~सुको साइबर~
घामले पोल्न सक्छ
पानीले निथ्रुक्कै रुझाउन सक्छ
बाटोमा
धुलो उड्न सक्छ
बाटो
हिलो हुन सक्छ
बाटो हो
कसैले Continue reading
~सुको साइबर~
घामले पोल्न सक्छ
पानीले निथ्रुक्कै रुझाउन सक्छ
बाटोमा
धुलो उड्न सक्छ
बाटो
हिलो हुन सक्छ
बाटो हो
कसैले Continue reading
~बच्चु कैलाश~
माया मैले बोलाउनु हुन्छ कि हुँदैन
तिमीलाई मैले केहि भन्न हुन्छ कि हुँदैन
चन्द्रमा हेरी सम्झिनु हुन्छ कि हुँदैन
कल्पना गरी कल्पिनु हुन्छ कि हुँदैन ।
बादल पारि संसार छ रे मैले त भेटिनँ Continue reading
~लेखनाथ काफ्ले ‘राजन’~
आँधी चलिरहयो
म पनि त्यही आँधीसगै लम्किये
आँधीलाई रोक्ने बाधकहरुलाई तर्साये
आँधीको जयजयकार गर्दै मासपेशी र रक्तपिण्डहरु चपाये
आँधीले खरको छानोहरु उडायो
मक्किएका खम्बाहरु भत्कायो Continue reading
~विनोदविक्रम के.सी.~
सडक किनारका खोरण्डा बिम्बहरूसँग ठोकिन्छ
(ऊ आफैँ पनि त प्रताडित प्रतीक हो यौटा)
त्यसो त कविताको मान्छे
जेमा पनि, जोसँग पनि ठोकिन्छन्
धेरैजसो चामल, पहाड र दाल पहरोसँग ठोकिन्छ
र, झ्¥याम्म फुट्छ
त्यसैले त अचेल अखबारहरू
कविताको मान्छेका डिप्रेसनका चोइटाहरूको भारी बोकेर Continue reading
~जयदेश श्रेष्ठ~
भक्तपुर बिस्केट जात्राले गर्दा बाटो भरि मानिसहरूको ठेलम ठेल जात्रामा बाटो छेकेर व्यापार गर्नेहरुको भिड, हेर्नेहरुको रमिताले विशेष चहल पहल भएको छ । साना नानीहरू आफ्ना बुबा आमालाई ग्याँस भरिएको उड्ने बेलुन किनिदिन मरिहत्ते गरिरहेका छन् । भैया प्रति बेलुन २५ मा बेचिरहेका छन् । ओ भैया जात्रा सुरु भयो ? कहाँ हो जात्रा हुने ठाँउ ? भैयालाई जात्राको के सरोकार, लकडी उठाते है ढयाङ्ग ढयाङ्ग बाजा बजाते है, क्या के जात्रा ? जात्रा प्रति ब्यङ्ग गदै बेलुन बेच्नमा व्यस्त छ । ऊ समय समयमा विभिन्न आवाज निकालेर बेलुन बजाएर आफूतिर ग्राहकलाई आकर्षण गर्दछ ।
नजिकको घर धनी जात्रामा सहभागीहरूलाई खाने Continue reading
~रामचन्द्र खतिवडा~
बयालीस सालको सुरुतिर मैले गने सार्कीलाई न्युरोड पीपलबोटमा जुत्ता पोलिस गरेको देखेको हुँ ।
छयालीस सालको आन्लोलनमा ऊ मजदुरहरूको नेता भइसकेको थियो ।
अभाव र समस्यामा बाँचेको गने बिस्तारै सुविधा सम्पन्न जीवन बाँच्न थाल्यो । Continue reading
~दीपक घिमिरे~
एउटा हातमा डुनकिन डोनट्सको कोल्ड कफी छ अनि अर्को हातमा केएफसीको मीठो चिकेन स्याण्डविच । डेरा दुवईको सिटी सेण्टर मल अगाडि मेट्रो कुर्ने स्थानमा म एक्लै छु, तर मान्छे धेरै छन्, सबै अपरिचित । धेरै जसो फिलिपिनी छन् । केही बंगाली पनि छन् । पाकिस्तानी र इण्डियन पनि छन्, भीडमा । मैले चिनेको म मात्रै छु । भीडमा नेपाली देख्दिन । देखे पनि नेपाली र फिलिपिनीको अनुहार उस्तै उस्तै मानिने हुँदा चिन्न सक्दैन, त्यसैले चुप छु, खाँदै ।
अस्ति किनेको आइफोन सेवेनको वाएरलेस एयरफोन कानमा घुसाएर मन्द स्वरमा गाना सुन्दै छु । कसैलाई वास्ता छैन मेरो र मलाई पनि वास्ता छैन कसैको । यो सहरै त्यस्तै छ । सबैको पीडा एउटै भएपनि कोही कसैसँग खुल्दैन, सबै आ–आफ्नै धुनमा मस्त । लेटेस्ट गाना सुन्दैछु । हेमन्त रानाको सुन सा Continue reading
~रविन वैध तामाङ~
Crack House 1987 तिर धरानमा हेरेको अग्रेजी फिल्म। नशाको कारणले विग्रहमा परेको परिवारको कथा। हामीलाई मन पर्यो मात्र हैन, यति प्रभावित पनि बनायो की दमकमा हामीले खोज्न थाल्यौं…मान्छे नबस्ने -भत्केको घर अर्थात Crack House.
पहिलेको हावामहल, अहिलेको सब्जी बजार चौकको ठिक पश्चिम पट्टी पुरानो काठ मिल।कुनै बेला भारतीय रेल्वे लाईन बिछ्याउन, जंगल बाट काटीएका काठ, रंगेली पुर्या Continue reading
~केडी रेम्नीसीङ~
कक्षा ७ मा पढ्दापढ्दै स्कुल छोडी एकजना छिमेकी दाईलाई पछ्याएर गाउँदेखि उकालो हिँडेको ऊ अर्थात शिरिषे रेम्नीसीङ ठिक दोस्रो दिनको वेलुका लुक्लामा पाउँछ आपूmलाई । झोलामा एक भारी सपना खाँदेर बोकेको १३ वर्षे किशोर छक्क पर्छ लुक्लाको वस्ती देखेर । सबभन्दा त हुतहुती सुरु हुन्छ उसको मनभित्र कि कहिले भोली विहान हुन्छ र त्यो परको एयरपोर्टमा प्लेनहरु आको हेर्न पाउनु । वेलुकी नै सँगैको दाईले घुमाए उनलाई तामाङ टोल, पासाङल्हामु गेटदेखि निकोल निक्की हस्पिटलसम्म । आकाशमा मात्र कहिलेकाँही देखेको प्लेन आप्mनै आँखाअघि पहिलोपटक देखे उनले लुक्ला एयरपोर्टमा । दाईका केही चिनजानका साथी भेटिए बजारमा, त्यसमध्येमा भेटियो एउटा शेर्पा केटो, जो आजको तीन दिनपछि ट्रेकिङ जाँदैछन् बेसक्याम्पतिर । उसको पद पनि शेर्पा नै रे । त्यो जातको पनि र पदको पनि शेर्पाले उनीहरुको ग्रुपलाई भारी बोक्ने पोर्टर चाहिराखेको बतायो । अनि सँगैको दाईलाई लाने पनि पक्का गरायो । तर शिरिषेलाई एकपल्ट राम्रोसँग नियाल्यो तर लाने मन गरेन । Continue reading
~दिलिप योन्जन~
जती चुम्यो उती मिठो, पिपल पाते ओठ
तिम्रै यादले सताई रहने, कस्तो लाग्यो रोग !
जति हेर्यो उती राम्री, चन्चले तिनको रुप
मन मन्दिरमा बसी दिए, बाली दिन्थे धुप Continue reading
~अरविन्द रिमाल~
१. नेपाली साहित्यिक जगत्का शिखर पुरुष महाकवि लक्ष्मीप्रसाद देवकोटाको अप्रतिम प्रतिभाको समुचित शब्दले यशोगान गर्ने पंक्तिकारको औकात छैन । अतः यस लेखमा महाकविको जीवनकालमा उसले देखेको, सुनेको केही रोचक प्रसंगको मात्र चर्चा गरिन्छ ।
२. १९९७ सालमा नेपाल प्रजापरिषद्का तीनजना क्रान्तिकारी प्रजातन्त्रवादी दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठ अनि स्वतन्त्र नागरिक अधिकारवादी शुक्रराज शास्त्रीको पाशविक हत्याको पाप, राप र तापमा जलेका राणा प्रधानमन्त्री जुद्धशमशेर ‘राजर्षि महाराज’ भएर गद्दी छाडी रिडी गएको वर्षको, २००२ सालको कुरा हो । पंक्तिकारका साहिँला काका सुब्बा जगन्नाथ रिमालले एकदिन मुद्दा फैसलाको एउटा अलि लामै Continue reading
~रवि प्राञ्जल~
गल्ली-गल्ली भेटें कती, मात्तिएका अनुहारहरु
विष पिएर बाँचे कती, च्यात्तिएका अनुहारहरु
फक्रेका ति फूलहरु, ओइलिगए अँध्यारोमा
वाध्यताले झुकिरहे, आत्तिएका अनुहारहरु Continue reading
~केशव प्रसाद पाण्डे~
“केटि कस्तो लाग्यो केशु?”
प्रश्न अनेपेक्षित थिएन ।सरिका शर्मा अर्थात जापानवाट मेरि प्रेमिकाको !जसरि सजिलोसँग रिजेक्ट गर्दिम्ला भनेर सरिकाको अनुमतिमै म मंसिर ४ गते केटि हेर्न गएको थिँए ।सविलाई देखेर अाएदेखि मनमा चैन छैन ।कता कता अरु नै सोच पनि अाउन थालिसकेको थियो।गोधुलि साँझ भैसकेको हुँदासम्म नि दिउँसो देखिको सरिकाको म्यासेजमा सिन गरेर नि रिप्लाई गर्ने मन अाएन।झारा टार्ने म्यासेज पठाए त सकिएकै थियो र पनि मौनताले पनि शब्द बोलोस भन्ने लाग्यो।
यता सविको रिक्वेस्ट एसेप्ट गरिसकेको थिँए।हाई हेल्लो चल्न थालिसकेको थियो।विस्तारै हामिमा धेरै कुराहरू बारम्बार साँटासाँट हुन्थे ।अष्ट्रेलियावाट राजले नि सोध्यो अोई केटी हेरिस त?
“हेरेँ !” Continue reading
~बद्री पलिखे~
जिन्दगीको नदीलाई तर्न सकिन्छ कि भनेर जंघार हिड्न कोसिस गरिरहेछुतर कहिल्यै जंघार नाघिसकेका हुदैनौ वरु निरन्तर अनुभूति मात्र संगालीरहेका हुन्छौ । यसरी अनुभूति संगाल्ने क्रममा अनेकौ रीतहरुलाई ब्यहोर्दै आफ्नो जन्मभूमिवाट पराइभूमिमा पाइला टेक्दा पनि आफ्नोपनले कहिल्यै छाड्दैन रहेछ । हरपल मुटुमा भावनाहरु सजीव भएर लस्करै उभिन थाल्छन् । तब म त्यसलाईसाचो अनुभूतिसंग मुछेर निर्माण गर्न थाल्छु कविताका लहरहरु ……। र परिश्रमको पसीनाले भिजाएर ओसिलो पार्न खोज्छु कवितालाई परिस्थितिको सक्षम मैदानमा ।
यथार्थमा भन्ने हो भने आधा दशक दक्षिण कोरिया र आधा दशक हङकङ गरेर सिंगो एक दशक सन् ” १९९२ – २००१” लाई यस कविता संग्रहमा कैद गरेको छु । यी भनाई हुन् कवि टंक सम्वाहाम्फेको आफ्नै कुरा युद्ध भित्र उभिएका वुद्धहरुको हो । आयामेली कवि इश्वरवल्लभ ” द्रष्टा र श्रष्टा कवि सम्वाहाम्फे ” Continue reading
~सत्यमोहन जोशी~
तीखा काँढा सब छ यसका,
चिर्न हर्दम् तयार ।
हावा चल्दा सिर सिर गरी,
पातको हुन्छ मार ।।
हाँगा नाच्छन् फर फर चली,
कोपिला फेरि हाँस्छन् । Continue reading
~केदारमान व्यथित~
गौंथलीले खसालेको म हूँ त्यान्द्रो परालको,
परन्तु नटुवा हूँ म असीमित अकासको !
हुरीको नै इशारामा जीवनबाट नाचको
प्वाँख फुकी अकासिन्छ झर्ना झर्दछ गीतको ! Continue reading
~लक्ष्मीदत्त पन्त~
यती सम्मन् भएको हाल् कि ऊ जानोस् कि मै जानूँ,
कि उस्तैक्कै भए जान्ला कि ऊ जानोस् कि मैं जानूँ ।।
यसो हेर्दा त बेसै छौं, दुवै एक् ठाउँ डुल्दैछौं,
मिलेका छौं कि फाटेका कि ऊ जानोस् कि मैं जानूँ ।। Continue reading
~लेखनाथ पौडेल~
१
कोही वायुकुमार तुल्य बलिया गर्छन् ऊडी लङ्कन
कोही बन्धन हाल्दछन् नभसरी ढुङ्गा मुढा लीकन ।
कोही अङ्गद नील झैं घुमी घुमी आलोचना गर्दछन्
सीता निश्चय भेट्दछौं भनि कुनै आनन्दमा पर्दछन् ।। Continue reading
~ओमप्रसाद घायल~
‘दाइ, जाने हो ?’
रत्नपार्कको दक्षिणपट्टि उभिएर वरपरको रमाइलो हेरिरहेको बेला मेरो नजिकै आएर एउटी केटीले सोधी । त्यो प्रश्नको अर्थ बुझिनँ मैले । ऊ मेरो जवाफ पर्खँदै हल्का मुस्कानसहित छेउमै उभिएकी थिई ।
उसलाई एकसरो नियालेपछि दुई नम्बरी केटी हो भनेर छुट्याउन बेर लागेन मलाई ।
केही समय उसलाई जिस्काउने मनसायले सोधेँ – ‘आधा घण्टाको कति पैसा लिन्छ्यौ नि ?’
‘अघिपछि हुँदो हो त हजार घटेर हुँदैन्थ्यो । आज बिहानदेखि बोहनी भएको छैन, त्यसैले पाँच सय मात्र । जाने हो भने टेम्पो लागिरा’छ, अबेर नगरौं ।’ Continue reading
~Suman Pokharel~
Trans : Abhi Subedi
Standing on some non-life fringe of life
embracing non-existent shape
like winds that stopped blowing,
I would be living in illusions
with fossils of life’s zest.
I would regard meanings
given by others so far
as refreshing boon,
I would still be enamoured of rose Continue reading
~महमुद दर्विश~
अनुवाद : सुमन पोखरेल
नीलो प्याला लिएर उनलाई पर्ख
बसन्तको साँझमा गुलाफहरूले घेरिएर उनलाई पर्ख
पहाड उक्लिन सिकाइएको घोडाको धैर्य लिएर उनलाई पर्ख
कुनै युवराजको झैँ अनेक सौन्दर्यचेत लिएर उनलाई पर्ख
बादलका सात सिराने लिएर उनलाई पर्ख
उड्दै गरेका नारीजनिन सुगन्धहरू लिएर उनलाई पर्ख
घोडाका पिठ्यूँमा रहेको चन्दनको पौरुषीय सुगन्ध लिएर उनलाई पर्ख
उनलाई पर्ख र हतार नगर। Continue reading
~करिश्मा तामाङ~
जनताको आवाज सम्बिधानमा लेखिएन किन ?
भुकम्प पिडित राहत सबैलाइ बाँडिएन किन ?
देश द्रोही र बलत्कारिलाइ मृत्य्दण्ड दिइँदैन किन ?
बृद्व– वृद्वालाइ सुरिक्षित आश्रममा राखिन्न किन ? Continue reading
~नविन सङ्घर्ष~
महिना – महिनामा सत्ता ढाल्नेहरुको देश हो यो
प्रत्येक दिन सडक बाल्नेहरुको देश हो यो ।
बेचेर दक्ष जनशक्ति विदेशीहरुलाई
फटाहा र गुण्डा पाल्नेहरुको देश हो यो । Continue reading
~आदर्श मण्डल~
तिमीलाई पहिलो चोटी हेर्दा
मेरो मनले तिमीलाई सम्झदा
तिमी नभए बाँच्न सक्दिना
एक्लो जीवन बिताउन सक्दिना
केटी हेरे धेरै किसिमका Continue reading
~सक्षम अर्याल~
किन बेच्छन् मानिसहरूले आफ्नो चेलीबेटी
आफ्नो मान, मर्यादा र सबै इज्जत मेटी
काम दिन्छु भनी लैजान्छन् ठूलो शहरमा
पैसा कमाउाछु भनी जान्छन् ठूलो रहरमा
चेलीबेटीहरू लिएर जान्छन् कति ठूलो आश Continue reading
~वैद्यनाथ ठाकुर~
जनतालाई जे चाहिन्छ लेओस्
हामीतिर चोर औंला नउठाओस्
विकृति विस·ति फुलोस फलोस्
शहीदको सपना सबले भुलोस्
नारा क्रान्तिकारी, काम जनतामारा
देशभन्दा पनि पद, पैसा प्यारा Continue reading
~इन्दिरा थापा~
कसैको आदर्श लाग्छ
ओइलिएको फूल जस्तो
कसैको सिद्धान्त लाग्छ
च्यातिएको झुल जस्तो
कसले गर्ला यो समाजको हित Continue reading
~विक्रम पवन~
कसरी बिर्सन सक्यौ अतीत
जुनदिन तिमीले मलाई गम्ल्याङ्ग अंगालो हालेकी थियौ
र टोकेकी थियौ बिहानको कलिलो घामले
फूलहरूलाई नचुम्दै मेरो ओठ ।।
***
को हो प्रेम दिवसको आविष्कारक ?
जो कि सधैँ मेरो दृष्टिबाट बाहिरिन्छ ।। Continue reading
~शंकर लिम्बू~
उनीहरु रित्तो हात, मित लगाउँदै आए,
हामीले मित छोरा त छौरा नै हो भनी पाल्यौँ पोस्यौँ ।
उ लक्का जवान भएपछि….
हामीले इन्द्रजात्राको पर्व मान्दै गर्दा,
हामी निहत्था भएको बेला खुँडा र तरवार ल्याएर आए,
हामीलाई जो हुकुम, जो निगाह भन्न लगाए..
मीत छोरा त छोरा जस्तै हो भनी, जो हुकुम जो निगाह भन्यौँ । Continue reading
~सोम खनाल~
थामेर श्रृष्टी जगतै चलाइ
बांडेर शान्ति सबको भलाइ
सोच्ने कोही ब्यक्ति छ आज्ञाकारी
भने तिनै हुन् शील-योग्य नारी ।
कस्तै कहरमा पनि हार नमानी
कर्तब्यमा टिक्नु छ भन्ने ठानी
लुकाइ पीडाहरू पन्ध्र भारी
बाड्छिन खुसीका पल भद्र नारी । Continue reading
तिम्रो जीवनको हरेक पलमा खुशिहरु भरिदिन
तिम्रा हरेक सुकार्यमा सफलताले चुमिदिन
धेरै धेरै शभकामना साचेंकी छु
नयां वर्षमा तिमीलाई दिन
रातो गुलाव
आफनै बगैचामा रोपेकी छु।
जूनसंग अलिकति शितलता लिएकी छु Continue reading
~अशोक ‘खलानको मान्छे’~
तिश बर्से १६ बर्से १०४ लाई जित्नु पर्छ
जे बोले पनि हुन्छ जे गर्दा पनि हुन्छ
जन मन जित्नु भन्दा बुत्ले कुल्चि मार्नु पर्छ
दुइ सैनिक् दुइ हातमा दुइ राइफल् दुइ कुम्मा
अझै पनि सुधखोर् को नाममा लुटि खानु पर्छ
बुर्जुवा साम्सद् भैइयो रम्रो किन् हुनुपर्छ
जताततै एउटै लेवल् हाम्रो भर्न डत्नु पर्छ Continue reading