~एम सि सुमित~
उनीहरू आए
मेरो करङ गने
ह्याकुला छामे
टुइके दाबे
र ढाड्मा धाप मारे
गज र इन्ची नापे
धार्नी र पाउ नापे
म भने-
कस्तरी निदाएछु Continue reading
~एम सि सुमित~
उनीहरू आए
मेरो करङ गने
ह्याकुला छामे
टुइके दाबे
र ढाड्मा धाप मारे
गज र इन्ची नापे
धार्नी र पाउ नापे
म भने-
कस्तरी निदाएछु Continue reading
~कल्पना बान्तवा~
आज ठ्याक्कै एक वर्षपछि ती भयावह दिनहरु सम्झिरहेकी छु, अझै पनि आङ जुरुङ्ङ भैरहेको छ डरले, र कुनै हरर् फिल्म हेरिरहेझैँ मनमुटु कामिरहेको छ ।
पुराना केही भुइँचालोले मन–मस्तिष्कमा पारेका तत्कालीन भय र अत्यास अहिले नामेट भेसकेझैँ सायद पोहोरको महाभूकम्पको डरमर्दो अनुभवको असर पनि सायद बेअसर भैसक्थ्यो ।
तर पल्केको झिल्केजस्तै वर्ष दिनसम्म थर्काएर पनि धीत नमरेको पराकम्प नाउँको प्रकोपको कोपभाजन बनिरहनु परेकाले होला अझै मन ठेगानमा छैन । जुन बेला पनि मातेको मानिसझैं आफु हल्लिइरहेको भान हुन्छ र भुइँचालो–आतङ्कले तनमनलाई अँठ्याईरहन्छ । Continue reading
~केडी रेम्नीसीङ~
‘वाउ, क्या मज्जा आयो ।’ सिमरनले मसरुम पिज्जाको स्वाद लिदैँ भनिन् । हुन पनि गाउँबाट धरान झरेदेखि यस्तो मोज गरेर खान बस्न पाको होइन । पहाडकी सङ्गीता आज धरानमा सिमरन भएकी छिन् । अनि बिस्तारै गाउँ तिरकै इन्द्रसँग परिचय भयो । आज उसैको स्पोन्सरसिपमा खान आकी छिन् मसरुम पिज्जा । आफ्नै व्यवसाय भएको इन्द्रसँग दोस्तीको सुरुवात गरेदेखि उनले यस्ता धेरै मौका पाएकी छे खान ।
आज धरानको बुढासुब्बा जाने दिन हो सिमरनको । सिमरनले नाईँ भनेकी हुन् तर नास्ती गर्न सकिनन् इन्द्रको प्रस्तावमा । उनलाई राम्रोसँग थाहा छ कि इन्द्रकी श्रीमती सिमरनकै गाउँले छिमेकी दिदी हुन् । तर के जान्छ र उनको यदि आफैँ जल्न आउँछ भने उनको पैसा सिद्धयाउने, मोज गर्ने अन्तमा आफ्नो बाटो लाग्ने । धरान जस्तो रहरले आकाश चुम्ने शहरमा यस्ता दुधालु गाई भेटाउनु भाग्यको कुरा हो सिमरन जस्ता केटीका लागि Continue reading
~लक्ष्मी प्रसाद देवकोटा~
क.
पलक निमीलित आज निशि,
प्रार्थना छन् सलिलदृशी !
ख.
दुइटा उडुकण ढुल्कन्छन्
बादलपरेला छिचली !
ग.
निश्चल, निस्पन्द !
श्वासबन्द ! Continue reading
~केशव प्रसाद पाण्डे~
हे मेरा भक्तहरू हो !
मेरा वुटिका आशक्तहरू हो।
कति भन्छौ जय शम्भो गाॅजा कम्भो ?
चीलीम भरेर तान्दैमा म जस्तै भयको भ्रम भो?
★★★
आफ्नै सभ्यतालाई डढाएर किन घस्छौ खरानी?
थाहा पाॅउछौ जव समात्छौ अस्पतालका सिरानी। Continue reading
~मीरा प्रसाईं~
म, दिदी भिनाजुकोमा बसेर पढ्थे । भिनाजु जाती थिए बाहिरी दुनियासङग, सबैले वाहाको गुणगान गाउथे । आमाबा र बहिनिलाइ औधि माया गर्ने भिनाजुले मेरि दिदिलाइ खासै माया गरेको देखिन मैले । दिदिको शान्त अनुहारमा कहिँ न कहिँ गम्भीरताको बादल मडारि रहेको हुन्थ्यो । बिहानदेखी बेलुका सम्म ब्यस्त रहन्थिन दिदि । घरको काम बाहेक अन्य खासै काम नदेखिए पनि हात खाली नहुने , केहि न केही काम भइ रहन्थ्यो । सानै देखि कम बोल्ने तर अन्याय अत्याचारको खुलेर बिरोध गर्ने मेरि प्रमिला दिदि मन भित्र कुन्ठित भावनालाइ फुर्सदको समयमा नारीवादी अनि यथार्थपरक लेखहरु पढ्न रुचाउथिन ।
एकदिन भान्जालाइ पढाउने क्रममा, मैले दिदिको सिरानी मुनि एउटा कागज भेट्टाए । जस्मा लेखिएको थियो :
बिरहमा नरोउ चेली आँसु कस्को झर्दैन र
पिर पर्यो नभन चेली पिर कस्लाइ पर्दैन र !! Continue reading
उसलाई उनीहरुबाट तिनीहरुले अलग्याएर अर्को कोठामा लगे । कमाण्डोजस्तो देखिनेले कठोर स्वरमा सोध्यो, “ह्याँ किन ल्या तेरो बाउलाई ?”
“सापले भन्या साप ! ”भन्दै उसलाई त्यहाँ ल्याउने जवानले भुइँमा ढ्याम्म खुट्टा बजार्दै कमाण्डोलाई सलाम ठोक्यो ।
कमाण्डोको बोली र हेराइले उसलाई फेरि पनि उत्तेजित पारिसकेथ्यो । उच्च चापको शिकार त उ छँदै थियो ,बेकाइदा र बेथिति सहन नसक्ने उसको पुरानो बानीले गर्दा उ तुरुन्तै आवेशमा आइहाल्थ्यो अनि सन्तुलन गुमाएर असहज बन्थ्यो । उसले पनि कमाण्डोले उसलाई घुरेझैं गरी घु¥यो ।
“झिकी दे आँखा ।” कर्कश स्वरमा करायो कथित कमाण्डो । Continue reading
~शालिकराम मुसाफिर~
लाईक मात्र किन हजुर कमेन्ट पनि ठोक जैले
उसलाई माया यति धेरै यसलाई पनि बोक कैले ।
पिजडाको सुगा बनाइ राख्यौं तिमले बल गरि
आलु मात्र किन हो त मटर पनि फोक कैले ।। Continue reading
~रितु खनाल~
आदर्श र यथार्थमा, धेरै फरक हुन्छ अरे
रोपिएका कैयौं बिज, नउम्रदै कुन्छ अरे ।
रगतको नाता मात्र, काफी छैन आफ्नो बन्न
भावनाको लहरले, आफ्नो प्रेम चुन्छ अरे । Continue reading
~ललिता तामाङ~
काललाई कुर्नुबाहेक अरू के नै बाँकी छ र नानी अब ?
के भन्नुभएको आमा, त्यसो नभन्नुस् ।
के गर्नु नानी, आफैंले नौ मैना कोखाँ राखेर जन्माको सन्तानबाट हेलाँ खपेर धेरै वर्ष बाँचें । अब त उमेरले नि डाँडा काटिगो कालले कैले लग्ला भनेर त बस्ने हो नि ।
यो त सृष्टिको नियम नै हो नि ढिलो, चाँडो सबैले जानैपर्छ आमा । Continue reading
~तारा पराजुली~
बल्ल खाटा बसेथ्यो
तिमीले दिएको घाउको
पुनश्चस्उहीँ बदनाम अभद्रआत्मा लिई
निस्कियौ एउटा डिपार्टमेन्ट पसल
र साट्यौ केही रुपैयाँ
तिमीलाई रङ्गीन लाग्ने रहरहरुसंग।
पेशेवर सिकारीको आदिम निशाना झैँ Continue reading
~शोभा शर्मा~
साँझ खस्दै गरेको बेला
तिमीले मलाई
मध्य सडकमै छोडेर गयौ
यी लामा लामा काला सडकहरुले
तिम्रा पाइला को हिसाब राखे होलान Continue reading
~भूमि भण्डारी~
‘यो के हो ?’
‘पानी ।’
उसले मेरो कालो व्यागमा राखेको रातो बोतल हातमा लिंदै सोधेको थियो । मेरो जवाफ सगै उसले बोतल मै तिर बढायो र भन्यो – यो खोलेर पिउनुहोस् । त्यसले भनेको नमान्ने प्रश्नै आउदैनथ्यो । त्यसैले बोतल खोलेर एक घुट्को पानी पिए । Continue reading
~रुमानी राई~
हो छोरा…..
तिमिले पनि जीवन पढ्नु पर्छ
र,यो जिवनलाई बुझ्नु पर्छ
किनकी,
म पनि त निरन्तर
यहि जीवन पढिरहेछु
र,बुझ्ने प्रयास गरिरहेछु ।
हिजो,
तिमी र म जस्तै Continue reading
~प्रदीप नेपाल~
म संस्कृतको ज्ञाता होइन, त्यसैले म यहाँ जे लेख्न गैरहेको छु त्यो नै अन्तिम सत्य हो भन्ने दाबी पनि म गर्न सक्दिन । संस्कृत साहित्य मेरा लागि स्तुत्य छ र आफूले हिजो संस्कृत पढ्न नपाएकोमा यतिबेला मभित्र पछुतो पलाइरहेछ । नेपालमा संस्कृत विद्यालाई जसरी हेय सम्झिइएको छ फ्रान्स र जर्मनीमा संस्कृत शिक्षाको महत्ता थाहा पाएपछि नजिकको तीर्थ हेला भन्ने उखान आफैँमा चरितार्थ भएजस्तो लाग्यो ।
संस्कृत भाषाको स्रोत वेदमा गएर ठोक्किन्छ । वेदलाई नै ज्ञान भनिदो रहेछ बोलचालको भाषामा । वेद भनेको कुनै एउटा व्यक्तिले कुर्चीमा बसेर लेखेको महाकाव्य होइन रहेछ । त्यो त सभ्यताको आदिम कालदेखि सभ्यताले सिन्धु नदी काट्दासम्मका गीतहरू समावेश गरिएका रहेछन् । यथार्थमा वेदलाई संस्कृतका ऋचा र Continue reading
आजभोली लाग्छ जीवन
मिर्मिरे उषाको आकाश जस्तै
भरिएको मनोहर उज्यालो
लालीमाको आगमनको
पहिलो पहिलो आभास जस्तै ।
सपनाहरु साकार हुन लागेझैं
रहरहरु पुरा हुन लागेझैं ।
आशाका टुसाउन लागेका मुनाहरु
पल्लवित भईरहेको नव पालुवा जस्तो । Continue reading
~थरि कयाबा~
मुलाँत अँ नमङा मुरू खिँइ उयिन जाअतेमे,
थुँ मि सुकलि मला मेकेान मुरू जाअतेएमे ,
अँ इँगिबुलबुल अँ सायाबुलबुल तचाताता,
मार मालदिङा ? अँ गिल कास, शाँदर, अगुन सगुन नेलले अँन दुमतेमे ।।१।।
खुय … खुय खुय खुय Continue reading
~दिलिप योन्जन~
ब्यार्थै किन माया गरे निष्ठुरीलाई मैले
मनमा बसी मुटु रेटी बैगुनीले अहिले !
जति सियो फाटिरने कस्तो मेरो मन
खुसी पाए ढुखी भुल्ने ठुलोरैछ धन Continue reading
~अरुणबहादुर खत्री “नदी”~
सुब्बासाहेब अर्जुनप्रसादले हाकिमसाहेबको कोठाभित्र पसेर दुई हात जोडेर नमस्कार गर्दै भने “सर गाउँमा मेरो आमा साह्रै बिरामी हुनुहुन्छ मलाई एकहप्ताको छुट्टी हजुरले दिनुपर्यो। हाकिमसाहेबले तिमी एकहप्तासम्म अफिस आएनौ भने काममा ठूलो बाधा पर्छ नि तिमीलाई एकहप्ता छुट्टि दिन सक्दिन तीनदिन मात्रै दिन्छु।
“एकदिन मेरो घर पुग्नै लाग्छ एकदिन फर्कन लाग्छ एकदिन मात्रै म घरमा बस्न पाउने भए होइन त सर?” सुब्बासाहेब अर्जुनप्रसादले भने। तीनदिनको विदा स्विकृत गरेर ऊ आफ्नो घरमा गयो। घरमा पुगेपछि आमाको खुट्टामा ढोगेर भन्यो “आमा हजुर साह्रै विरामी हुनुहुन्छ भन्ने खबर मलाई एकजना साथीले मेरो Continue reading
~मनोज बोगटी~
आँखा डील कोइलाको धुलोलेे अध्यारो बनाउँछिन्
र निधारमा टाँस्छिन् एउटा घाम।
के रहर लागेको दिदीलाई
केटी हुन।
संसारको सबैभन्दा बलियो दिदी
जसले दुइ दर्जन बाख्राको खोर एक्लै खोर्सिन सक्छिन्
चार माऊ गाईलाई एक्लै सोत्तर दिन सक्छिन्
भुटेको मकै मुर्क्याउन पानी पर्दैन। Continue reading
~किशोर दहाल~
अध्ययन र अनुभवले खारिएका पत्रकार विजय कुमारबारे ‘कामना सिने मासिक’ले२०४५ सालतिरै यस्तो लेख्योः “नेपाल टेलिभिजनका सुपर स्टार विजय कुमार,जसका आँखाहरु कुनै अर्कै दुनियाको सपना देखिरहेझैं प्रतीत हुन्छ ।” (पेज न. ११०)
विजय कुमारलाई विनोद चौधरीले भन्थेः “चानचुने मानिस हो र तपाईं ? विनोदचौधरीले बान्ता सोहोरेको मानिस पो हो त ?” (पेज न. १४०)
र, विजय कुमार त्यो हो, जसले आफ्नै बारेमा यस्तो लेखेः “टाउकोमा गोली खानेसम्पादकको साटो कुनै घटिया सम्पादकका साथ करिअर सुरु गरेको भए, त्यस्तोहुने थिइनँ,जस्तो भएँ । (पेज न. २६८)
यी सन्दर्भले विजय कुमार को हुन्, कस्ता व्यक्तिसँग संगत गरे र कस्ता व्यक्तिकोस्कुलिङले आफुलाई खरो बनाउँदै लगे भनेर बुझ्न सकिन्छ । यद्यपी यो बुझाईपर्याप्त भने हुने छैन, केबल झल्को पाउन सकिन्छ । Continue reading
‘रत्नपार्क’, ‘रत्नपार्क’, ‘रत्नपार्क’ ।
‘ओ दाइ ! जाने हो ? सिट खाली छ ।’
‘सामाखुसी, लैनचौर, जमल, रत्नपार्क ।’ उसले एकै सासमा सबै चिच्यायो ।
छोरो मसिनेलाई स्कुल पुर्याइदिने जिम्मा सधैँ रत्नमानको हुन्थ्यो । हुन त ज्यामी काममा जान नपरेका बेलामा सुकुमाया पनि छोरोलाई समातेर स्कुल पुर्याउन कम्ती रमाउँदिनथिन् । Continue reading
~राशि पाण्डे~
गुरुचरण यादवले पुल्चोक क्याम्पसबाट बीई गरेपछि जागिरका लागि धेरै दौडधुप गर्नु परेन । तराई मूलको मदिसे भएकोले समावेशीको नाममा एउटा अन्तर्राष्ट्रिय संस्थामा राम्रै तलप र सुविधा दिने जागिर पाइहाल्यो । पहाडी मूलका धेरै जेहेन्दार र मेवाधी बाहुन, क्षेत्री दौंतेरीहरू हेरेको हेरै भए । त्यसै पनि ‘मस्र्या, मदिसे, धोती, भैया आदि’ भनेर हेप्ने साथीहरू डाहाले झन आगो भएका थिए ।
आगो हुन वा राँको ….. जागिरमा लागेपछि कक्षामा र काठमाडौंको डेरामा बस्दा व्यहोरेका उसका हेपाइहरू धुमिल हुँदै गए । उसको लगाइ खुवाइ र जीवन स्तरमा धेरै परिवर्तनहरू आउन लाग्यो । अब कहिलेकाँहि Continue reading
~सुरेस खनाल~
सधैँ बिच बाटोमा,
ठिङ्ग उभिएर,
सँधैँ ‘उता’ र ‘यता’ को
कल्पना बुनेर,
सधैँ आउने जाने मोटरहरुलाई हेरेर,
सधैँ आउने जाने बटुवाहरुलाई हेरेर,
टाढा, टाढाको यात्रा पर्खँदै,
जमीनमुनि माटो भित्र कतै,
दर्शनढुङ्गामा जरा ठोक्छ;
यो चौबाटोको रुख, मेरो सफलता!! Continue reading
~शशीकला थापा सुब्बा~
आज मेरो मन पुग्यो आफ्नै प्यारो गाउँमा
चिट्ठी लेखी पठाउदैछु आमा तिम्रो नाउँमा
परदेशमा छु कहिले काही भोकै पनि हुन्छु
मकै भट्मास् सम्झिएर धुरुधुरु रुन्छु
कहिले आउ दु:ख बिसाउन तिम्रो कोमल पाउमा Continue reading
मैले उसको शरिर देखेको छु मिलेको छ,उचाइ औसत छ , गोरि छे , एक दुइवटा खतहरु छन् नाकको डाँडिको छेवैमा ,नाकको नथ्थि ले तर त्यो छोपिदिन्छ।ठुला आँखामा गाजल पनि सुहाएकै हुन्छ । आवश्यकता भन्दा धेरै लिपिस्टिक पोत्छे नत्र त राम्रि नै छे ।उसका बाहुला नभएको कुर्ता माथी सम्म काटिनाले कम्मरको सेतो छाला प्रष्ट देखीन्छ शायद यो उ आफ्नो आकर्षण बढाउनलाइ गर्छे । त्यो बाध्यता वा रहर मैले आहिले सम्म खूट्याउन सकेको छैन । कुरा गर्नमा स्पष्ठ छे । शायद तिरस्कार अङ्गाल्नु अब दिनचर्या बनिसकेको छ उसको त्यसैले त उ हरेक कुरालाइ हलुका लिन्छे र त उ स्पष्ठ छे । जति मान्छेको गहिराइ बड्दै गयो त्यति बढि उ कालो र बुझीनसक्नु को हुन्छ ।उसँग कुरा गर्न रमाइलो लाग्छ । कुरै कुराको सिलसिला मा एक दिन मैले उसलाइ प्रश्न गरेँ ।
“तिमीले कहिल्यै आत्माको आवाज सुनेकी छ्यौ?” Continue reading
~कात्यायन~
– बबुरा सुगाहरू आफ्नो रमणीयता भुल्दै चाराको खोजीमा भौंतारिंदै सपनाको कोमामा पुग्छन् र स्वर्णिम पिंजडालाई स्वर्गानुभुतिमा परिणत गर्न विवश छन् |
– कहिले मीठो दूध-भातको आशामा पखेटो खियाउंछन् त कहिले पीरो खोर्सानीकोलागि ठुंडोलाई बुच्चो बनाउँछन् |
– कहिले कण्ठस्थ पाठ बुझाउंदैमा घोक्रो सुकाउँछन् त कहिले निस्लाम प्यासले बेहोस बन्न पुग्छन् | Continue reading
~Himanshu Nibha Kunwar~
Leaf helps the tree by giving food
Thousands and thousands of leaves make
One tree grow Continue reading
~राजव~
चन्द्रादेवीलाई अमेरिका रमाइलो र आनन्दको लाग्न थालिसकेको छ । सात वर्षगाडि कसैको कृपाले उनी एक महिनामात्र बसेर घुम्ने गरी अमेरिका आएकी थिइन् तर अहिले सात वर्षबितिसक्दा पनि चन्द्रादेवीलाई नेपाल फर्कौँजस्तो भएको छैन । चन्द्रादेवी साधारण मध्यमवर्गीय परिवारकी घरेलु नेपाली महिला हुन् । उनका तीन छोराछोरी र चार नातिनातिना छन् । उनका पति सेवानिवृत्त सरकारी सुब्बा हुन् । उनी लगभग साठी वर्षी भइसकेकी छिन् । उनी चौध वर्षी हुँदा एक्काइस वर्षो रुद्रप्रसादसँग उनको बिहे भएको थियो । रुद्रप्रसादकी पत्नी भएर बस्न थालेपछि उनले छोराछोरी पाउने, तिनलाई हर्ुकाउने, भान्छाको काम हर्ेर्ने आदि काम गर्ने घरबन्दी महिलाकै रूपमा चार दसक बिताइन् । त्यसपछि अमेरिका आएकी उनी नेपाल फर्किएकी छैनन् ।
अचेल यताकाले “तपाईं नेपाल कहिले फर्किने दिदी” भनेर सोध्यो भने उनको सिङ्गै टाउको रिसले झन्न् गर्छ र त्यस्तालाई उनी “के म त्यरो मानु खाएर बसेको छु र -” भन्दै उल्टै झपार्छिन् । Continue reading
~कुन्दन काफ्ले~
हे कूल रक्षक परोपकारी, पिता तिमी हौ सबका मदारी ।
तिमी हौ ज्ञान विज्ञान तिमी नै, तिमी हौ मान–महान तिमी नै ।
तिमी हौ सूर तान तिमी नै, तिमी हौ नुर नाम तिमी नैै ।
तिम्रो महिमा अपरम्पार, गर्छौ दिन दुखीःको उद्धार ।
तिमीमा भक्ति शक्ति पनि छ , तिमी नै भव सागरको सार । Continue reading
~कृष्णराज खनाल~
केही दिनेदेखि म अलि गलेको थिएँ । मलाई विसञ्चो भइरहेको थियो । अचानक म मरेँ । म त्यो दिन सम्झन्छु-२०६५ साल पुस २१ गते सोमवार थियो । मैले अन्तिम स्वास प्रवाह गर्दा, यो संसर छाडद्ा ठ्याक्कै त याद भएन, त्यस्तै तीन बजेको हुँदो हो । पारिलो घाम ताप्दाताप्दै मलाई एक्कासी हिक्क हिक्क भयो, अलिकित बान्ता गरेँ, नाकबाट अलिअलि रगत पनि बग्यो र म खुतुक्के परेँ छोराहरू कोही घरमा थिएनन् । छोराहरूको काखमा मर्ने धोको थियो तर त्यसो हुन नसके पनि श्रीमतीको काखमा मेरो प्राणान्त भयो । मैले यो नश्वर जीवन छाडेँ ।
अनि मेरी श्रीमतीले तत्काल हार गुहार गरिन् । गाउँलेहरू दौडँदै आए । चिसो भइसकेको मेरो शरीरलाई उनीहरूले हत् न पत् तुलसीमठमा लगे र मलाई लमतन्न सुताए र सेतो कपडाले मेरो जीउ छोपिदिए अनि काठमाडाँंमा रहेका छोराहरूलाई मोवाइलबाट खबर गरे र उनीहरू ढिलो गरी मेरो मृत शरीर हेर्न पुगे । Continue reading
~रामेश्वर राउत ‘मातृदास’~
आउँछ निश्चित न्यायपूर्ण समयको पालो
माफियाको योजना यी रातभन्दा कालो
नहौँ कोही नेपाली हो अन्यायीको टालो
च्यात्नैपर्छ आज सारा तस्करको जालो ।
ज्युँदो लासमै नबसौँ कोही न्युरी हुतिहारा
फैलने छन् नत्र सारा किच्चक देशमारा
अजम्बरी उन्नत वाणी हुन्न फोस्रो नारा Continue reading