~प्रकाश खतिवडा~
‛जुन जोगी आए पनि कानै चिरेको, को नेता सांसद भए पो हामीलाई के ? को प्रधानमन्त्री भए पो हामीलाई के ?’ निशाना दिदीले आक्रोस पोखिन ।
टेलिभिजनमा प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रमको प्रत्यक्ष प्रशारण आइरहेको थियो । नेपाली काग्रसका नेता शुसिल कोइराला प्रधानमन्त्री भएकोले टेलिभिजन हेर्न स्थानीय काग्रेस कार्यकर्ताहरु अलि धेरै नै जुटेका थिए ।
“हेरन आफ्नो पार्टीको मान्छे प्रधानमन्त्री भएको भए दिदीले यसै भन्थिन ? ” विचैमा एउटा युवा प्वाक्क बोल्यो ।
‛मलाई जो भए पनि केही छैन । आस गरेकाले त खुल्केपाटो लाए । यी त जातै जम्दार के आस गर्नु ।’ दिदीले तत्काल जवाफ फर्काइन Continue reading