कविता : बुबाको जुत्ता

~नारायण पोखरेल~

धेरै रिसाएर म घरबाट निक्लिएको थिएँ
यति रिस थियो कि गल्तिले मैले बुबा को जुत्ता लिएर हिँडेको थिएँ ।
म आज बस् घर छोडिदिन्छु ,
र तब फर्कन्छु जब म ठुलो मान्छे बन्छु ।
जब मोटरसाईकल किन्न सक्दैनन् त किन ईन्जिनीयर बनाउने सपना देख्नु ?
आज मैले बुबाको पर्श पनि लिएर आएको थिएँ ।
जुन पर्शलाई बुबाले कसैको हात पनि लगाउन दिनुहुदैन ।
मैले सोँचेको थिएँ कि जरुर यो पर्शमा पैसा को हिसाबवाला डायरि छ ,
थाहा त पाउँ कति माल लुकाउनुभएको छ बुबा ले ?
त्यहि भएर नै हात पनि लगाउन दिनुहुदैन आमा लाई पनि ।
जब म कच्ची बाटो हुदै सडक मा आएँ मलाई लाग्यो जुत्ताबाट कसैले चिमोटेको छ , कुनै चिज को कडा स्पर्ष जस्तै ।
मैले जुत्ता निकालेर हेरेँ
मेरो पैतालाबाट थोरै रगत निक्लिएको थियो
जुत्ताको केहि किल्ला निक्लिएको रहेछ।
दुखेको त थियो तर रिस बढि थियो ,
र मलाई जानु पनि थियो ,
घर छोडेर
त्यसैगरि केहि पर पुगेँ ।
मलाई पैतालामा चिसो महसुस भयो ,
सडकमा पानि फिँजारिएको थियो ।
खुट्टो उचालेर हेरेँ त जुत्ताको सोल मा प्वाल परेको रहेछ ।
जसैतसै बस् स्टेसन सम्म पुगेँ ,
त्यहाँ गएर बुझ्दा थाहा पाएँ कि अब एक घण्टा सम्म बस रहेनछ ,
र मैले सोँचे
किन पर्शको तलाशी नगर्ने ?
मैले पर्श खोलेँ
एउटा पर्चि देखियो
लेखेको थियो ल्यापटपको लागि चालिस हजार उधार लिएँ ।
सोचेँ ल्यापटप त घरमा नै छ !
मेरै कोठामा !
दोश्रो पर्शको कुनामा मोडिएर रहेको पर्चि देखियो ,
त्यो पनि खोलेर हेरेँ
त्यस्मा बुबाको ईच्छा लेखिएको रहेछ
” राम्रो कपडा लगाउनु , जुत्ता लगाउनु”
राम्रो जुत्ता लगाउनु ??
तर उहाँको जुत्ता त ..!!
आमाले पछिल्लो चार महिना देखि भन्दै आउनुभएको थियो
राम्रो जुत्ता किन्नु
र बुबाले हर दिन भन्नुहुन्थ्यो “अझै छ महिना चल्छ ”
मैले बल्ल सम्झेँ कि कति चल्छ ?
र तेश्रो पर्चि
पुरानो स्कुटर बेच्छु र एक्सचेन्जमा नयाँ मोटरसाईकल किन्छु ।
पढेरै दिमाग घुम्यो
ओह
म घर तर्फ भागेँ
अब मेरो खुट्टा मा घर्षण थिएन न त चिसो भयो
म घर पुगेँ
न स्कुटर थियो न बुबा
पक्कै पनि एक्सचेन्ज गर्ने ठाँमा हुनुहुन्छ
भन्ने सोँची म त्यतै भागेँ ,
म भाग्दै एक्सचेन्ज गर्ने ठाँउमा पुगेँ ।
बुबालाई त्यहि देखेँ ,
म बुबाको अँगालो मा कसेर च्यापिएँ
अलिकती आँशुका थोपा सँगै ।
हुदैन बुबा हुदैन ,
मलाई चाहिदैन मोटरसाईकल ,
बस् तपाईले नयाँ जुत्ता किन्नुहोस्
र मलाई ठुलो मान्छे आफै बनाउनुहोस् ..!!

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.