~रमेश भट्टराई ‘सहृदयी’~
लुछाचुँडी महायुद्ध चलिरन्छ शान्तिको नामले
सोझाहरुकै दागबत्ती बलिरन्छ शान्तिको नामले ।
गाँस टिपी सानो झुप्रो सजाउने स्वप्ना बोक्दा
साँचो मान्छे निसानामा ढलिरन्छ शान्तिको नामले । Continue reading
~रमेश भट्टराई ‘सहृदयी’~
लुछाचुँडी महायुद्ध चलिरन्छ शान्तिको नामले
सोझाहरुकै दागबत्ती बलिरन्छ शान्तिको नामले ।
गाँस टिपी सानो झुप्रो सजाउने स्वप्ना बोक्दा
साँचो मान्छे निसानामा ढलिरन्छ शान्तिको नामले । Continue reading
~अमर त्यागी~
आपसमा पराई छन् मान्छे
कसलाई सुनाएँ यो छातीभित्र
देश दुखेको पीडा
सर्पहरू पालेर वरिपरि
आफू सुरद्य्रिात हुनुको नियति
संस्कृति बनेको बेला
कसलाई सुनाएँ यो जिन्दगी नै दुखेको पीडा
जति चिच्याए पनि
सुन्दैनन् आजका सभ्य रावणहरू Continue reading
~मोहराज शर्मा ‘मोहबाबु’~
कमरेड !!
तिम्रो अदुरदर्शिताको पराकाष्टा हो यो ।
आफ्नो स्वार्थका लागी
माटो खल्बलाउन खोज्ने,
आफै हिडने बाटो खल्बलाउन खोज्ने
तिमी भित्रको लघुमानव तिम्रो आवरणले छोप्न सकेन ।।
बिरता एकता र राष्ट्रियताको
गरिमा भत्काएर
बस्ति कुरुक्षेत्र बनाउने Continue reading
~योगेश ढकाल~
देशको
अर्को दुर्भाग्य
यी काँधहरु
लाश बोकेर
मसानघाट झरिरहेकाछन् ।
कर्णालीको यात्रा
गाउँहरु शुन्य छन्
सपना बोकेर Continue reading
~रजनी ढकाल~
“…नेपालमा खान पनि पाइन्न, बोल्न पनि पाइन्न । हामीलाई खान पनि पाइने, बोल्न पनि पाइने परिपाटी चाहिन्छ ।” (घिमिरे: २०६४) तत्कालीन पञ्चायती शासनकालको चरम अवस्थामा बाईस वर्षे युवा उमेरको जोसमा जगदीश घिमिरेको परिपक्व दिमागले बोलेको वाक्य हो यो । हो, यही खान र बोल्न नपाइने दासताका विरुद्ध युद्ध लड्ने सोचमा थिए जगदीश घिमिरे । तर साहित्यका माध्यमबाट यस्तै बलियो विचार घन्काउन उनी सफल भए लिलाम लेखेर । तर उनको लिलामको मूल पात्र बहादुरेले कुनै वर्ष पनि स्वास्नीलाई बाह्रै महिना ढिंडो पस्काउन सकेन । यो निम्नवर्गीय नेपाली समाजको यथार्थ हो । वि. सं. २०२४ सालतिर लेखिएको र वि. सं. २०२७ सालमा प्रकाशित यो उपन्यासको चर्चा नेपाली उपन्यासको इतिहासमा सामान्य रूपमा मात्रै हुनु जति दु:खलाग्दो छ, प्रगतिवादी समालोचनामा नसम्झिइनु उत्तिकै आपत्तिजनक छ ।
“छैन, नून छैन, काँको सितन हुनु ? खोर्सानी मात्तै छ । ई; म त बिर्सिराकी” लिलामकी बहादुरेकी स्वास्नी सेतीको संवाद हो यो । बल्लबल्ल पस्किन सकेको ढिंडोमा खोर्सानीको ढिँडी तेर्स्याउन सकेकोमा बहादुरेकी स्वास्नीको पीडाजन्य स्वाभिमान बोलेको छ । यी सीमान्तकृत जीवन बाँच्न विवश प्राणीहरू पनि आफ्नो स्वतन्त्र जीवनको सुख बाँच्न पाउँदैनन् । दु:खजिलो गरेर कमाएको एक गास पनि सन्तोषले खान सकेको छै Continue reading
~अरुणबहादुर खत्री “नदी”~
हे मेरा सहीद
तिमी बाँचुञ्जेल
आफैंलाई बिर्सिएर
देसलाई बलियो
बनाउनतिर लाग्यौ
हे मेरा सहीद
आफूलाई अलग्याएर रित्याएर
तिमीले प्रजातन्त्रको गीत गायौ Continue reading
~बखतबहादुर थापा~
ठूलो हुने इच्छाले वशीभूत थिए होसबहादुर । उनी घर किन्न हिँडे । उनको मानसिकताले ३१ तले गगनचुम्बी भवनमा पु¥यायो । लिफ्टमा बसेर सररर माथिल्लो तलामा पुग्दा वैज्ञानिकहरू चन्द्र ग्रहमा जाँदा यस्तै मजा लुट्दा हुन् भन्ने अट्कल गरे उनले । ३१ तलाबाट तल हेर्दा जमिनका मान्छेहरू किरा जस्ता देखिए । यो उनको दोस्रो सन्तुष्टिको विषय भयो । छतबाट काठमाडौँको दृश्य हेर्दा आफू हवाई जहाजमा पो छु कि जस्तो लाग्यो उनलाई । यस भवनमा ७०–८० परिवार बस्छन् होला ! ती सबैका टाउकामा नाच्ने भनेको यही फ्ल्याट किन्ने मान्छे नै हो, भन्ने अटकलेपछि उनले देखे फाइदै फाइदा । कत्ति पनि ढिलो नगरेर त्यस फ्ल्याटलाई आफ्नो बनाए ।
बैठक कोठामा पैयाँ भएको गज्जबको टि टेबुल राखे उनले । सिसैसिसाले बनेको । बैठक कोठामा हल्का उज्यालो हुने गरी टेबुलको केही भागले प्रकाश पनि छथ्र्यो । इन्टर्नेटमा त्यस टेबुलको विज्ञापन देखेर Continue reading
~रुमानी राई~
वैंशले,
धपक्क बलेकी जून
रातभरी आकासमा चुपचाप रोइरहन्छे
घामको यादमा
र, रातको अन्तिम प्रहर
घामले धर्ती चुम्नु अगावै Continue reading
~लक्ष्मी प्रसाद देवकोटा~
क.
यमुनाजलमा बज्दछ मुरली !
जलमा बुलबुल रुन्छन् पिलपिल !
रुन्छन् कलकल !
यो तटको, वन छाया छवियुक्त
यौवन, यौवन !
दिवानिशाको छाया अङ्कित,
वियोगमिलनको क्रीडाभूमि,
वृन्दावन !
यो मिलनको रोइरहेको इतिहास !
याद रुँदाको बास !
पिरली चल्दछ एक अगोचर मुरलीमा
यस स्थलमा रे
प्रेमी प्राणहरुको बतास ! Continue reading
~प्रदीप नेपाल~
शरीर थाकेको हो कि मन थाकेको थाहा छैन । हिजोको तुलनामा शरीर थाक्ने समयचाहिँ भइसकेको छ । राजनीति गर्नेले थकाइ मान्नुहुँदैन भन्नचाहिँ सजिलै हुन्छ । तर, शरीर सिद्धान्त होइन, त्यो जीवविज्ञान हो । केटाकेटीमा त्यो घिस्रिन्छ । युवावस्थामा त्यो दौडिन्छ । अधबैँसे हुन थालेपछि उसको दौड हिँडाइमा रूपान्तरति हुन्छ । वार्धक्यतिर लागेपछि उसलाई आराम गर्न मन लाग्छ । त्यस्तो अवस्थामा पाकाहरूले क्रमशः सक्रिय राजनीतिक नेतृत्व छोड्नुपर्छ, युवालाई अगाडि बढाउन सहयोग गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ म । यसलाई म आफ्नै जीवनमा लागू गर्न चाहन्छु । पार्टीको महाधिवेशन समयमै भए फागुन महिनामा । त्यो हुन नसके चैत महिनाको मसान्तपछि म नेकपा एमालेको Continue reading
~जयराज भट्टराई~
क्रियाशिल नाट्य समूह शिल्पीसँग हाम्रो नयाँ राजधानी काठमाडौँ देखि उनीहरुको पुरानो राजधानी कोलकाता हुँदै प्राचीन अशोकनगरी उडिसासम्म जाने दुर्लभ मौका मलाई जुरेको थिएछ।
त्यो यात्राले म कुवाको भ्यागुत्तोलाई आफूपर्तिरको पृथक दुनियाँ देखाइदियो। त्यो दुनियाँका मान्छे मजस्तो खाँदैनन्, मजस्तो बोल्दैनन्, मजस्तै भएर पनि मजस्ता छैनन् भन्ने पाठ पढायो।
विश्वव्यापीकरणले आधुनिक डिजिटल भाषामा ‘यो संसार एउटा सानो बजार’ भनेर हाँक Continue reading
~योगेन पौडेल~
भनेँ बाबा हारीसकेँ, अझ कत्ति हराउँछौ,
मुटु जल्यो, खरानि भो, अझ कत्ति जलाउँछौ
भाग्यमाथी कालो बादल मडारियो धेरै पटक,
निरासाको दर्के झरी चुट्नु चुट्यो पटक-पटक Continue reading
~समीर पाख्रिन~
वीरबहादुरको डेरा अगाडि मानिसहरूको घुइँचो लागेको थियो । मानिसहरू झ्यालबाट ठेलमठेल गर्दै कोठाभित्र चियाउने कोशिश गरिरहेका थिए । चियाउन जाने र चियाएर फर्कनेरू कसैले रूमालले त कसैले पछयौराले नाक–मुख ढाकेका थिए । मानौं कोठाभित्र कुनै वस्तु सडेर दुर्गन्ध फैलाइरहेछ । कोठाभित्रको दृश्य देख्नेहरू यतिन्जेल कोही केही बोल्न सकिरहेका थिएनन्, तर उनीहरूको अनुहारमा कुनै भयड्ढर दुर्घटनाको प्रतिविम्ब भने छर्ल· देखिन्थ्यो । भीडमा खासखुसबाहेक वास्तविकता कसैले व्यक्त गर्ने आँट गरिरहेको थिएन । यतिकैमा सेताम्मे कपाल फुलेका लगभग सत्तरी पचहत्तरी वर्षका एकजना वृद्धले भीड पन्छाउँदै झ्यालमा पुगेर कोठाभित्र चियाएर भीडतिर फर्केर भनेको थियो– “थुक्क १ वीरबहादुरले गर्नुगरेछ । कसरी यसको मति भ्रष्ट भएछ Continue reading
~सावित्रा सुवेदी~
हिजो सपनामा उनलाई देखेपछि त आज पनि म फेसबूकमा च्याट गर्न हतारिएँ । अहा १ कति सजिलो माध्यम छ है यो, न कसैले देख्ने डर, न कसैले कुरा काट्ने डरस पहिले–पहिले आजको जस्तो मोबाइल, फोन, इमेल, इन्टरनेटको जमाना भएको भए । बिचरा ती जमानाका केटाकेटीहरूले किन स्कूलका भित्ताभरि, बेन्चभरि प्रेमिप्रेमिकाको नाम लेख्थे होलान् ? तिनीहरूले कसैलाई म तिमीलाई माया गर्छु भनेको भरमा विद्यालयका शिक्षक र अभिभावकको हप्कीदप्की र कुटाइ त खानुपर्ने थिएन । तर म यी समस्याबाट मुक्त छु । लाखौं लाख धन्यवाद जसले कम्प्युटर र मोबाइलको अविष्कार गरिदियो । यसको कारण मेरो भनौं या लाखौं प्रेमी– Continue reading
~श्रीराम पटेल~
अल्छी गरी नसुत साथी बिहानसम्म
सारा शरीर गर सफा भएर टम्म
जोडेर हात गर ईश्वरलाई प्रणाम
सङ्कट हट्छ जसबाट यहाा तमाम
आफ्नो आमाबुबाको चित्त कहिल्यै नदुखाऊ Continue reading
~सञ्जय संयोग~
सुशीलजीको तोते बोली
सुन्दा मीठो लाग्छ ।
देउवाजीको लटपटाउँदो बोली
नसुनी मन भाग्छ ।। Continue reading
~सुमी लोहनी~
ए मृत्यु ! किन डराऊा तासित
आइज आगाल्छु तालाई प्ेरमसित
के हाास्नभन्दा कठिन छ र रुन ?
के बााच्नभन्दा गार्हो छ र मर्न ?
बहाना अनेक
कारण अनेक
मृत्युका रुप अनेक
तिनकै प्रहारले पलपल मरिरहेको मान्छे म Continue reading
~रन्जन पटेल~
पहाड, हिमाल अग्ला देखिए आाखाले
बोकी ल्यायो तराई वनको मीठो हावाले
सानो तर विशाल विश्वमा छ यसको नाउा
पाइन्छन् अग्ला शिखर छन् विभिन्न धार्मिक ठाउा
छ सुन्दर लुम्बिनी, बुद्धको यो जन्मभूमि Continue reading
~विश्वराज अधिकारी~
मैले उसलाई सोधें– बाबू तिमीलाई शहर लाने अंकलले खाने लगाउने राम्रो व्यवस्था मिलाइदिएका थिए, होइन?
उसले उत्तर दियो–एकदमै राम्रो व्यवस्था गरिदिनुभएको थियो । आफ्नै सन्तानजस्तो गरेर राख्नुभएको थियो, मलाई । आफ्ना सन्तानहरू र मबीच उहाँबाट कुनै किसिमको भेद भएको थिएन । म उहाँका सन्तानहरू सुत्ने कोठामा नै सुत्थें । एउटै भान्सामा खान्थें ।
मैले थप प्रश्न गरें– अनि पढ्ने पनि गरेका थियौ, बाबू ? Continue reading
~जानवी चिमोरिया~
देश बनाउने आशामा जनताले
नेतालाई मन्त्री बनाए
देशलाई लुटी नेताले
आफ्नो र आफन्तको भुाडी भराए ।
यो संसारलाई अज्ञानतामा राखी
देशको ढुकुटी रित्याए
संविधान र देश बनाउने लोभ देखा Continue reading
~आशिष पौडेल~
एकान्तमा बसेको वेला
आफै आफैमा भुलेको वेला
फेरि आज याद आयो
मलाई मेरो देश नेपालको याद आयो ।।
भाग्यको खेलले गर्दा आज विदेशित पुगे Continue reading
~उमाशङ्कर द्विवेदी~
जिउँदै स्वर्गमा गएका अर्जुन फर्कने आशामा पाण्डवहरू नरनारायणको आश्रम काम्यकवनमा छ दिनसम्म विश्राम गरे । छैटौं दिन अकस्मात् इशान कोणबाट बग्दै गरेको हावाको कारणले हावाको साथ एउटा सहस्रदल कमल उड्दै आएर उनीहरूको छेवैमा आई खस्यो । त्यो कमलको फूल बडो अनौठो, दिव्य र साक्षात् सूर्यको समान देदिप्यमान थियो । त्यस कमलको फूलको सुगन्ध दिव्य र अनौठो खालको थियो । भुइँमा खस्ने बित्तिकै त्यस फूलमाथि द्रौपदीको नजर पर्यो । त्यसलाई देख्ने बित्तिकै द्रौपदी त्यस सौगन्धिक कमलको छेऊमा आइन् र मनमा अति प्रसन्न भएर भीमसेनसित भन्न थालिन्– “आर्य, म यस्तो Continue reading
~बैधनाथ ठाकुर~
कस्तो आध्यारो रात
लाटोकोसेरो तिखार्दैछ दाात
आपत छ बिचरा मुसाहरुलाई
मुश्किल छ जोहो गर्न जीवन धान्नलाई Continue reading
~भेषराज रिजाल~
एकदिन
विकट गाउँको कुनै बस्तीमा
घुमफिर गर्दै थिएँ
एकाएक कविता फुर्यो
कलम त गोजीमै रहेछ
तर, कागज भेटिएन
हिजोको पानीले भिजेर
फुकालेका कपडामा
प्रेमपत्रका टुक्राटुक्री थिए कि कुन्नि !
तर, अहिले म निर्जर चउरमा थिएँ ! Continue reading
करिब पचास वर्ष जति अघिको कुरा हो । हर्षजित र यदुनाथ एउटा सामान्य गाउँले परिवेशमा जन्मेहुर्केका अलग–अलग जातिका केटा थिए । हर्षजित ‘तामाङ परिवार’ र यदुनाथ ‘ब्राह्मण परिवार’ का गहना थिए । उमेरमा यदुनाथ हर्षजितभन्दा झन्डै दुई वर्षले जेठो थियो । तर पनि उनीहरुको शारीरिक विकास हेर्दा हर्षजित यदुनाथभन्दा जेठो जस्तो देखिन्थ्यो । यी दुवै सानैदेखि एकआपसमा अति मिल्थे । यस मित्रतामा जातीय वा अन्य कुनै विभेदको रेखा थिएन । यिनको मित्रताका विषयमा छिमेकीहरुबीच पनि बराबर चर्चा–परिचर्चा भइरहन्थ्यो ।
हर्षजितको परिवार ‘तामाङ जातिले पढेर के हुन्छ ?’ भत्रे कुरामा विश्वास गथ्र्यो । यही विश्वासका कारण घरछेउमै स्कुल भएर पनि उसले पढ्ने अवसर पाएन । यदुनाथ भने Continue reading
~क्षेत्री अजित~
मैले नौ महिना गर्भमा पालेको
मेरो रगतको एक अंश
जसको पहिलो स्पर्शमा
म आफ्ना पीडा भुलेर
अल्हादीत भएकी थिएँ
जसको पहिलो रुवाईमा
म आमा बनेको खुसीले रोएथें
जसलाई तातेताते गराउँदा
मैले हिँड्न सिकेथें
जसको पापा मामा शब्दले
म पुलकीत भएथें
जसले खाँदा म अघाएथें Continue reading
~मोहराज शर्मा ‘मोहबाबु’~
कमरेड,
अव मुल सडकमा ढाट तेर्साएर
यात्रामा अवरोध नगर ।
पुग्नै पर्ने गन्तब्यमा यसै विलम्व भएको वेला
गौडो कुरेर नछेक मुलुकलाइ ।
वाँझो फोरेर
आफनै गरामा
विउ छर्ने पुरुषार्थ नभएका हरु Continue reading
~शिवकुमार चौलागाई~
निकै ठुला मान्छे नै हुन, ठुला हुनकी साना जे भएनी चिनजानका दाइ हुन हाम्रै टोलका । ज़मानामा टोले दादा दिउसै काण्ड मचाउथे रे म सानै थिए पछी ठुलो भए पछी बुझे काण्डको अर्थ कस्तो लाज लाज लागो साथमा त्यो इरोटिक फेन्टसीमा एकछिन हराएको पनी थिए । सेक्सी र सेक्सबाटको बचेको छ रामदेव बाहेक उनकै शब्दमा।
हो तिनै दाजु एक ज़नानामा गाइको झन्डा बोकी डण्डाको खुब धम्की पनी दिन्थे । म ठुलो भइ सक्या थिए मलाइ बाल…… ए दाइ अब तिमी सु Continue reading
भाग १
“यो सिट मेरो हो शायद”
झ्यालमा बसेको सिटप्रति इशारा होला भनेर म सर्न मात्र खोज्दै थिएँ , बोली फेरि बदलियो ।
“होइन ,तपाइँलाई अफ्ठ्यारो हुन्छ भने त्यतै बस्नु भए पनि हुन्छ ।”
आवाज मधुरो थियो , मेरो फर्की फर्की केटीको अनुहार हेर्ने बानि छैन त्यसमाथि ‘पल्पसा क्याफे’ बाट ध्यान हटाएर मैले उस्को अनुहार हेर्न खोजेँ भने त्यो आवाज मधुरो हुनै पर्छ ।
” स्पेस कम भयो ब्याग छिर्दै छिरेन !” म सँग सहायता माग्दै थिई शायद । उस्को अनुहार दुई हातले छेकिएको थियो ब्याग मिलाउन खोज्दा ,अनि कपाल लामो रेशमी सिटसम्म झर्ने, म उठेको मात्र थिएँ , कन्डक्टर आएर Continue reading
~चटयाङ्ग मास्टर~
चुनाबै नगरे पनि आउने यिनै हुन्
भोटै खसाले पनि पाउने यिनै हुन्
यिनै थिए यिनै छन्, रहने यिनै हुन्
नेपाल र नेपाली सिध्याउने यिनै हुन्
पञ्चायत न ढल्दा जोगाउने यिनै थिए Continue reading
~मुना सिग्देल~
छैन मन बुझाउने कुनै आधार, तिमी नहुँदा प्रिय !
यो एेना पनि रिसाउँछ बारबार तिमी नहुँदा प्रिय !!
कस्तो शक्ति छ अहो! तिम्रा यी तस्विरहरुमा पनि
हुन्छन् हँसाउन-रुवाउन तयार, तिमी नहुँदा प्रिय !! Continue reading