कविता : मलाई तिमी आफूजस्तै बनाऊ

~विनय रावल~

विसङ्गति हेरेर बस्नु
यहाँको नियति भइसक्यो
नराम्रो खबर सुनेर बस्नु
यहाँको परम्परा नै भइसक्यो
छातीभित्र आक्रोश थिचेर बस्नु
यहाँको बाध्यता भइसक्यो। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेमसाहब सुइटर बुन्दैछ

~श्यामल~Shyamal_1

म देखिरहेको छु
धेरैलाई जाडोले खाइरहेछ
र मेमसाहब
सुइटर बुन्दैछ ।

मेमसाहब बुन्दैछ
संविधानजस्तो सुइटर
प्रत्येक पटक संशोधन हुने
कानुन जस्तो सुइटर
कलात्मक र मिहीन
माकुराको जालोजस्तो सुइटरु
माझीको कम्मरमा झुण्डिने Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमपत्र

~विक्रम सुब्बा~

मानिसलाई कैद गर्ने
फैसला लेखिरहेछ न्यायधीश
चाकडीका पर्दाहरु थिचेर हार्मोनियमका
संगीतकार कुनै नवाबको गीतमा संगीत भरिरहेछ
गीतकार भ्यात्ते कुर्सी बकस दिनेको नाममा गीत लेखिदिँदैछ
बिलमा मन्त्रीको दाम लिखिरहेछ व्यापारी
गायक ठूलो जागिर दिनेको गीत गाइरहेछ
प्रोफेसर विषालु शोधपत्र लेखाइरहेछ
एउटा म छु एकान्त कुनामा
तिमीलाई प्रेमपत्र लेखिरहेछु ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मुक्त आवाज

~हिरा आकाश~

जति–जति बर्साऊ
सहर–बस्ती
छाना–छानाभरि बमहरू
जति–जति पड्काऊ
छाती–छातीभरि बन्दुकहरू
या कुल्च दाब्रैदाब्रा हुनेगरी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सर्पहरू गीत सुन्दैनन्

~सैलेन्द्र साकार~Shailendra Sakar

तिमी जतिसुकै पीडाले चिच्याऊ
ईश्वरका विरुद्ध उभिएर सडकमा
अथवा आनन्दले विभोर भएर
जीवनको प्रशंसामा जतिसुकै गीतहरू गाऊ
त्यसको केही मूल्य छैन
तिमी कसैकहाँ सम्प्रेषित हुन सक्दैनौ
कसैलाई ब्युँझाएर केही भन्न सक्दैनौ
सर्पझैँ आत्मरतिमा निमग्न भएकाहरू
गीत सुन्दैनन्— तिम्रो कविता सुन्दैनन्। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो माग्ने

~सानुमति राई~

“बाजे ! कहाँ बस्छौ तिमी ! ”
यही थियो जिज्ञासा मेरो बृद्ध मागने प्रति,
जसका दुःखी निधार र अनुहारमा
दुःखै-दुखैका अगणित रेखांकनले दिइरहेथे सूचना
निकट-भावी मृत्युको !

“भिखारीको पनि” भन्न थाल्यो त्यो, “घर हुन्छ, नानी !
जसका आँगनमा रात बित्दो छ, त्यही मेरो घर,
जसको ढोकामा उभ्छु, त्यही हुन्छ मेरो द्वार, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : विजय मल्लका कविताका संरचक तत्त्व र प्राविधिक कौशल

~डा. माधवप्रसाद पोखरेल~

विजय मल्लका कविता सङ्ग्रह (२०२८) मा बटुलिएका ६१ ओटा कवितालाई केलाउँदा उनको कविता लेख्‍ने छुट्टै प्रविधिको परिचय पाइन्छ । उनका कवितामा ‘अमूर्त कला’ मा जस्तो चित्रकारिता पाइन्छ । भन्नु पर्ने कुरालाई घुमाउरो पाराले ‘प्रतीक’ हरू प्रयोग गरेर भनिएको पाइन्छ । कविको भणितव्य चाहिँ ‘कारण र परिणामको सम्बन्ध’ बाट प्रकट हुन्छ । म पात्र अनुसन्धाता जस्तो भएर प्रस्तुत हुन्छ । बुझी बुझी पनि नबुझे जस्तो ‘नाटकीय व्याज’ यहाँका ‘आलङ्कारिक प्रश्न’ हरूमा देखिन्छ । यो प्रविधि मूलत: उनका नाटकमा प्रयोग हुने प्रविधि हो । नाटककार सम र नाटककार रिमाल पनि आफ्ना कविताहरूमा कुन सीमा सम्म नाटककार देखिन्छन् भन्ने कुरो पनि तुलनात्मक अनुसन्धानको विषय बन्न सक्छ । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

लोक गीत : हरियो डाँडामाथि हलो जोत्ने साथी

~सङ्कलन : धर्मराज थापा~

हो है ह ह!

हरियो डाँडामाथि हलो जोत्ने साथी
हो हो माले हो हो, हो हो तारे हो हो

ह ह ह ह ह ह हो र!
चाम्रोमाटो माथि बाल्दै मनको बाती
डल्ला फर्काई‍ फर्काई ढाड मर्काई मर्काई Continue reading →

Posted in लोक गीत | Tagged | Leave a comment

छन्द कविता : कन्याकुमारी

~विष्णुप्रसाद धिताल~

छन्द : झ्याउरे

हिमाल छुने हिन्दुस्थानको समुद्रझैं फाँट
यताउता सागर छुने स्वर्गगाको घाट;
चारु चरा गान भर्छन्, ताल दिन्छन् ताल,
नाचि-नाची घुँघुरिन्छन् सागरका छाल ।
कन्याकुमारीमा मेरो मनको धोको पुग्न पावैन र ? ।।१।।

गण्डकीको डुबुल्कीमा एक जुनीको पाप
जान्छ, गोता मार्छु म ता पानिमहा आज
ब्रह्मापुत्र भागीरथी सिन्धु कालिन्दीको
नर्मदा औ गोदावरी कृष्ण कावेरीको ।
कन्याकुमारी पापी चोला फाली लक्ष्य भैटोइन र ? ।।२।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कथा : मलेसियन सपना

~सुन्दर मानन्धर~Sundar Manandhar

सपना नदेख्नू भन्छन् तर मैले दिउसै सपना देखेँ– सपना देख्दा मेरा आँखाहरु ट्वाल्ल थिए, मनहरु निर्गूढ……..।

सपनाको हुरीले हुत्याएर पुर्यायो मलाई मलेसिया ।
सपनाको आँधीले लत्याएर ल्यायो मलाई नेपाल ।
म अझैँ पनि सपनाबीच रल्लिएको रल्लिएै छु ।

उफ् ! सपना, तेरो विश्वासघातले मेरा सपनाहरु उजाड भए, मेरा परिवारका सपनाहरु कोशीको बाढीभन्दा बढ्ता उजाड भएका छन् । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : खाटा

~टंक चौलागाई~tanka-chaulagai

वादविवादको शीर्षक थियो, “बच्चा चाहिन्छ, बच्चा चाहिँदैन ।”

पक्ष–विपक्षमा थिए बूढाबूढी ।

वादविवाद शृंखलाको अर्काे चरण सुरु भयो । यो चरणलाई टुंग्याउँदा प्राचीले कमलसँग पहिलो पटक हार मानी । ऊ ‘बच्चा चाहिँदैन’ भन्ने पक्षमा वादविवादमा उत्रिँदा कमल निकै कठोर भएर जाइलाग्यो । प्राचीले आँसु झारेकी थिइन, किनभने ऊ आँसु बगाउने किसिमकी नारी हुँदै हैन । कमलले जितेकै दिन रित्तो भाँडोमा खुसी भर्ने अभिलाषासहित बच्चा उपलब्ध गराइदिने मान्छेलाई लक्ष्य बनाउँदै निस्किए, बूढाबूढी नै ।

कीराहरूले ताण्डव गरेको सागको पातजस्तो छिद्र सडकमा धूलो उडाउँदै आयो दुई इन्जिनधारी एउटा रातो गाडी । गाडीभित्र थिए हेडफोन भिरेर संगीतमा मग्न रोमान्टिक एउटी नारी अनि गाडी हाँक्दै गरेका गम्भीर Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : खहरेको भेल जस्तो

~आचार्य प्रभा~acharya Prabha

तिम्रो बाचा यस्तो रैछ खहरेको भेल जस्तो
लाग्न थाल्यो यस्तो पनि तासको खेल जस्तो ।

तिम्रो बन्धन,तिम्रो माया शंकाको घर बन्यो
बाहुपासमा के आएथेँ यस्तो मानेँ ,जेल जस्तो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : जलन

~गोमा~

जब यो भवमा जन्म लिएथें, दुःखले छायो जीवन भर
मैले रत्तिभर गर्न सकिन, सुखमय यो संसार

कसरी छाडूँ मेरो प्राण, चीर निद्रामा सुताई
माफ राख भगवान् तिमी, दीन-दुखीको दुःखदायी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : आउन नपाईने भो

~हरी गौतम~

पोहोर साल झै यो साल ऑंमा, गाउमा आउन नपाईने भो..!!
बाल्य कालका संग साथी साथ, रमाउन नपाईने भो..!!

नरूनु है ऑंमा-वुवा…,मन बुझाउनु दीदी- वहीनी…..!
टीका, माॅला, जमरा केही…., लगाउन नपाईने भो….!! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छोक : कवि

~राजव~Janardan Pudasaini Rajab

म तिमीलाई कलाका लागि हैन
इमानका लागि पढ्छु कवि
कलाका लागि पढ्नेहरू
अरू नै पढुँन्
म तिमीलाई पढ्छु कवि
कलाका लागि पढ्न
बजारमा थुप्रै आत्मलीन नामहरू छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Exam !

~Milson Rai~

1>
You don’t need me, I don’t need you
But we both end up meeting each other.
Coz you’ve no right, I can’t be judged by you
But we both are compelled to be together.

2>
The limit of time between us
Cannot be more than 3 hours.
So, I’d conclude with this thus
We’ve relationship of 3 hours. Continue reading →

Posted in Poem | Tagged | Leave a comment

छोक : मोहोडमा

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

या अफीमको लठ बनाइद्यौ,
या प्रणाम ली अब बिदाइ द्यौ,
सुत्न खोज्छ जो मुद्छ लोचन,
समय स्थानको दूर गैकन ।

या बनाइद्यौ अब सचेतन, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : मलाई नलागेको रोग

~रजित ओझा~Rajit Ojha

“पहिला वहाँ सँग कुरा गर्छु अनि मात्र तपाईँहरुसँग ,प्लिज एक छिन बाहिर निस्किदिनुस ल “

सेतो कपडा लाएको फुच्चेले म माथी हक जताउँदै भन्यो मैले उ सँग कुरा गर्नै पर्छ जस्तो गरेर ।साइक्याट्रिष्ट भन्छन् क्यार त्यो फुच्चेलाई ,आफ्नो दिमाग पाक्न भ्याएको छैन अरुको दिमाग जाँचेको ढोङ्ग गर्ने ढोङ्गि हो त्यो ! मेरो इच्छा के थियो कसैले सोधेनन् ,मानौँ म त्यहाँ उपस्थित भएर पनि अनुपस्थित छु ।शंका लाग्यो के म अद्रिश्य छु ?छैवैको ऐना हेरेँ त्यहाँ म देखिइरहेको थिएँ ,मेरो भुँडि ले त्यो कुर्सि थिचि नै रहेको थियो ,मेरो शर्टमाँ लागेको आलो मसि नसुकेको समेत ऐनाले देखाइरहेको थियो ,थोरै ढुक्क भयो । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : कृष्णपथ

~वासुदेव गुरागाईं~Basudev guragain_Pindalu Pandit

‘भाञ्जा बाबु, उमेर सानै भए पनि काममा निकै पाको हुनुहुँदो रहेछ । घाँस काट्ने, गाईवस्तु चराउने, खसीबाख्रा फुने केही काम पनि अह्राइरहनु पर्दैन । आफैँ जानेर गर्नु हुन्छ । भाइबहिनी खेलाउने काममा त अझ निकै सिपालु । मलाई त ढुक्क भएको छ ।’— मुरलीप्रसादले आफ्ना घरमा केही हप्तादेखि काम गरिरहेका आफ्नै भाञ्जा कृष्णका विषयमा भिनाजुसँग एकैसासमा सबै बेलिबिस्तार लगाउन भ्याए ।

मुरलीप्रसादका भिनाजु लीलानाथ पनि कम्तीका मानिस कहाँ थिए र ! छोरा कृष्णलाई सुनाउने हेतुले सालालाई जवाफ फर्काइहाले,— ‘पढ्नेलेख्ने काम छैन । यति गोठालो लाग्ने काम पनि पाकोसँग नगरे त भोलिका दिनमा ठूलो भएपछि कसरी ज्यान पाल्नु नि ! अनपढले गर्ने काम यस्तै त हो नि ।’ Continue reading →

Posted in नेपाली कथा | Tagged , | Leave a comment

कविता : गन्तब्य बर्ष ..

~दिलिप योन्जन~Dilip Yonjan

नँया अभिलाषा र उमंग
कल्पनामा रमाउंदै…….. हराउंदै……….
बिश्वको अग्लो सगरमाथा
भगवान बुद जन्मेको देश
सुन्दर सपना स्वच्छ हावापानी
नदिनालाले सजिएको
झर्ना र पहराले सिगारीएको
चाँदी झै टल्किदै पग्लने हिमाल
भाबनामा डुब्दै …………. उत्रदै……………. Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बल्ने देश किन निभेको

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

लम्क लम्क युवा हो देश बनाऊन ।
नयाँ नयाँ सिर्जनाले देश चिनाऊन ।
धप्प धप्प बल्ने देश किन निभेको ।
चन्द्रसूर्य अंकित झण्डा किन झुकेको ।

आ आफ्ना दलकाझण्डा लागे उठाऊन ।
चन्द्र सूर्य अंकीत झण्डा राखे किनारमा ।
नेपाली हुुूँ मनलाग्छ झण्डा उठाऊँन ।
नेपाल देश अक्षुण रहोस् गर्छु कामना ।
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

यौन कविता : प्रेमको पहिलो स्वाद

~हरि अधिकारी~hari-adhakari

तिम्रो उत्तप्त निधारमा
मैले मेरो चिसो ओठलाई बिसाएँ
तिमी अलिकति चल्मलायौ
तिम्रा आँखाको ढकनीलाई
मैले विस्तारै बन्द गरिदिएँ
तिमीले मभित्र बलिरहेको
उन्मादको डढेलोलाई प्रस्टसँग देख्यौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खै नेपाली ?

~कुन्दन काफ्ले~

जतपात भनी नेता गर्छन् हातपात यहाँ ।
लुक्ने छैन ठाउँ कुनै जाऔं कता कुन्नी कहाँ ।
मधेसमा मधेसीले अधिकार खोजेका छन् ।
जनजातिले बन्द नेपाल सदालाई रोजेका छन् ।

स्वाभिमान नेपालीको बचाउने गाउँ छैन ।
नेपालमा नेपालीकै कहिं कतै नाउँ छैन । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : खरानी निफन्ने हातहरु

~चित्र लक्ष्मी~chitra-bahadur-chaudhari-laxmi

ऊ आयो
आगो बनेर आयो
बल्यो दन्दनी
जलायो झारपात
तर,खरानी नहुँदै वनमारा
दर्कियो झरी
थेग्न सकेन आगोले
झरीको प्रहार। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : गुप्त-सुरुंग

~कात्यायन~dhanwantari-mishra-katyayan

– एउटा गोष्ठीमा राजनीतिशास्त्रका शिक्षक र विध्यार्थीहरूबीच संवाद चलिरहेको थियो |

– “राजनीतिको मूख्य उद्देश्य के हो ?”

– “शासन गर्नु |”

– “पढाईको ?”

– “प्रशासन सम्हाल्नु |” Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : नजाती ईतिहास

~भिमसेन थापा मगर~

तिम्रै अस्तित्तोको लागि अरे
भन्छन ” सम्झौता गरे ”
म अध्यारो भित्र उज्यालो खोजिरहेछु
उज्यालो भित्र पनि अध्यारो
म कसरी मानौ ?
आमा
ईतिहास कती नजाती है ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : बिचैमा हरायो जीवन

~निश्चल काउचा~Nischal Kaucha

उल्कासरी खस्दा खस्दै बिचैमा हरायो जीवन !
बेदनाको रापमा जल्दा जल्दै खरानी भो मन!!

पर्खाईको चुलेसीमा रेटी रहे तिमी आईनौ !
आधी चल्छ हुरी चल्छ यो मन्मा तिमी कहाँ गयौ!!
उल्कासरी खस्दा खस्दै बिचैमा हरायो जीवन ! Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

यात्रा संस्मरण : कस्तो लाग्यो कसरा ?

~निर्मोही व्यास~Nirmohi Vyas

दिउँसो ठीक १२ बजेको साइतमा रामपुर कृषि क्याम्पसको परिसरबाट भटटटट कसरातिर कुद्यो शारदाजीको ‘बजाज एम ८०’ नाउँको वायुपङ्खी घोडा अलकत्रे चिल्लो सडकमा वैशाखे घामको झाँको झार्दै र मेरो मन–मुटुभरि वासन्ती मादकता भर्दै । ‘साइत’ किन भनेको भने यो अवसर सजिलै र तात्तातै जुरेको नभएर लामो समयदेखिको व्यग्र प्रतीक्षा र प्रयासपछि बल्ल हात लागेको थियो । यो मिति थियो २०५५ साल वैशाख ४ गते शुक्रबार ।

वैशाख १ गते मङ्गलबारका दिन नववर्षको उपलक्ष्यमा त्रिनेत्र प्रतिष्ठान, गैँडाकोटको परिसरमा बरपीपलको बाक्लो छहारीमुनि आयोजित साहित्यिक कार्यक्रममा भेटिएकी हँसिली, फरासिली र चौपट्टै सहयोगी स्वभावकी मेरी साहित्यिक मित्र सुश्री शारदा पौडेलको न्यानो निमन्त्रणामा आजको यस यात्राको अवसर जुरेको हो मलाई । कसरा हेर्ने मेरो रहर २०४८ सालमा ठोरी पुगेको बेलादेखिकै हो, तर त्यस ताका त त्यो सम्भव भएनभएन, Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

लघुकथा : कर्म

~पूर्णप्रसाद ब्राह्मण~

इश्वरले मानवलाई राती आँखा छोपिदिएर जङ्गलमा छोडिदियो र भन्यो, “मानव, तँ कर्म गर ।”

त्यही दिनदेखि मानवले कर्मको बारे धेरै विचार गर्यो, अन्वेषण गर्यो । वास्तवमा कर्म के ? हो पत्ता लागेन । यत्रो विश्व जङ्गल फाँड्यो, आवादी गर्यो, चित्त बुझेन । Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : लोभ र स्वार्थ

~कुमार काफ्ले~kumar-kafle

-एकदिन आफ्नो लोकबाट मर्त्यलोकमा घुम्न निस्किएका थिए लोभ र स्वार्थ।

-यस धरतीका सबै मानिसहरूले उनीहरूलाई हृदयत प्रेमपूर्वक स्वागत गरे।

-सबैले आआफ्नो दिलमा बास दिए तर विदा दिएनन्। Continue reading →

Posted in सूत्रकथा | Tagged | Leave a comment

समीक्षा : गजलको परिचय, अर्थ र परिभाषा

~डा. घनश्याम परिश्रमी~

सैद्धान्तिक आलेख

१.१. विषयप्रवेशः

गजल अधुनातन नेपाली साहित्यिक जगत्मा अत्यन्त प्रभावकारी काव्य विधाका रूपमा देखा परेको छ । वास्तवमा अचेल हरेक तह र तप्काका पाठक तथा श्रोताहरू गजल औधि मन पराउँछन् । आजभोलि त्यस्ता साहित्यिक पत्रिकाहरू बिरलै पाउन सकिन्छ जसमा गजलको समाविष्टि नभएको होस् । एउटा जमाना थियो, जुन वेला गजल राजा(महाराजाहरूका दरबारमा, रनिवासमा र नवाबहरूका कोठीमा सुनाइन्थ्यो वा गाइन्थ्यो । परन्तु आजको गजल आम जनसमुदायको विषय बनेर सडकमा उत्रेको छ र समाजका हरेक तहमा पुगेको छ ।

वस्तुतः साहित्यका हरेक विधाको आआफ्नै स्वरूप हुन्छ । गजलको पनि विशेष किसिमको पृथक् रूप छ Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : किन हो ?

~ध्रुव दवाडी~

किन हो यसरी हर हर तृष्णा लागिरहेको होला ?
प्रतिपल मनले मरि मेट्दै के खोजिरहेको होला ?
थोपा थोपी पिउँदा पिउँदै झन् झन् बढ्ने तिर्खा –
मैले कल कल पिउने केही जगतीतलमा होला ।

यसले शीतल स्वाद् चखाइ कण्ठ भीजाइदेला ।
निर्दयताले रुख्खिरहेको आँत रसाइदेला ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment