~महेश प्रसाईं~
समकालीन नेपाली साहित्यमा गीत, कविता र कथा लिएर देखा परेका स्रष्टा पंक्तिमा विष्णु राईको नाम भिन्न ढंगबाट लिनुपर्ने हुन्छ । त्यो ‘भिन्नता’ उनले प्रयोग गर्दै आएको प्रविधि हो र उनको कथाकारले पहिल्याएको स्वत्वको खोजी हो । यी तीनै विधामा राईको साधना समान गतिमा अगाडि बढेको देखिन्छ ।
सन्दर्भमा कथाख्यानहरूले प्रयुक्त अटोग्राफ सार्वजनिकीकरणमा छ । अटोग्राफमा वर्णित ती कथाक्रम राईकै जीवन भोगाइका उपक्रम हुन् । कथ्य, घटनाक्रम र पात्रबोधमाथि प्रयोग गरिने विवेकशीलता कथाकारको आफ्नै वैशिष्ट्यमा निर्भर गर्छ । घटना, पात्र र विषयवस्तुका माध्यमबाट कथाख्यानलाई सजीव तुल्याउने राईको यो प्रवृत्ति निकै आकर्षक छ । कथाकार राईका पात्र परिचित लाग्छन् । जीवनेम्मा, पारुहाङ, सुम्निमा, छालिम्मा लिम्दे, कुलदीप, भैरव, मैना, धनाम्मा, धनाम्पा, खुसे र निनाम्माहरू यो दुवै वातावरणबाट गुज्रिएर अगाडि बढेका छन् । Continue reading →