~मनोहर काफ्ले~
‘’यो नर्सिंग पेशा पनि एक किशिमको एड्भेन्चर सरह नै रहेछ, बिभिन्न खालका, रंगका, आकारका र प्रक्रतिका मानिसहरु सङ्ग संगत गर्नु पर्ने, उनीहरु को आनीबानी, भाबभंगी र अनुहार को अध्ययन गरेर ब्यबहार गर्नु पर्ने, कोहि शनक्क शन्किएक हुन्छन र तिनी हरु सङ्ग एकदमै शान्त भएर , अनुहार मा कृतिम हाँसो छर्दै ब्यबहार गर्नु पर्ने’’ रञ्जन आफ्नो नार्सिंग पेशाको अनुभब सुनाउदै थियो।
‘’तँ त्यसो भए बिकशित देशको नर्स, होइन त’’? मैले सोधेको थिएँ ।
‘’हो, यहा हाम्रो देशमा जस्तो महिलाले मात्र नर्शिंग पेशा अपनाउने होइन, त्यहा नारि पुरुष सामान हुन् र सबै प्रकारका मानिसहरुले यो नर्स पेशा चाहे भने तालिम लिएर अपनाउन सक्छन ’’ रन्जन ले गर्ब का साथ् सुनाउदै गयो । Continue reading →