कविता : मुक्तिको कल्पना

~अशेष मल्ल~ashesh-malla

चराका पखेटा काटिदिनुस
र, भन्नुस्
जा
उड् आकाशमा ।
र, भन्नुस्
तँ स्वतन्त्र छस्
बादलसँग
बादल भएर
उड्न आकाशमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

केस्रा : धोका

~मीना पुमा राई~mina-puma-rai

मन मुटु साटेर
आफ्नै औला काटेर

सजायौ यो सिउदो
सबै कुरा ढाटेर Continue reading →

Posted in केस्रा | Tagged | Leave a comment

कथा : सी यू टीकाको दिन

~राजव~Janardan Pudasaini Rajab

चाल्र्सटाउन हेल्थ केयर सेन्टरको डेस्कमा लगभग चालीस पार देखिने खैरेनी काम गर्दै थिई । निकै मोटी ऊ कुर्सीमा पूरै कोच्चिएकी थिई । म डेस्कमा उभिन आएको देखेपछि उसले आफ्ना नीला आँखा मतिर उचाल्दै सोधेकी थिई,

“मे आई हेल्प यू ?”

“ओ यस ।” भन्दै मैले उसलाई आफ्नो उपस्थितिको पत्र र मेडिकल बीमाको कार्ड खल्तीबाट झ्किेर दिएको थिएँ । मैले दिएको पत्र र बीमाको कार्ड लिएपछि ऊ कम्प्युटरको मोनिटरमा फर्की । ती पत्र र कार्ड हेर्दै ऊ किबोर्ड चलाउन थाली । उसले त्यसमा मेरो नाम, जन्ममिति र इन्स्योरेन्स नम्बर टाइप गरी शायद । त्यत्ति गरेर माउस नचाउँदै एकछिन ऊ मोनिटरमा घोरिई । त्यसपछि ‘अलराइट’ भन्दै ऊ मतिर फर्की र भनी, Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म्याकलेको भूत

~लक्ष्मण श्रेष्ठ~Laxman Shrestha

“अब यो विश्वविद्यालय पनि चिहान हुन्छ। अनि गिद्ध रिंग्छन्। सब खत्तम पार्ने भए सालाहरू !” आक्रोश पोख्यो सुदिपले।

“भए पो रिंग्छन् गिद्ध” जोनले जोक्स हान्यो। हाँसे सबै।

“कुराको मर्म बुझ्न मुला” सुदिप झोक्कियो। “साँच्चैको गिद्ध रिंगे त ठिक्कै हुन्थ्यो नि। मान्छेरुपी गिद्धको कुरा गर्दैछु।” स्पष्टीकरण दियो उसले।

“अनि के अहिले गाई हिंडेछन् भन्ने सोंचेछस् तैले? गिद्धहरूको हातमा परेर त यस्तो भ’को।” जोन बोल्यो। आवाजसँगै उसको गिलास पनि रित्तियो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : सहकारी

~आस्था के.सी.~Aastha KC

आउ गरीव अनि शोषित जनहरुसधैं सधैं पसिना बगाउनेहरु
दशनँग्रा खियाएर पनि
एकछाक राम्रो संग खान नपाउनेहरु
हामी सबै सबैको लागी आवश्यक छ सहकारी । ।

रोग,भोक र शोकले Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हामी हुरीका चराहरू

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

देश भएका हामी देशबिहीनहरू
जागिर खाएइका बेरोजगारहरू
नेता बनेका नेतृत्वहीनहरू
सास फेर्दाफेर्दैका ज्यूँदा लाशहरू ।

हामी सबैले दाह्रा किटेर
मुड्की उठाएर भनौँ
एउटै थलोमा उभिएर हामी सबैले अन्तिम निर्णय गरौँ
उप्रान्त, हामी ज्यूँदा लाशहरूबाट
यो त्रिकालदर्शी समयले के आश गर्ने ?
आफ्नै पाइला हिँड्ने यो घाम/छायाले
हाम्रै भाग्य र भविष्यको कस्तो परिकल्पना गर्ने ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सपूत राष्ट्रको

~ललिता ‘दोषी’~lalita-doshi

छोरा हुनु तिमीजस्तो सपूत राष्ट्रको
तिम्रै नामले पनि उठ्छ शिर देशको
नेपालीका गहभरि छ तिम्रै तस्बिर आज
धन्य लक्ष्मी तिमीले राख्यौ जन्मेको लाज ।

नेपालीका धुकधुकीहरूमा तिमी सुस्तरी चल्मलाउँछौँ
रवि, शशी तिमी, तिमी किन पो बिलाउँछौँ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक अंश : ग्रेटफल्स

~कृष्ण धराबासी~

यसै बीचमा काठमाडौंबाट यादवले फोन गरेर भने – ‘ न्यूयोर्कभन्दा माथि एउटा बर्ड कलेज छ रे । त्यहाँ मेरी एक परिचित बहिनी छन् अनुस्का श्रेष्ठ । उनीहरु त्यो कलेजमा फिल्म हेर्न मन गरिरहेका छन् । आउने जाने खर्चको व्यवस्था कलेजले गर्छ रे । केही पैसा पनि दिन्छ होला । उनीहरुले सम्पर्क गरे भने दाइले पुगिदिनु पर्छ होला ।’एयरपोर्टमै साथीहरु लिन पुगेका थिए । त्यहाँबाट सिधै मलाई यामजीको कोठामा पुर्‍याइएको थियो । पूर्व सल्लाह अनुसार आर्लिङ्गटन लाइब्रेरीमा अमेरिकामै पहिलो प्रदर्शनीको उद्घाटनको तयारी भइसकेको थियो । आर्लिङ्गटन पछि फेयरफ्याक्समा अर्को प्रर्दशनीको तयारी हुँदैथियो, पर्शुराम भण्डारी, प्रदिप ढकाल र कृष्ण भण्डारीहरुकेा सक्रियतामा । मभने कहिले आर्लिङ्गटन, कहिले हरन्डनको पाहुना भइरहेको थिएँ ।

मेरो लागि अमेरिकाको प्रत्येक ठाउँ नयाँ थियो । पोहोर साल अमेरिका आउँदा सिधै अलाबामा गइयो । त्यही पाँच महिनाजति बसेर नेपालफर्केँ । त्यसपछि यो मेरो दोश्रो यात्रा थियो र यसपालि भर्जिनिया उत्रेको थिएँ । यहाँ त मलाई भाइहरुले सँगसँगै घुमाउदै थिए तर, त्यो नदेखेको ठाउँमा म एक्लै कसरी पुग्छु होला ? हुन पनि आजसम्म मैले लामो यात्रा एक्लै त्यति गरेकै छैन । कोही न कोही साथीको व्यवस्था गर्थेँ नै । सायद लामो एक्लो Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

लघुकथा : झन्डै अनर्थ भएको

~समीर पाख्रिन~

चार धाम तीर्थयात्राका लागि घरबाट निक्लेका सुखवीर र उनको पत्नी बसुन्धराको पनि कुनै फोन, खबर आएन । आमाबुबा फर्कने आशामा बाटो हेरेर बसेका परिवारका सदस्यहरूले आमाबुबा तोकेको समयमा पनि घर नफर्केका र कुनै खबर टु·ो नपाएपछि खोजतलास तीव्र पारेका थिए । उनीहरूले भारतीय दूतावासमा दुवैको फोटो र विवरण दिएर खोजी गरिदिन आग्रहसमेत गरेका थिए तर सबै प्रयास विफल भएको थियो । उत्तराञ्चलमा आएको भीषण बाढीपहिरोमा परेर हजारौं तीर्थयात्रीहरू बेपत्ता भएका र सयौंको ज्यान गएको खबरले परिवारका सदस्यहरूलाई भयभीत पारेको थियो । उनीहरूलाई रातभर निद्रा परेको थिएन । कतै आमाबुबाहरू पनि दुर्घटनामा त परेनन् । सोच्दा मात्र पनि उनीहरूको शरीर जिरि· हुन्थ्यो । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : म बिश्वास हुँ

~नारायण पोखरेल~

हो म बिश्वास हुँ ,
धोका ले मरेको छु ,
झुट बाट हारेको छु ,
सत्यको किनारा हुँ ,
सपना को साहारा हुँ ,
अलौकिक शक्ति हुँ ,
एक प्राप्ती पनि हुँ , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : बुद्धको हार छ आज

~रमेश भट्टराई ‘सहृदयी’~

रक्तनृत्य विरोधी शान्ति दूत बुद्धको हार छ आज
हिटलरको रक्त होलीलाई कत्रो सत्कार छ आज

पिपले खेतलाई मिलेर सधैं कुलो खन्थे छिमेकीहरू
दलित बाहुन्, बाहुन् दलित विरोधी दुई धार छ आज Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : मरेर गै सकेपछि

~जीवराज बुढाथोकी~

गरौं र के म सम्झना, मरेर गै सकेपछि ।
टिपौं र फूल आज ती? झरेर गै सकेपछि ।

कथा सरी छ सम्झना, किनारमै सुसाउने,
सुनाउँ के तिमी नदी, तरेर गै सकेपछि । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : म त मर्द होइन कि के हो ?

~प्रमोद अधिकारी~

पत्नि प्रति गरेको माया
समाजको आँखामा
जोइटिङ्ग्रे भयो रे ।
अनि उनिले गरेको
म प्रतिको
प्यार र समर्पण
दासता भयो रे । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : सुरुवाल लाको भए आह!!

~निर्मला अवस्थी~Nirmala Awasthi_1

धोती चोलो दौरा सुरुवाल लाको भए आह!!
देशकै पहिरन लगाएर गाको भए आहा!।।

कति खुशी हुन्थ्यौ मन सबलाई उस्तै देख्दा
यो देशको गौरब बढन पाको भए आहा!।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : अधर मुस्कुरायो

~रिता खड्का ‘त्रिलता’~

प्यारो मान्छे नजिक आयौ अधर मुस्कुरायो
नयनमा नयन जुध्दा आहै! नजर मुस्कुरायो

एक्लै हुँदा सन्नाटा छाएथ्यो हिजो सम्म यहाँ
तिम्रो आगमनमा आज मेरो शहर मुस्कुरायो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो याद धेरै आउँछ

~बिरही लक्ष्मी~

बर्खा लाग्यो आमा तिम्रो याद धेरै आउँछ
सुसाई बग्ने खोलाले नि तिम्रै गित गाउँछ !!

उर्लि बग्दै होलान ती खहरे खोलाहरु
ख्याल गरि बस्नु आमा खराब त्यो ठाँउ छ !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : स्वार्थ साधेको देखियो!

~अशोक ‘खलानको मान्छे’~

स्वार्थको चरु होमेकाहरुले स्वार्थ साधेको देखियो!
संसार फेर्छु भनेर हिंड्ने आफै फेरियको देखियो!१!

पशिनाका कुरा गर्थे,जिबन का कुरा गर्थे !
जिबन का कुरा गरी जगत लाई लुटेको देखियो!२! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : बाहुबल उर्फ ‘काडर टिचर’

~केशव शर्मा~

आदर्श माध्यमिक विद्यालयका अनेक विशेषता छन् । प्रथम, यो गाउँमा अवस्थित छ, सदरमुकामदेखि करीव पन्ध्र बीस किमिको दूरीमा । दोस्रो, यहाँ दरबन्दी जम्मै प्राथमिक तहको मात्र छ । तेस्रो, प्रावि शिक्षकहरुले नै माध्यमिक कक्षाहरु पढाउँछन् र चौथो, एसएलसी परिणाम राम्रो आउँछ ।

आफू पनि सामुदायिक विद्यालयसँग सम्बन्धित भएको कारण यो विद्यालयको विशेषताहरुमध्ये चौथोले मलाई झट्ट आकर्षित ग¥यो । लाग्यो उनीहरु अनुकरणीय छन् । यस्ताको सत्संग गर्नु राम्रो । हाम्रो संस्कृतिमा सत्संगको ठूलो महत्व छ । सत्संग अर्थात् सज्जनहरुको साथ ।

उनीहरुसम्म पुगी भेट्ने, बुझ्ने मनसाय व्यक्त गरें सहकर्मीहरुमाझ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : गजल लेख्दै छु

~कुमार आङदेम्बे अबि~

कलम धरापमा,राखेर गजल लेख्दै छु ।
जीवन करारमा,राखेर गजल लेख्दै छु ।

सफर जिन्दगीको,थकान अर्कै कहानी,
समय सराबमा,राखेर गजल लेख्दै छु । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

सूत्रकथा : यथार्थ

~कुमार काफ्ले~kumar-kafle

-उनी धनी ह्यान्डसम श्रीमानको साथ सपिङमल घुम्न गएकी छिन्।

-मन लागेको कुरा किनेकी छिन्, खाएकी छिन्।

-त्यसपछि पोखरा,लुम्बिनी र सौरहा घुम्न निस्केकि छिन्। Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

कविता : कविताको सर्वेक्षण

~विमल निभा~Bimal Niva

भलादमीहरु प्रेमगीत गाउनमा
सिपालु छन्
मन्त्रीहरु मोडर्न आर्टमा सिद्धहस्त
नृशास्त्रीहरुका कुकुरको जात
सबभन्दा उच्च
विद्यार्थीहरुलाई आफ्ना पे्रमिकाको
ब्रेसियरको नम्बर
कण्ठस्थ
छोरीको गतिशील जवानीमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पौराणिक कथा : जुम्रा र उडुस

~उमाशङ्कर द्विवेदी~

एउटा राजाको अत्यन्त सुखदायी शयनागार थियो । त्यस शयनागारमा आरामदायक ओछ्यान थियो । त्यस ओछ्यानमा अत्यन्त सुकिलो तथा सफा तन्ना ओछ्याइएको थियो । त्यस तन्नाको सन्धि (जोड)मा मन्दविसर्पिणी नाम गरेको एउटा जुम्रा बस्दथियो । राजाको स्वादिलो रक्तपान गरेर उसको समय आनन्दपूर्वक बितिरहेको थियो ।

एक दिन कतैबाट डुल्दाडुल्दै अग्निमुख नाम गरेको एउटा उडुस त्यस शयनागारमा आयो । त्यसलाई देखेर त्यहाँ रहेको जुम्राले भन्यो–अरे अग्निमुख, तिमी यहाँ कताबाट आइपुग्यौ ? यहाँ कसैले तिमीलाइ देख्नुभन्दा पहिले नै यहाँबाट भाग, नत्र भने तिम्रो ज्यान बाँच्ने छैन । Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कथा : अधुरो प्रेम र उनको नशा

~नवीन उदासी~Nabaraj Budha 'Nabin udasi'

बिगतका त्यी रमणीय पलहरुलाई सम्झिएर आज प्रवासको यो बिरानो ठाउँमा चौध घण्टा ड्युटी सिध्याएर होस्टेलमा फर्कन्छु । ..उनको एकोहोरो सम्झनाले गर्दा यो मेरो मुटु सारा छिया-छिया भएको छ, पल प्रति पल यो मेरो मुटु उनकै सम्झनाले पानिबिना माछा जस्तो मरुभूमिमा तड्पिरहेको छ । आज उनको मिठो सम्झना र यादले सताए पनि सपनीमा उनि संगै जति रमाए पनि आखिर आज उनको मायाँले गला सारा रेटिएको छ ।

बिरानो सहरको ठाउँमा उनकै मायाँको नशाले यो छाती यति बिघ्न पोलिरेहको छ । तर पनि खोलावारि, खोलापारी नौं डाँडाको यो क्षितिजमा पनि मैले उनलाई खोजेर कतै पनि भेटिन । सायद उनि त शितल पवन Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : फेरि सम्झे तिमीलाई

~पशुपति कर्माचार्य~

गुलाबको सुवासले गर्दा फेरि सम्झे तिमीलाई
त्यही फूलको काँडाले घोच्दा पनि सम्झे तिमीलाई

तिम्रो आँशु मेरो मुटुको गहिराईबाट बग्छ
बहेको तिम्रो आँशुले गर्दा फेरि सम्झे तिमीलाई Continue reading →

Posted in गजल | Tagged | Leave a comment

स्वदेश गीत : म त तिम्रै सन्तान हुँ नि

~आचार्य प्रभा~acharya Prabha

बैरी नठान आमा मलाई म त तिम्रै सन्तान हुँ नि
छाती तिम्रो पीडाले चर्किए मै मल्हम बन्न सक्छु नि —

जन्मियौ हामी तिम्रै कोखबाट सन्तान थरी थरी ,
सजायौ सपना मिठो तिमीले हाम्रै भर पर्छु भनी— Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : दशैँमा भेटौँ

~केदार शर्मा~

मिता,
मैले त कहिल्यै बिर्सिन सकिँन
तपाईँ र मलाई साथै राढीमाथि बसाएर
मितबा मितामाले निधारै ढाकेर
दुईहातले लगाइदिएको टीका
“छोरा, तेरो बाजेलाई जस्तो आउँदैन है हाम्लाई त देउताको भाषा
हाम्रै भाषामा आसिक दिन्छुङ –
दिइखाने भएस्, मागिखाने नभएस्
चिताएको पुगोस्- तर राम्रो चिताएस्”
“घरमा भन्दिन्न, खुसुक्क खाऊ!” – मझेरीमा, काँसको बटुकामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दाबाद-आगोहरु ! मुर्दाबाद-पानीहरु !

~बिमल गुरुङ~bimal-gurung

आगोहरु-जिन्दाबाद ! सरासर पानीहरु मुर्दाबाद!
मुर्दाबाद-पानीहरु ! जिन्दाबाद-आगोहरु !
जिन्दाबाद आगोहरु !
सरासर आगोहरु-जिन्दाबाद !
ढुँगेकालदेखि नै
पानीहरुले
आगोहरुको छातीमा घोडा हाँक्दै आइरहेका छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : शताब्दी पग्लेको ओढारसित मान्छे

~तोया गुरुङ~

फुत्किन्छ प्रतिध्वनि ओढारभित्र ठोक्किएर
कोच्चिएर, कोप्चिएर ओढारभित्र
जिन्दगी खाँदिएर
मान्छे…
मान्छे दब्बिएर अपरिचित भइसकेको छ
लम्केर, केवल लम्केझैँ गरेर
फुस्किएर नलीखुट्टाका हाडहरू
अन्धोतुल्य ठोक्किएर
अन्धोहीन खहरेमा मिसिएर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मृद्ध

~ध्रुवचन्द्र गौतम~Dhruba Chandra Gautam

उसको घर म यसअघि गएको थिइनँ । परिचय धेरै पुरानो हो । म यसलाई रेस्टुरेन्ट मित्र भन्छु । रेस्टुरेन्टबाहेक कतै भेटेको सम्झेर भन्नुपर्छ । मानिस ठीक थियो । हलुको

हास्यको । हलुको हास्यको अर्थ हो, केही व्यक्तित्वको हलुकोपन, केही त्यही हलुकोपनले उमार्ने हास्यरस ।

कहिलेकहीँ, कुरा लाउने बानी पनि थियो । उसलाई थाहा होस्, आज कतै पार्टी छ र म आमन्त्रित छु भने, अगिल्लो दिन फोन गरेर भनिदिन्छ, ‘भोलि चार बजेका लागि बधाई छ ।’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तिम्रो म

~बिकास आचार्य~Bikash Acharya

‘मामु….मामु’ अस्मु समीलाई बोलाउँदै दगुर्दै छेउमा आई ।

अस्मु समीकी एक्ली छोरी । भर्खर एसएलसी सकेर घरमै बसेकी छ । यौवनले ढकमक्क ढाकेको छ अस्मुलाई । चञ्चले छे, सुन्दर छे, स्वच्छन्द छे अनि निष्कपट छे । टोलभरका नवयुवकहरूको मुटुको स्पन्दन भएकी छ ऊ । सबैले मनमनै मन पराएका छन् । कति जनाले त आफ्नो ऊप्रतिको आकर्षण व्यक्त पनि गरेका छन् । उसको गोरो अनुहारमा एउटा नजानिँदो आकर्षण छ । गठिलो शरीरका हरेक अवयवले कुनै पनि पुरुषलाई पगाल्न सक्छ ।

छोरीले आफूलाई सम्बोधन गर्दै कुदेर आएको परैबाट Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : थाके जस्तो लाग्यो

~रवि प्राञ्जल~Ravi Pranjal

हिंड्दाहिंड्दै जिन्दगी नै थाके जस्तो लाग्यो ।
बाटोभरि तुवाँलोले ढाके जस्तो लाग्यो ।

जिन्दगीको यात्रा मेरो अझै बाँकी थियो,
बीचै बाट कोही आई डाके जस्तो लाग्यो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

एकाङ्की : करार–विवाह

~नन्दलाल आचार्य~

(रङमा टाँगिएको ब्यानरमा ठूलो अक्षरमा ‘करार–विवाह’ लेखिएको छ । त्यहीँ कुर्सीटेबुल राखिएका छन् । त्यहीँ निम्न प्रकृतिका छजना नरनारीहरू बसेका छन् ।)

पुण्य : ३९ बर्से विवाहित युवक (शिक्षित–पठित, लेखन र शिक्षण पेसामा आबद्ध)
सृष्टि : २३ बर्से अविवाहित युवती (शिक्षित–पठित, अविवाहिता, संस्थामा जागिरका लागि विवाहदर्ता प्रमाणपत्रको खोजीमा भौतारिएकी)
अभित : ३२ बर्से अविवाहित युवक (शिक्षित–पठित, शिक्षण पेसामा आबद्ध)
लक्ष्मी : २७ बर्से विवाहित महिला (शिक्षित–पठित, शिक्षण पेसामा आबद्ध)
लक्ष्मीकान्त : ३५ बर्से अविवाहित युवक (शिक्षित–पठित, वकालत पेसामा आबद्ध)
कर्णकान्त : २५ बर्से अविवाहित युवक (शिक्षित–पठित, बेरोजगार, अर्धपागलजस्तो, बेला न कुबेला बोलिरहने, अर्काका कुरा त्यति ध्यान दिएर नसुन्ने तर आफ्ना कुराचाहिँ अरूले सुनून् भनी चाहने । आफूलाई प्रेम र विवाहसम्बन्धी विभिन्न विद्वान्हरूको दृष्टिकोणको ज्ञाता ठान्ने प्रकृतिको ।) Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment