गजल : रात सम्झें

~सूर्य चापागाईं~

तारा खसेको रात सम्झें
माया बसेको बात सम्झें ।

धेरै भएछ नछामेको
सुकोमल तिम्रा हात सम्झें ।

भइएछ धेरै, धेरै टाढा
नछुट्ने तिम्रो साथ सम्झें ।

उठाएँ प्याला बुझेन मन
अधरको तिम्रो मात सम्झें ।

तारा खसेको रात सम्झें
माया बसेको बात सम्झें ।

– धनकुटा, हाल : काठमाडौं

(स्रोत : काव्यकुञ्ज डट कम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.