गीत : चाँदीको भित्ता सुनको छानो

~यादव खरेल~yadav-kharel

चाँदीको भित्ता सुनको छानो मोतीको भण्डार
मानिस भयो लिलामी वस्तु यो कस्तो संसार

पैसाको लागि आजको मानिस सब पाप गर्दछ
धनको कैदी लोभको जेलमा निर्धन मर्दछ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

छन्द कविता : आँसु, शोक र शक्ति

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द : शार्दूलविक्रीडित

वर्षा हुन्छ दरर्र बादल चुही आकाश रोएपछि
आत्मा बन्छ पवित्र आँसु झरना दर्केर धोएपछि
रुन्छन् भक्त सभक्ति याचन गरी पूजा गरी मन्दिर
रोई देह तरर्र झार्छ पसिना निर्माणका खातिर ।।

रोइन् धर्धर वस्त्रको हरणमा लज्जा झरी द्रोपदी
हाँस्यो कर्तुत-युक्त नीच शकुनी फैल्याउँदै त्रासदी
उम्ल्यो अग्नि बनेर आँसु रणमा गर्जेर पैँचो तिरी
सारा कौरव मासिए पलकमै घाँटी र छाती चिरी ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : नेताहरु

~दिलिप योन्जन~Dilip Yonjan

जुन बेला म
भिडहरु बीचमा छटपटिदै हतार हतार
कोलाहलबाट भाग्छु ………..निस्सासिदै………
देख्छु त्यही भिड ………….त्यही जमात
एउटै झन्डा ………………… एउटै माग
हातभरि बिरोधका ब्यानर बोकेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मजदुर र मट्टीतेल

~कमल कुमार~kamal-kumar

मेरो जहानका आँशुले
चुलो बल्ने भए
कति जाति हुन्थ्यो
किन्नु पर्दैन थियो त्यो महङ्गो मट्टीतेल

पसलेले
मस्यौरा पोको पारेर दिएको अखबारमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : रेलमा लम्पट, लबी र सार्त्र

~मनोज बोगटी~Manoj Bogati_1

बबाल कविता लेख्दै गरेका र हाइटमा चुलिँदै गरेका कविमित्र निमा शेर्पा 27 जुनमा कालेबुङ आए। कविताकुरामा कफिकप रित्तियो। चिलड्रेन्स अफ गड नामक डोकुमेन्ट्रीले कलात्मकरुपले टिपेको नेपालको आर्यघाटमा जीवन गुजार्नेहरूको पीडाले हामीलाई कसरी हल्लायो, कुराको चुरो थियो। नेपालका राम्रा किताब यता आएपछि भारतीय हुन्छ। किताबको कुरा आउँदा हामी पसलमा थियौं। कृष्ण धरावासीको निबन्धहरू जम्मै, नयनराज पाण्डेको लू र पुण्यप्रसाद प्रसाईको सार्त्र मैले टिपे। निमाले टिप्यो लू र पाण्डुलिपि। नेरु दाम लेखिएको पुस्तकलाई भारु तिर्‌यौं। हामीले नेपाली मूल्य कहिल्यै तिर्न पाएनौं। स्वाद लाग्छ सोंच्दा वेस्वाद भन्दा धेर। हज्जारौं भारु खर्च गरिरहेका छौं नेपाली पुस्तकमा। यो यताको यस्तो बाध्यता हो, जसलाई पन्साउन मिल्दैन। विरोध गर्‌यो कि किताब आउँदैन। धेरै पैसा तिरौं र किताब पढौं-संस्कार उठाउँदैछौं। Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : स्वतन्त्रता हो मानवता रे

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

स्वतन्त्रता हो मानवता रे !
घाम यही हो, कुइरो धनमा लाग्छ कहाँ र पता रे ?
कुइराका सब काकहरु पनि बोल्छन् यसकै कथा रे !
सिक्रीका पनि पशुहरु भन्छन्ः “आजाद सबै छौँ सदा रे !”
धेरै बोल्छन्, थोरले बुझ्दछ,
दासता हो मानव चिता रे !
स्वतन्त्रता हो मानवता रे !

युग युग कोटी मानव उडेथे लाउन यसको पता रे !
तर यति मसिनो यो छ उज्यालो, भूमा स्वर्ग ज्यथा रे !
सूनसान नै यसको बाटो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चढूँ नित्य आत्मीयताको उकाली

~निर्मोही व्यास~Nirmohi Vyas

छ यो मेदिनीसङ्ग नाता पवित्र
यही स्वर्ग मेरो, यही पुण्य तीर्थ
नखाऊँ कसैको कहीँ गाँस खोसी
सकेमा अरूको बसूँ प्राण पोसी

म आस्था बिसाऊँ सधैँ पात्रतामा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : …..अर्थात् स्वत्व

~सुवास खनाल~subash-khanal

यो साँझ फेरि उस्तै भइरहेन । आजभन्दा पहिलेका साँझहरू सामान्य बितेका हुन् । र यो पनि हैन कि यो साँझ असामान्य थियो । सामान्य र असामान्यबीचको भेद मलाई खास थाहा छैन र त्यत्रो मतलब पनि छैन । यो साँझ अलिक फरक घटना भयो ।

पश्चिमी क्षितिजबाट सूर्य फुत्किएर भागेको केही समय भइसकेको छ । रमरम अँध्यारो छ । वास्तविक अँध्यारो के हो ?,यो पनि मलाई थाहा छैन । मैले केही पुराना तर क्लासिक कविहरूको कवितामा अँध्यारोलाई नकारात्मक प्रतीक बनाइएको विषय भने पढेको छु । अँध्यारो कसरी आफैँमा नकारात्मक छ ? यो प्रश्नले बारम्बार मलाई हिर्काइरहेको पनि हो । तर उत्तर खोज्नुमा खास महत्व भने मैले दिइनँ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

सुनुवार भाषी कविता : न्हाँ सोःत

~सुर्य प्रकाश सुनुवार चेरेहामसो~

’लाँऽका ग्लिःत न्हाँ सोःत,
बोअ्शा लापचो गुअ् रोअ्ता !
अ्वाक ’दाऽइशशा कुल चिअ्सिति,
ब्लेअ्से पाथि गो निससिति !!

मामाम खामे मिऽ’पाऽइतु ,
खामे जाथि निपपाऽइतु !
जाऽइँ तुःइ पाशा गुइचिअ्सिति,
ब्लेअ्से पाथि गो निससिति !! Continue reading →

Posted in सुनुवार कविता | Tagged | Leave a comment

गजल : ज्यामीको सुख्खा रोटी पढ्नू

~राजेन्द्र थापा~Rajendra Thapa

देश चिन्न मन भए, ज्यामीको सुख्खा रोटी पढ्नू
आफू चिन्न आफ्नै मुटु, कमसेकम एकचोटि पढ्नू

काठमाडौंले देश पढ्यो, देशले काठमाडौं पढ्यो
साँच्चिकै देश पढ्न, कर्णाली र डोटी पढ्नू Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कथा : एउटा जुवाडेको कथा

~कृष्णराज खनाल~krishnaraj-khanal

‘होइन, यस्तो पनि हुन्छ ? सधैँ हारेको हार्‍यै ? म त भन्दिया छु है-अब त म पैसासैसा दिन सक्दिन । जहिले पनि हार्‍या छ, हार्‍या छ । ल अब मसँग लास्ट यही दुइटा हात्ती बचेको छ छोराको फि तिर्नको लागि राखेको, के गर्ने हो गर्नुस् ।’

श्रीमतीको जवाफ सुनेपछि ट्वाँ परेँ । के गरुँ कसो गरुँ भयो । एकपटक थचक्क बसँे र श्रीमतीको निन्याउरो अनुहार हेर्न थालेँ । ऊ फनक्क फर्किएर बाहिर निस्की । हात्तीको सेतो सुँड खाटको तन्नामा लम्पसार परिरहेको थियो । मैले एकपटक गम खाएँ, नजिकैको ऐनामा अनुहार हेरेँ मुख चलाएँ, हैन, किन सधैँ हारेको होला ? कहिलेकाहीँ त जित्नु नि । आज त जित्छु, मैले पूरै विश्वासका साथ भनेँ र लम्पसार परेका दुवै हात्ती गोजीमा छिराएँ । एउटा छोरो बाहिर खेल्न गएको थियो, अर्कोचाहिँ झोलुङ्गोमा थियो । झोलुङ्गोको बच्चालाई हेरें-ऊ मस्त निद्रामा दूध चुसिरहेको थियो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : तपाइँको पहाड कहाँ हो ?

~भीष्म उप्रेती~Bhishma Upreti_1

‘तपाइँको पहाड कहाँ हो ?’ मैले धेरैपल्ट जवाफ दिइसकेको प्रश्न हो यो । कतिपल्ट यस प्रश्नलाई मैले अत्यन्त सामान्यरूपमा लिएको छु र जवाफ पनि त्यत्तिकै सामान्यरूपमा नै दिएको छु । यस प्रश्नको जवाफमा मैले सामान्यतया भन्ने गरेको कुरा हो – “मेरो पहाड ताप्लेजुङ जिल्ला हो, फूलबारी गा. वि. स. ।” यसरी धेरै पल्ट धेरै ठाउँमा सामान्यरूपमा नै सामना गरिएको र सामान्यरूपमै जवाफ दिइएको यस प्रश्नमा अन्तरनिहित मर्म भने आजभोलि निकै गम्भीर लाग्न थालेको छ, निकै वजनदार र अर्थपूर्ण लाग्न थालेको छ । यस्तो किन लाग्न थालेको हो ? अथवा के यो एकाएक लागेको हो त ? जस्ता प्रश्नहरू पनि सँगसँगै उभिएका छन् । म मूल प्रश्न र त्यसैको दुईतिर उभिएका यी अन्य प्रश्नहरूको समेत अनुहार हेर्छु गम्भीरतापूर्वक । त्यसपछि आन्तरिक तथा बाहृय वातावरण र अन्य अनेकौँ कारणहरूला Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

बाल कविता : सानी मेरी नानी

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

छम् छम् गर्दै आईन्
सानी मेरी नानी
तोते बोली बोल्दै सोध्छीन्
आमा लोरी गाऊ‘ने
मेरी सानी नानी
लोरी सुन्दा रमाऊने
हे हे मेरी नानी
तिमी कति ज्ञानी Continue reading →

Posted in बाल कविता | Tagged | Leave a comment

कथा : बिद्रोह

~नवराज शमिर~

आमा,

म तिम्रो छोरी रमली । एउटा राक्षसबाट निरन्तर बलात्‍कृत भए पछी सहन नसकेर धेरै टाढा जादैछु । तिमी जस्तो यौनको प्यास मेट्न म पोईल गएकी छुइन । तिमी पोईल गएको आज ठ्याक्कै नौ महिना भएको छ । म स्‍मृतिको पन्ना पल्टाएर नौ महिना पछी फर्किन्छु र त्यो रातको घटना सम्झन्छु । सायद माघे सन्क्रान्तीको दिन थियो । बाटो छेउको हाम्रो घर अनी त्यही घरमा खोलिएको भोजनालय । जगत बहादुर लाहुरे हाम्रो घरमा बास बसेको थियो त्यो रात ।

रातको एक बजे मेरो निन्द्रा खुल्यो । चकमन्न रात । लाहुरेको रेडियोमा हिन्दी सिनेमाको गाना बजिरहेको थियो अचानक मैले पल्लो कोठामा तिमी र लाहुरेको यस्तो बार्तालाप सुने – Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : सजीव-चित्र

~कात्यायन~dhanwantari-mishra-katyayan

– चित्रकारले सानो छंदा एउटा चित्र बनाएकोथियो | चित्रमा आकाश थियो ! इन्द्रेणी थियो ! मयूर नाचिरहेको थियो !

– उसले केही वर्षपछि त्यही चित्रमा – बादल थप्यो; वर्षात थप्यो; चट्रयांग थप्यो | Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

बाल कथा : दसैँ

~कार्तिकेय घिमिरे ~kartikeya ghimire

“हाम्रो घरमा त दसैँ पनि आएन । खै हाम्रो त बाबा नै घर आउनुभएन । कस्तो नरमाइलो भयो हगि दादा ?”

आफ्नी फूलजस्ती बहिनीको बोली सुनेर मनेश झसङ्ग हुन्छ । ऊ एक तमाससँग बहिनीको अनुहारमा हेरिरहन्छ । बहिनीको त्यो अबोध अनुहारमा दुःख देखेर उसको मन कटक्क खान्छ । ऊ बहिनीको टाउको सुमसुम्याउँदै भन्छ – “नानू हाम्रो बाबा अब चाँडै आउनुहुन्छ । तिमी पिर नगर है !”

दाजुको मीठो आश्वासन पाएर बहिनी टाउको हल्लाउँदै खेल्न दौडन्छिन् । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

लघुकथा : घन

~रन्जु ‘मार्ग’~ranju-acharya-marga

निकै दिन भै ‘सकेको थियो उसले त्यो कारखानामा काम गर्न थालेको | ऊ फलामबाट घरायसी हतियारहरु हँसिया ,खुर्पा ,बन्चरो ,तरबार -खुँडाहरु बनाउने काम गर्दथियो | ऊ त्यही काममा दिनभरी ब्यस्त हुन्थियो |उसलाई यता उता जाने फुर्सद पनि हुदैनथियो |

+’घरमा खानको लागि अन्नको एक दानो पनि छैन ‘-उसकी श्रीमती अमिलो मुख बनाउदै नजिक आएर भनी |

ऊ एकाग्रह भएर काम गरिरहेको थियो | उसले श्रीमती आएको चाल पाएन | Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : गुनासोरहित

~दिनेश अधिकारी~Dinesh Adhikari

धेरै पल्ट
बढो मुस्किलले समय निकालेर
तिमीलाई भेट्न भनेर आएको – म
हरेक पटक
तिम्रो ढोकासम्म पुगेर पनि
तिमीलाई नभेटिकनै फर्केको छु !
थाहा छ किन
म तिमीसँग केही माग्न चाहन्नथें
म तिमीसँग केही पाउन चाहन्नथें Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कामना

~सुबेश घिमिरे~subesh-ghimire

फैलोस् लोक भरी सुवाष अब ता नेपालको मग् – मग,
मौलाएर बढोस् धरा अब सदा सद्मार्गमा पल् – पल,
नांगा प्रस्तरमा, मधेश, हिमका अग्ला चुली, शैलमा,
नेपाली पसिना फलोस् अब सदा पाखा पखेरा महाँ ॥१॥

स्वामी, मालिक, दास, रैति अथवा ठूला र साना अनि-
मान्छे बीच नहोस् विभेद ननिका जाती र पाती भनी,
मानव्ता अब एक धर्म सबको पूजा बनोस् कर्म ता,
मैत्री भाव सदा रहोस्, सकल ती आत्मा बनुन् देवता ॥२॥ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै बिरुद्धमा

~दिनेश अधिकारी~Dinesh Adhikari

थुक्क !
मान्छेको जिन्दगी
बुझ्न थालेदेखि बाँचुन्जेलसम्म
सधैँ आफ्नै लास बोकेर हिँड्नुपरेको छ
सधैँ आफ्नै पीर ओढेर सुत्नुपरेको छ
बढ्तै गर्न सके
दालभातको सम्पन्नता साटेर
दिनहुँ-
आफ्नै जिन्दगी चपाउनुपरेको छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हरिया झिंगाहरु

~निश्चल काउचा~Nischal Kaucha

सुन्दर शान्त नेपाल
कुनै दिन थियो होला
आजकल
सधैंको कचिंगल
हरिया झिंगाहरुको
बेमौसमी समागम
छुट्टाउन गार्हो भो
ईस्त्रिलिंग की पुलिंग Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मोदनाथ प्रश्रीतको भाषण

~बिमल गुरुङ~bimal-gurung

नेपाली टोपी
पुरानो ज्याकेट
फ्याङ्ल्याङ सुरुवाल
छालाको कालो जुत्ता
खाइलाग्दो शरिर
होचो कदको मान्छे
तर बिचार अग्लो ।

चिच्याउँदैनन् उनी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : क्षणिक दृश्य र धुमिल धर्साहरू

~भेषराज रिजाल~

‘आफ्नै देशको कर्णाली नदेख्नेले परदेश कल्पेर किन लोभिने, देश निकाला भएको भए पो वाध्यता हुन्थ्यो परदेशको आश्रय’ परदेश मोह हुने साथीलाई भनेथेँ कुनै दिन मैले ।

२०६८ सालमा जुम्ला सदरमुकाम र आसपासका एकाध गाउँमा पाइला टेकेबाहेक मैले पनि कर्णाली देखेको थिइनँ । संयोगवश मिल्यो कर्णालीको प्रकृति नियाल्ने सुनौलो अवसर, त्यो पनि कहिल्यै नचढेको हेलिकप्टर चढेर । सहयात्री हुनुभयो हेम अर्याल ।

सम्बत् २०७० साल कार्तिक २८ गते एकाबिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र छिरेथ्यौँ हामी । सुदूर र मध्यपश्चिमका केही जिल्लामा पु¥याउनुपर्ने निर्वाचन सामग्री लोड भएपछि भुइँकुहिरो जसरी थुम्काका

Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

लघुकथा : नसोचेको उत्तर

~दुर्गाप्रसाद ग्वालटारे~

कतिपय नेपाली उखान-टुक्का सुन्दा कन्सिरी तातेर आउँछ मेरो। त्यसमध्येकै एउटा हो- “उल्फाको धन, फुपूको सराद्दे” ।

मलाई सबभन्दा बढी मन पर्ने र मलाई सबभन्दा बढ्ता मायाँ गर्ने मान्छे मेरी फुपू नै हुनुहुन्छ । मैले थाहा पाएदेखि नैं उहाँ हामीसंगै हुनुहुन्छ । अलि बुझ्ने भएपछि थाहा भयो कि उहाँ “बाल-बिधुवा” हुनुहुँदो रहेछ ।
गएको दुई बर्षदेखि फुपू थलिनुभो । हात-खुट्टाका जोर्नी कक्र्याक्-कु Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

गजल : गुराँस छ

~रवि प्राञ्जल~Ravi Pranjal

आँखाभरि गुराँस छ
छातीभरि पलाँस छ ।

कस्को हो पदचाप यो ?
फूललाई त्रास छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

Poem : Prove me, Wrong !

~Milson Rai~

I always want to have a glimpse,
Of your lips.
I adore you & doesn’t matter what the
World believes.

Prove me, WRONG!

I always thrive for your smile
And full of innocence.
With no wonder, my mind goes
Mad in your presence. Continue reading →

Posted in Poem | Tagged | Leave a comment

कविता : विकाश तिमी आऊ

~कुन्दन काफ्ले~

विकाश तिमी आऊ पानीको फोहरा बनेर
सुखः, शान्ति र समृद्धिको लागि मोहरा बनेर
विभेद र विसंगतिलाई किच्ने लोहोरा बनेर
अनिकाल र अभावलाई थिच्ने पहरा बनेर

तिमी आऊ जन–मनको भेष अनि भाषा बनेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : एकता

~एकदेव अधिकारी~Ek Dev Adhikari

आज देवमाया खुसीले गद्गद् छिन्।

अब देवमायाको परिवारमा खुसीको वातावरण आउनेछ। उनका छोराहरू घर फर्कँदै छन्।

देवमाया त्यो दिन अझै सम्झन्छीन् जब उनका छोराहरू एक-एक गर्दै पुर्ख्यौली घर छोडेर बाहिरिएका थिए। उनका छोराहरू सबै पौरखी छन्, आ-आफ्ना कार्यक्षेत्रमा अव्वल तथा दक्ष छन्, तर उनलाई आफ्नो गुँड कमजोर हुँदै गएको हेक्का थियो। उनको पुर्ख्यौली सम्पत्तिको नाममा भएको घर र घरसँगै जोडिएको पाखो बारी छिमेकीको अतिक्रमणबाट पेलिँदै गएको हेक्का थियो। Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : उहिले र अहिले

~टंक सम्वाहाम्फे~Tanka Samwahangfe

उहिले
त्यस्तो थिएन
अमनचयन थियो
न्याय निशाफ थियो
जीवनको मुल्य थियो
त्यसैले
अघाउन्जेल हास्न पाइन्थ्यो
कुनै व्यवधान थिएन
बाचुन्जेल
जिवन
जीउन पाईन्थ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : विचारका प्लेटहरु

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

मान्छेहरुको भिड थियो
भिडमा मान्छेहरु हराएका थिए
त्यहि भिडवाट
अस्पष्ट आवाजहरु आइरहेका थिए
कोहि भन्दै थिए अधिनायकवाद माथि बिजय हासिल गर्नु छ
कोहि भन्दै थिए स्वतन्त्रताको शुरुवात गर्नु छ
कोहि भन्दै थिए एकल विरासतलाई परास्त गर्नु छ
कोहि भन्दै थिए नाजीवादको अन्त्य गर्नु छ
कोहि भन्दै थिए समस्यासंग भाग्ने होइन, जुध्नु पर्छ
कोहि भन्दै थिए अन्धकार तिर होइन उज्यालो तिर उन्मुख हुनुपर्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्द् बन्न नसक्ने सिद्दार्थ गौतम

~प्रणिका कोयु~pranika-koyu

विरक्तिएर घर छोडेको सिद्दार्थ गौतम
वर्षौंपछि बुद्द बने र एकदिन
आफ्नै आँगन आए
यशोधराले भिक्षा दिइन् क्षमा दिइनन्
बुद्दत्वको उत्तर दिने बुद्द निरूत्तर फर्के

विरक्तिएर नै मैले नि देश छोडें
वैरागिएको मन नौलो ठाउँमा फकिन्छ कि भनेर
नयाँ वर्षको पहिलो महिनाको १२ गते Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मेरी मृत्तिका

~हुसैन खाँ~hussain-khan

छन्द : पाचचामर

मृत्तिका देशको चुम्न पाऊँ सधैँ
राष्ट्रकै मट्टिमा रम्न पाऊँ सधैँ ।
मृत्तिकाले दिइन् रत्नझैँ जिन्दगी
सम्झनामा रहून् यी पला औ घडी ॥

ओममा शान्तिकी छ्यौ किनारा तिमी
सत्यमा जीतकी सत्य नारा तिमी । Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment