छोक : म भानुभक्त

~भानुभक्त आचार्य~

पाहाड्को अति बेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण् थिया,
खुप् उच्चा कुल आर्यबंशि हुन गै सत्कर्ममा मन् दिया।
विद्यामा पनि जो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : पीडाको वन्दना (दुई)

~नाजिक अल मलाइका~
अनुवाद : सुमन पोखरेल

किन आउँछ हामी भए ठाउँ यो पीडा?
कहाँबाट आइपुग्छ यो?
वर्षौँदेखि
लडिबुडि खेल्दै हाम्रा सपनाहरूमा
सिँगारिरहेछ यसले हाम्रा गीतहरूलाई।
तिर्खाएका मुख रहेछौँ हामी
र यिनै पीडालाई पिएर प्यास मेट्ने गर्दा रहेछौँ । Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

लघुकथा : उत्कृष्ट कर्मचारी

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

कार्यालय सहयोगी कर्मचारी धने र श्यामे सधैँ कार्यालय समयमा नै पुग्ने गर्दथे । कार्यालयको छुट्टी भएपछि मात्रै उनीहरु आफ्नो घर फर्कन्थे । उनीहरुले कार्यालयमा गर्नुपर्ने कामकाज इमान्दारीताका साथ पूरा गर्ने गर्दथे । अरु शाखाका कर्मचारीहरुले काममा अनुरोध गरे पनि गाह्रो नमानीकन गर्दथे । कहिलेकाही कार्यालय समयदेखि बाहिरी समयमा पनि कार्यालयको कामकाज गर्दथे ।

उनीहरु काम गर्ने कार्यालयको वार्षिकोत्सवको दिन कार्यक्रम भएपछि उत्कृष्ट कर्मचारीलाई पुरस्कार दिने Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : मलाइ लाग्छ!!

~राज आशातीत~raj-ashatit

मलाइ याद छ!
मेरि आमाको मुहारजस्तै कागजमा
जिम्वालको पतित आंखै मुन्तिर जन्मिएका
घिनलाग्दा जोर कोठी झैं
मेरो बाउको
गिंडिएको बुढी औंलाको ल्याप्चे!

तिमी, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निद्रित भरिया

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

दश धार्नीको बोझा पिठयूँमा,
दोब्री ढाड,
तीन कोश उकाली माघको हिउँमा,
नाङ्गो हाड !
दुई रुपियाँको ज्यान छ जीउमा
हाँक्नु पहाड !
पसिना कालो टोपी धरो छ,
धूजा पट ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना सिवाय

~अमर गिरी ~amar-giri

सायद
म मात्र एक विम्ब हुँ
जसलाई कविहरू प्रेमले उन्छन्
आफ्ना कविताका हरफहरूमा
कविता उड्दै–उड्दै आइपुग्छ मसम्म
कुनै दूर देशको पन्छीझैँ
म सुमसुम्याउँछु उसलाई
आत्मीय भावले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वाल्यकाल

~कृष्णभुषण बल~Krishna Bhushan Bal

सम्झनाका रेशमी पर्दाहरु हल्लिरहेछन् अहिले मेरो आँखाको झ्यालमा
पर्दाको प्रत्येक सप्कामा एउटा इन्द्रेणी देखापर्दै हराउँछ
आँखाको प्रत्येक झप्कोमा एउटा गुलाफ फक्रँदै ओइलाउँछ
कति कमला अतीतहरु जहाँका इच्छाहरु पहाडभन्दा अग्ला थिए Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : राम खोज्दै छु म

~निर्मला अवस्थी~Nirmala Awasthi_1

आजभोली साँझ-बिहान राम खोज्दै छु म
जीवनको रथ हाँक्ने श्याम खोज्दै छु म।।

पाप धर्म के के गरें कता बढी भयो
बहीखाता भित्र आफ्नो नाम खोज्दै छु म।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : वर्तमान, समय र म

~धनकुटे कान्छा~

समयलाई झुन्ड्याउँछु भन्नेहरू
आज फेरि फेरिएका छन्
बजारका रङ्गीचङ्गी क्यालेन्डरहरूजस्तै
र, म,
समयले खुद्रा किनेको मान्छे
नयाँ क्यालेन्डर झुन्ड्याएर हाटबाट फर्किएको छु
समय क्यालेन्डरमा बस्छ भनेर ।

यतिखेर,
शुभचिन्तकहरू शुभकामना बाँडिरहेछन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : आमाको  मजेत्रो

~मनोहर काफ्ले~

आमा ले मलाई कहिलै ठुलो भएको देख्नु भएन । म ठुलो भैसकेको थिएँ । आमाको नजरमा जहिले पनि म सानो नै थिए । सायद आमाले मलाई कहिलै ठुलो भयेको देख्न चाहनु भएन । ठुलो यस मानेमा कि उचाई, लम्बाई, मोटाई आदि  । आमाले सोच्नु हुदो हो म ठुलो भएँ भने काखमा अटाउदिन । मलाई सुम्सुम्याउदै  मेरो कपाल कन्याइदिन पाउनुहुन्न । म रुदा मेरो आखाँसम्म आमाको हात पुग्दैन । म भाग्दा दौडदै मलाई भेट्नु  हुदैन । रिस उठ्दा तथानाम गाली गरेको म पचाउन सक्दिन । सायद यिनै कारणहरुले होला आमा मलाई बढेको , हुर्केको, हेर्न चाहनु हुन्न । मलाई सानो नै भएको देख्न चाहनुहुन्छ, तेसैले त मेरो बोलाउने नाम नै ‘सानु’  राखिदिनु भएको थियो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : फूल, भूमि र तपाईं

~गोविन्द विकल~

फूलमा चमक छ,
फूलमा रूप छ,
फूलमा सुगन्ध छ
तपाईं भन्नुहुन्छ
यस्तो हुनु हुँदैन
तर । प्रकृतिको संरचना हो
यस्तै हुनुपर्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ ?

~जीवन आचार्य~

हामी दुवै एउटै बगैँचामा फक्रन लागेका
दुईवटा कोपिला थियौँ
लाखौँ झारपातहरूको रोदनबीच
तिमीले मेरो फक्रन लागेको कोपिला— चुँड्यौ र फाल्यौ।
हुन सक्छ मैले पनि तिम्रो समानान्तरसँग फक्रनुको अर्थ
तिम्रो एक्लो प्रभुत्व बगैँचामा चल्नुको विरोध हुन्थ्यो ।
यसरी म कोपिला नचुँडिएको भए
तिमी कसरी बगैँचामा एक्लो घमन्ड फक्रन्थ्यौ
म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : मन मष्तिष्कमा कपन

~गोपालप्रसाद पौडेल~

मन मष्तिष्कमा कपन करिव १५ वर्ष अगाडिसम्म महांकालको ओरालोवाट उत्तरतर्फ नियाल्दा हरिया फाँटका विचोविचबाट उठेर गोकर्ण सल्लाघारीमा गई निहरिएको भान हुने एउटा लामो थुुम्को नै कपनको प्रथम दृष्य परिचय थियो । पुरातत्वविद डा. सत्यमोहन जोशीका अनुसार कपनको मूल अर्थ इन्द्रेणी हन्छ । यही पूर्व पश्चिभ तन्कीएर रहेको सिंगो चुलीमाथिवाट उठेर गोकणं र नजिकै वगिरहेकी वागमतीमा गई जोडिने सम्तरंगी इन्द्रेणीले आफ्नो परिचय हामीसामु छोडेर गएकी रहिछन् भन्दा हुन्छ । त्यसपछि मात्र यहाँका हरिया फाँट, फाँटका बिचबिचमा देखिने स साना थुम्काहरु, खेतका आलीमा रहेका स साना रुखहरु र महाँकालको ओरालेबाट कपनतर्फ आगाडि बढ्दै जाँदा भेटिने खहरे खोला आदि का अ Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : कैले काहिँ रुने

~बच्चु कैलाश~

कैले काहिँ रुने मेरो गीत हराएछ
सम्झी सम्झी रुने सम्झना हराएछ
मुटुभित्र राखेको माया हराएछ
आज मेरो जिन्दगीको छायाँ हराएछ ।

सकिनँ मैले फूलको पातमा दुई थोपा आँशुले
पिरती मेरो लेखन कोर्न टुटेको भाकाले Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : दोषी को ?

~अशोक झा~

रुपा भर्खर १५ पुगेर १६ लागेकी थिइन । घरमा उनका आमा-वाबुबाहेक कोही पनि थिएन । घरको कामकाजमा तल्लिन भएर पनि रुपाको संगितसँग ज्यादै लगाव थियो । उनका मृगजस्ता आँखा र अनारदाने दाँतका कारण ठिटाहरुको मन जित्न सक्ने रुप थियो । सलक्क परेको निधार, तामाडण्की छोरी भएपनि उनी अचम्मैकी रुपवती थिइन् । रुपा रुपवती मात्र होइन उनको बोलिचाली लगनशीलता, व्यवहारिकता ज्यादै मिठो थियो । उनि सवैसंग राम्रो व्यवहार गर्दथिन् । गाउँमा उनको उपस्थिति विनाको नाचगान, भोटेसेलो, जुवारी अधुरो र खल्लो ठहथ्र्याे । गाउँमा पुजा-आजा वा विहावारी भयो भने पनि रुपा नाच्न गाउन अघि नै रहन्थिन् । उनको गाउने गला ज्यादै सुरिलो र मनमोहक थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

समीक्षा : उत्तर–आधुनिकताका सन्दर्भमा डा. ध्रुवचन्द्र गौतमको ‘उपसंहार अर्थात् चौथो अन्त्य’ उपन्यास

~कृष्णप्रसाद कोइराला~

१. लेखक परिचय

डा. ध्रुवचन्द्र गौतम (जन्म– २००० : रक्सौल, भारत) नेपाली साहित्यमा नौला–नौला बान्की र विषयका आख्यान सिर्जना गर्ने बेजोड आख्यानकार हुन् । यिनले नेपाली साहित्यका प्रायः सबै विधामा सशक्त रूपमा कलम चलाई उत्तिकै सफलता पनि प्राप्त गरेका छन् । नेपाली भाषासाहित्यको विशाल फाँटमा ‘तटस्थता : असफलता’ कविता र ‘एक यात्रानुभूति’ कथा (२०२० : रूपरेखा) लिएर प्रवेश गरेका ध्रुवचन्द्र गौतमले करिब पाँच दशक यात्रा गरेका छन् । २०१५/१६ सालतिरै आफ्नो उपन्यास यात्राको छवि कोर्न कुचि समाएका ध्रुवचन्द्रले ‘अन्त्यपछि’ (२०२४) छपाएर उपन्यासकारका रूपमा आफूलाई उभ्याएका हुन्, तर त्यसपछि यिनको औपन्यासिकताको उडान कहिल्यै रोकिएन, जुन अद्यावधि जारी छ । यिनले गीत, कविता, कथा, निबन्ध, र नाटक विधामा पनि कलम चलाएका छन् । यिनले साहित्याकाशमा हाम्फाल्दा नेपाली Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

छोक : तागत

~सुको साइबर~

मैले कोरेको अक्षरको आँखामा
तिमी
निर्वस्त्र निदाउन सक्छ्यौ
मैले उघारेको आँखाको आकाशमा
बिनापखेटा रहर पुगुन्जेल
उड्न सक्छ्यौ
मैले लेखेर बनाएको
नलेखेको कागजमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेहरु

~कृष्ण पोखरेल~

आसुको भेल बगाउदै खसम खाने ले ..
हाँस्दै हाँस्दै बिदा गरे को पनि त देखियो
पाउ भरी माया को भिख माग्ने ले
उल्टै दान दिएर हिंडेको पनि त देखियो
संखा मानी मानी देउता छुवाएर खसम खुवाउने ले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमीलाई नै पाउन पाए

~के.आर.बिबश राङ्खानी~

यो जिबनको सहयात्री तिमीलाई नै पाउन पाए
कस्तो हुन्थ्यो आजै देखी माया प्रिती लाउन पाए

यो मन खाने सहयात्री अझैसम्म पाको छैन
राम्रो हुन्थियो होला हगी ? सगै-सगै धाउन पाए Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : अन्तिम सम्झना

~कृष्ण कट्टेल~Krishna Kattel

तिमीले अन्तिम पटक
फोनमा भनेको याद छ
ल राम्रोसँग बस्नुहोला
ठूलो मान्छे बन्नुहोला ।
त्यो अन्तिम फोनभन्दा
चार दिन अगाडीको अन्तिम भेटमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अमर त्यागीका दश मुक्तकहरु

~अमर त्यागी~amar-tyagi

बिरानो शहरमा बन्धक छन् जीवनका सुखचयन मेरा
वर्षा ऋतुको जलकुण्डझैं छचल्किरहन्छन् यी नयन मेरा ।
परिस्थिति र प्रकृतिनै वेदना र आनन्दका अनन्त स्रोत हुन्
वाह ! काँढैकाँढाले बनेका छन् फूलहरूका यी शयन मेरा ।।

स्वयंको सुख नमेटेसम्म अरूको दु:ख मेटिन्न हजुर !
धनले मात्रै मनको सुख र शान्ति कहिल्यै भेटिन्न हजुर !
सत्य,निष्ठा र कर्मले सधैं उज्यालो बन्छ जीवन हाम्रो,
श्रमको जलले नसिंचेसम्म सृजना सुन्दर देखिन्न हजुर !! Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

बाल कथा : बोल्ने गुफा

~उमाशङ्कर द्विवेदी~

कुनै वनमा खरनखर नामक एउटा सिंह बस्दथ्यो । एकदिन भोकले आकुल–व्याकुल भएर शिकार गर्नको लागि जानवरहरूलाई खोज्न यताउति भौतारिंदा पनि साँझसम्म कुनै जानवर फेला पार्न सकेन । सूर्यास्त भइसकेपछि उसले कुनै जानवर बस्ने एउटा रित्तो गुफा देख्यो । यस गुफाभित्र लुकेर बस्दा यसमा बस्ने जानवर रात परेपछि वास बस्न निश्चय नै आउला र त्यो जानवर आएर गुफाभित्र छिरेपछि त्यसलाई मारेर खाई भोक मेट्नुपर्ला भन्ने दाउमा सिंह त्यस गुफाभित्र छिरी शिकार ढुकेर बस्यो ।

रात परेपछि त्यस गुफाभित्र बस्ने दधिपुच्छ नाम गरेको एउटा स्याल आयो । गुफाको ढोकामा गएर हेर्दा त्यहाँ Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

Translated Poem : Awaiting a New Nation

~Yuyutsu Sharma~

From the porous ground
of a savage slope
ravaged by a landslide
they watch visitors
coming up the hill paths
like clouds rushing up
through the green folds of mountains
to race over the hunger of their huddled huts.

From the rickety shacks Continue reading →

Posted in Translated Poem | Tagged | Leave a comment

कविता : हेर !

~शिरीष रानाभाट~

हेरन, ध्यानपूवक हेर
फर्केर हेर, दायाँबायाँ हेर
कस्तो देख्दै रिंगटा लाग्ने
भयावह रगतको आहालमा
तैरिएका असङ्ख्य लासहरू हेर ।
मानवीय सम्बन्ध र बन्धुत्वको नाताभित्र
आत्मीयता र सद्भावको बन्धन चूँडालेर
सभ्यता र संस्कृतिको जग हल्लाउँदा
इतिहास खसेर पुरिएका झोपडी र वासहरू हेर । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : रमाउन देउ मलाई

~सोम खनाल~som-khanal

तिम्रो काखको सिरानी निदाउन देउ मलाई
चोखो प्रित को काहानी सुनाउन देउ मलाई
दिनै भरि कालो बादल लाग्ने हो की थाहा छैन
एउटा सुनको बिहानी रमाउन देउ मलाई ।

कहीले आयो बालपन कैले गयेछ जवानी
नदेखेरै सपनाहरु बितेछ पो रात पनि Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : दिलमा आखिर खोटरैछ

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

जीबनको मझधारमा
सदा तिमी भन्ने गथ्र्याे
एउटा मुटु चुडिकन
अर्काे मुटु जोड्नु छ है
लहसियौ पराईसंगै
आफ्नोलाई टाढा बनाई
आफ्नो मान्छे आफ्नो नभै
किन हुन्थ्यो पराई आफ्नै Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : कुठाराघात

~सजना गुरुङ~Sajana Gurung

हरेक रात कालो आकाश , कालो मुशालधारे पानी अनि अचानक डरलाग्दो बाढी पहिरो आएर मेरो घर बगाएर लान्छ ! मेरो जुम्ल्याहा दुइ छोरीलाई दुइ हातले समाउदै म त्यो कालो तालमा “ बचाउ ! बचाउ !! भन्दै चिच्याई रहेको हुन्छु | “

तीन हप्ता देखि भयानक सपनाहरुले तर्साइरहेको छ ! एकोहोरो पिडोलिरहेको छ ! सन्तापहरु बढाइरहेको छ ! नचाहेरै म विश्वास गर्न बाध्य हुन्छु कि यी सपनाहरुले केहि बर्बादीको संकेत गरिरहेको छ भन्ने कुरामा | जीवनको छत्तिसौ बसन्त काटिसकेको छु मैले तर यस्तो सपना ? त्यो पनि नियमित ; पहिलो पटक देखिराको छु |

पाँच हप्ता पहिले मात्र आफन्त मार्फत पाँच लाख श्रीमतीको हातमा थमाई दिएको थिएँ उनको कपडा Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : बोकियो भारी

~दिलिप योन्जन~Dilip Yonjan

बोकियो भारी जिन्दगी भरी, उकाली देउराली
सम्झिदा पनि झर्दछ आसु, सुखको चौतारी

सबैको देख्छु हासो खुसी, मैरहेछु अभागी
बिताउदैछु नि दुखिया जिबन, आसुले पखाली Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : असमर्थ राजधानी शहर

~तीर्थ श्रेष्ठ~Tirtha Shrestha

घण्टाघर छ
समय बताउन असमर्थ
धरहरा छ
वरिपरिको दृश्य हेर्न असमर्थ
रानीपोखरी छ
आफैं नुहाउन असमर्थ
असमर्थताको यो लस्कर लामो छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

मनोवाद कथा : अन्तिम परीक्षा

~प्रकाश गिरी~Prakash Giri

मेरो प्रेमकहानी अनौठो छ। उसलाई थाह छ म उसलाई नै चाहँन्छु। मलाई थाह छ ऊ अरु कसैलाई चाहन्छे। ऊ थाह नपाएजस्तो गर्छे, म थाह नपाएजस्तो गर्न खोज्छु।

 प्रेमले जिवन दिन्छ। एकतर्फी प्रेमले जिवनमै मृत्यु थपिदिन्छ। हाँहाँ… ‘उसको प्रेमकहानी, उसको जनैसुपारी…’ – तपाँई सोँच्नुहोला – ‘…उसको सिउँदो, उसको सुहाग…’। …मतलब म अझैँ धेरैफेर मर्न बाँकि छ। तर गलत्… म त उसका यि सबै क्षणहरु हेर्न लालायित छु। मलाई ऊ रमाएर हाँसेको हेर्न निकै मन पर्छ। सायद ऊ मेरी हुन Continue reading →

Posted in नेपाली कथा, मनोवाद / स्वगत | Tagged , | Leave a comment

थारू भाषी मुक्तक : मीठ मीठ गाला मर्ली

~चित्र लक्ष्मी~chitra-bahadur-chaudhari-laxmi

पहिल भ्याँटम मीठ मीठ गाला मर्ली
द्वासर भ्याँटम निंगारके प्याला भर्ली
लौक लौक लौकती रह हमार प्रेमनैया- Continue reading →

Posted in थारू मुक्तक | Tagged | Leave a comment

कविता : हतार

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

हरेक दिन हाम्फाल्दै कुदिरहेछु म हतार हतार
कुन्नी के लाई हो हतार
थाहा छैन
तर पनि हतार छ
एकदमै साह्रै हतार छ
एकैछिन थकाई मार्ने मौका छैन
कतै पुगि हाल्नु छ कतै पुग्नु छैन र पनि
केहि गरी हाल्नु छ केहि गर्नु छैन र पनि
विना वित्थामा हतार छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment