Tag Archives: R R Chaulagain

पुस्तक समीक्षा : बिसे नगर्चीको खोजीबारे केही कुरा

~आर. आर. चौलागाईं~ केशव श्रेष्ठ ‘ज्योति’ (हालः केशव श्रेष्ठ) मेरा अभिन्न मित्र हुन् । कुनै बेला हेटौँडामा हाम्रो साहित्यिक जोडी एउटा उदाहरणीय जोडी थियो । जहाँ ‘ज्योति’, त्यहाँ आर। आर। । अनि जहाँ आर। आर। त्यहाँ ‘ज्योति’ । हामी दुवै … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : मेरो कवितामा नारा छ

~आर. आर. चौलागाईं~ हो, तिमीले ठिक भन्यौ साथी ! तिम्रो कवितामा कला छ मेरो कवितामा नारा छ । तिम्रो कविताले भोकाहरूको भोक लेख्दैन नाङ्गाहरूको आङ लेख्दैन प्यासीहरूको प्यास लेख्दैन दुःखीहरूको सुस्केरा लेख्दैन तर

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अस्ति, हिजो र आज

~आर. आर. चौलागाईं~ अस्तिसम्म- “ज्यू” र “हजुर” सुनिन्थ्यो । हिजो- “तपाईँ” भनेको सुनियो ।

Posted in लघुकथा | Tagged | Leave a comment

निबन्ध : हामीः हिजो र वर्तमानमा

~आर. आर. चौलागाईं~ टेलिभिजनको साँगीतिक कार्यक्रम हेर्दै थिएँ। एउटा आधुनिक पपगीतमा गायक-गायिकाहरू नाच्दै गरेको गरेको देखेँ। हात हल्लाउँदै, कम्मर हल्लाउँदै नाचेको दृष्य अनि नेपाली शब्दहरू पनि अङ्ग्रेजी लवजमा गाएको देख्दा एकछिन त आफू अमेरिका या यूरोपको कुनै महानगरीमा छु जस्तो … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

लघुकथा : प्रेमी/प्रेमिका

~आर. आर. चौलागाईं~ प्रेमी/प्रेमिका-१ प्रेमिकाले प्रेमीलाई सोधी- “तिमी मलाई कति माया गर्छौ ?” प्रेमीले भन्यो- “म तिमीलाई यति माया गर्छु कि-तिम्रो निम्ति ऊ त्यो पहाडबाट हाम फाल्न सक्छु ।” प्रेमिका- “साँच्चै ?” प्रेमी दौडिएर गयो र पहाडको टुप्पाबाट हाम फाल्यो … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आरोप

~आर. आर. चौलागाईं~ उसले उनलाई एक्लै भएको मौका पारेर आफ्नो आसय बतायो । उसको अनुकूलको जवाफ नआएपछि हातपात गर्न खोज्यो । सफल भएन र फर्क्यो ।

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : साथीलाई सघाउने प्रण

~आर. आर. चौलागाईं~ तिमी सङ्घर्षका गीतहरू लेख्दै जाऊ म पालैसित सङ्गीत भर्दै जान्छु तिमी हतियारमा साँध लगाउँदै जाऊ म ब्वाँसाहरूका गर्धन रेट्दै जान्छु । तिमी खाँटी मटितेल खन्याउँदै जाऊ म सलाईका काँटीहरू कोर्दै जान्छु

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : म

~आर. आर. चौलागाईं~ म गणेश हुन सकिनँ कुमार भएर सुमेरू घुमिरहेछु म कृष्ण हुन सकिनँ उद्धव भएर नैतिकता जोगाइरहेछु मलाई कुनै पश्चाताप छैन कुनै आत्मग्लानि छैन

Posted in मुक्तक | Tagged | Leave a comment

छोक : सलाई

~आर. आर. चौलागाईं~ मैले तिमीलाई सलाई दिएँ अँध्यारो छ कोर उज्यालो पार र भोकै पनि छौ

Posted in कविता | Tagged | Leave a comment

आर. आर. चौलागाईंका ४ मुक्तकहरु

~आर. आर. चौलागाईं~ -१- यहाँ हरदम खुट्टा तान्नेहरू धेरै छन् ढुङ्गालाई देउता मान्नेहरू धेरै छन् खै, किन किन ! ठिक बेठिक के हो पटक्कै छुट्टयाउँदैन मान्छे यहाँ दूध हैन रक्सी छान्नेहरू धेरै छन् । २०७२ माघ २० -२- मान्छेहरू आफूले … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : अब आउने नयाँ वर्ष अहिलेको जस्तो नहोस्

~.आर. आर. चौलागाईं~ अब आउने नयाँ वर्ष अहिलेको जस्तो धुलो र धुवाँको नहोस् अहिलेको जस्तो अविश्वासको नहोस् अहिलेको जस्तो हिलो र मैलोको नहोस् अहिलेको जस्तो असहमतिको नहोस् अहिलेको जस्तो बाटोमा जथाभाबी हिँडिरहेको साँढेजस्तो नहोस् अहिलेको जस्तो खेतबारीमा तर्साउन राखेको बुख्याँचाजस्तो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : बाढीले भत्काइदियो

~आर.आर.चौलागाईं~ एउटा बाटो थियो बाढीले भत्काइदियो एउटा सहयात्री थियो समयले छुटाइदियो मेरो आसुँ पुच्थ्यो ऊ मेरो धड्कन बुझ्थ्यो म यात्रामा एक्लै हुँदा ऊ मेरो नजिक हुन्थ्यो एउटा फूल थियो हूरीले चुँडाइदियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

व्यङ्ग्य कविता : कविता लेख्न गाह्रो हुँदैन

~आर. आर. चौलागाईं~ कलम झिक्यो कागज निकाल्यो देब्रेपट्टि कुनामा कविता भनेर लेख्यो अलिकति दायाँपट्टि तल कविताको शीर्षक लेख्यो त्यसको पनि अलिकति तल कविको नाम लेख्यो एकछिन यसो दिमाग खेलायो जेजे आउँछ सरसरती लेख्यो बरू कपाल कन्याउन गाह्रो हुन्छ कविता लेख्न … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : एउटा मिठो कविता लेख्न सकिएन

~आर. आर. चौलागाईं~ कुन विषयमा लेख्ने निर्णय गर्न सकिएन आरम्भ, मध्यान्तर र उपसंभार कस्तो हुन्छ पहिल्याउन सकिएन लेख्दै जाँदा नारा मात्रै हुने हो कि ! त्यसमा विम्ब र प्रतीकहरूको पाइन हाल्न सकिएन

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : चुनाव

~आर आर चौलागाईं~ त्यो क्याम्पसमा त्यस सङ्गठनले कहिल्यै जितेन । तर यसपालि पार्टीलाई त्यहाँ नजिती भएकै थिएन । पार्टीको चुनाव जित्ने रणनीति अनुसार एउटी युवती चुनावमा खट्ने भई । झन्डैझन्डै बत्तीस लक्षणले युक्त धपक्क बलेकी युवतीको क्याम्पसमा प्रवेश भयो । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : खहरेको भेल

~आर. आर. चौलागाई~ “तँ अखिलमा लाग्या छस् रे हो ? ” एकदिन अचानक उसले मसँग यस्तो प्रश्न ग-यो । “हो, लागेको छु । असल काममा को लाग्दैन ?” यसरी मैले छोटो उत्तर दिएको थिएँ उसलाई । दुई हजार पैँतीस सालतिरको … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सबथोक राम्रो

~आर. आर. चौलागाईं~ टोलको कुनै चोकमा सहरको एउटा जगल्टे केटो बारम्बार देखिन थाल्यो । दिनदिनै उसको आवतजावत देखिरहेका मानिसहरूले ऊ आएपछि मुखामुख गर्थे, अति भएपछि केटोको गतिविधि हेरिरहेकामध्ये एउटाले केटोलाई सोध्यो ”तिमी सधैँ यता किन ?” केटोले भन्यो – ” … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गफाडी शिर्षक

~आर. आर. चौलागाईं~ मैले प्रवेशिका दिनेबेलाको कुरा हो। हामी अखिलेश नाम गरेका शिक्षककहाँ ट्युसन पढ्थ्यौँ। पढाइबाहेक कहिलेकाहीँ अनौपचारिक गफ पनि हुन्थ्यो त्यहाँ। अखिलेश सर निकै गफ हाँक्नुहुन्थ्यो। वहाँका कतिपय कुरा त पत्याउन पनि मुस्किल पर्थ्यो। तैपनि हामी चाख मानेर सुन्थ्यौँ।

Posted in लघुकथा | Tagged | Leave a comment