~एम सि सुमित~
ज्योती मगर !
बनाएर तिमिलाइ आइसकृम
कसले चाटिरहेछ ल्यापल्याप
छुँदै डोब लाग्ने
तिम्रो भर्जिन छाला
र निर्दोश मुस्कान ।
यो हिमाली पाखामा
खोरिया फाँडेर आवाद गर्ने
तिम्रै हात हो
हिँउखोलाको चिसो पानीमा जाँ Continue reading
~एम सि सुमित~
ज्योती मगर !
बनाएर तिमिलाइ आइसकृम
कसले चाटिरहेछ ल्यापल्याप
छुँदै डोब लाग्ने
तिम्रो भर्जिन छाला
र निर्दोश मुस्कान ।
यो हिमाली पाखामा
खोरिया फाँडेर आवाद गर्ने
तिम्रै हात हो
हिँउखोलाको चिसो पानीमा जाँ Continue reading
~दिलिप योन्जन~
गीतैमा रोएं, बेदना धुन, झन पिर भासिगो
बिरह बढ्दा, ढुखेको छाती, आँसुले भिजिगो।
घामको जलन, घामैलाई होला, जूनलाई के थाहा
तरेली पोल्दा, परेली भिज्छ, आँसुलाई के थाहा Continue reading
~दिपक अभिमन्यू~
1.
खै किन हो अतितको यादले पिरोलेको छ मनलाई!
बितेका अनेक कुराले हरपल बिथोलेको छ मनलाई!!
हुनत कुन सम्झन लायक अतित हो र सम्झीउँ म! Continue reading
~उत्सव चौलागाई~
भत्किँदै छ त्यो पुरानो घर लागे धमिरा र खोइरो भुइँचालोका
पराकम्पनहरूमा पनि बेतोड भाग्नुपर्ने,
निदाल, खम्बा र दलिनहरु धर्मराउन थाले
चिरपटहरु कुहिए
भ्वाङ पर्यो बार्दली बुइँगल, कोठाहरु भए प्वालै प्वाल ।
पुरानो घरको भविष्य
नभएपछि,
घोषणा भयो नयाँ घर Continue reading
~साधना लामिछाने~
तिमी कतै सुरक्षित हुन सकेनौ
तिम्रो निर्दोष अनुहारहरुमा एसिड फ्याकिन्छन्
मर्द भन्नेहरुको ठुलै जमातहरु
तिम्रो अस्तित्वमाथि खेलवाड गर्छन्
तरपनि तिमी लाचार भएर बस्छौ
आखिर कतिसम्म सहन्छौ ?
निर्धक्क भएर तिमी कतै हिँड्न सकेनौ Continue reading
~प्रकाश पाण्डे~
मास्टर आज तनाबमा छ । संधै ऊ कलेजको गेटबाट छिर्नासाथ कलेजका सञ्चालकलाई नमस्ते गथ्र्यो । सञ्चालकले मुस्कानका साथ नमस्ते फर्काउँथ्यो । तर आज अचम्म भयो । सञ्चालकले फिका नमस्ते फर्कायो, मुस्कान बिनाको । उसको दिमागमा नानाथरी कुरा खेल्न थाले । छोराको स्कूलको बिल सम्झ्यो, घरबेटीलाई दिनुपर्ने भाडा सम्झ्यो । यो पालि दशैँमा बुढीलाई एकसरो कपडा किनिदिउँला भनेको थियो, त्यो सारीको रङ्ग फिकाफिका देख्न थाल्यो ।
केही वर्ष अगाडी उसले एउटा कलेजको जागिरलाई लात हानेको थियो । कारण थियो, नमस्ते गर्दा पनि नमस्ते नफर्काउने कलेज सञ्चालक र उच्च शिक्षाको पढाइ र ज्ञानसम्म नभएको सञ्चालकले उसलाई पढाउने विधि सिकाउनु । अब भने उसलाई डर लाग्छ । परिवार छ, छो Continue reading
~प्रदीप लोहागुण~
किसानलाल माझीले बाँझो खेत खन्दा
यो देश समृद्ध हुन्छ, हुँदैन
उसलाई थाहा छैन
तर ऊ पुस्तैनी खनिरहेछ यो देशको बाँझो खेत ।
कान्सीराम आप्टेले चिनी मिलमा उखु पेल्दा
यो देशको मुद्रास्फीतिमा सुधार हुन्छ, हुँदैन
उसलाई थाहा छैन
तर ऊ वर्षौंदेखि पेलिरहेछ उखु । Continue reading
~अनुष्कर पुष्कर गुरुङ~
भावनामा डुबेर शब्दको हार बनाउने
भावनात्मक मानवलाई कि
कवित्व भएको मानवलाई !
कवि कसलाई भन्ने
सिाजको बिसंगतीलाई कलमका काला
मसिहरुलाई सेता पन्नामा नचाउने कलाकारलाई
कि समाज सेवकलाई
कवि कसलाई भन्ने ! Continue reading
~केशव प्रसाद पाण्डे~
प्रचण्ड ! प्रचण्ड ! प्रचण्ड !
के प्रचण्डबाहेक कोही छैनन् ?
–ट्रम्पले अमेरिकी राष्ट्रपतिको चुनाव प्रचण्डबाट सिकेर जिते ।
–प्रचण्डले गर्दा देशले फुटबल जित्यो ।
–प्रचण्डको पालामा चन्द्रमा पनि नजिक आएर ‘सुपरमुन’ भयो यसलाई संयोग मात्र मान्न सकिन्न । Continue reading
~नरबहादुर घिमिरे~
कमरेड,
तिम्रो भाउ कति लगायो उसले
र तिमीले तिम्रो चेतना
किलोको भाउमा सुम्पियौं?
भन कमरेड भन…
रक्त क्रान्तिका कुराहरु फुकेर
तिमी बुर्जुवाको भक्त बन्यौ?
भन कमरेड भन..
तिमीले हाम्रो गाउँको भाउ
कति सोचेका छौं ?
हाम्रो समाजको,
हाम्रो देशको भाउ
कति सोचेका छौं ? Continue reading
~योगेश ढकाल~
डङ्…………डङ्………………….डङ् …………
असिनाझैं गोली अन्धाधुन्ध बर्सिन थाल्यो, कानको जाली च्यातिएलाझै गरी ।
फायर कताबाट खोलिएको हो ? यकिन थिएन ।
रिमरिम साँझ । डाँडाकाँडाबाट चिरविर गर्दै चराचुरुंगी गुँडतिर लाग्दै थिए । धेरै दिनको वर्षापछि अलिकति आकाश खुलेको थियो । रुखका पातबाट तप्पतप्प पानीका थोपा खसिरहेको थियो, सांगीतिक लयमा चतापु भञ्ज्याङको पाखाभरि ।
दित्तेल सदरमुकाम मोर्चा असफलताबाट रिटि्रट हुँदा मन कुँडिएको थियो । दित्तेल मोर्चाका लागि रेकी त पहिलादेखि नै थियो । तत्काल मुभ हुने योजना थिएन । बेनी मोर्चा लगत्तै फौजी मूभ गर्ने कासन आयो । सायद, देखासेकी,अह्मको मोर्चा यस्तै हुन्छ ।
~बिष्णु भण्डारी~
यात्रााको मोडनिरै
बाटो सकिएको छ
र मलाई कोर्नु छ नयाँ बाटो ।
हिंड्नु छैन मलाई
पुरातन रेशमी डहरहरु
पछयाएर तेन्जिङका पदचापहरु
भेट्नु छैन मलाई
निर्जिव सम्बेदनाका शिखरहरु ।
यि त पुराना बिम्ब हुन Continue reading
~वलराम तिमल्सिना~
जव देख्छु फहराएको यो राष्ट्रिय झण्डा !
अनिष्टको आशङ्काले मनै हुन्छ ठण्डा !
मेरो देश
यही झण्डा फहराउँदै बेचियो
यही झण्डा फहराउँदै लुटियो
यही झण्डा बोक्नेले हो –
सत्र सालमा प्रजातन्त्र मार हानेको
यही झण्डा बोक्नेले हो – Continue reading
~दीपक कुमार ज्ञवाली~
मलाई मेरो राज्य चाहीएको छ
म राज्य बिहीन भै बस्न सक्दिन
मलाई मेरो सिमाना चाहिन्छ
मलाइ मेरो चौघेरा चाहिन्छ
म मेरो चौघेरा र सिमाना बिना बस्न सक्दिन
किनकि
तिम्रो लालदरवारमा पनि सिमाना छ, चौघेरा छ
तिम्रो चौघेराको रक्षार्थ सुरक्षा दस्ता छ
राज्यको दस्ता र आफ्नै दस्ता
किनकि Continue reading
~कात्यायन~
– ऊ त्यो गाउँमा विश्वभरिका वैज्ञानिकहरू मिलेर शक्ति प्रदर्शन गरिरहेकाछन्’रे | दार्शनिकहरू पनि आ-आफ्नो दर्शनको महीमा गाइरहेकाछन्’रे | सबै पौरखीहरूले पौरख देखाइरहेकाछन्’रे | ठूलो मेला नै लागिरहेकोछ’रे |
– सारा संसार नै मेला हेर्न हस्यांग-फस्यांग गर्दै जम्मा भइरहेकाथिए | कौतुहल थियो सबैको मनमा | अनि उसको पनि |
– दिग्गजहरू; प्रकृतिलाई युध्दमा आउन आव्हान गरिरहेका थिए | प्रकृति मौन थियो | मौनतालाई आफ्नो Continue reading
छ मभिम्हः मखु
व अय्ला खः मभिम्ह
छंगु कुबुद्धि मखु
व अय्ला या खः कुबुद्धि
छंके ला शिष्टाचार माक्को दु
छंके ला मतिना जाय्क दु
व अय्ला हे खः छुँ मस्युम्ह
व अय्ला हे खः स्यंक ज्या याइम्ह Continue reading
~हरी गौतम~
सादा जीवन फिल्मी भए, म’नी तिम्रै हुन्थें होला !!
हाम्रो जोडी छुटाउनेलाई नमज्जाले धुन्थें होला !!
सानो संसार सजाउनलाई तिम्रो अनी भनी मेरो
साचों भन्छु तिम्रै लागी सारा खुशी चुन्थें होला !! Continue reading
~सिमान्त लामिछाने~
खोला एकैनासले एकैतिर बगिरहेछ
फुल पनि हेरीरहेछु
कोपिला हुँदै लम्किरहेछन् झुप्पो हुन
त्यस्तै दौडिरहेछन्
साना साना बोटहरु रुख हुनलाई
हरेक क्षण
एउटा बेग्लै सौन्दर्य छ यिनमा
मिठो झंकार छ कुनै
लाग्छ हराउँ यिनमा आफुलाई Continue reading
~शर्मिला खड्का दाहाल~
ऊ मेरो पात्र, मसँग विद्रोही बन्दै प्रश्न गर्छ, “तिमीहरू साहित्यकार नयाँ युग र नयाँ चेतनाका अधिकर्ता । नयाँ प्रयोग र नयाँ धाराका भाषण गर्र्छौ, के हाम्रो समाजले सबै विचारलाई आत्मसात् गरेको छ – तिमीहरू समाज डोर्याउने सपना देख्छौ अनि विपनामा शब्दका विगुल फुक्छौ । खोइ डोर्यायौ समाज – नत्र भने बारुद गोलीको मात्र कुरा गरेर समाजलाई जङ्गल मुक्ति र आन्दोलनको भयावह विपत्तिबाट प्रेम र आदर्शको परिकल्पनामा किन तान्न सक्दैनौ तिमीहरू – तिमीहरू समाजका दास हौ । त्यसैले समाजका विक़तिहरूलाई जलाएर खरानी पार्नुको सट्टामा धुपौरे बनी बालिरहन्छौ ।”
ऊ अर्थात् मेरो पात्र, ऊ कसैलाई प्रेम गर्छ । उसको विरह र बिलौनाले भरिएको प्रेमकथालाई आज म साहित्यिक कथाजालमा बुनेर आफ्नो साहित्यिकधर्मिता पूरा गर्न गइरहेको छु । उसको प्रेमलाई समाजले Continue reading
~कुन्दन काफ्ले~
दण्डहिनता जताततै फैलिएर गएको छ ।
राष्ट्रछवी दिनानुदिन मैलिएर गएको छ ।
आसंकाले नेपाली मन वैलिएर गएको छ ।
न्यायको चाहि केस कालो कैलिएर गएको छ ।
कहिले हुन्छ विकास र कसले दिन्छ निकास खै Continue reading
~कुमार काफ्ले~
-रामहरि नाम चलेका जल्दाबल्दा नेता थिए।
-उनलाई अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले अदालतमा मुद्दा चलायो।
-उनले त्यसको जोडदार प्रतिकार गरेर सफाइ लिन खोजे। Continue reading
~ध्रुब सापकोटा~
ऊ बसबिसौनीमा आइपुगेको थियो । बाटो छोटो तर कष्टकर भएकाले यहाँसम्म आइपुग्दा ऊ थकित थियो। पसिनाले उसका कपडा निथ्रुक्क भिजेका थिए। ऊ बसको काउन्टरमा उभिएको थियो।
‘बस कुन बेला जान्छ?’ उसले प्रश्न गर्यो।
‘एक घन्टापछि।’ कर्मचारीले जबाफ दियो।
‘यतिका बेर पर्खन्छ?’ उसले प्रश्न गर्यो। Continue reading
~प्रकाश सुनुवार ‘निराकार’~
रंगीन शहरको कथा अलग छ
स्वार्थी हुंदै गएको छ यो शहर
मान्छेहरु
उज्यालोमा पनि लाल्टीन बालेर हिंडेका छन्
आफुलाई वाहेक अरु कसैलाई देख्तैनन्
उज्यालोलाई अँध्यारो पारेर
आफ्नो मर्यादा मर्दन गरेर
अरुलाई समेत मारिरहेका हुन्छन् Continue reading
~मणिराज सिंह~
मेरो खेतको आली मुन्तिर
मेरो स्वाभिमानको प्रतीक
शिर ठाडो पारी
निर्भिक उभिरहेको दसगजा
हिजो मात्रै
वर्षात्मा भिजेर हो कि
शत्रुले खोस्रेर हो
गर्ल्याम्म गुर्लुम ढलेको
सपना देखेँ मैले । Continue reading
~हरि अधिकारी~
मौनव्रत लिन बाध्य मेरो टेलिफोन
निःशब्द छ र छ अशान्त पनि,
रिसले होस हराएको लाटो मान्छेले झैँ
चिथोर्न खोज्छ
मभन्दा निर्धो छ, सक्दैन,
मनभित्रको हाहाकारलाई
घाँटीमै दबाएर
अस्फुट स्वरमा रोइरहेकी
बलात्कृत किशोरीझैँ
शब्दहीन झोक्राइरहन्छ । Continue reading
~पदम गौतम~
नत कहिल्यै तिमी झुक्यौ
नत म कहिल्यै माथि उठे
सपना सपनामानै सिमित रह्यो
यथार्थ कसैले बुझेनौ।
धेरै-धेरै जिन्दगीका पालुवाहरू Continue reading
खरायो र सिंहको कथा पढेपछि जोसँग बुद्धि छ त्यसले जस्तोसुकै शरीरको बलियोलाई पनि ठीक लगाउँछ भन्ने ज्ञान पाएको फट्याङग्रोले आफूलाई नकै बुद्धिमान् र बलबान पनि ठान्न थाल्यो ।रूख, कदापि हिंड्न सक्दैन तर ऊ हिंड्छ।सिंहलाई मार्ने खरायो रूखमा चढ्न सक्दैन ऊ सक्छ।ऊमाथि ढुङ्गा चढ्ने हिम्मत गर्दैन तर ऊ ढुङ्गामाथि सजिलै चढ्छ आदिआदि।
ऊ एकदिन घुम्दैफिर्दै एउटा आहालको छेउको रूखमा बस्न पुग्यो।त्यहीबेला आहालमा भैंसी पसेको देख्यो उसले।अग्लो रूखमा बसेको फट्याङ्ग्रोले आफूलाई निकै अग्लो र भैसीलाई होचोपुट्को देख्यो। फट्याङ्ग्राले के ठान्यो भने आफू निकै बुद्धिमान्, बलियो र ठूलो हुनाले मानिसले चलाउने हिम्मत गर्दैन तर भैंसी(जातिवाचक नाम हुनाले राँगो भनिएन) सानो हुनाले काटेर खान्छ ।मान्छेले भैंसीलाई घुच्चुकमा हानेर मारेको मासु पकाएर,छोइला कचिला भुटन सेकुवा मोःमोः बनाएर खाएको देखेको थियो उसले। उसले मनमनै Continue reading
~मनोज घर्तीमगर~
“म क्रान्तिभन्दा बाहिर नजाने निर्णय लिएको छु” उसले दुधौलीपछिको एकदिन फोनमा भन्यो। “तिमी क्रान्तिभन्दा बाहिर जान हुन्न” भन्नुपर्ने मेरो दायित्वमा उसले “क्रान्तिभन्दा बाहिर जान्न” भन्दा उसको चेतना धेरै माथि भएको मैले ठानेँ।
उमेश अयोग्य !
हस्तबहादुर रोकामगर। ऊ विगत ८ वर्षयता कमरेड उमेशबाट चिनिन्छ। जसै माओवादीको सदस्य बन्यो ऊ हस्तबहादुरबाट कमरेड उमेश बन्यो। Continue reading
~किरण दहाल~
सपनामा आउँछन् माक्र्स
र, सुनाउँछन् मलाई
द्वन्द्ववादका सिद्धान्त
सुनाउँछन् स्वप्न कथा–
कसरी स्थापना हुन्छ सर्बहाराको अधिनायकत्व ?
के–के हुन्छ त्यहाँभित्र ?
जुन कथा तपाईले सुनाउनुहुन्थ्यो
पहिले–पहिले
कमरेड ! Continue reading
~राजु अधिकारी~
उसलाई माओवादी जनयुद्धले निकै आकर्षण गरेको थियो। उसका अधिकांश सहपाठीहरु पहिल्यै नै भित्रभित्रै माओवादीमा लागिसकेका थिए। उसलाई भने समर्थक वा सामान्य कार्यकर्ता होइन, जनमुक्ति सेना नै भएर युद्धमा होमिन मन थियो। जब माओबादी योद्धाहरु स्कुलमा आएर युद्धभूमि का उत्साहजनक कथाहरु सुनाउँथे, उसलाई तुरुन्तै युद्धभूमिमा गएर दुश्मन हरुको सफाया गरौं जस्तो लाग्थ्यो। जनयुद्ध चरमोत्कर्षमा थियो।उसले आफ्नो उत्साह थाम्न सकेन र एकदिन स्कुल बाट भागेर उ पुर्णकालिन माओवादी योद्धा भयो, त्यतिबेला उ १२ बर्षको थियो र कक्षा ६ मा पढ्दै थियो।
शुरुमा उसलाई जनमुक्ति सेना को सैनिक क्याम्पमा सामान्य तालिम दिइयो। Continue reading
~मनोहर काफ्ले~
बिनिता’ चितवन घर भएर यहि कम्पनीमा क्लिनर मा काम गर्दथिन । उनि यो कम्पनीमा सुरज भन्दा करिब एक बर्ष पहिले सन् २०११ तिर आएकी रहिछन । सुरज को भनाइ अनुसार उनि सुरज संग भेट हुदा अविवाहित भन्दा पनि कुमारी अवस्थामै थिइन् रे । संजोगले उनीहरु एउटइ स्कुल मा परेका रहेछन । त्यहीबाट उनीहरुमा परिचय सुरु भएर पिरती बस्न गएछ । सुरज को बस्ने खाने सुबिधा चाहि स्कुल ले उपलब्ध गराएको स्कुल भित्रैको रुम मा भएको तर बिनिता चाही बिहान कम्पनीले गाडीबाट त्याहा छोड्दो रहेछ र बेलुका पुनः केम्प मै फर्कदि रहिछन । Continue reading
~मधु श्री~
कमरेड दिब्या
लाल सलाम !
धेरै दिन पछि तपाईँको खबर सुने । घर छोडेर हिड्नु भएको निकै भैसकेछ । हिजो मात्र शशी जी सँग भेट भएको थियो । उहाँ मार्फत नै थाहा पाएँ कि तपाई सकुसल हुनुहुन्छ । राम्रो गर्दै पनि हुनुहुन्छ । त्यसैले शशी जी कै हातमा यो पत्र पठाउँदैछु । आशा छ पत्र लेख्नु हुने छ । दिब्या जी ! अहिले तपाईले घर छोड्नु भएको खबरले बस्ती नै तताएको छ । धेरैले धेरै थरीका टिप्पणीहरु गरेका छन् । घटनाको बिष्लेषण गर्दा राम्रो र नराम्रो पक्ष उत्तिकै आउँनु स्वभाविक Continue reading