गजल : शान्तिको नाममा

~रमेश भट्टराई ‘सहृदयी’~

लुछाचुँडी महायुद्ध चलिरन्छ शान्तिको नामले
सोझाहरुकै दागबत्ती बलिरन्छ शान्तिको नामले ।

गाँस टिपी सानो झुप्रो सजाउने स्वप्ना बोक्दा
साँचो मान्छे निसानामा ढलिरन्छ शान्तिको नामले ।

नातावाद, कृपावाद स्वार्थ चुक्ली साझा रोगी
कुर्सीप्रेमी, सत्तामोही जलिरन्छ शान्तिको नामले ।

रुवाएर आमालाई देशप्रेमी मखुण्डोमा
मालिक अँझै निर्धोलाई दलिरन्छ शान्तिको नामले ।

सीमापारि, चितवन माडी, टीकापुर रगत बग्दा
आदर्शको बुद्ध वाणी गलिरन्छ शान्तिको नामले ।।

रमेश भट्टराई ‘सहृदयी’

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.