~क्षेत्र प्रताप अधिकारी~
मेरो माया त्रिशूलीको पानी
गैरो भएछ
तिम्रो माया कृष्णभीरको माटो
पैरो गएछ ।
त्यो पानीमा डुबिरहेछु
त्यो माटोले पुरिरहेछु
त्यतै कतै मलेखुमा Continue reading
~क्षेत्र प्रताप अधिकारी~
मेरो माया त्रिशूलीको पानी
गैरो भएछ
तिम्रो माया कृष्णभीरको माटो
पैरो गएछ ।
त्यो पानीमा डुबिरहेछु
त्यो माटोले पुरिरहेछु
त्यतै कतै मलेखुमा Continue reading
~ढक बहादुर बस्नेत ‘आकाश’~
जब मिलनका मिठो मुस्कान अनुहारमा छाउँछ
त्यो दिन त्यो क्षणहरुमा हरपल कान्तिमय आउछ।
दिलैदेखि खुशी र उमङका चमकहरु उदाउछ
कति मिठो मिलन तिमी तर हरपल कहाँ हुन्छ र। Continue reading
~निर्मोही व्यास~
तिमी इन्द्रिनी हौ ? कि आकाशगङ्गा ?
तिमी देखिँदा यो मनै हुन्छ चङ्गा
नपाएर झल्को म कल्पीरहन्थेँ
सधैँ सम्झनामा डुबुल्कीरहन्थें
०
तपस्या फलोस्, गम्कियोस् सृष्टि आज
प्रिया ! झुल्क पैह्री तिमी प्रीति–ताज Continue reading
~कुमार काफ्ले~
-गम्भीर स्वभावको गम्भीर बहादुर महिला मुक्ति र समानताको पक्षमा अहोरात्र खटेर काम गर्थ्यो।
-कुरा कम काम बढी गर्थ्यो।
-चकलेटी स्वभावको प्रेम बहादुर महिलाहरूको मन जित्दै उनीहरूको अस्मिता लुट्थ्यो। Continue reading
~प्रकाश सुनुवार ‘निराकार’~
युद्धले थाकेको देश
बल्लतल्ल शान्तिको सास फेरिरहेको बेला
इष्र्याले कसैको छाती भत्भति पोलेको छ
अनि देशलाई शान्त भएर भन्ने गर्छ –
तिमी शान्त हुनुहुंदैन
तिमी अशान्तमा व्यतित हुनु पर्छ ।
कहिले बेपत्ता पारिएकाहरुको कुरो झिकेर
देशको पाइतालामा काँटी घोप्छ Continue reading
~सुबेश घिमिरे~
ए जुन ! ए जुन !
तेरो जुँनेलीमा
कदम डग्मगाई
म आफ्नै शहरमा
म आफ्नै डगरमा
पराई भएछु
ए जुन ! ए जुन !
हिजो मस्की मस्की
उनी साथ हुन्थिन्
तेरै जुँनेलीमा Continue reading
~लक्ष्मी प्रसाद देवकोटा~
क.
स्याबास क्या ढकमक फुली !
दिव्य अपवाद !
संगमरमरमा ढली छौ
धन्यवाद !
ख.
वीरताको चरमचुली
यो जनानी !
कुन कविले गायो फुली
यो कहानी
ए कुजात रानी ! Continue reading
~मणिराज सिंह~
गल्ली र चोकमा
अलमलिएका उदास स्वर
देउरालीको चौबाटो हिँड्दै
बादलका नागवेली उकालीमा
आँधी आउनुअघि
लोलाएका आँखाहरूको नि:शब्दता ओढेर
मनमा गुम्सिएका
चञ्चल लहरका जीवन तरङ्ग पन्छाएर
भिक्षुहरू ध्यानमग्न भएको बेला
बलिदानीमा लेखिएका साँध सिमाना टेकेर
फूलको लजालु सुगन्ध वरिपरि
मझेरी शोकमग्न छ। Continue reading
~छविलाल कोपिला~
अचेल चोक–चोकमा भेटिन्छन् गफारीहरु ।
अनि भेटिन्छन् सडक–सडकमा भिखारीहरु ।
हेर्नूस् यहाँ लुट्नसम्म लुट्छन् माथिकाहरु,
तर, तल जाममा पर्छन् विचरा ! सवारीहरु । Continue reading
~रुमानी राई~
नयाँ पुस्ताहरु
आफ्ना सन्तानहरुलाई
केवल दन्त्यकथा हाल्नेछन्
निरंकुश राजतन्त्रको
कुरुप श्रीपेचको
क्रुर राजाको
अनि थुक्ने छन्-यो कालो इतिहासलाई ।
यो पुण्यभूमीमा Continue reading
~शार्दूल भट्टराई~
पुस महिनाको जाडो। घाम झुल्किसके पनि त्यसको तापले सुदूरपश्चिमको यस पहाडी बजारलाई छुन सकेको थिएन।
जाडो समयमा कुनै कुनै दिन काठमाडौँलाई हुस्सुले छोपेजस्तै डडेलधुरा सदरमुकामको यो बजार पनि छोपिएको थियो। त्यति साह्रो अँध्यारो भने थिएन। अलिकति वरपर स्पष्टैसँग देख्न सकिन्थ्यो। बिहानको चिसोमा अलिअलि सिरेटोको चिसो पनि थपिएको थियो। एक-दुई दिन यस्तै भइरहे हिउँ वा पानी पर्ने सम्भावनाको कुरा पनि मान्छेहरू गर्दै थिए। त्यसै त त्यति चिसो छ, त्यसमाथि हिउँ वा पानी परेपछिको चिसो कस्तो होला?
हामी कोठाभित्र थियौँ। बाहिरको तुलनामा कोठाभित्रको वातावरण अलि तातो थियो। तर, चियाको तलतलले हामीलाई कोठाभित्रको कैदबाट बाहिर निकाल्यो। Continue reading
~अरुणबहादुर खत्री “नदी”~
यो सानो झुपडीमा
पलेँटी कसेर मैले
दु:ख पीडा हटाउन
भनेर कविता कोरेको छु
मेरो मनभित्रको घाउमा
मल्हम लगाइदिने
तिमै नै हौ
निस्वार्थ र तटस्थ Continue reading
~दिनेश अधिकारी~
केवल-
आफूलाई अविश्वास गर्न सकिने
विश्वास मात्र बाँकी रहेको यो बेला
उफ् !
फेरि यो कस्तो धर्म-संकट आइलाग्यो –
स्कूलको वादविवाद प्रतियोगितामा
भाग लिने तयारीमा जुटेको
मेरो सानो छोरो
मसँग बारम्बार Continue reading
~दिलिप योन्जन~
म त डुंगा भए तिम्लाई, तिमी देउता भई जिउनु
जिउदै मलाइ आगो लगाई, नाठो संग आगो ताप्नु !
देबी देउता झुटो भयो, दुई दिन बिछोड हुदा
जानी बुझी छुरी हानी, तिमी बिना मर्छु भन्दा ! Continue reading
~रविन बैध तामाङ~
घर्रर्रररर स्पिडमा छ ट्रक।बेलवारी को अन्तिम छाप्रि पसल कट्यो पछि…..एक्सिलेटर थिच्यो/गीयर बढायो। काठ बोक्न डाला झारेको ट्रक … बेतोडमा हुँइकियो पुर्व।
दुइटा पाँग्रा मात्र अड्ने महेन्द्र राजमार्गमा बाटो छेउको जँगल उज्यालियो, ट्रकको हेडलाइटमा।
मादरचोद, हान्दिन्छु । जे सुकै होश । जय विश्वकर्मा बाबा … रक्सिले भरिदेको छ अाँट। त्यो मादरचोद पनि अाएन … खलासी संझ्यो। अगि रक्सि खाको पसल मै बस्यो। जति भने नि अाएन। बरु मादरचोद उल्टै भन्छ, खतरा हुन्छ नजौँ गुरुजी। Continue reading
~मसान उपासक~
तिमिले फेर्दै गरेकाे अन्तिम श्वास
तिमिले हेर्दै गरेकाे अन्तिम अाकाश
तिमिले टेकेकाे याे धर्ति
तिमिले चुमेका यी अाैलाहरु
तिमिले सुम्सुमाउदै गरेकाे मेराे गालामा
उनिएकाे अलिकति लाजका रेखाहरु
यी सबै मेरा ब्यक्तिगत सम्पतिहरु हुन् ।
बल्दै गरेकाे तिम्राे चितासगै Continue reading
कुल्चन नपाउदै
समाधानका गोरेटाहरु
विनासित्ती
पछ्याएको पछ्याएकै गर्छन्
हुलका हुल समस्याहरुले
कहिले भाग्न खोज्छु
छक्याउन सकिन्छ कि भनेर
कहिले भिड्न खोज्छु Continue reading
~त्रिभुवनचन्द्र वाग्ले~
एक किसान
जो शब्दका खेती गथ्र्ये
चेतनाको बारीमा, हृदयको खेतमा
र विद्रोहको पानी पट्याउँथे खेतीमा
थाकेर जोत्दाजोत्दै कलमले
परिवर्तनको गीत गाउँदै–
पुगे एक भव्य स्मारक छेऊ
र पढ्दापढ्दै निदाए
गणतन्त्र स्मारकका शीलापत्र Continue reading
~गोपालप्रसाद पौडेल~
मान्छे आज शिथिल छ,
समय र परिस्थितिसंग जुध्दा जुध्दा,
भोक र रोगसँग सिँगौरी खेल्दा खेल्दा,
आँफैभित्रको म सँग पनि ठुलो
हारको सामना गर्नुपरेर
मान्छे आज शिथिल छ
हृवाँ नेपालमा ।
स्वयम्भूको चैत्य अगाडि नतमस्तक भएर
उभिए पनि, Continue reading
~बच्चु कैलाश~
चरीले बोल्यो के बोल्यो बुझ्ने को र ?
के बोल्यो बुझ्ने को र ?
भुरुभुरु उडी गइहाल्छ कतै तिर
गइहाल्छ कतैतिर ।
पहराको ढुङ्गामा बस्छ किन Continue reading
~शिवराज पन्थी~
यतिबेला हाम्रो सपना ध्वस्त पार्न
कायरहरू पैंठेजोरी खेल्दैछन्
छातीमाथि सेफ्टी बुटले दह्रोसँग कुल्चिँदै
ग्लास, मास्क र हेलमेट लगाएर
गला च्याप्ने दुस्प्रयासमा
अचानो बनाएर हामीलाई
उल्टो धारमा घाँटी रेट्ने प्रयासमा
अभिमानी बुद्धिविलासवादीहरू
चलायमान हुँदैछन् । Continue reading
~सन्जीव बंकिम~
यो बिज्ञानको विश्व
यौटा सानो बस्ति जस्तै
यो सन्सार का भाग हरु लाइ अलगै
विभाजित गर्न नमिल्ने अवस्था
ग्लोबलाइजेसन को युग
खुम्चिएको शहर
खुम्चिएको महानगर
इन्टरनेट फेसबुक मा यकाकार भएको विश्व
पाच दसक अघि निर्मित बर्लिन को पर्खाल जस्तै छेकबार Continue reading
~कृष्णभक्त श्रेष्ठ~
म मेरै मृत्यु मर्न चाहन्छु-
विशुद्ध मेरो आफ्नै
अरूकै मृत्यु आफ्नै भन्ठानेर
युगौँ युगदेखि
थरी थरीको अर्थ लगाएर
धेरै मरे-व्यर्थै
धेरै धेरै मरे
विस्मृत Continue reading
~रामचन्द्र खतिवडा~
पन्ध्र वर्षअगाडि म जोरपाटीबाट साझा बस चढेर अफिस जाँदै थिएँ । रत्नपार्क पुगेपछि म गाडीबाट उत्रन ढोकाछेउ पुगेको थिएँ । मभन्दा ठीक अगाडिकी युवतीले उहाँले मेरो भाडा तिर्नुहुन्छ भनेर मतिर देखाइन् र उत्रिन् । ती अपरिचित सुन्दरी युवतीले त्यसो भन्दा अचम्म लाग्यो मलाई । मैले केही भनिनँ । उनको समेत भाडा तिरेर उत्रेँ ।
पन्ध्र वर्षपछाडि म यसरी नै माइक्रो चढेर रत्नपार्कतिर जाँदै थिएँ । पुतलीसडक पुगेपछि कन्डक्टरले भाडा माग्यो । मैले गोजी छामे, पर्स घरमै छुटेछ । Continue reading
~छविलाल कोपिला~
साउन–भदौको महिना । कतै धान पसाउँदै थियो, कतै बाला झुल्दै थियो । यता मकैबारीमा मकै दाना लाग्दैथ्यो । जब मकै खान लायक भयो । बगालका बगाल चराहरु आउन थाले र मकै खाएर सताउन थाले ।
चराहरुको रखवारी गर्नका लागि जीउबुझ्ना बारीको एक कुनामा एउटा अँटवा बनाएको छ । अँटवा माथि बसेर हल्लाउन मिल्ने झुप्पेदार डोरी पनि लगाएको छ र डोरीमा एउटा भैंसी–घण्टा पनि झुण्ड्याएको छ । डोरी तान्दा डोरीमा लगाएका झुप्पाहरु फुरफुर–फुरफुर हल्लिन्छ भने घण्टा पनि ड्वङ–ड्वङ, ड्वङ–ड्वङ बज्छ ।
जीउबुझ्नाको एउटी जवान छोरी दुखनियाँ पनि छे । ऊ अँटवामाथि बसेर दिनभरि गोंरी बुन्ने र मकैको रखवारी गर्ने गर्छ । जब चराहरु मकैमा बस्छन् तब ऊ जोर–जोरले ‘ह्वाह्–ह्वाह्’ भनेर चिच्याउँछ । चिच्याउँदा पनि नभागेपछि ऊ हत्तपत्त डोरी तान्छ । डोरीको झुप्पा फुरफराउने र घण्टा ‘ड्वङ–ड्वङ’ आवाजले चराहरु तर्सिएर पुच्छर हल्लाउँदै उड्छन् । Continue reading
~ललिता ‘दोषी’~
झिसमिसे बिहानीमा कस्तुरी सधैँझैँ आहाराको खोजीमा आˆनो बासस्थान छोडेर केही परको जङ्गलमा पुग्यो । कस्तुरीको आँखा लहलह परेर पलाइरहेको राम्रो घाँसमा पर्यो । घाँस उमि्रएको ठाउँमा केही खाल्डो भएकोले कस्तुरी उफ्रिएर तल झर्यो । झर्दा पेटमा नीलकाँडा बिझ्यो । पीडाले आत्तिँदै कस्तुरी खाल्डोबाट बाहिर निस्कियो । कस्तुरीले आफ्नो पेटमा बिझेको काँडा झिक्न सकिन्छ कि भनी निक्कै कोसिस गर्यो तर सकेन । असहृय पीडाले रन्थनिँदै आफ्नो बासस्थानतिर र्फकदै गर्दा कस्तुरीले रूखमा बसेको सुगालाई देख्यो र विनम्र स्वरमा भन्यो, ‘सुगा हेर न, मेरो पेटमा निलकाँडा बिझ्यो । झिकिदेऊ है ।’
कस्तुरीको कुरा सुनेर सुगाले च्व ! च्व ! गर्दै भन्यो- ‘हेर मेरो चुच्चाले तिम्रो काँडा झिक्न मिल्दैन । काँडा झिक्न मिल्ने भए म अवश्य झिकिदिन्थेँ । भागेरा अर्को रूखमा छ उसलाई गएर भन न ।’ Continue reading
~विमल निभा~
इलाका प्रहरी घरको
रेकर्ड पुस्तिकामा अङ्कित छ
कविताको परिभाषा
भावनाको आवेगलाई
व्यवस्थाको प्रचलित व्याकरणमा
नियमअनुसार ढालेर
कोमल कोमल पदावलीहरु
रचना गर्नु नै Continue reading
दिक्दार लागिरहेछ
समाचारपत्र हेर्न बाहिर निस्कने सुरसारमा छु
आज दिनभरि कोठामै बसियो
पढियो
सुतियो Continue reading
~कुमार काफ्ले~
-देख्दै मुख रसाउने खाउँखाउँ लाग्ने फल फलेको थियोे।
-थाहा पाउने जति फल प्राप्तिका लागि झुम्मिन थाले।
-फल धनीले चर्को भाउ राखिन्। Continue reading
~रुमन न्यौपाने ‘अमन्त’~
कसरी दुई वटा भेडाहरु हिजो हिँउमा पुरिए । पोहर पनि एउटा चौंरि मरेकै हो । तर तुलनामा यस बर्ष खासै नोक्सान भएको थिएन भन्ने सुनेको थिएँ । त्यति बेला म ९ या १० बर्षको थिँए क्यार । नाफा नोक्सानको मलाई त्यती हेक्का थिएन । तर बा को धमिलो अनुहार भाको बेला पक्कै फेरी भेडाहरु पुरिए भन्ने लाग्थ्यो । मलाई त्यति बेलै यन्त्र मानबको चाहाना भएको हो । मलाई ति हामिलाई आवश्यक छन् भन्ने लाग्थ्यो । मलाई तिनले हिउँमा पुरिएका भेडाहरु निकाल्न बा लाई मद्धत गर्लान भन्ने लाग्थ्यो । मैले छालामा बेरिएको त्यो किताबलाई कहिले पनि चलाईन । जुन छालाको खोलमा जतन साथ बेरिएको हुन्थ्यो । घर ओसिलो र सानो हुने भएकोले किताब चाँडै मक्किन्थे र च्यातिन्थे । त्यसैले आमाले त्यसलाई छालाको खोल बनाई हालिदिनु हुन्थ्यो । Continue reading
~पदम गौतम~
वस्न त म आफ्नो छुट्टै संसारमा बसेको छु
तर व्यथा भोग्दै नाङ्गो यो तारमा बसेको छु
आसन छ तरवारको देखेको छु आफूलेनै
वाध्य भई खुकुरिको यो धारमा बसेको छु Continue reading
~कमल कुमार~
जयपुर जाने हो सान्नानी?
मैले सान्नानीलाई सोधेँ
भनेँ
सान्नानी
लामो रेल चढौंला
हेरौंला उडेका चराहरु
र बगेका नदीहरु
लामा लामा पुलहरु
मान्छेहरु
बजारहरु
बस्तिहरु Continue reading