कविता : गाउँको गोरेटो

~मञ्जुल~manjul

मलाई गाउँको सानो गोरेटो भनेर नहेप्नू
म भीरमा पनि लान्छु, खेतमा पनि
म बस्तीमा पनि लान्छु, एकान्तमा पनि
जहां गोरेटो छैन
म त्यहाँ पनि लान्छु
जहां गोरेटो छ, मूलबाटो छ
म त्यहीं बिलाउंछु पनि
यस्तो बेला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कामरेड कालुराम

~घनश्याम शर्मा~

जाडो याममा साँझपख फलामे कराईमा तरकारी झ्वाई पारेर अगेनाको आगो फुक्दै गरेकी आमाका चाउरिएका गालाले हावा भरेर ढुङ्ग्रोबाट फू–फू गरेर निस्केको आवाज एक प्रकार सङ्गीतमय लागेको थियो उसलाई । बाले भरखर भैंसी दुहेर दुधेर्नो अगेनाको छेउमा राखेका मात्र के थिए उनको शरीरबाट उत्सर्जन भएको गोवरको गन्धले आमा, छोरा र छोरीका नाकलाई अस्तव्यस्त पारिदिए ।

बाबु बाहेक तीन प्राणीले एकछिन नाक खुम्चाए । बाले खुट्टाका कुर्कुच्चामा लागेको गोबर धुन जुठेल्नासम्म पुग्दा आमाले फलामे डेक्चीमा दूध खन्याइसकेकी थिइन् । अब दूध तताउनु पर्ने थियो । अगेनोमा तरकारी भुकलुक भुकलुक पाक्दा छोपेको स्टीलको प्लेटको आवाज मात्र आइरहेको थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नदी जङ्गल र रातको बाटो

~मञ्जु काँचुली~

नदीको बाटो

मैले फेरि कहिले टेकिनँ
त्यो नदीमा
जहाँ जीवन्त मानिसलाई
लास बनाएर
किनासमा फ्याँकिन्थ्यौँ
केवल गोडा चोपलेथेँ
र त्यो केही दिन मात्र
निर्जीव भएथ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

व्यङ्ग्य कविता : “स्वर्णमहल ” घोषणा

~लक्ष्मण नेवटिया~

छोरा उफ्रिदै खुसियाली मनाउँदै आयो,
सयपत्रीका दुई माला किनेर ल्यायो,
एउटा आफूलाई, अर्को मलाई लगायो,
घरपरिवार सबैका गालामा
रातो अबीर लगाउन भ्यायो।
बुबा अब हामी पनि महलवासी भयौं,
सुन्नुस एउटा खुसीको ताजा समाचार,
सबै गाउँले ले तपाईंको इमान्दारी,
सामाजिक जिम्मेवारी,राष्ट्रप्रतिको वफादारीको Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सिँहशमशेर र चीरहरण

~महेश प्रसाईं~

सबैलाई थाहा छ
सत्य निर्वस्त्र हुन्छ ।

त्यो सत्य
आजकी द्रौपदी हुन्
ती द्रौपदी निर्वस्त्र छैनन् ।

मणिमाणिक्य
हीराजवाहरात
वस्त्र आभूषण Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक अंश : रोल्पा सुइना: युद्धको ऐना

~नवीन विभास~

प्रोलग

कमरेडहरू, मलाई माफ गर्नू है !

गरिबका दिन नल्याई फर्किन्नँ भनेर छड्केधुरीमा ढुंगा मन्साएर जनयुद्धमा हिँडेकी थिएँ, गरिखाम्ला कि मरिजाम्ला भन्ने कसम खाएर । 

तर अहिले ? आफ्नै वाचाको मलामी बनी गाउँ फर्केर कसरी मुख देखाम्ला ? भन्नु त कमरेड ? 

कमरेड मलाई माफ गर्नू ! 

क्रान्ति उधारो भयो, जस्तो मेरो अन्तर्जातीय प्रेमबिहे । सहिद, बेपत्ता र घाइतेका रहर यसपालि पनि कुर्सीसित साटिए । म त इमानदार मगर चेली– क्रान्तिमा पनि, प्रेममा पनि ।  Continue reading →

Posted in पुस्तक अंश | Tagged | Leave a comment

कथा : अन्तिम पुरस्कार

~सीमा आभास~seema avas

यो हिउँदका अन्तिम दिनहरूमा दिदी–भिनाजु खूबै घुम्नु भो। दिदीले बच्चालाई दूध छुटाएपछि निकै सजिलो भएको हो घुम्नलाई। भिनाजुकै करले हो दिदीले अठार महीनामै बाबुलाई दूध छुटाएको। दूध छुटाएसँगै ओछ्यान पनि छुटाउनुभयो। राति घरीघरी दिदी मेरो कोठामा आएर नानीबाबुलाई सुम्सुम्याउनुहुन्थ्यो। एकछिन बच्चाहरूसँग सुतेपछि भन्नुहुन्थ्यो, “भिनाजु उठ्ने बेला भयो, म गएँ है।”

दिदी–भिनाजुको प्रेम देखेर म अचम्ममा पर्थें। मलाई मेरो लोग्नेले कुट्न सिवाय केही जानेन। मेरो बच्चा खेर गएको अघिल्लो रात कोदो झैं कुटेको थियो। मलाई त लोग्नेले माया गर्छ भन्ने पत्यारै लाग्दैन। मैले लोग्नेबाट न माया पाएँ न इज्जत। मेरा बाउले पनि आमालाई माया गरेको देखिनँ। तर यहाँ अचम्मै देखें। त्यति माया गर्ने लोग्ने कसले पाउला? स्वास्नीले लोग्नेको माया पाउनु त अघिल्लै जन्मको तपस्या हुनुपर्छ। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : डायस्पोरामा नेपाली साहित्य

~विश्वविमोहन श्रेष्ठ~

यसपटक संयुक्त राज्य अमेरिकाको भर्जिनियामा यही जुलाई १, २ र ३ मा भएको एएनए को २९औँ वाषिर्क सम्मेलनको अवसरमा आयोजित तीनदिने साहित्यिक महोत्सवमा नेपालबाट सहभागी हुन पाउँदा धेरै नयाँ कुराहरू जान्ने, हेर्ने र बुझ्ने अवसर पाइयो । विशेषगरी अमेरिकामा बसोवास गरिरहेका नेपाली समुदायका बीच मातृभूमिप्रतिको अगाध स्नेह र भाषा, साहित्य तथा संस्कृतिप्रतिको अटुट आस्था देख्दा मन रोमाञ्चित भएर आयोे । नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाद्वारा आयोजित उक्त महोत्सव सम्पन्न भएपछि डायस्पोरामा नेपाली भाषा र साहित्यको भविष्य उज्ज्वल रहेको कुरा सजिलै आँक्न सकिन्थ्यो ।

जुलाई १ तारिखको दिन बिहान ९ बजे अमेरिकाका लागि नेपालका राजदूतले डा. शङ्कर शर्माले संयुक्त राज्य अमेरिकाको भर्जिनियाको वेस्टफिल्डस्थित म्यारियट होटेलको हृयामिल्टन हलमा कलात्मक पानसमा दीप प्रज्ज्वलन गरी एएनएको वाषिर्क सम्मेलन विधिवत रूपमा उद्घाटन गर्नुभएपछि त्यसको लगत्तै सोही होटेलको आदम्स हलमा ११ः३० बजे नेपाली साहित्य प्रतिष्ठानद्वारा आ Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

छन्द कविता : अामा, माटाे र देश

~विक्रम पवन~

छन्द : शार्दूलविक्रीडित

काेबाँच्छन् र खुसी भएर सुरवी मासेर नेपाल याे
नेपाली गरिमा बढाऊ शिरमा राखेर नेपाल याे
नेपाली जनकाे छ भाग्य गतिलो मारेत के भाे अब
हेर्नू है समरै लडेर मरुँला थाप्ने छु गाेली अब
–
माटाेकाे ममता जसै छ मनमा बेचेर खाँदै छ काे
हाँसेरै लडुँला बरु म मरुँला भागेर जाँदै छ काे Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : बद्री पलिखेको ‘समयको प्रतिबिम्ब’ का प्रतिबिम्बहरू

~नीरज लावोजु~

राम्रा कविता लेख्नु सजिलो काम होइन। त्यसैले धेरैबाट लेखिने विधा भएर पनि निकै थोरैमात्र सफल भएको विधा हो –कविता। कविता पढ्ने पाठकहरूमा परेको खडेरीका कारण सफल भएका थोरै पनि कतिबेला पछारिने हुन्, अत्तोपत्तो छैन।
त्यसैले यो समयमा कवि बन्नु एक प्रकारको साधनामा लीन बन्नुजस्तै पनि लाग्छ – कष्टसाध्य छ, सबैले गर्दैनन् पनि यद्यपि केही त्यसैमा दिलोज्यान दिएर लाग्छन्।

धरानका कवि बद्री पलिखे यस्तै साधनारत कवि हुनुपर्छ, उनको ‘समयको प्रतिबिम्ब’ पढेपछि यो अनुमान लगाउन त्यति गार्‍हो काम होइन। Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गीत : हावा चल्यो पात हल्यो माया वरवर

~मदनकृष्ण श्रेष्ठ~

खोलावारी खोलापारी पीपल र बर
हावा चल्यो पात हल्यो माया वरवर

जहाँ उम्र्यो त्यहीं जिउने दुबैमा छ कर
साउनमा जति सुकै बाँधेको होस् डहर Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : रहर बनाए

~मौसमजी भण्डारी~

साथीहरुले निजि रहर बनाए ।
सम्पती कमाए घर बनाए ।

आजाद भयनन पिल्सिनेहरु ।
सधै परिश्रमीलाई नोकर बनाए । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : डा. सा’बका दाजु

~आचार्य प्रभा~acharya Prabha

जितबहादुर सधैं आफ्नो परिवार र छोराछोरीको प्रशंसा गरेर नथाक्ने । आज ऊ झनै फुरुङ छ– उसले काम गर्ने रेष्टुरेन्टमा नै उसका भाइ डा. महेश केसीलाई उक्त ठाउँका नेपालीहरुले स्वागत भेटघाट कार्यक्रम राखेकाले ।

जितबहादुर भाँडा माझ्दै आफ्नो इतिहास सुनाइरहेछ आफ्नो सहकर्मी साथी विश्वलाई ।

‘विश्व भाइ, जे होस् मैले सानैदेखि इन्डिया पसेर दुःख गरेर आफ्ना भाइबहिनी, भतिजाभतिजीलाई पढाइलेखाइ गराएँ । आफू अनपढ भएरै पनि । आज मेरा सन्तानहरु सबै एकसेएक छन् । भाइहरु कोही इन्जिनियर, कोही पुलिस अफिसर, यी आज आउने कान्छो भाइ नेपालकै टप डाक्टर । उसलाई अमेरिका सरकारले झिकाको रे Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : अँध्यारो रातसित एकछिन

~कृष्ण प्रधान~

अँध्यारोमा
जे पनि हुन्छ ।
लेनदेन
वार्तालाप
विच्छेद ।
अहिले यस्तो अँध्यारो छ-
झलमल्ल बत्ती बालेर पनि देखिन्न ।
मैले तिमीलाई
तिमीले मलाई Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : इतर

~तोया गुरुङ~

कहिले मेरो नाउँ त्यो प्रकाशन गृहको हातमा आउला
आशा पनि छैन
र कोसिस पनि
कसैले सोधपुछ पनि गर्दैनन् ।

केही वर्ष अगाडि त्यहीँ गृहको मुख्य नाइकेले त्यहाँबाट प्रकाशन भएका सामग्रीहरूको सूची देखाए
यसमा कसैको छुटेको छ भने खोजीनीति गरी छाप्ने प्रयास गर्दैछु भने
त्यो छूटमा पर्ने मै हुँ भन्न पनि भएन
अर्थात् म र मजस्ताको खोजी छैन त्यो पक्कै हो
कुनै ठाउँमा आसिन हुँदा पनि त्यति चासो देखाउँदैनन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी मृत्युको कहतारोमा

~उषा शेरचन~

शून्य’ शून्य’ अति शून्य ।’
भयानक पिंजडाभित्र
बन्द मोटरहरू गुडिरहेछन्
– शून्य यात्रीहरू ओसार्दै
– शून्य छातीहरू ओसार्दै
भक्काना छुट्छन् मौनताबीच
– बन्द ज्वालामुखीहरू
अभिशाप बन्दछन् शून्यताबीच
– जीवन र मृत्युहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पिउरीको डसना पनि बिझाउँछ

~कणाद महर्षि~Kanad Maharshi_1

आकाशभरिका एक फौज ताराहरूको
रिमझिम पनि चाहिन्न
फूलजस्तै सुकुमार मालीले गोडेको
फूलबारीको कुनै फूल पनि चाहिन्न
कहलिएका बगैँचाका विविध फलहरूको
कुनै स्वाद पनि चाहिन्न
कोइलीको कुहू–कुहू पनि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हाउ लुङा ! रक्सीको श्रीपेज फालौं अब

~काप्पोबा चुम~

चिया अलिकती पिउन खोज्छु
मुखै पोलेर सताउछ
अनि
जाँड पिउन थाल्छु
पिउदा पिउदै लुम्बाले आँखा छोपी हाल्छ
जब लुम्बाले आँखा छोप्छ
तब लुम्बाको जाडमात्र देखिदो रहेछ ।

एक दिन जाँड पिउदा पिउदै
जब चियाले छिर्के लायो
सोझो जाडलाइ , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : चिया, चुरोट र चमेली

~पाण्डे अशोकराज~

‘साहुनी, एउटा चिया !’

‘कालो कि दूधको ?’

‘दूध हालेकै दिनुस् । २४सै घण्टा रक्सी पिउने त बाँचेका छन् । के नै होला र ! अँ साँच्ची, एउटा चुरोट पनि है !’

यो प्रत्येक बिहान ७ बजेको रूटिन हो कमरेड साइँलाको । असली नाम श्यामबहादुर अधिकारी । सबैले साइँला दाइ, साइँला कमरेड यस्तै-यस्तै भन्थे ।

प्रत्येक बिहान यस्तै वार्तालाप हुन्थ्यो साहुनी र साइँलाको ! उनी कहिले कालो चिया पिउँथेँ त कहिले दूधको । त्यसैले साहुनी सधैं आउने ग्राहक भए तापनि कुन चिया भनेर सोध्थिन् । साइँला सधैं यसरी नै चुरोट पनि माग्थे । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तिमी र म

~निर्मोही व्यास~Nirmohi Vyas

मभित्र छ्यौ तिमी–तिमी, तिमीभित्र छु म
आज मेरो उँचाइलाई कल्ले सक्छ छुन ?

हिजो जस्तो कहाँ हो र ! आज मेरो खुसी
अझैअझै चुलिँदो छ हुँदै झुसी–झुसी ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नाकाबन्दी

~प्रथा~

********
हिउदको च्यादर ओढेर
हिमकन्याहरू जमिनमा झरेपछि
चौँरीगोठ बोकेर
सोनाम दोर्जे टुटुवान लेकतिर झर्दैछ !
थाहै पाइँनन् उनले
खै कतिखेर पग्लियो – मनको हिउँ ?
एकाएक मौन औँलाहरू
नाच्न थाले
छमछमी कुरुसको धागोसँगै
र आङफुटीले बुनिदिइन् – गलबन्दी !
………………. Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्कार परिचय : छठपूजा

~उमाशङ्कर द्विवेदी~

कार्तिक महिनाको शुक्लपक्ष चौथी तिथिबाट छठ पर्वको शुरुआत हुन्छ । छठमा गरीब वा धनी जोसुकैको घरमा छठ पूजा धुमधामका साथ मनाइने परम्परा रहेको छ । वास्तवमा भन्ने हो भने छठ पूजा उत्सवको रूपमा मात्र नभई कठिन व्रतोपवासको रूपमा देखा पर्दछ । कठिन शुचिता, दृढ संयम, पूर्ण ब्रह्मचर्य, तथा नितान्त उदासीनताका साथ छठी माताको भक्तिपूर्ण आराधना गर्दा मात्र छठ पूजाको फल प्राप्ति हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ । अन्य व्रतहरूमा एक वा दुई छाक उपवास गर्दा मात्र व्रत सफल हुन्छ । कुनै कुनै व्रत निर्जला (पानीसम्म नखाने) वा फलाहारी पनि हुने गर्दछ भने छठ व्रतमा अठचालीस घण्टामा केवल एक छाक नून न हालेको (रसियाव–रोटी) मात्र ग्राह्य मानिन्छ । बाँकी Continue reading →

Posted in संस्कार - संस्कृति परिचय | Tagged | Leave a comment

कविता : अँध्यारो

~कोशी किनारे~

थाहाछ
आउने यो साँझमा पनि
तिमिले अँध्यारोको भरपुर
उपभोग गर्नेछौ र तिम्रो
कोठेबारिको अर्थतन्त्र लाई
बेस्सरी सम्भोग र भोग गर्नेछौ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जन्माइदेउ युगपुरुष

~मनुषा राई~

आज सबेरै
मेरो निजी कोठामा
आफ्नै बिछ्यौनामा
सुतिरहेको रातमा
तन्नेरी भएर आयो मेरो कलम
जिस्कायो मलाई मेरो तन्नेरी भएर
ऊ मसँग चल्न थाल्छ
ओ मनु उठ ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : टुहुरा मान्छेहरु आफन्तको खोजिमा

~आहुती~

१, एउटा टुहुरो मान्छे
यो भर्खरै हातगोडा पलाएकोरआँखा सिमसार जस्तै रसाएको
चुटुक्क अनुहार लिएर , अन्धकार भविश्य बोकेर
तिमीलाई हेरिरहने सानो मान्छे
पढेकाहरुले मलाई अनाथ भन्छन ÷ नपढेकाहरु भातेभुते भन्छन्
म पनि कुनै आईमाईको सानो पेटमा सल्बलाएथेँ हुँला
म पनि जन्मँदा ईशारा गएझैँ रोएथेँ हुँला
घिच्रो आठयाएर मार्न नसकेर हो कि ?
कलीला हात गोडा सलबलाएको देखन नसकेर हो कि ?
कतै ढुंगाको गब्देरोमा ÷ कतै मसानको छेवैमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : नजर बैंशले भरेकी

~रामधन बेदना~

मायाँलु आँखा, लजालु नजर बैंशले भरेकी ।
शीरपाउ पहिरन, प्रकृति जस्तै श्रृंगार गरेकी ।

हज्जारौं थरी फूलहरुबीच फरक भई फुले झैं
आफ्नै रुपलाई चिहाई हेर्न आफैले भुले झैं
यो मन जल्दा चन्द्रमा जस्तै सितल भई झरेकी । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : चाँदनी हराएको त्यो रात

~सुमित्रा थुलुङ ‘अश्रुधारा’~

उनले भनिन् दिज्यु
मैले खोज्दैछु चाँदनी
त्यो पनि मध्य दिनमा
नजवाफ बनिरहेँ म
उफ कति दर्दमय खोजाइ
उनलाई शितल दिने चाँदनी
अब भेटन सकिन्न
माटो संगै बिलाइ सकेकी छिन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भूमिपुत्रका लागि

~सोनाम सोल्टी~

उत्साहको ढोल ठटाउँदै
ढोलेहरु सोइसोइला खेल्दै आउ
उमङ्गको झ्याम्टा बजाउदै
सिलिमेहरु बञ्छर नाच्दै आउ ।
सोइ ढोले सोइ,
अर्को ढोले खोइ र ?
एनी लै लै
हौ बरि लै लै ।
००००
इन्द्रेणी सपना युवा मनमा सजाएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : उठाऊ शिर नेपाली

~नविन सङ्घर्ष~

देशको सीमा छेक्न उठाऊ शिर नेपाली
मर्नु परे लडी मरौं वीर नेपाली ।

पटक – पटक स्वाभिमानमा,अति गर्ने छिमेकीलाई,
गिंड्न अब भाला, खुँडा भिर नेपाली Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : क्रान्ति राख्छौं जारी

~प्रकाश खतिवडा~

जीवन हाम्रो सामुहिक, काम सहकारी
यात्रा हाम्रो समाजवादी, क्रान्ति राख्छौं जारी ।

वर्ग विहिन समाज बनाउने इतिहाँसको अभिभारा
पुरा गर्न, संसार बदल्न हिडेका हामी सर्वहारा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : जोगिनुपर्छ काठमाडौँमा

~नाकारा ~

सागसँग विष पाक्छ
गोलभेडासँग जिवाणु अचार बन्छ
प्याजको पत्रपत्रमा पिरो गन्ध जाग्छ
जोगिनुपर्छ काठमाडौँमा !

सडकमा प्राणघातक धुवाँ र धुलो उड्छ
गल्लिगल्लिमा बौलाहा कुकुर डुल्छ
चोकचोकमा सन्काहा गोलि पड्किन्छ
जोगिनुपर्छ काठमाडौँमा !

घरभित्र घाम निस्सासिन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सभ्यताको बाह्रखरी

~मुक्तान थेबा~

तिमीले मेटाउन नसकेको बाँकी केही त
अवश्य छुटेकै छ मित्र !खोरको माउ तान्न आउने
बाघको गर्दन छप्काउने
बाघसिङ आँखेको– खुकुरी छ मसँग ।
खुसुखुसु करेसाको पिँडालु चोर्न आउने
वनसुँगुरको भाले ढाल्न
आप्पाले दर्जन थाप्ने गरेको– जोरनाले छ मसँग । Continue reading →

Posted in कविता | Tagged | Leave a comment