~कमल कुमार~
१२ बजे गएको थियो भुइँचालो
च्यापेर लालाबाला
हुित्तँदै आँगनमा झरेकी उनी
रातभरि टोलाएकी थिइन्
तीन आँख्ले तारा हेर्दै
परदेशीको सम्झनामा
Continue reading
~कमल कुमार~
१२ बजे गएको थियो भुइँचालो
च्यापेर लालाबाला
हुित्तँदै आँगनमा झरेकी उनी
रातभरि टोलाएकी थिइन्
तीन आँख्ले तारा हेर्दै
परदेशीको सम्झनामा
Continue reading
~मनोज बोगटी~
होटलबाहिर
बारुदको हावा चल्दैछ।
हिंसा हो कि गिद्ध हो
बसेको छ
बुद्धको काखमा।
लाशको गन्ध बोक्ने हावाले बोकेको छ हर्कमान नेपालीको घर ठेगाना
टायरको धुँवाले बोकेको छ चेम्जोङनी बोजुको बाह्रमुखे थैली Continue reading
~कुन्दन काफ्ले~
बनाऔं देश युवा एकजुट भइकन
मनाऔं उत्सव सँधै अफ्ठ्यारा सहिकन
देशले रगत हैन,खुसहाली मागेको छ
कलह होइन शान्तिको वाहाली मागेको छ Continue reading
~आनन्द अधिकारी~
हिरा काट्ने हिरैमा राखेर
दुख काट्ने दुखैमा हाँसेर
भन्न सजिलो धेरै सजिलो
कसले पो बुझ्छ र मनको पहिरो
दैव छोडेर दैव छोडेर
दुई छेऊ सिक्काको झै सुख दुख सरोबरी Continue reading
~प्रणिका कोयु~
यो सडकको यो झिल्को आगोको
बन्ला के ज्वाला राँकोको?
सडकदेखी बस्ती-बस्तीमा सर्वत्र
फैलिन्छ के यो बनेर लप्का आगोको?
या कतै मोहिनी मन्त्र छम्काउँदा ति हातले
निभेर खरानी बन्ने हुन् – विभुत हुन निधारको? Continue reading
~निर्मोही व्यास~
१
तिमी अपूर्व सुन्दरी, कलावती ‘शरन्निशा’****
त्यही कला पिएर जग्मगाउँछन् दसै दिशा
लजाउँदी छ चाँदनी स्वयं प्रिया ! तिमीसँग
सँगै तिमी भए पुग्यो, म बिर्सिदिन्छु यो जग
२
तिमी पवित्र जाह्नवी, प्रणम्य वेदकी ऋचा
तिमी कला र काव्यकी स्वयं समस्त चारुता Continue reading
“मोटाईछौ ।” कुराको शुरुवात यसरि नै गरे मैलेँ । हुन त मैले उसमा खोट देखेको होइन ,सबै ऋतु हरुमा मलाई उ उस्तै लाग्थी भन्ने कुरा पनि शास्वत छ ।मलाई थाहा थिएन त्यतिखेर यी शब्द हरुले उसको मनमाँ कस्तो असर छोडे किनकि केटिहरुलाई मोटाएको कुरा गरिदिनु राम्रो मानिन्न तर तिस बर्षको अन्तराल मा म अल्लारे ठीटोबाट लोग्नेमान्छे भएँ भने उ पनि त केटिबाट आइमाई भइ होलि नि ! जे होस् पाँच मिनटको सुनसान यात्रा,हामी दुवैको मौनता तोड्ने क्रमको औपचारिकता निभाएँ ।यो आश्चर्यजनक भेट पचाउन गारो भइसकेको थियो मलाई , तिस बर्ष निकै लामो समय हुन्छ । अब के नै बाँकि थियो र हामी बिच औपचारिकता बाहेक । चियाको प्रस्ताव मैले नै राखेको हुँ ,शायद म पुराना दिन पल्टाएर आँफै दर्शक भएर पर्दा नियाल्न चाहन्थेँ । कुनै बेला त्यो क्याफे र आइसक्रिम पार्लर भेट्ने बहाना हुन्थ्यो ,गोजि मा पैसा नै नभए पनि बुवासँग कहिले कलम किन्छु भनेर ,कहिले ल्याब सिट सिद्धियो भनेर जे होस बिभिन्न बहाना बनाएर ल्याएका पैसाले ! आज पैसा छ ,तर बहाना छैन अनि साथ नै भएर पनि उ छैन । Continue reading
~दिनेश अधिकारी~
तपाई ठूलो मान्छे
बिहान बाथरुमुमा पस्दा मात्रै
पत्रपत्रिका पढ्न भ्याउने हुनुभो
स्लिप नपठाई
अब भेट्न नसकिने हुनुभो
हाई ! हाई !!
जताततै प्रशंसैप्रशंसा पाउन थाल्नुभो
स्वागतमा Continue reading
~राजेन्द्र थापा~
मान्छेले बाटो हिँड्न छाडे बाटोले अब मान्छे हिँड्छ
हेपिएको सडकले नै अब मान्छेको शिर टेक्छ
एत्ति तल तल ठूला ठूला नि गिरेको देखेपछि
पछि लाग्ने शान्त लश्कर आफैँ नै पड्केर फुट्छ Continue reading
~दिनेश अधिकारी~
निधारमा लर्काएर सप्तरङ्गी टिको
हिँडिरहूँ सधैँ तिमी शिखरको बाटो
ओखरमा फोरिदिएँ बाधाहरू मैले
जता पनि पुग दाजै ! घामभन्दा पहिले
चहचह ! पिङ हैन, माया झुलेको छ
सयपत्रीसँगै मेरो खुसी फुलेको छ Continue reading
~सुषमा मानन्धर~
“एक्सक्युज मी, के म यहाँ बस्न सक्छु ?” एउटी अपरिचित युवतीले उसले खाँदै गरेको टेबुल छेऊ आएर सोधेकी थिई।
“हुन्छ बस्नुस् न।” उसले दोहोर्याएर हेर्यो। कुनै पनि कुनाबाट उसलाई त्यो युवती परिचित लागेन।
“तपाईलाई यहाँ सँधै यति बेला खाजा खान आएको देख्छु। तपाईलाई देखेर अनायासै एउटा अनुरोध गर्न मन लाग्यो। चिन्नु न जान्नु घचेटी मागी भन्ने नसोच्नु होला है ?” युवतीले उसँग अनुरोध गरी।
उसले मोमो खाँदै, युवतीलाई पनि केही अर्डर गर्ने हो कि भनी सोध्यो। युवतीले बेरालाई एउटा चिया ल्याउन Continue reading
~अरुणबहादुर खत्री ‘नदी’~
लोडशेडिङ् भएको रातको समय रमेशको घर लुटिएछ ।
भोलिपल्ट बिहान कुखुराको भाले बासेर उज्यालो भएपछि टोलका मानिसहरूले रमेशको घरमा लुटेराहरू आएर घरमा राखेका आवश्यक सामान नगद र गरगहना लुटेर लगेको घटना थाहा पाए । सो घटना थाहा पाएपछि यस्तो घटना त यस टोलमा कसैको घरमा पनि आजसम्म कहिल्यै हुन सकेको थिएन भन्दै एकआपसमा कुरा गर्दै थिए । Continue reading
~गोविन्दप्रसाद आचार्य~
मैले देश खोज्दै जाँदा अपराधीको मुठ्ठीमा छ
देशको नक्सा खोज्दै जाँदा अपराधीको गोजीमा छ
साझा देश खोज्दै जाँदा अपराधीको गुठीमा छ
स्वतन्त्र देश खोज्दै जाँदा अपराधीको कोठीमा छ
अति साह्रो दुख्छ देश सानो केश झर्दा पनि Continue reading
~कात्यायन~
– मैले कोमामा देखेको थिएं, – सात वर्षे बालक चकलेट किन्न पसलमा जाँदा अगाडि उभिएको व्यक्तिलाई सोध्ने गर्छ – ‘के तपाईं पालोमा हुनुहुन्छ ?’
– अनि यहाँ देख्छु, – सत्तरी वर्षका बृध्द-बृध्दाहरू पनि कसरि पशुपतिको चन्दन लिंदा होस् वा बृध्द-भत्ता लिन ठेलमठेल गरिरहेकाछन् |
– मैले देखेको थिएं, – त्यहाँ पशु-पंछिहरूलाई पानी नराखेको आरोपमा जेल जान पर्थ्यो र यहाँ जेलमा परेकाको आफन्तहरूले ल्याएका पानीहरू नै कसरि जेलरहरूले नै पिउने गर्छन् | Continue reading
~निश्चल काउचा~
बर्सौ देखी बेबारिसे ढलेका
सिमा स्तम्भहरु
फेरी उठाउने
कर्तब्य कस्को?
दायित्व कस्को?
जिम्मेवारी कस्को?
ढलेका स्तम्भहरु भन्छन्
हामी आफै ढलेका होईनौ Continue reading
~केडी रेम्नीसीङ~
देश वेच्ने जन्मेपछि मेची दुख्छ काली दुख्छ,
नेताको त्यो भाषणमा हात दुख्छ ताली दुख्छ ।
सुन्दर यो फूलबारी सबै जात सबै भाषा धर्मको,
फूलपात चुँडेपछि फूलको रित्तो डाली दुख्छ । Continue reading
~सन्तोष चिमरिया~
के भो?
निन्द्रा लागेन।
किन?
आज कति दिन भइसक्यो थाहा छ तिमीलाई?
कसले नौ नबजी सुत्नु भनेको छ त? भान्साको काम सकेर आउन्जेल पनि पर्खन नसक्ने अनि मध्यरातमा निन्द्रा लागेन भन्ने? Continue reading
~निशा खनाल अर्याल~
पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मी देवी देवकोटाका लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । उनको जन्म १९६६ साल कात्तिक २७ गते शक्रबार काठमाडांै, डिल्लीबजारमा भएको थियो । उनको न्वारनको नाउँ तीर्थमाधव देवकोटा जुराइएको भए तापनि लक्ष्मीपूजाको दिन जन्म भएको हुँदा उनलाई लक्ष्मीको प्रसाद भनेर ‘लक्ष्मीप्रसाद’ नामबाट बोलाउनाले उनको नाम नै लक्ष्मीप्रसाद देवकोटा रहन गयो ।
देवकोटाले जन्म लिएदेखि नै उनका घरमा अनेकौं किसिमका पीडा, दुख, गरिबी, कष्टहरूले पीडित घरको भित्रको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो तर पनि घरले गरिबीको रेखालाई नाघ्न नसके तापनि उनी सानैदेखि भन्ने गर्थे, म अंग्रेजी पढ्छु अनि आफू जान्ने भएपछि अरुलाई टयुसन पठाई पैसा Continue reading
~लक्ष्मी प्रसाद देवकोटा~
छाती चिरीकन पृथिवीको दूध
चुस्छन् मानिस,
दुहुने मै हुँ ।
धूप झरीमा आत्मा परिशुद्ध
बर्ख यी तनी बीस
नहुँदो भौँ हुँ !
श्रृङ्गार हिलो, नङ्गा फिलो, Continue reading
~राम श्रेष्ठ~
धेरै कम मान्छेहरु हुन्छन,
जो आफ्नो मनले रोजेको केटीको
बिहेको कुरा चल्दा रमाउने गर्छन्,
त्यही कम मान्छेहरुमा म पनि एक हुँ !!
जब तिम्रो बिहेको कुरा चल्यो,
मेरो मनमा जिबन् को ज्योति बल्यो,
तिमी लाइ सप्तरँगी साडी ओढाउदा, Continue reading
~प्रदीप नेपाल~
चार बजेपछि बाक्लो कफीको स्वादमा रमाउन मलाई यही कफी पसल मनपर्छ । यहाँको शान्ति, मौनता र सरसफाइ मेरो रुचिसँँग ठयाक्कै मिल्दछन् । म यहाँ चार बजे आउँछु अनि एक घण्टा यहाँको मौनतासँग रमाउँछु । कफी खाने सोख मैले हङकङमा सिकेको हुँ । त्यहाँ म चार वर्षबसेको थिएँ कामको सिलसिलामा । सधैँ झैँ हिजो पनि म आफ्नो टेबलतिर लागेँ । प्रायः त्यो खालि हुन्थ्यो । तर हिजो त्यसको एउटा कुर्चीमा एकजना स्वास्नीमान्छे बसेकी थिई । पचास नाघिसकेकी त्यो स्वास्नीमान्छे झलक्क हेर्दा कफी पसलतिर आउ-जाउ गर्ने जस्ती लागिन मलाई । उसको अनुहार सुन्दर थियो, उसले लगाएको लुगाहरूले उसको भद्रता प्रदर्शन गरिरहेको थियो । वास्तविक नेपाली स्वास्नीमान्छे थिई ऊ । अनौठो लाग्यो मलाई, किनभने नक्कली संसारको जङ्गलमा बसेर पनि आफ्नो अनुहारलाई अवास्तविक रङ्गरोगन गरेर कुरुप बनाएकी थिई उसले । नबिग्रिएको काठमाडौँको अनुहार जस्तै लाग्यो त्यो मन्दस्मी Continue reading
~दिलिप योन्जन~
आउँदा जाँदा मुस्कुराउथी, हिजो आज छोड्यौ किन
चोखो माया तोडनुरैछ, झुटो माया जोड्यौ किन ।
फुलै फुलको बगैचामा, दुख्ने काँडा रोप्यौ किन
हासी खुसी बाचेकैथे, ब्यथा पिडा छोड्यौ किन। Continue reading
~मणिराज सिंह~
विचार
स्वतन्त्रता
र समर्पण
सपनामा पनि नाचिरहेको हुन्छ
सपना नहुदो हो त
मान्छेको
धर्म,
कर्म
र वंश
कसरी लहलहाइ रहन्थ्यो ।
विचारले, Continue reading
~शशीकला थापा सुब्बा~
मैले सुने यसपालि
पहेलै भएर सुन्तलामा फल्यौ रे
मकैको जमरामा निस्क्यौ रे
धानको बालामा लहरायौ रे
खै मलाई धिक्कारयौ भन्ने
कतैबाट सुनिन
खै मलाई सरापेयौ भन्ने
कहीबाट आएन
तिमी विकट पहराहरुमा
मृत्युसंग लुकामारी गर्दै गर्दा
मा मलमलमा बस्ने रहर बोकेर Continue reading
~भूधरा उपाध्याय~
चामेले फोनमा भन्यो -” घर आउन अबेर हुन्छ, ‘म्यारिज’ खेल्दै छु, मलाई नकुर्नु है।”
स्वास्नी पनि खाइपिइ Continue reading
~डा. राजुबाबु श्रेष्ठ~
जब तिमीले
मेरो जीवनको सेतो पन्नामा
मायाको गीत लेख्न छोडेर
पैसाको गीत लेख्यौं
त्यसै दिन उम्रियो
मेरो मनमा
घृणाको बिरुवा
कल्पनामा उभिएको
लोग्नेको सग्लो तस्बिर Continue reading
~शैलेश भट्टराई~
आमाले अति कचकच गरेपछि म एउटा छाता किन्न बजार गएँ। बजारमा धेरै छाताहरू हेरियो, बुझियो, जाँचियो । कुनैको दाम चर्को। कुनै हेर्दै नकिनुँ जस्तो लाग्ने। कुनै भद्दा। कुनै भने एक जनाको टाउको ओताउन पनि गाह्रो मान्ने छाते टोपी जत्रो । कुनै सिमसिमे पानीमा मात्र काम लाग्ने।
चित्तबुझ्दो एउटा नदेखेपछि दिक्दार लागेर अरू नै कुनै दिन किन्ने बिचार गरी घर फर्कने ध्याउन्नमा थिएँ। यत्तिकैमा एउटा मान्छे आएर च्याप्प मेरो पाखुरा समात्यो र भन्यो- `जाउँ हजूर मेरोमा। तपार्इको रोजाइको छाता छ मसंग ।´ Continue reading
हास्य र व्यंग्य भनेको जेरी र स्वारी जस्तै हो । स्वारी मात्रै देख्यो भने जेरीको याद आइहाल्छ, जेरी मात्रै देख्यो भने स्वारीको याद आउँछ । हास्य र व्यंग्य भनेको अलिअलि हामी ‘मह’ जोडी जस्तै पनि हो, मदन कृष्णलाई एक्लै देख्यो भने हरिवंश खै त भनेर सोधिहाल्छन्, हरिवंशलाई एक्लै देख्यो भने जोडी किन छुटेर हिँडेको भन्छन् । हास्यव्यंग्यको जोडीचाहिँ आजकल नेपालमा सँगै हिँडेको देख्नै छाडिसक्यो, जताततै व्यंग्य व्यंग्य मात्र देखिन्छ, हास्यचाहिँ कतै देखिँदैन । बाटामा हिँडेको मान्छेको मुहारमा हास्य देखिन्छ कि भनेर हेर्यो सबैको मु Continue reading
~हरिवंशराय बच्चन~
अनुवाद : किशोर पहाडी
त्यो बेला मैले जे जति कवि सम्मलेनहरूमा भाग लिएँ, तीमध्ये एकको विशेष चर्चा गर्न चाहन्छु । किनभने त्यस सम्मेलनमा यस्तो एउटा दुःखदायी घटना घट्यो कि त्यसले मेरो पहिल्यैदेखि शोकातुर भएको मनलाई झन् उद्विग्न पार्यो र मेरो कविताको विषयमा यस्तो एउटा प्रश्न उठायो जसको उत्तर सोच्दासोच्दै मैले जीवनलाई एउटा नयाँ मोड लिन विवश गर्ने निर्णय गरेँ ।
आफ्नै कविताको विषयमा कविको सम्मतिलाई ज्यादा महत्त्व दिनु हुँदैन । सायद यस्तो कुरा कसैले सोचेका थिएनन् । त्यसबेला मैले जे निर्णय लिएँ, त्यो गलत पनि हुनसक्थ्यो । जीवनको यही त सबैभन्दा ठूलो चमत्कार हो कि यसले गलत बाटोलाई पनि सही बाटोमा लिएर जानसक्छ । फेरि म त्यतिखेर शान्त, सामान्य मनस्थितिमा थिइनँ, जुन साहित्य या कविताको विषयमा सही निर्णय लिनका लागि आवश्यक छ । त्यसकारण त्यो प्रश्न अझ पनि मेरा भावप्रवण पाठकहरूको अगाडि तेस्र्याउन सक्छु । आफ्नो जुन किसिमको कविताको बारेमा मेरो मनमा प्रश्न उठेको थियो, त्यसबाट म आफू त धेरै टाढा गइ Continue reading
~मदनकृष्ण श्रेष्ठ~
अरबौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे
म मन मिल्ने मान्छे देख्दा संसार नै भुल्ने मान्छे
तराजुमा राखेर धेरै पल्ट यो दुनियालाई मैले जोखेको छु
सहानुभूतिको आशा गरेर रुँदै व्यर्थै वेदना पोखेको छु Continue reading
~अशोक ‘खलानको मान्छे’~
नभन है प्रियशी पर्देशिले भुल्यो भनेर
सम्झनाका चिट्ठी पनि लेखेन है भनेर
नभन है……………..
माया कती गर्थे ओईलियको फुल लाई सोध
तिफुल टिपी दिन्नथे तिमिलाई भनेर
नभन है……………… Continue reading
~अशोक ‘खलानको मान्छे’~
बन्दुकको नालबाट राज्यसत्ता जन्मन्छ भन्नेहरु
ब्यालेट बक्सको मोहर देखी सैधान्तिक पराजय भोग्दै छन
बिजय उत्सव सँग सँगै धसिएको सिन्दुर र मालाहरु
पन्ध्र हजार निर्दोश नेपाली रगतले बनेको खुनी दाउपेचका सफलताहरु
कायल छन भित्ते राष्ट्रपती यती बेला आफ्नै झुटको पर्दा भित्र Continue reading