Tag Archives: Eka Dev Adhikari

लघुकथा : एकता

~एकदेव अधिकारी~ आज देवमाया खुसीले गद्गद् छिन्। अब देवमायाको परिवारमा खुसीको वातावरण आउनेछ। उनका छोराहरू घर फर्कँदै छन्। देवमाया त्यो दिन अझै सम्झन्छीन् जब उनका छोराहरू एक-एक गर्दै पुर्ख्यौली घर छोडेर बाहिरिएका थिए। उनका छोराहरू सबै पौरखी छन्, आ-आफ्ना कार्यक्षेत्रमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : परिवर्तन

~एकदेव अधिकारी~ सँधै झैँ आज पनि ऊ घरबाट निस्क्यो। घरबाट बाहिर निस्कनु अघि केही बेर अन्कनाए पनि अन्त्यमा दृढ निश्चय गरेर ऊ निस्किएको थियो। बाटोमा हिँड्नेहरू उसलाई हेर्दै खासखुस गर्न थाले। ऊ एक परिवर्तनको संवाहक बनेको थियो। आफ्ना आदर्श आफ्ना … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गाँस, बास र कपास

~एकदेव अधिकारी~ सामान्य लाज ढाक्ने पहिरनमा बैशाखी टेक्दै ऊ त्यहाँ आइपुग्यो। उसका आँखाहरू उसको अगाडि राखिएको कन्टेनरमा थियो। सायद ऊ कुनै चिजको प्रतिक्षामा थियो। उसको पिठ्युँको थोत्रो बोराभित्र सायद अनन्त कथाहरू लुकेका थिए। एकैछिनमा होटेलबाट फोहोरको डुङ्गुर लिएर एउटा भ्यान … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

सूत्रकथा : भिखारी

~एकदेव अधिकारी~ ढोका बाहिर चिटिक्क परेर उभ्भिएको मानिस देखेर सोधेँ – “केही काम थियो कि?” उसले भन्यो – “हजुर म भिखारी भिख माग्न अा’को।”

Posted in सूत्रकथा | Tagged | Leave a comment

लघुकथा : कार्यक्रम

~एकदेव अधिकारी~ महानगरकै एक ठूलो तारे होटेलको सभाहल सहभागीहरूद्वारा खचाखच भरिएको थियो। सभाहलको तामझाम निकै उत्कृष्ट थियो, बिदेशी सजावटका सामान, ध्वनी संयोजन देखि लिएर वातानुकुलनका सम्पूर्ण व्यवस्था ठीकठाक दुरूस्त भए नभएको रेखदेख गर्ने सहयोगी हरू तत्पर तथा तम्तयार देखिन्थे। कार्यक्रममा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : राष्ट्रियता

~एकदेव अधिकारी~ राष्ट्रियता उसको नशा-नशामा रगत बनेर दौडिरहेथ्यो। देशकै एक प्रतिष्ठित नेताको नजिकको आफन्तको रूपमा उसकै प्रत्यक्ष निगरानीमा ऊ हुर्केको थियो। अझ भनौँ राष्ट्रियताको मामिलामा ऊ साना ठूला सबैलाई सम्झाउन समेत भ्याउँथ्यो। सीमा मिचाईको बिरोधमा होस् या बुद्ध जन्मभूमीको विषयमा … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : गमलाको फूल

~एकदेव अधिकारी~ “के छ यार खबर?” कफि पसलमा पत्रिका हेर्दै गर्दा अप्रत्यासित रूपमा आएको यो आवाजले झस्कँदै पछाडि फर्केँ। मेरो कलेजको सहपाठी हात मिलाउन अगाडि बढाउँदै मुस्कुराइ रहेको थियो। “ठीक छ यार।” हात मिलाउँदै उसको लागि पनि कफिको अर्डर गरेँ। … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : उत्सव

~एकदेव अधिकारी~ “म तपाईँलाई हजुरबुबा भनेर बोलाउँछु है।” अचानक पछाडिबाट आएको आवाजले झस्किए उनी। नाकको डाँडीमा अडिएको चश्मा मिलाउँदै उनले आगन्तुक तर्फ हेरे। रसाएको आँखाले देखेको धुमिल आकृति बिस्तारै प्रष्ट हुँदै गयो। त्यस्तै अठार – उन्नाइस वर्षको ठिटो उनी भएतिर … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अब हाम्रो पालो

~एकदेव अधिकारी~ ‘के हामी सँधै यिनीहरूको दास बनेर बस्नुपर्ने हो ?’ सिन्थेक्सले रोष प्रकट गऱ्यो । ‘हैन साथीहरू हो, अब ईँटको जवाफ पत्थरले दिनुपर्छ ।’ अमोरेक्सले विद्रोहको विगुल फूक्यो । सबै बिद्रोहीहरू एक स्वरमा अमोरेक्सको सुझावप्रति समर्थनमा तालि बजाए । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित लघुकथा : सोमबार या मंगलबार

~भर्जिनिया वुल्फ~ अनुवाद : एकदेव अधिकारी आलसी र उदासीन, आकाशको शून्यतालाई आफ्नो पँखेटाले मिलाउँदै, ज्ञात गन्तब्य तर्फ चर्चको माथिबाट बकुल्ला अगाडि बढ्छ। सेता र सुदूर, आँफैमा लीन हुँदै अनन्त आकाश ढाकिँदै, देखिँदै, रोकिँदै चलिरहेछ। सायद एउटा ताल? त्यसका किनाराहरू ढाकीएका … Continue reading →

Posted in अनूदित लघुकथा | Tagged , | Leave a comment

लघुकथा : गल्ति

~एकदेव अधिकारी~ एक दिन कुनै एक मित्रको घरबाट साँझको भोजनको निम्तो आयो। समयमै घर पुगेँ। मित्रका बाबु-छोरा बैठक कक्षमा बसेर टिभी हेर्दै रहेछन्। खाना तयार हुँदै थियो त्यसैले केही बेर म पनि टिभीमै व्यस्त भएँ। अचानक भान्छा कोठाबाट केही खन्द्र्याङ्ग … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

अनूदित कथा : क्षितिज पारी

~रोबर्ट जे. मार्टिन~ अनुवाद : एकदेव अधिकारी डाक्टरको कलम चार्टमा केही लेख्दैगर्दा रोकियो, “त्यसो भए यो तपाईँको तेश्रो दाँतको सेट हो होइन?” बिरामीले स्विकृतीमा टाउको हल्लायो, “हो डाक्टरसाब। तर यसपाली त धेरै ढिलो आयो नि त?” डाक्टरले कौतुहलतापुर्वक सोधे, “त्यसैले … Continue reading →

Posted in अनूदित कथा | Tagged , | Leave a comment