Tag Archives: केदार शर्मा – Kedar Sharma

कविता : दशैँमा भेटौँ

~केदार शर्मा~ मिता, मैले त कहिल्यै बिर्सिन सकिँन तपाईँ र मलाई साथै राढीमाथि बसाएर मितबा मितामाले निधारै ढाकेर दुईहातले लगाइदिएको टीका “छोरा, तेरो बाजेलाई जस्तो आउँदैन है हाम्लाई त देउताको भाषा हाम्रै भाषामा आसिक दिन्छुङ – दिइखाने भएस्, मागिखाने नभएस् … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : महाभोजको महामजा !

~केदार शर्मा~ आफूले व्यग्रतापूर्वक पर्खेको उत्सवका दिनमा को खुसी नहोला ? ‘राष्ट्रिय महाभोज २०६८’ नजिक आउँदै गर्दा म साँच्ची नै उत्साहित थिएँ । पेट हल्का र मन चङ्गा भयो भने भोजको मजा दोब्बर हुन्छ भत्रे थाहा थियो । त्यसैले तीजमा ब्रत लिनुअघि … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : सराप

~केदार शर्मा~ यसवर्ष रौरव नर्क बनोस् मेरो देश चारैतिर कोलाहल मच्चियोस् सजायको पापी, अपराधीहरूको छट्पटी देखेर अपराध आफैँ कहालियोस्। यसवर्ष मान्छे मार्नेहरूलाई पछुतो होस्, ग्लानी होस्, अपराधबोध होस् र भइरहोस् उनीहरूको प्रत्येक निद्रा ऐँठनबाट खुलोस्

Posted in कविता | Tagged | Leave a comment

कविता : पुतलीको पाठ

~केदार शर्मा~ घस्रिनुको गह्रुँगो दुर्गतिबाट आजित भएर त्यागेर घिनलाग्दा काँडाहरूको अत्याउँदो मोह र छाडेर हरिया पातहरूको अदम्य भोक ध्यानमा बस्छ झुसिल्किरो – निश्चल, निर्विकार निकै दिन अनि बल्ल पलाउँछन् रङ्गीविरङ्गी पखेटाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : गाडधन

~केदार शर्मा~ … र तिम्रो पनि गाडधन यसरी नै फेलापर्ने छ कुनै दिन शङ्कै नगरिएका ठाउँमा वा दावी नगरिएका बैंक खातामा वा खिया जमेका लकरहरूमा वा स्वीस बैंकका चोर खाताहरूमा वा आफ्ना मान्छेहरूका नामका लालपुर्जामा तर तिम्रो गाडधन फेला परुन्जेलसम्ममा

Posted in कविता | Tagged | Leave a comment

कविता : पानीमरुवा

~केदार शर्मा~ विडम्बना भिष्मलाई गोरु बेचेको साइनो नपर्नेहरू समेत पितामह भन्छन्। आफ्नै बाबुको अनैतिक वासनाकालागि जवानी खेरफाल्ने उसको अस्वाभाविक प्रतिज्ञालाई अहिले पनि मानिसहरू आदर्श मान्छन् अहिले पनि, मुखले शिखण्डीलाई हियाइरहन्छन्

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : अठारौँ बाख्रो

~केदार शर्मा~ एउटा किसानका तीन जना छोराछोरी थिए। जेठी छोरीको बिहे सानैमा भएको रहेछ। किसानलाई छोरीलाई नपढाइ बिहे गरिदिएकोमा पछुतो रहेछ। दोस्रो सन्तान छोरो रहेछ। अलिअलि पढेछ र विदेशतिर काम गरेर गएर फर्किएर राम्रै बन्दोबस्त गरेर बसेको रहेछ। कान्छी छोरीले … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य कविता : छाडा गाली

~केदार शर्मा~ मेरा शिष्ट, सभ्य र शालीन पाठक तपाईँ जस्तै म पनि कवितालाई आदर गर्छु अत्यन्त सम्मान गर्छु शब्दशिल्पलाई कवितालाई अपशब्दहरूले बिटुल्याउनु हुन्न वाग्देवीको कृडास्थल हो कविता, फोहोर पार्नु हुन्न तपाईँका सामु मैले मेरो रिस देखाउनु हुन्न मैले त शिष्ट … Continue reading →

Posted in कविता, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक समीक्षा : यौन मनोविज्ञानको कथा “यायावर”

~केदार शर्मा~ राजनीतिज्ञ नीलाम्बर आचार्यले एउटा उपन्यासका बारेमा छोटो टिप्पणी गरे, “ब्रजेशको यायावर पढें। अतृप्त, असफल, अपूर्णको कुशल पूर्णचित्र। (कतै हाम्रा) राजनीतिक सम्बन्ध वैकुण्ठको बिहेझै यौन पूर्णता नपाएका त भएनन्, जसबाट नयाँ जन्मँदैन?” खारिएका र संयमित राजनीतिज्ञ आचार्यले यायावर को … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

व्यङ्ग्य कथा : श्री महादेवोवाचः

~केदार शर्मा~ एक दिन कैलाशमा ध्यानमा बसेका महादेवको ध्यान टाढा कतैबाट आएको चर्को होहल्लाका कारण भंग भएछ। ध्यानदृष्टिले विचार गर्दा उनले आफ्नो चिन्तन प्रक्रिया खलबल्याउने त्यो होहल्ला नेपालबाट आएको बुझेछन्। एउटा भन्दा अर्को जान्ने पल्टेर धर्मका बारेमा छेउ न पुच्छरको … Continue reading →

Posted in हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment