कविता : टाङ्टाङ् टुङ्टुङ्, भाङ्भाङ् भुङ्भुङ्

~सिद्धिचरण श्रेष्ठ~

(१)
चन्दागिरिमा ढाक्रे हिंड्छन् ।
यू.एन्.ओ. मा वहस छ छिन् छिन् ।
पाटन गाउँछ दिनभर टुङ्टुङ् ।
भारी खोल्दछ सँगा भांज्याङ् ।
(२)
भटमास मकै गुन्द्रुक सीतन ।
जल्छ चितामा हरहर भृतजन ।
बोकी यात्री हिंड्दछ रेल ।
गाडा तान्दछ बूढो वैल । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : भुतुचा

~भवानी भिक्षु~

जन्म, जीवन सम्झनाको मार्गले
‘जीवनी’ उत्री रहेछ
आज यस मेरो व्यथामा ।

सेती ‘भुतुचा’ कलिली, राम्री,
रक्त रातो आङमा उम्ली रहन्छ;
त्यहाँ छ रमणीत्व बन्दी मौनतामा,
तैपनि, झल्की रहन्छ;
वेगमय पुरुषत्व, पौरुषयुक्त नरताको गरम उच्छ्वासमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : An Old Rickshaw Puller

~Arjun Dhungana~
Trans : Suman Pokharel

The sun of destiny flashed never
on his forehead,
never lit the lamppost of his heart undying
However,
with the eyes that glitter every moment
the old rickshaw puller, together with the dawn
arrives to be positioned before the Sahuni’s shop
and sings his song –

“The morning is arrived at your door Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : सान्ध्य गीत

~माधवप्रसाद घिमिरे~

झुक हे सन्ध्या ! अलसी काला परेला ढालेर
उज्ज्वल शुक्र ताराको फूल केशमा हालेर

रङ्ग र रुप मेटिद्यौ सारा वन र पाखामा
दौड र धूप रोकिद्यौ सारा भोलिको भाकामा

दुःखको भारी विसाइ देऊ सुस्केरा हालेर
झुक हे सन्ध्या ! अलसी काला परेला ढालेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यान्त्रिकता

~विजय मल्ल~

सडक-सडक, होटल-होटलमा
कागजका कोरा पर्चाहरूमा
केही लेखिएजस्तो, केही कोरिएजस्तो
यन्त्रमानव Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : रिँगटा

~सैलेन्द्र साकार~Shailendra Sakar

रामायण, महाभारतका सम्पूर्ण ठेलीहरू
बाइबल, कुरान र पुराणका थाकहरू
ज्ञानविज्ञान किरिङमिरिङ करोडौँ अक्षरहरू
मानवसभ्यताका लाखौँ हारजितका कथाहरू
औषधीशास्त्र, नियमकानुनका थुप्रै पुस्तकहरू
फटाफट–फटाफट कसले पल्टाइरहेछ
मलाई रिँगटा लागिरहेछ ।

आँखाले नभ्याइँदा लाखौँ चीलहरू उडिरहेछन् छानामाथि Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जब मानवताको मूल्य छ बिक्री कौडीमा !!

~कुलमणि देवकोटा~

ईश्र्वर-प्राप्ति हुँदैन रे,
जब मानवताको मूल्य छ बिक्री कौडीमा !
मानव जड रे !
जो घृणित लांछना लांछित जगतीका गल्ली गल्लीमा,
रुन्छन्, मुर्दा हाँसो झिक्छन् भोक खटाउन,
ती मानिस हैनन्, ईश्र्वर हुन् ईश्र्वर साक्षात् !
जन्मदिंत, शोषित, पीडित, निष्पीडित,
जो घुम्छन् झुत्रो झोली, रित्ता हात पसारी, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : साहित्याकाशका हिरा

~कोमलप्रसाद पोखरेल~

१. परिचय

कृष्णबहादुर पराजुली र नर्मदा पराजुलीका पुत्ररत्नका रूपमा झपाको शिवगन्ज ८ मा जन्मिएका हिरा पराजुली (२०१० फागुन १० गते ) को स्थायी वसोवास भानु नगर भद्रपुरमा रहेको पाइन्छ । उनको साहित्यिक नाम चाहिं हिरा आकाश हो । यिनी आङ्खनो स्वाभिमानमा बाँच्न चाहने कवि हुन् । बाँचुन्जेल यिनी कसैसँग झुकेनन् । यिनलाई एकान्तपिय्र व्यक्तिका रूपमा पनि चिन्न सकिन्छ । यिनी सम्पत्तीमा खुशी र विपत्तीमा दुःखी नहुने कवि हुन् । यस विषयमा भनिएको छ :
संपत्ताै च विपत्ताै च महतामेकरूपता ।
उदये सविता रक्तो रक्तश्चास्तमये तथा (महाभारत)
आकाश जस्तै गम्भीर प्रकृतिका हिराको स्वभाव अरू कसैसँग नमिल्ने रहेको पाइन्छ भने उनको अधिकांश समय पनि कविता लेखन र साहित्यको अध्ययन मननमा नै बितेको देखिन्छ । भनिएको छ ड्ड
काव्यशास्त्रविनोदेन कालो गच्छति धीमताम् ।
व्यसनेन च मूर्खाणाम् निद्रया कलहेन वा (सुभाषित पद्य) ।।
अर्थात् बुद्धिमान्/विद्वान् व्यक्तिको समय काव्यशास्त्रको चर्चा परिचर्चामा व्यतीत हुन्छ भने मूर्खको समय चाहिं दुर्व्यसन, सुत्ने काम र झगडामा व्यतीत हुन्छ ।

२. कविता लेखनको प्रारम्भ र विकास

Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

गीत : तिम्रै यादमा

~दिलिप योन्जन~Dilip Yonjan

बाचेको छुइन, तिमीलाई बिर्सी, नभन निस्ठुरी
तिम्रै यादमा, तडपेकोछु पल२, तस्बिर सम्हाली!

मरेर मात्रै, बिर्सन सक्छु, जिबन साथीलाई
हासेर एक्लाई, बाच्दिन प्रिय्, रुवाई तिमीलाई! Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

युद्ध संस्मरण : जाजरकोटको एक महिने यात्रा

~मौसमजी भण्डारी~

२०६२ साउनमा माओवादी छापामारले कालिकोट सेनाको पिली ब्यारेक आक्रमण गरी ध्वस्त बनायो । एक दर्जनभन्दा बढी छापामार र सेनाका ६२ जनाले ज्यान गुमाए । कैयौँ अत्याधुनिक हतियारसहित ६० जनालाई छापामारले नियन्त्रणमा लिएको समाचार पत्रपत्रिकाहरुमा हटकेक बनिरहेको थियो । युद्ध रापतापमा भएकाले वारपारको लडाइँमा सेना र माओवादी गर्माइरहेका थिए ।

नियन्त्रणमा लिइएका सेनालाई सुर्खेतकै पूर्वतिर ल्याइएको छ भन्ने खबर हिमाल खबर साप्ताहिकका रिपोटर प्रकाश पन्तले चालपाउनु भएको रहेछ ।

६० जनालाई लडाकुहरुले सेनालाई Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

गीत : मुटु जली रहे छ

~बिनोद ढकाल~

मुटु जली रहेछ, यो मन गली रहेछ
तिम्रो याद आइदिँदा, आँसु त्यसै बगेछ
आँसु त्यसै बगेछ
मुटु जली रहेछ ।

मिलनका हरेक पलहरु, मुटु भित्र कहीँ बसेछ …X 2 Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : २३ माइला

~रुपेश राई~

२३ माइलाको मताइले घरलाई पिरलो भइरहेको थियो…। ऊ जान्दथ्यो तरै पनि त्यो लतबाट छुट्न भने सकेको थिएन! गलत निर्णयको गलत मार्गले गलत दिशातिर उसलाई खिचिरहेको थियो। केवल उसले उचित उपाय र संसर्ग भने पाइरहेको थिएन।

एक दिन बिहानै २२ की छोरीले- “छ्याः त्यो काका त के साह्रो मातेको हौ; हिजो र्‍यालै-र्‍याल भएर सेँडीको छेउमा पल्टिरहेको थियो।” भन्दै बाऊलाई सुनाउँदै गरेकी २३ ले सुन्यो। ऊ रनक्क रन्कियो तर उसलाई जाडो जाडो महसुस भयो। अनि गनगनायो- “म जत्तिकै मातऊँ यो गाउँलाई केको खसखस?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : Constitution

~Shailendra Sakar~
Translated by Yuyutsu Sharma

Constitution isn’t some book’s name,
nor is it a fresh weapon from some nuclear arsenal

a blue stretch of a sky
a bird’s exuberant attempt to fly

a cry of a gurgling brook
a prism of some jubilant vision Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कथा : पच्चीस सयका बा

~गणेश ओली~

वनका चरा । खोलाको कलकल । हावाको निष्फिक्रीपन । जूनको चहक । सूर्यको आफ्नै गति । ताराहरुको टिलपिल । यस्तै जीवन जिउन चाहन्छ मान्छे ।

खुला आकाश । खुला धर्ति । यसैमा छन् अनेक प्राणी । मानिस पनि यस्तै एक प्राणी हो । तर समाजले देशको सीमारेखा कोरेको छ । वर्गको सीमा रेखा उस्तै । असीमित सीमाहरु ।

यति मात्र छैन । अनेक जञ्जालका डोरी छन् । यही डोरीमा जीवनको समुन्द्र तर्न अभिशप्त छ मानिस । त्यसमा पनि गरिबका सीमारेखा अनेक छन् । धनीलाई धनको आडम्बरमा यस्ता सीमारेखा तोडेको देख्दैन मानिस । लाजको/कानूनको/समाजको डन्डाले गरिबलाई नै प्रहार गरिन्छ यहाँ । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जन्म दिन

~अशोक ‘खलानको मान्छे’~

संगै हुँदा बिर्शियको
छुटियर संझियको
जन्म दिन हो रे आज
आकाश को जुन को
संगै हुँदा…
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : महिलालेखन र नारीवादी नेपाली उपन्यास

~लीला लुइटेल~

पृष्ठभूमिः नारीवादको सङ्क्षिप्त परिचय

साहित्यकारलाई लिङ्ग भेद गरेर हेर्नु हुँदैन भन्ने दृष्टिकोण पनि रहेको पाइन्छ तर महिलाका भावना, अनुभूति, अनुभव, समस्या, कुण्ठा, विकार, यौनसम्बन्धी दृष्टिकोण आदि महिलाकै कलमबाट सिर्जना हुँदा ती जति बढी प्रामाणिक र वस्तुगत हुन्छन् त्यति पुरुषहरूद्वारा सिर्जित रचनाबाट हुँदैनन् भन्ने यथार्थवादी दृष्टिकोण र मान्यता विगत केही दशकदेखि स्थापित भइसकेको छ । नारीवादी चिन्तकहरूले पनि यसै तथ्यमाथि जोड दिँदै आएका छन् ।

अङ्ग्रेजी शब्द Feminism को नेपाली रूपान्तर नारीवाद हो । नारीकेन्द्री सन्दर्भबाट नारीका हक, हित र समानताको पक्षमा आवाज उठाउनुलाई नारीवाद भनिन्छ । विश्वमा प्राचीन समयदेखि नै प्रबल रहेको पितृसत्तात्मक धारणा र साहित्यको पुरुषपरक व्याख्याप्रति प्रश्नचिहृन खडा गर्ने नारीवादले पुरुषद्वारा निर्धारित नारीको स्थान तथा परम्परित मूल्य र स्वरूपको विरोध गरेको पाइन्छ । Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

कथा : निष्ठुरी निरु

~निर्मल रायमाझी~

बिद्यालय स्तर को अन्तिम परिक्षा एस .एल.सी. को तयारी गर्नु थियो । कुरा २०५७ साल को हो म आफ्नो पढाई को सिलसिला मा कक्षा १० को सेन्ट अप पास भए पछी एस.एल.सी. को तयारी गर्न को लागि एस.एल.सी. केन्द्र जीतपुर मा.बि. जीतपुर ९ नवमी इलाम तर्फ लागे ।

त्यहाँ म लगाएत सबै एस.एल.सी. दिने साथी हरु तयारी को लागि प्रस्थान गर्यौ । सबै कोठा भाडा गरेर बस्नु पर्थ्यो । म लगाएत ९ जना ले कोठा को तयारी गरयौ । जहाँ एउटै ठुलो रुम थियो अनि ४ खाट राखिएको थियो । इन्दिरा राया , गंगा राया ,मुना कार्की , सरिता राइ , इन्द्रराज राया , ललित राइ ,भेषराज कार्की ,चन्द्र कुमार मगर अनि म ९ जना एउटै रूम मा थियौ । एकै ठाउमा खाना बनाएर खान्थ्यौ हामि सबै जना ।

प्रेम गिरि को घर मा मेरो ग्रुप बस्थ्यौ । जो स्कूल को नजिकै पर्दथ्यो बि

Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बयान भएन अरे

~रिता खड्का ‘त्रिलता’~

मैले लेख्ने शब्द शब्दमा उनको बयान भएन अरे
बिहान बेलुका भर पर्ने, नुनको बयान भएन अरे

यस्तै यस्तै गुनासो आउन, थाल्यो है हिजो आज
सधैँ जुन सँगै बसेर नि, जुनको बयान भएन अरे Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : निस्ठुरी तिमी

~मन्जील दिप सुब्बा ‘गरिब’~

आधा बाटोमै छोडीजाने निस्ठुरी तिमी
मुटुभरी चोट दिने पापीनी तिमी

आफ्नो हृदयभित्रै मारेर मलाई
प्रेमको हत्या गर्ने अपराधी तिमी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : म भुत्ते खन्जरी हुँ

~सावित्री सिलवाल सापकोटा~

तिमी धारिलो खन्जर हौ प्रिय म भुत्ते खन्जरी हुँ
तिमी नामी शिकारी हौ प्रिय म निरिह बन्चरी हुँ ।

तिमी भारी बर्षात हौ प्रिय म सिमसिमे निर्झरी हुँ
तिमी दिगो प्रकाश हौ प्रिय म क्षणिक फूलझडी हुँ Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : झरे जस्तै लाग्यो

~डि. पि. खकुरेल~

अचम्म भो यहाँ जुन झरे जस्तै लाग्यो
अन्त हैन मेरै काख्-मा परे जस्तै लाग्यो

हिजो अस्ति बोलाउँदा झर्किएर हिड्थी
च्याखुरिले आज माया गरे जस्तै लाग्यो Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मैले मन पराउन नसकेको मान्छे

~प्रमोद अधिकारी~

जब देखें तिमीलाई
भेटे देखी तिमीलाई
छाल उठे कतै मनभित्र
उछिल्लिए भाबहरु
उठिरहुँ भएन
बसिरहुँ मन मानेन ।
रंगिन सपनिले
रातहरु मस्तीमा बिते । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बिछोड

~केशवकुमार दाहाल~

बिछोड शब्द आफैमा कति पीडादायक हुन्छ, केही दिन त के, केही छिनको बिछोड पनि धेरै दुःखद् हुन्छ भने कहिल्यै पनि मिलन नहुनेगरी भएको बिछोड झन् कति पीडादायक हुन्छ होला ! त्यो अकल्पनीय नै हुन्छ ।

हो, उनी अर्थात् माया र मेरो बीचमा वैवाहिक सम्बन्ध जोडिएदेखि हामीमा अगाध स्नेह थियो । त्यही प्रेमको सौगातस्वरुप हामीलाई दुई सन्तान प्राप्त भएका छन् । ती दुई सन्तान पनि हुर्केर आ–आप्mनो भविष्य निर्माणको पथ खोज्दै हाम्रो काख छोडी टाढा गइसकेका छन् । घरमा मात्र दुई प्राणी थियौं र सुख–दुः Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : दलहरुका कुरा

~निर्मला अवस्थी~Nirmala Awasthi_1

कांग्रेसीको बानी त्यस्तै बसी कुरा काट्ने मात्र
काम केही गर्ने होइनन् ठूला भाषण छाँट्ने मात्र।।

आफ्नो हुती केही छैन अरुसंग ठ्याक्क मिली
कहिले यता कहिले उता एमाले चै चाट्ने मात्र।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : टाउको दुख्न थालेको छ ?

~सोम खनाल~som-khanal

किन अचेल धेरै टाउको दुख्न थालेको छ ?
बिना सित्ति ओठ-तालु सुक्न थालेको छ ।

कर्म के हो, लक्ष केहो, बिर्षिएको जस्तो
अकर्मण्य हुंदा शीर झुक्न थालेको छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गजल : लाग्छ किन ?

~जीवराज बुढाथोकी~

तनमा आगो, लाग्छ किन ?
पानीको प्यास, जाग्छ किन ??

पाइन्न कतै, खोजी उत्तर्,
तैपनि आत्मा, माग्छ किन ?? Continue reading →

Posted in गजल | Tagged | Leave a comment

हास्य कथा : माहिला फुपा

~जयराज भट्टराई~Jayraj Bhattarai

बिहान माथि पहाडतिरबाट सिरेटो चल्यो । चिसोले सेकिएर नाक–कान–गाला सप्पै लाट्टिए । कान छाम्यो– कानै छैन, नाक छाम्यो– नाकै छैन । यस्तोमा मलाई हर्हरी बाफ चल्ने चामलपिठोको भक्का याद आउँछ । चिसामा तातोभक्का कुपुकुपु खानुको आनन्द म लेख्न सक्तिनँ । त्यसैले लागेँ फाल्गुनन्द चोकतिर । यो चोकमा प्रत्येक हिउँद एउटी धिमाल दिदी भक्का बेच्छिन् । दिदी कोइले चुलोमा माटोको गाग्री बसाउँछिन् । गाग्रीको साँघुरो मुखमा रुमाल ओछ्याउँछिन् । पानी उम्लेपछि गाग्रीको मुखबाट हस्हसी वाफ चल्न थाल्छ । नाङ्लाको पिठो स्टिलको बटुकोमा भर्छिन् । त्यै वाफमा पिठो भरिएको बटुको घोप्ट्याउँछिन् । बस् ! भक्का तयार । Continue reading →

Posted in नेपाली कथा, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : सृष्टिसौन्दर्य

~फणीन्द्र नेपाल~

पहेँला किरणहरू अट्टालिकामा पोतेर
जब पल्टन्छ निस्तेज सूर्य हिमालका छाती र शिरहरूमा
गेरु रङले धरतीको सम्पूर्ण शरीर शिथिल पार्छ र धरती बिरामी पर्छ
शान्ति सुदूर क्षितिजको गोरेटामा सुस्ताउँछ
झ्याउँकीरीका प्रार्थनाहरू पहाडबाट ब्युँझेर चट्टानमा विलीन हुन्छन्
गोधूलि समयमाथि खसेको सन्ध्यासँगै धरती सघन रातको घुम्टो ओढ्छ
क्रमशः नैमिषारण्यका आख्यानहरू आगामा जल्छन् वा जलाइन्छन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : ऊहापोहयुक्त कथा— अटोग्राफ

~महेश प्रसाईं~

समकालीन नेपाली साहित्यमा गीत, कविता र कथा लिएर देखा परेका स्रष्टा पंक्तिमा विष्णु राईको नाम भिन्न ढंगबाट लिनुपर्ने हुन्छ । त्यो ‘भिन्नता’ उनले प्रयोग गर्दै आएको प्रविधि हो र उनको कथाकारले पहिल्याएको स्वत्वको खोजी हो । यी तीनै विधामा राईको साधना समान गतिमा अगाडि बढेको देखिन्छ ।

सन्दर्भमा कथाख्यानहरूले प्रयुक्त अटोग्राफ सार्वजनिकीकरणमा छ । अटोग्राफमा वर्णित ती कथाक्रम राईकै जीवन भोगाइका उपक्रम हुन् । कथ्य, घटनाक्रम र पात्रबोधमाथि प्रयोग गरिने विवेकशीलता कथाकारको आफ्नै वैशिष्ट्यमा निर्भर गर्छ । घटना, पात्र र विषयवस्तुका माध्यमबाट कथाख्यानलाई सजीव तुल्याउने राईको यो प्रवृत्ति निकै आकर्षक छ । कथाकार राईका पात्र परिचित लाग्छन् । जीवनेम्मा, पारुहाङ, सुम्निमा, छालिम्मा लिम्दे, कुलदीप, भैरव, मैना, धनाम्मा, धनाम्पा, खुसे र निनाम्माहरू यो दुवै वातावरणबाट गुज्रिएर अगाडि बढेका छन् । Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

Translated Poem : A Strange Temple

~Manju Kanchuli~
Translated by : Wayne Amtzis

The idol behind the shut door of god must be arrayed
with vermilion and rice That I don’t know
Before meeting the deity I’ve seen
nothing but naked figures on the struts above
I’ve eyed so many times
“Behind the locked temple door there’s no god at all”
A long time has passed . . . these days
I haven’t opened that temple door with flowers of hope
Its inner wall might have transformed into a mirror,
blossoming in the mirror Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : आहालमुनिको हिमाल

~मञ्जुल~manjul

तिमी यति सानो आहालमा सुतिरहेको देखेर
माया लाग्यो
तिमी त आकाशको विशालतामा
सुत्नुपर्ने
तिमी तल–तल नुहेको देखेर
दुःख लाग्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : तिहार आउँदा र भाई नहुँदा

~प्रेम प्रसाद पौडेल~prem-prasad-paudel

छन्द : शार्दूलवीक्रीडित

बालीए झलमल्ल दीप जगतै गरी उज्यालो तर
भाई नै नहुँदा परी विरहमा साह्रै अँध्यारो घर ।
भैलीनीहरु आउँछन् नजिकमा मै रुन्छु छाती पिटी
मैले लौ मन यो बुझाउँ कसरी बुझ्दैन सीतीमिति ।। १

छेवै आँगनिमा फुल्यो मखमली के काम तेस्को अब
भाई छैन भनी नफूल भनथें फूलीरहेछन् सब । Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment