~मञ्जुल~
बिउँझिने र हिँड्ने मात्र होइन
ऊ मसँग सुत्छ पनि
अरु कसैले नसुन्ने, थाहा नपाउने भाषामा
बोल्छ पनि
उसले मसँग कुरा गरेपछि
म रङलाई मात्र होइन
रङको रङलाई पनि देख्छु
स्वादलाई मात्र होइन
म स्वादको स्वादलाई पनि अनुभव गर्छु Continue reading
~मञ्जुल~
बिउँझिने र हिँड्ने मात्र होइन
ऊ मसँग सुत्छ पनि
अरु कसैले नसुन्ने, थाहा नपाउने भाषामा
बोल्छ पनि
उसले मसँग कुरा गरेपछि
म रङलाई मात्र होइन
रङको रङलाई पनि देख्छु
स्वादलाई मात्र होइन
म स्वादको स्वादलाई पनि अनुभव गर्छु Continue reading
~केडी रेम्नीसीङ~
ए हजुर!
– हजुर !!
मेरो नयाँ सारी कहिले किन्ने?
साथीहरू जागिरेको परिवार भन्छन् ।
– तलब आएपछि ।।
– हेलो !
हेलो छोरा सञ्चै छस् ?
– ढोग गरें, बाँचेको छु । Continue reading
~महेश प्रसाईं~
हरेक बिहान यहाँ पहिरो जान्छ
हरेक दिउसो यहाँ असङ्ख्य निर्दोषहरूको
एउटा शोकगीत मरणासन्न हुन्छ,
त्यसैले पहिरो गयो त के भयो
जान देऊ,
त्यसैले तिम्रो निर्दोषितामा
वज्र पर्योर त के भयो
पर्न देऊ,
कथङ्कदाचित् शोकगीत नगाऊ Continue reading
~विक्रम पवन~
म गाेली हुँ – मात्र गाेली हुँ
म शिरफुल हैन तिम्राे शिरमा सजाउन मिल्ने
म फूल हैन तिम्राे काेठामा सजाउन सकिने
म लकेट पनि हैन – गलामा नझुन्याउ
म त गाेली हुँ – मात्र गाेली हुँ
म चाहेर पनि तिम्राे याैवनमा सजिन सक्दिनँ ।।
–
मात्र यति सम्झनू
गाेली पहाड हैन – जाे उभिरहन्छ
गाेली तारा हैन – जाे अाकाशमा झुन्डी रहन्छ Continue reading
~मीनबहादुर विष्ट~
बाहिर छाडा साँडेहरू जुधिरहेछन् संसारकै जग हल्लाइदिने गरी
बाहिर काला कागहरू उडिरहेछन् संसारलाई नै अँध्यारो बनाउने गरी
यता आगोका लप्काहरू उठिरहेछन् संसारलाई नै डढाइदिने गरी
तल कलिला बालक र फूका बोटहरू काँपिरहेछन् संसारमै कोही नभए झैं गरी
माथि को हुनुहुन्छ?
माथि कोही हुनुहुन्छ भने ढोका खोलेर एक पटक
हेर्नोस त तल,
भित्र को हुनुहुन्छ? Continue reading
~राजव~
बाज पनि मुग्ध छ
यो बिहान
आफ्ना नङ्ग्राहरू
हाँगोमा गाडेर
मोहित
महसुस गर्दै छ
आफ्ना पखेटाका काप– Continue reading
~राजेन्द्र शलभ~
अखबारका पानाहरूबाट
उछिट्टिएर रगत मनभित्र जमेछ
रगत पखाल्नलाई पानी
मनसम्म पुग्दैन
र आँसुले रगत पखालिँदैन ।
हजुरआमाले
भात पकाउँदै गरेको आगो
कसरी हो उछिट्टिएर
देशभरि सल्किएछ Continue reading
~अरुणबहादुर खत्री “नदी”~
सुमनलाई मोटर दुर्घटना परेर घाइते भएर शिक्षण अस्पतालमा भर्ना गरेको हुँदा सुमनकी आमाले छिमेकी घरको किशोरलाई बोलाएर आग्रह गरिन्,”किशोर तिम्रो मोटरसाइकल छ मेरो छोरा सुमनलाई अस्पताल भर्ना गरेको हुंदा मैले पकाएको खाना पुरुयाइदेऊ न गाह्रो नमानीकन ।”
“अब म बानेश्वर जान लागेको छु आमा । मैले खाना पुरुयाउन सक्दिन,” किशोरले उत्तर दियो।
“बानेश्वर जान लाग्दा मेरो छोरालाई खाना छाडेर गए भइहाल्यो नि !” सुमनकी आमाले फेरि भनिन् । Continue reading
~जितेन्द्र रसिक~
म्हेग चछि ख्याए त वइम्ह
वः ख्या
थङ्ला न्हिन्हे ऐ वगु दु ।
व झो झःभटागु
सहिद या आत्मायाय त
इटः देका
सहिद या
हिः
मट्चिकं देका Continue reading
~राधेश्याम लेकाली~
प्रकृतिको विशिष्ट सङ्गीतमा
आह्रलादित शान्त र सुन्दर पहाडहरू
आज ज्वालामुखी बनेर
घृणा, आक्रोश र वेदना पोखिरहेछन्
हो, यतिबेला
खरानी, आँसुर टाटा रगतमा
अनूदित Continue reading
~Milson Rai~
<1>
Oh! So, from where shall I start this
Our druery is just too fascinating.
I enjoy every single bit of you, I wish
I’d always be with you smooching.
<2>
I mightn’t be that amorevolous, you see
I too, feel shy & act childishly in dilection.
You’re the best thing that can possibly be Continue reading
~निभा शाह~
ए! ज्यामीहरु
तिम्रा बच्चाहरु
भोकले मरुन्
या कुपोषणले मरुन्
या त
तिनका आमाहरु
भोकले सुकेर काँटा बनुन्
हेर त,
मैले यति भन्दा भन्दै
भुइँमान्छेहरु
चिसो सिरेटोले भकाभक मरे
ए! ज्यामीहरु
यही त गुलामी हो
यही त दासता हो –कवि शेली Continue reading
~मदन राई ‘लामाखुले’~
बच्चाहरूको मन मष्तिस्कमा
असाध्यनै भिजेको
कसैको पनि आँखामा प्यारो लाग्ने
दिनभरि खेल्यो रमायो
भाँडाकुटी खेल्यो सँगसँगै
मिठो मिठो परिकार सजायो Continue reading
~संकलक : गोपालप्रसाद पौडेल~
तह र तल्लाका कुरा हुन । तह भन्ना साथ एक अर्काका पुरक मानिन्छन । एक अर्काका सहयोग बिना कुनै पनि पक्षको अस्तित्व रहदैन । यस्तै एउटा काहानी हामी सबैलाई थाहा भएकै हो । त्यो कथा एउटा घरको जग, तल्ला र छानाका बिचको हो । छानामा घमण्ड भएछ आफ्नो अस्तित्वमा । उस्ले सोचेछ कि उसको अस्तित्व त्यो घरका अरु त्यहाँ र क्षेत्रमाझ सबै भन्दा महत्वपूर्ण रहेको छ । उस्ले बिचको तल्लालाई यो कुर ठट्टै ठट्टामा भए पनि एक्दिन भनेछ नै । उस्को अनुसार छाना नहुने हो भने घरको कुनै अस्तित्व नै छैन । छानाले नै घरको स्वोरुप निर्माण हुन्छ रे । छाना नै सम्पूर्ण घरको संरक्षक हो रे । यो कुरा सुनेर बिचको तल्लालाई अचम्म लागेछ Continue reading
~नारायण पोखरेल~
हो म बौलाहा कवि हुँ ,
मेरा नशाना मा डौडिरहेका छन्
बौलाहारुपी रगतहरु ,
आफै भित्र रमाउने मान्छे ,
अरुका ईच्छाहरु नबुझ्ने ,
हो म अन्तरमुखी बौलाहा हुँ !
Continue reading
~लेखनाथ काफ्ले ‘राजन’~
मेरो उजाडिएको सिउदोले मलाइ गिज्याउदैछ
सिथिल बन्दै गएका हातगोडाले मलाइ धिक्कारदैछ
रित्तिसकेको आफ्नै आसु पिएर,दिनहरु कटाइरहेछु
तर , समाजनै म तिर फर्किएर,मलाई दिनदिनै सराप्दैछ
………………….
मन भक्कानिन्छ, बिरह पोख्ने ठाँउ छैन Continue reading
~उमाशङ्कर द्विवेदी~
वनको एउटा कुनामा एउटा शिकारी बस्दथ्यो । एक दिन शिकारको लागि ऊ वनमा निस्केको थियो । हिंड्दै जाँदा उसले अत्यन्त विशाल तथा कालो वर्णको एउटा बँदेल फेला पार्यो । सामुन्ने त्यस्तो अदभूत शिकार देखेर शिकारीले तत्कालै धनुषको डोरी कानसम्म तानेर तीखो वाणले त्यसमाथि प्रहार गर्यो । निशाना अचूक थियो । वाण सोझै बँदेलको जीउमा गएर लाग्यो । वाणको आघातले रन्थनिएर बँदेलले पनि आफ्नो अद्र्धचन्द्रकार भयानक दार्हा प्रहार गरेर शिकारीको आन्द्राभुँडी झारेर मारिदियो । शिकारीलाई मारेपछि वाणको आघातको कारण बँदेल पनि धराशायी भएर प्राण त्याग गर्यो । Continue reading
~के.आर.बिबश राङ्खानी~
तिम्रो लागि त प्रेम र धनमा धन नै माथि भो प्रिया
बिछोडको चोट अतितको याद यही त मेरो साथी भो प्रिया
मायामा के भिन्नता हुन्छ ? धनी र गरीबको भनी
मन मेरो मारेर गयौ यो त आत्माघाती भो प्रिया Continue reading
~शान्ति शाह~
आकाशबाट म उडी आउने थिएँ नभुली
तिमीले मलाई प्रिती दिए एकफेर मात्रै डाकिदिए ।
एकलासे वन एक्लो छ मन
जीवन बग्दो पानी
टुट्दो एक कहानी
अनि झर्दो जवानी Continue reading
~लीला लुइटेल~
१. प्रारम्भ : संस्कृतिको परिचय
मानव जीवनको पहिचानका रूपमा रहेको संस्कृतिसँग साहित्यको पनि निकट सम्बन्ध रहेको हुन्छ । प्रायः सबैजसो साहित्यिक कृतिहरूमा पनि कुनै न कुनै ढङ्गले संस्कृति अभिव्यक्त भएको हुन्छ । साहित्यले संस्कृतिको निर्माण गर्ने र संस्कृतिले साहित्यलाई मार्ग प्रशस्त गर्ने सन्दर्भमा यी दुवै परस्परव्यापी हुन्छन् । कुनै पनि साहित्यमा प्रयुक्त संस्कृतिको अध्ययन–विश्लेषणका लागि सर्वप्रथम संस्कृतिको पहिचान गर्नु आवश्यक हुन्छ ।
कुनै वस्तुलाई परिमार्जन गरेर वा सुसंस्कृत रूप दिएर चम्किलो तुल्याउने काम संस्कृति हो । संस्कृति शब्दको निर्माण वृm धातुमा सम् उपसर्ग र ति प्रत्यय लागेर भएको छ । यस शब्दले आफ्ना सन्ततिहरूलाई सुमार्गतर्पm उन्मुख गराउन पुर्खाहरूद्वारा प्रतिपादित विभिन्न खालका क्रियाकलापलाई बोध गराउँछ । हरेक मानव समुदाय कुनै न कुनै ढङ्गले कुनै न कुनै प्रकारको संस्कृतिमा आबद्ध हुन्छ । एउटा जाति वा सम्प्रदायको Continue reading
~रुमानी राई~
स्प्रीङ्लाई,
तिमी जती सक्छौ दबाउ
दबिएसम्म दबाउ
तिम्रो सक्तिले भ्याएसम्म दबाउ
तर,एउटा कुरा याद राख,
तिम्रो एकात्मक सत्ता
तिम्रो शक्तिको पराकाष्ठा Continue reading
~रञ्जुश्री पराजुली ~
ऐना हेर्दा सानो भाइ
आँखा झिम्क्याउँछ
आफू जस्तै अर्को देख्दा
ताज्जुप भई हेर्छ ।
जिब्रो देखाई हात हल्लाई
जिस्क्याउँदै खेल्छ Continue reading
~दुर्गाप्रसाद ग्वालटारे~
बिषै रैछ म के गरूँ, शिसी राम्रै थियो क्या रे !
काम भएन म के गरूँ, नीति राम्रै थियो क्या रे !
धान कुट्दा कनिका र च्युरा कुट्दा धुलो हुन्छ
यस्तै हुन्छ म के गरूँ, ढिकी राम्रै थियो क्या रे ! Continue reading
~प्रदीप नेपाल~
रेडियोबाट साझा सवाल कार्यक्रम आइरहेको थियो । विषय थियो सङ्घीयता । सबै आफ्आफ्ना तर्कहरू प्रस्तुत गरिरहेका थिए र आफूले भनेजस्तो सङ्घीय संरचना नभए संविधान नै अस्वीकार गर्ने उद्घोष गरिरहेका थिए । मिठै लाग्दै थियो बहस तर बहस नसकिँदै फुस्स निदाएँछु म ।
ठूलो मैदानमा झण्डै सय जनाजति मानिसहरू गच्छे अनुसारको कुर्सी र भुइँमा बसेका थिए । कुर्सीमा बसेकाहरू चलनचल्ती अनुसार ठूला हुने भैहाले । भुइँमा बस्नेहरू श्रीरामका भरत हुने भैहाले । म मैदानको ढोकाबाट भित्र पसेको मात्र के थिएँ, उद्घोषकले आसन ग्रहणको अनुरोध गरिहाले । Continue reading
~लक्ष्मण नेवटिया~
बुबा तपाईंले म बेपत्ता छोरालाई
खोज्दै इन्तु न किन्तु भएको कति भयो?
मृतकको पीडा एकबारी-
बेपत्ताको पीडा आजीवन मर्मान्तकारी”
एकछिन सुत्न नपाइ रातभरि
आँसु बगाएको कति भयो?
ढोकाबाट आवाज आएको सुन्दै
खोल्न दगुरेको कति भयो?
आँखा भएर पनि जानी जानी Continue reading
सँधै झैँ आज पनि ऊ घरबाट निस्क्यो।
घरबाट बाहिर निस्कनु अघि केही बेर अन्कनाए पनि अन्त्यमा दृढ निश्चय गरेर ऊ निस्किएको थियो। बाटोमा हिँड्नेहरू उसलाई हेर्दै खासखुस गर्न थाले।
ऊ एक परिवर्तनको संवाहक बनेको थियो। आफ्ना आदर्श आफ्ना परिवार भित्र, इष्ट-कुटुम्ब भित्र, मित्रवर्गहरू माथि थोपर्ने गर्थ्यो। बाक्चतूर थियो आफ्ना कुराहरू मनाउन सिपालु थियो। उसको आफ्नो आदर्श अहिले पुरै परिवार, इष्ट-कुटुम्ब, मित्रगणहरूको पनि आदर्श बनेको थियो। Continue reading
~डिल्ली पौडेल~
को गन्न सक्छ र आकाशका झिलिमिली सितारा।
उज्यालाे प्रकाश छाड्छ संसार जगत सारा।
यो जिन्दगीको Continue reading
~लब्ली राजन श्रेष्ठ~
शहर भन्दा
गाउँ घरै घमाइलो ।
दशै भन्दा
तिहारै रमाइलो ।
हिजो सम्म कलिला
बढेछन ति मखमलि ।
औंसीको रातमा पनि
जतासुकै बत्तीको झलमलि । Continue reading
~दीपक कुमार ज्ञवाली~
नहान पत्थरले यो कोमल हृदयमा
अधरको मुस्कान थाम्न नसक्ने हृदयले
पत्थरको प्रहारले झन् गराऊँनेछ आहात
लोभ्याउएन मलाई अधरको मुस्कानले
म घाइते भएको छु प्रेमवन्धन टुट्नाले
भएन पे्रम अमर नियतीले बिछोडायो Continue reading
~रुमन न्यौपाने ‘अमन्त’~
एकादेशमा एक बडा प्रतापी राजा थिए । उनका शिशिर बसन्त नामका दुई राजकुमार थिए । रानी पनी परम सुन्दरी थिईन । राजा र जनता बिच परस्पर राम्रो सम्बन्ध थियो । देशमा खुसी थियो, शान्ती थियो । एक दिन राजा…….धत् ! यो त तपाईले सुन्नुभएको कथा पो हो त, शिशिर बसन्तको कथा । आउनुस् आज केही नयाँ सुनौं । केही नयाँ किस्साहरु सुनाउँछु तर माफ गर्नुहोला एकादेश को परम्परालाई तोड्दै ‘यसै देशमा’ बाट सुरु गर्न चाहाँन्छु । आज्ञा भए अगाडी बढ्ने थिँए ।
“सुनामी, अब नेपालमा पनी सुनामी । जापान पछी अब नेपालमा सुनामी”, ब्यस्त सडकको बाँया पेटी तिर काखीमा अखबारको बिटो बोकेको एउटा फुच्चे कराउँदै थियो ।
“सुनामी, नेपालमा पनी सुनामी…” त्यो सानो केटा त्यसरी नै कराउँदै थियो । Continue reading
~शारदा शर्मा~
एकक्षणका लागि
जाज्वल्यमान् भयो समय
लाग्यो
बाँकी रहेन कतै अपूर्णता
अभाव बाँकी रहेन
सपना देख्न आकाश बाँकी रहेन
यसभन्दा माथि
पाइला राख्न उचाइ बाँकी रहेन
उत्कर्षको यो स्वर्णबिन्दु
कल्पनाको अर्को शिखर निर्माण नहुँदासम्म त,
स्वर्ग हुनुपर्ने थियो
किन हो Continue reading
~विश्वविमोहन श्रेष्ठ~
जोडेर धेरै मनहरु
फोडेर धेरै किल्लाहरु
यो देश बनाउने
अपराधी मै हुँ
गुमनाम तिमीलाई
नाम दिएर
स्वाभिमान तुल्याउने
अपराधी पनि मै हुँ
जजस्ले आँखा लगाए
यो माटोमाथि Continue reading