Tag Archives: शेखर ढुंगेल – Shekhar Dhungel

पुस्तक समीक्षा : कटुञ्जेदेखि क्यालिफोर्नियासम्मको वर्णन

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~ विदेश, विदेश, विदेश । अर्थात् मनी, मनी, मनी । पञ्जाब होसियारपुरका पाजीहरूपछि हातखुट्टा नै फ्याँकेर विदेश दौड्नेमा हामी नेपालीहरू दोस्रोमा पर्दछौं क्यारे । पढेर १८० डिग्री लिएका हुन् कि शून्य डिग्रीसम्मका, सबैलाई विदेशै प्यारो । भलै घरको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

लघुकथा : डाक्टर

~शेखर ढुंगेल~ अस्पतालको आपद्कालिन कक्षमा दुर्घटना को कारण टाउकोमा गम्भीर चोट लागेको एक युवक का आमा बाबु र आफन्त हरू सम्बन्धित विज्ञ डाक्टर को तिब्रतापुर्बक प्रतीक्षामा थिए । कोही नर्स लाई बारम्बार कुन बेला आइ पुग्ने हो रु डाक्टर भन्दै … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : सत्य आफै बोल्छ

~शेखर ढुंगेल~ मानिस नियमित बोलिराख्छ कतै कुन्ठा , कतै स्वार्थ बोकेर समयले सिमा तोक्छ झुठका पुलिन्दा निख्रिन थाल्छ धकेलिदै जब भित्तामा पुग्छ एक दिन ढिला चाडो सत्य आफै बोल्छ । हो त मानिस बोलिराख्छ कतै कुटिल मुस्कान बाँडेर कतै घनिभूत … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : जुनेलीलाइ डी. भी. बिर्षेलाइ पी डी

~शेखर ढुङेल~ आज फेरी बिर्खे हत्तास बिचलित थकित शरीर अनि मन मस्तिष्क बोकेर कोठा भित्र पस्यो बत्ति बाल्यो र ओछ्यानमा डरलङ्ग पल्टियो एक छिन घोप्टो परेर कुक्क कुक्क गरेर रुन् थाल्यो ..बलिन्द्र अंशु झर्न थाले बलेसीमा पालिको पानि झरे झैँ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

चिन्तन : आत्मशुद्धिका लागि केही चिन्तन

~शेखर ढुङ्गेल~ आउनुस एकछिन समाजको दुस्ट्याइँ, धुर्त्याइँ, फटाइँ, लोभ-लालच, इर्ष्यां घमण्डलाई थाती राखी “मरेर बाँच्ने, कि बाँचेर मर्ने” उपायको लागि केही चिन्तन मनन गरौ । समाजमा सृष्टिको अनादि कालदेखि नै लोभ मोहका कारण कतिपय बान्छित, अबान्छित कर्म कुकर्महरू भै राखेका … Continue reading →

Posted in विचार मन्थन|चिन्तन | Tagged , | Leave a comment

कथा : विवशता

~शेखर ढुंगेल~ आज उसलाई अँध्यारो कोठा प्यारो भएको छ । कता हुन् परिवार, कता छन् आफन्त साथी, ऊ बेखबर छे र पत्ता लगाउनुको पनि कुनै अर्थ रहँदैन भन्नेमा विश्वस्त छे । उसका रहरहरु एकपछि अर्को गर्दै विहानीको शीतको थोपाझैं विलाइ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : प्रमुख अतिथी

~शेखर ढुंगेल~ नयाँ दलका नेता बर्सौ देखीको आफ्नो बिदेस भ्रमणको सपना पुरा हुन लागेकोमा मख्ख परि खुशी सुनाउदै थिए श्रीमती लाई । एउटा भब्य सम्मेलनको प्रमुख अतिथी बन्न बोलाउने बचन पाएका थिए उन्ले । श्रीमतीको ब्यस्तता पनि त्यस्तै छ । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बैराग

~शेखर ढुङेल~ दसकौं भयो किरण बेखबर भएको । इष्टमित्र, गाउ , शहर , स्कुल , कलेज का साथी सबै बाट …. अरु त अरु, आफ्नै जोडी बच्चाकी आमा जीवन संगीनी , जन्म दिने आमा सित बिछोडको पिडाले समेत छोयो कि … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जय होस

~शेखर ढुङ्गेल~ जय होस जय होस जय होस मेरो जन्म भुमी नेपालको अमर रहोस वीर शहीदका गाथा नमेटिउन देशका सिमा रेखा उठोस हात घर घरबाट बनाउन नेपाललाई संसारकै खास्सा जय होस जय होस जय होस

Posted in कविता | Tagged | Leave a comment

कथा : आँफै ले किनेको दोसल्ला

~शेखर ढुंगेल~ आज रवी सम्मानित हुने भएका छन। टोल सुधार समितीले दोसल्ला र कदर पत्र दिएर। सत्ताधारी बिसिस्ट मन्त्री दोसल्ला ओडाउन आउने भएका छन। स्तरिय खाना र बिबिध पेय पदार्थको ब्यबस्था गरिएको छ। तोकिएको समय बित्दै गर्दा निमन्त्रित पाहुनाहरु आउने … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भ्रम

~शेखर ढुंगेल~ नमस्कार ! कोही अपरिचित व्यक्तिले किरणतर्फ हात फर्काउँदै अभिवादन गर् यो । किरण अकमक्क पर् यो । पछाडि फर्केर हेर् यो सायद अरु कसैलाई नमस्कार गरेको होला ! तर पछाडि कोही थिएन । औपचारिकताका लागि नमस्कार फर्कायो । … Continue reading →

Posted in नेपाली कथा | Tagged | 1 Comment

कविता : मेरो देश

~शेखर ढुङ्गेल~ मेरो देश मेरो आत्मा जहाँ म जाउ सधैं हुन्छ साथमा शीतलताको विशाल हिमाल मेरै देशमा कोमलताको उर्वर तराई मेरै देशमा सभ्यताको पहिलो किरण उदायो मेरै देशमा

Posted in कविता | Tagged | Leave a comment

गीत : रुनु न हाँस्नु भयो जीवन

~शेखर ढुङ्गेल~ रुनु न हाँस्नु भयो जीवन मझदारमा अल्झेर न अघि न पछि जान सकेँ नियतीमा फसेर रुनु न हाँस्नु चियायो बिहानीले सधैं मलाई नयाँ भाग्य ल्याएन गिज्याइ रह्यो जून मलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : आँगनीको खेल

~शेखर ढुङ्गेल~ छोडी आएँ परदेश यो पराईको ठाउँ सम्झी आएँ पहाडमुनि गुराँस फूल्ने प्यारो मेरो गाउँ उ…उ…उ…हो…हो……हो धेरै हण्डर थोरै सुख आरामको त छँदै छैन नाउँ

Posted in कविता | Tagged | Leave a comment

कविता : बजार

~शेखर ढुङ्गेल~ यो संसार एउटा बजार अनगिन्ती छन् बस्तु त्यति नै गन्तीका जार हो यो संसार जार हरुको सौहार्दतामा ‘वस्तु’ साटासाट गर्ने कतै सानो कतै ठूलो हाटबजारको भीड हो ।

Posted in कविता | Tagged | Leave a comment

कविता : कोशीस

~शेखर ढुङ्गेल~ सम्झौता गर्न खोजे आगोसित खोइ त्यो चिसो भएन सम्झौता गर्न खोजे नदीसित खोइ त्यो बग्न छाडेन सम्झौता गर्न खोजे पहाडसित खोइ त्यो झुक्न मानेन सम्झौता गर्न खोजे

Posted in कविता | Tagged | Leave a comment

गीत : कहिले काहीं जिन्दगीमा

~शेखर ढुङ्गेल~ कहिले काहीं जिन्दगीमा किन यस्तो हुन्छ खोजी हिड्यो एउटा कुरा अर्कै हात पर्छ हो …हो…हो… अर्कै हात पर्छ । सजाए थें एउटै फूल

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : सिनु सिनु सिनु !

~शेखर ढुङ्गेल~ डुङ्ग त्यो सिनु सत्ता बेवारिसे आमाको लाश हो त्यो ! म अपशव्द प्रयोग गरेर नेताभन्दा स्तरहीन बन्न चाहन्नँ कुनै जनाबरको नाम दिएर उसको इमान्दारितामा दाग लाग्न नि दिन्नँ हे नेपाली नेताहरु गिद्ध हौं तिमीहरु तिमीहरुलाई सिनु भए पुग्छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : चिट्ठी आमा लाई

~शेखर ढुंगेल~ नेपाल आमा, सास्टाङ्ग दण्डवत! फोन मा हिजै कुरा त भा’को हो, तिम्रा धेरै कुरा स्पट बुझ्न सकिन कुरा गर्दा गर्दै तिम्रो बिजुली प्रसाद छोरो सुत्यो कि दुर संचार प्रसाद यो फोन नम्बर मा फोन गर्न निशेध गरिएको छ … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : शान्ती! शान्ती!! शान्ती!!!

~शेखर ढुङ्गेल~ के हो शान्ती? कहा छ शान्ती? यो त एउटा सुन्यता हो मुर्दा शरिर भित्र मात्र अटाउने यो शान्ती ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ बादशाहहरु

~शेखर ढुंगेल~ अझै थाकेका छैनन् नङ्ग्रा र दात खियाएर सत्ता नाम को सिनु लुच्छ्ने हरु अझै लज्जाएका छैनन् नांगिएर कुटिल हासो हास्ने हरु ती भोका नङ्ग्रा र दात हरु देख्दैनन ,सुन्दैनन पीडा नेपाली आत्मा हरुको जालोले ढाकेर हो की आखा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा: भाई फूटेपछि

~शेखर ढुंगेल~ एउटा गाउँमा धेरै धनी जमिन्दारको सुन्दर परिवार थियो । .जमिन्दारले आफूसँगभएको हिरा, मोति र सुनका गहना आफ्ना तीन छोराहरु जेठो, माइलो र कान्छोको जिम्मा दिएका थिए । एक दिन अचानक जमिन्दारको देहबसान भयो । तीन दाजुभाईमा सम्पत्ति बा“डफा“डको … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

छोक : आज

~शेखर ढुङेल~ राष्ट्रवाद रोएको छ , बेसहरा बनी स्वाभिमान गिरेको छ, धम्कीनै धम्की बनी अपनत्व भागेको छ, अविश्वास बनी विश्वास हराएको छ , शंकाको बादल बनी शान्ति हराएको छ, बारुदको धुवाँ बनी आँशु सुकेको छ , बैंस मै पीडा बनी

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : डलर टिप्ने यात्रा

~शेखर ढुङेल~ – १ – बिदेश, बिदेश, बिदेश याने कि मनी, मनी, मनी !!! पन्जाब होसियारपुरका पाजीहरु पछी बिदेश हात खुट्टा नै फ्याकेर दौडने मा हामी नेपाली हरु दोस्रो मा पर्दछौ क्यारे । पढेर १८० कै डिग्री लेका हुन कि … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : जात

~शेखर ढुंगेल~ पण्डित जगन्नाथ कि अर्धांगिनी कल्याणी देबी डाको छोडेर रोइ रहेकी छिन धन्न गाउलेले बेलै मा देखेछन र पण्डित बाजे लाइ बकैनाको हाँगो मा बाधेको बाबियो को डोरी को पासो बाट बचाएर लेराए । केहि क्षण इन्तु न् चिन्तु … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : लोकतन्त्र आयो रे !

~शेखर ढुंगेल~ घरमा फोन गरें सानो बच्चाले भन्यो- “बाबा आजकल लक्की कुकुर भुक्दै भुक्दैन ” पछाडिबाट गृहमन्त्रीले थपिन्- “यसलाइ पनि लोकतन्त्र लाग्या छ।” सरकारी कार्यालयको एउटा काम ‘थ्यो श्रीमतीलाई जिज्ञासा राखें गर्न सक्यौ ? उनले जोसिँदै भनिन्- “आजभोलि म पनि … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : क्षितिज पारिको सपना

~शेखर ढुंगेल~ बीरबहादुर आफ्नो छिमेकी घनश्याम पण्डितको दुखान्त निधनले रन्थनिएका छन् । टलपलाएका गहभरिका आशुलाइ उनले रोक्न खोजे पनि सकेन त र र खसी रह्यो खसी रह्यो । जबसम्म मित्र घनश्याम माडसापको पार्थिक शरीरको सम्पूर्ण भाग धुवा बनेर आकासमा बिलाएंन … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : रत्नपार्क र न्युयोर्कको ज्याक्सन हाइट

~शेखर ढुंगेल~ शीर्षक देखेर यहाँहरुलाई लाग्दो होला कहाँ को राजा राम कहाँ को भडारी ? कुरो त्यसो होइन क्या ? आफु पारदर्शीताको चेलो परे जता हेर्यो त्यतै भ्वांग भने जस्तो जे छ त्यहि भनि दिने जे देख्यो त्यहि लेखि दिने … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : निचोरिएको फूल

~शेखर ढुंगेल~ न्युह्याम्सायर, अमेरिका, २१ अक्टोबर कस्ती हुन् यी आइमाई ? ठुली पल्टिएको नि ? किन न् पल्टियोस त ? के न् पुग्दो छ त उस्लाई ?

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : मुग्लानको चिठ्ठी

~शेखर ढुङ्गेल~ वाह् अनायस उस्लाई गुन्द्रुक ढिडो अनी लप्सी को अचार् याद आउछ साच्चिक्कै मुखनै रसाउछ उस्को । चिठ्ही लेख्न सुरु गर्नु अगी एक छीन तकिया मा टाउको राखी कलम लाई मुख मा हल्का च्यापी मुग्लाने सोच मग्न हुन्छ । … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : बेवारीसे उजुरी

~शेखर ढुङ्गेल~ चारैतिर बाक्लो भीड लागेको थियो । बटुवाहरू कौतुहलतापूर्वक लासलाई घेरेर हेर्दै थिए । पत्रिका पसले बिलखबन्दमा थियो। बुढीआमाले पत्रिकामा एउटा सैनिकको फोटो देखेर खुशी हुँदै सोधेकी थिइन, “ए पसले नानी यो फोटो किन टासेको हँ ?” पसलेले उनी … Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment