैलाश~

चन्द्रमा तिमी बनिरहू
जिन्दगीभर म जून बनूँला
हृदयमा मेरो तिमी रहे
ढुकढकी भई म धड्किरहूँला । Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : जुनु म्याडम

~होतराज पौडेल~

सबैले पर्रर्रर्र… ताली बजाए । जुनु म्याडमको प्रस्ताव सर्वसम्मतले पारित भयो । सिडियो सापले आफ्नो अध्यक्षतामा सम्पन्न कार्यक्रमको समापन भएको घोषणा गरे । आजको कार्यक्रमको उद्देश्य थियो, बाल तथा महिला हिंसाविरुद्धको अभियानलाई जिल्लास्तरमा सशक्त बनाउने । यो कार्यक्रमको प्रायोजन जुनु म्याडमको गैरसरकारी संस्थाले गरेको थियो । जसमा जिल्लाका सबै सरोकारवालाहरुको उल्लेख्य उपस्थिति भयो ।

यस बैठकको निर्णयअनुसार भोलिदेखि नै तीनवटा टोली गठन गरेर जिल्लाभरि खटाउने र घरेलु हिंसामा परेका बालबालिका तथा महिलालाई उद्धार गर्ने भनिएकोले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : अग्लो घरको प्रतिष्ठा

~आचार्य प्रभा~acharya Prabha

भूकम्प गएको केही दिनपश्चात पाँच–छ जना महिला एकआपसमा कुरा गरिरहेका थिए– त्यही गएको भूकम्पबारे नै ।

पहिलो महिला– ‘आम्मामा मेरो त सातो नै उड्यो । म त सास न बास गुजुल्टो परेर कोठामै बसिछु । भरै पो होस् आयो । घर नै लडेको भए मेरो के हालत हुन्थ्यो ? भनेर ।’

दोस्री महिला– ‘मलाई त केही भन्न आएन । एकैचोटी राम राम भन्न मात्र आएछ ।’ Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

Translated Poem : Song of the Slaves

~Gopal Prasad Rimal~
Translated by Yuyutsu Sharma

Our ponds of inertia are dear to us.
Our pride in preserving the ponds is dear to us.

Who are you to tarnish
glorious pinpoints of our pride?

In here we love the clouds of our confusion.
In here our indecision is dear to us. Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा : एक्लो यात्री

~सरु पेखरेल~Saru Pokharel

बर्षौपछी आज यो बाटो हिडेको उ |बाटोका दृश्यहरु फेरिएका छन्|हुन त उसको मन पनि फेरिएको छ |उसलाई यताबाट जाँदा नौलो लागथ्यो, अहिले फर्किदा नौलो भैरहेको छ| बाटोका छेउछाउका घरहरु,रुखहरु पुलपुलेसाहरू कुनै थोत्रिएका छन्,कुनै नया बनेका छन्|जमिनको आयतन खुम्चिएको छ,खाली ठाउँ भरिएकाछन्|भरिएका ठाउहरु अझै अग्लिएका छन् |

उ यतिखेर फर्किरहेको छ आफ्नो जन्मथलोमा |उसले यो बाटो पहिलो पटक हिंडेको सम्झिन्छ|बिकट गाउँमा जन्मेको मान्छे उ |मोटर देखन पनि एक दिनको पैदल बाटो हिंड्नु पर्थ्यो |उसले सातौं कक्षा पास गर्ने बेलासम्म मोटर र मोटरबाटो देखेको थिएन |आठौँ कक्षामा पुगेपछि फुपुको पछी लागेर सदरमुकाम झरेको थियो |कच्ची बाटोमा घंद्र्यंग घुन्द्रुंग मोटर गुडेको पहिलो पटक देख्दा अर्कै संसारमा उभिएको जस्तो लागेको थियो उसलाई Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : छोड्न मन लागोस

~निर्मला अवस्थी~Nirmala Awasthi_1

आफै ठूलो हुने बानी छोड्न मन लागोस
घात गर्ने अहम् पनि तोड्न मन लागोस।।

तेरो मेरो भनी सधै भाग भण्डा गर्ने
साघुरो यो मनलाई मोड्न मन लागोस ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : देश र क्रसफायरिङ्ग

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

उहिले उहिले
पेन्सन पकाएर फर्किएको
लाहुरेले
आफ्नो स्मृति कथा सुनाउदा
क्रसफायरिङ्गका कुरा गर्थे
हामी केटाकेटी
रोमाञ्चक भएर सुन्थ्यौ
र सोध्थ्यौ
क्रसफायरिङ्ग भनेको के हो ? Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अलबिदा महम्मद अली

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

सद्भाव र सदाचारको खेलमा
क्यासिस क्ले भएर खेल्यौ
अनगिन्ती खेलहरुमा विजय हासिल ग¥यौ
तर कट्टर रंगभेदीहरुको नजरमा
क्यासिस क्लेलाई हेर्ने आँखामा परिवर्तन आएन
शोषणको श्रृंखला यथावतै रहयो
तिम्रो जीतले Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सोचको भूकम्प र परकम्पन

~प्रणिका कोयु~pranika-koyu

कोही घर र पहराहरुसँगै ढले
कोही सडक र गराहरुजस्तै चिरिए
कोही डरसँग साहस साटी उत्रे
सुस्केरालाई सुसेलीमा बदल्न
तिमीले चाही के गर्यौ?
ए छाँया भन त तिमीले के गर्यौ?

ए छाँया तिमीले सोच्यौ
आँशु बगाइदिने हो अझै
झुत्रे बनाइदिने हो अझै
हाम्रो आवाजलाई तिरस्कार गर्दै Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : तिमीले

~कुन्दन काफ्ले~

वैशालु नजरको पासोमा पारी, कायल बनायौ लजाई तिमीले ।
म भोको मायाको के नै गर्न सक्थें, बादल बनायौ गलाई तिमीले ।
प्रेममा अन्धो भएर गएसी, घायल बनायौ रमाई तिमीले । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : एली सुब्बा

~दिनेश कोइराला~

यो कथा एली सुब्बाको कथा होइन । यो नाकचुच्चेको कथामा एली सुब्बा यसरी आएर ठोक्किई, मानौं यो उसकै कथा हो । मुख्य पात्र भएर पनि नाकचुच्चे कथामा कता कता हराउँछ । पछाडि पर्छ । हुन त ऊ जिन्दगीभर नै कहाँ पो अगाडि भयो र ?

कक्षा एक । पालेले बजाएको टि ..नि.. नि.. – ट्याङ–ट्याङ घण्टीसँगै दोस्रो पिरियड सुरु भयो । दबङ फिल्मका चुलबुल पाण्डेझैंं नेपाली गुरु विजय सरको प्रवेशसँगै कक्षामा चरोमुसो केहीको पनि आवाज सुनिन छाड्यो । भुराहरु सबैले किताब पल्टाए । विजय सरको कक्षा सुरु भयो ।

    “नाकचुच्चे ए..ए..ए.. च..” धोत्रो स्वरमा विजय सरले डल्लीलाई भने “हेर् डल्ली यी यो पिताम्बरको चुच्चेनाक जस्तो च ।” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पुस्तक समीक्षा : बिसे नगर्चीको खोजीबारे केही कुरा

~आर. आर. चौलागाईं~

केशव श्रेष्ठ ‘ज्योति’ (हालः केशव श्रेष्ठ) मेरा अभिन्न मित्र हुन् । कुनै बेला हेटौँडामा हाम्रो साहित्यिक जोडी एउटा उदाहरणीय जोडी थियो । जहाँ ‘ज्योति’, त्यहाँ आर। आर। । अनि जहाँ आर। आर। त्यहाँ ‘ज्योति’ । हामी दुवै साहित्य सङ्गम मकवानपुरका संस्थापक पनि हौँ । अधिकांश साहित्यिक प्रतियोगितामा म प्रथम भए उनी व्दितीय अथवा तृतीय हुन्थे अनि उनी प्रथम भए म व्दितीय अथवा तृतीय हुन्थेँ । गजबको थियो हाम्रो जोडी र हाम्रो मित्रता । समयक्रममा आ-आफ्ना कामले गर्दा उनी र म भौतिक रूपमा टाढा भए पनि मिलेसम्म र भ्याएसम्म हाम्रो भेट हुन्थ्यो । अहिले पनि कहिलेकाहीँ भेट हुन्छ । नत्र फोन, मोबाइल र नेटमा कुरा भइरहन्छ ।

यिनी कविता साह्रै मिठा लेख्छन् । मनै छुने । र वाचन पनि त्यत्तिकै राम्रोसँग गर्छन् । कथा पनि त्यस्तै मिठा लेख्छन् । निबन्ध पनि त्यस्तै सुन्दर र कलात्मक कोर्छन् । उपन्यास लेखेर पनि यिनले नाम कमाए । यिनले दुःखले पढे, उच्च शिक्षा हासिल गरे र आफ्नो व्यक्तित्वलाई माथि उठाए । यिनले गरेको मेहनत र जाँगरको अगाडि म जहिले पनि नतमस्तक हुन्थेँ र अहिले पनि हुने गरेको छु । उनको यही मेहनत, जाँगर र इमान्दारीको कारणले गर्दा हाल यिनी सेभ द चिल्ड्रेन नेपालजस्तो बहुचर्चित र गरीमामय संस्थाको वरिष्ठ निर्देशक पदमा कार्यरत Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कथा : फेरिएको साइनो

~सुरेश राउत~

नभेटूँ भन्छुु, नदेखूँ भन्छुु तर पनि त्यहीँ पुुग्छुु सधैँ । के गर्नु समयको खेला हो । समयले मसँग खेल्यो । मेरो परिवारसँग खेल्यो । के हो त्यो, को हो त्यो मलाई थाहा छैन । थाहा पाउन पनि चाहँदिन, जसबाट मेरो परिवार बिछोडियो । एकै झड्कामा को कहाँ को कहाँ सबै तितरबितर भयो । बस् म यहाँ भएँ मेरो बाबा सम्हालिनुुभयो । अहिले म बाबाको साथमा छुु, तर पनि त्यो अभाव सधैँ खट्किरहनेछ । त्यो छायाले सधैँ पछ्याइरहेछ, बाटोभर अरुको आमाछोरा, आमाछोरी हिँडेको देख्छुु, बोलेको देख्छुु । मुुटुु पोल्छ । मेरी आमा हाम्रो साथमा भइदिएको भए ……..!

यो त्यही चोक हो, जसले मलाई प्रत्येकपल्ट १० वर्षअगाडि धकेलिदिन्छ, १० वर्षअघिको पीडा सम्झाइदिन्छ, अनायासै आँखाबाट आँशु बग्छ । आमाको मन कति नरम हुुन्छ, कति फराकिलो हुन्छ भन्थे । पछि के होला मलाई थाहा छैन तर आजसम्मको घटना हेर्दा मलाई लाग्यो त्यो इतिहासमा मात्र हुुने रहेछ । मेरो हकमा त्यो भएन, अरु केहीको हकमा पनि त्यो नभएको हुुनसक्छ । तर कसैलाई पनि यस्तो नहोस्, जुुन मेरो परिवारमा भयो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : मुक्तिनाथ यात्राका चीरस्मृत सम्झनाहरू

~भेषराज रिजाल~

वि.सं. २०५५ साल भदौ महिनाको अन्तिमसाता आमा, बुवा र म मुक्तिनाथ यात्रामा निस्कियौँ ।

हामी पुर्ख्यौली थलो पर्वतबाट कुश्मा, बेनी, गलेश्वर, घाँसा, लेते, टुकुचे, जोमसोम, कागबेनी हुँदै मुक्तिनाथ पुगेर आठौंदिनका दिन घर फर्किएका थियौँ । चारदशक लामो जीवन यात्रा पार गर्नै लाग्दा आठदिने यात्राका ती रोमाञ्‍चक पलहरू अविस्मरणीय बनेर मन मुटुमा सजिएका छन् ।

ज्ञादीको समथर फाँट हिँडेर मोदीखोला तर्दै कुश्मा उक्लँदा सूर्य मध्याकासमा पुगिसकेको थियो । कुश्माबाट मोटर चढी झण्डै दशकिलोमिटर दूरीमा रहेको मालढुङ्गा पुगेपछि बेनीका लागि केहीबेर गाडी पर्खनुपर्यो । काठमाडौं, पोखरा, कुश्मातर्फबाट आउने यात्रुहरू बेनी पुग्नका लागि दुईवटा बाटा छन् । एउटा बाटो कालीगण्डकीको पुल तरी बागलुङबजार हुँदै बागलुङ जिल्ला र म्याग्दी जिल्लाका केही गाउँहरू पार गर्दै बेनी पुग्छ भने अर्को बाटो कालीगण्डकीको किनारैकिनार पर्वत जिल्लाका पाङ, नाङलिवाङ, माझफाँटका भू-भाग हुँदै अगाडि बढ्छ । हामीले दोस्रो बाटो समात्यौँ । Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : मेरा कलम र युरोपका देशहरु

~मनीषा अवस्थी~

म भोकै छु
हिजो र अस्ती देखि नै
जानी जानी आफैलाई
सास्ती दिने अनौठो रहर जागेको छ ।

हो म चिन्तनमा छु
त्यो दिन देखि
जुन दिन मैले थाहा पाएँ
मेरा कलमहरु कमजोर भएको
मेरो देशमा छरपष्ट मेरा कलमहरुले
बिरहका कमजोर धुन बजाएको । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पित्कासन

~शरद पाैडेल~

अटेन्छेन (एटन्सन)
ठन्डेईच (स्ट्यान्ड इजी)
एक कदम अागे
मारकस तरफ ।
दाे कदम अागे
साेसलिष्ट तरफ ।
बट, नाे काेइसन्स ।

अाधा घुम्
लेनिन तरफ ।
अाै पूरा घुम्
ख्रुस्चेव तरफ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : दोधार

~सिर्जन अविरल~

कमरेड !
आज तपाईँकै चुनाव चिह्न बोकेर
अपरिचित झैँ उभिएको छु, आफ्नै द्वारमा

खालि गोडा डुलिरहेको छु गाउँगाउँ
बाँडिरहेछु तपाईँकै सपना
र,
लेखिरहेको छु तपाईंको नारा
बोल्दै हिँडेको छु, तपाईंको भाषा
तपाईंको गाडीले उडाउँदै आएको धूलोले Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : स्कूले साथी

~वैकुण्ठ ढकाल~

फेसबुकको ईनबक्समा कल मि ९८४१…… । सन्देश रहेछ । नाम थर हेरें । चिनिन । प्रोफाईल पिक्चरमा गएपछि, घाम जस्तै छर्लङ भएँ । स्कूले साथी रहिछन । माबिसम्म संगै पढेको, सेक्सन फरक भए पनि ।

एउटै कक्षा हो भन्ने भने थाहा छ । तर राम्ररी घुलमिल भएको हैन् ।

बिद्यालय जीबनमा केटीसाथीहरुसंग बोल्न, हाँस्न, खेल्न बर्जित त थिएन । तर खै म गर्लफोबियाबाट ग्रस्थ थिएँ कि, बोल्ने आँट आएन । सामान्य औपचारिकता पूरा गर्नेभन्दा बढि कुराकानी उनीसंग पनि भएन बिद्यालय जीबन भरी नै । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बुबाको जुत्ता

~नारायण पोखरेल~

धेरै रिसाएर म घरबाट निक्लिएको थिएँ
यति रिस थियो कि गल्तिले मैले बुबा को जुत्ता लिएर हिँडेको थिएँ ।
म आज बस् घर छोडिदिन्छु ,
र तब फर्कन्छु जब म ठुलो मान्छे बन्छु ।
जब मोटरसाईकल किन्न सक्दैनन् त किन ईन्जिनीयर बनाउने सपना देख्नु ?
आज मैले बुबाको पर्श पनि लिएर आएको थिएँ ।
जुन पर्शलाई बुबाले कसैको हात पनि लगाउन दिनुहुदैन । Continue reading

Posted in कविता | Tagged | Leave a comment

नेपाली गीत : रेशम कीरा

~हरिहर तिमिल्सिना~

रेशम कीराजस्तै भयो जिन्दगीको चाल
जाल बुन्छु भन्नु मात्रै बुन्नु रै’ छ काल ।

मेरा लागि बराबरी दिनरातहरू
बाटेको छु धागोहरू खाँदै घातहरू Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बिलासी मन

~यशोदा अधिकारी~Yasoda Adhikari

वास्तविकता नबुझने मान्छ
लाटोकोसेरो जस्त
पीडाले छट्पटाउँछ
समयलाई नबुझने मान्छ
विना औचित्य
झयाउँकिरीजस्तै चिच्याउछ
अँध्यारोलाई उज्यालोमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बाडेका भट्मासहरु र उमेशका सपना।।।

~राजिव घिमिरे~

उहि दुब्लो पातलो चेहेडा, उडिरहेको कपाल र खैनि मोलिरहने हात । उमेश जस्ताको त्यस्तै लाग्यो, लामो अन्तराल पछि पनि । हंसाइ पनि पुरानै रहेछ । ‘यो डबल मजा धेरै न खा साले, गतिलो चिज होइन, क्यान्सर भएर मर्लास’ उ मलाई सम्झाउंदै थियो । म खाटमा ढल्केको थिंए । मैलो गलबन्दि र चिसोको खोकी । हिन्दी रिमिक्स, बिकाजि भुजिया, सेलाएका भटमास, ओछ्याएको कान्तिपुर र रोयल स्टेग । हाम्रो भेट यस्तै माहोलमा जुरेको थियो । हामी रक्सि र बिगतमा झुमेका थियौं । हाम्रो भेट अनौठो किसिम ले भएको थियो त्यो दिन । ‘भटमासमा लसुन हाल है, साउनि”’ उ हरि लाई जिस्काउँदै थियो । ‘अनि के हो तं त जागिरे भइछस, खुब कमाएको होलास है ।‘ हांस्दै सोध्यो । मैले हो कमाएको छ, राख्ने ठाऊ नभएर बाकस किन्न हिडेको भने । दुबै जना हांसियो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment