कविता : हेर !

~शिरीष रानाभाट~

हेरन, ध्यानपूवक हेर
फर्केर हेर, दायाँबायाँ हेर
कस्तो देख्दै रिंगटा लाग्ने
भयावह रगतको आहालमा
तैरिएका असङ्ख्य लासहरू हेर ।
मानवीय सम्बन्ध र बन्धुत्वको नाताभित्र
आत्मीयता र सद्भावको बन्धन चूँडालेर
सभ्यता र संस्कृतिको जग हल्लाउँदा
इतिहास खसेर पुरिएका झोपडी र वासहरू हेर ।

अशान्ति, अन्याय र अत्याचारको पीडाले
‘दिनको भोक न रातको निद’ हुँदा पनि
कसो-कसो बाँचेका निर्दोष भाइबहिनीहरूको
मरिसकेका मन र आशहरू हेर ।

घर भाँड्ने र भत्काउने निहुँ चाहिँदा
जाति, भाषा र भूगोल फुट्न सक्ने
घृणा र द्वेष, अरुचि र अपमानजस्ता
हिलोले बनेका गहिरा दलदल र भासहरू हेर ।

पुर्खाको आर्जन र हाम्रो गौरव
अस्तित्व र अस्मितामाथिको आस्था डगाउने
सत्व, स्वाभिमान र स्वतन्त्रता हर्ने
ताकभित्र लुकेका जादुगरी अस्त्रका रासहरू हेर ।

समवेदना शून्य अवसरवादीहरूको
देशघाती, भ्रष्ट र सामन्तहरूको
पर्राईका भरौटे र भरियाहरूको
जाल-झेल, फूर्ति र अट्टहासहरू हेर ।

त्यसैले अब –
समय नर्घर्किंदै र दिन नढल्दै
चेत फिर्नुपर्छ, होस आउनर्ुपर्छ
जाग्नुपर्छ र जुट्नुपर्छ
हातेमालो गरेर हिँड्नुपर्छ
बाँच्नका लागि रोक्नैपर्छ –
भोलिको विखण्डन र विनाशहरू
हेर…. र हेर !

शिरीष रानाभाट
ल्फोरिडा, अमेरिका

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.