Tag Archives: गणेश खड्का – Ganesh Khadka

कविता : मेरो माटो मिच्यौ भने

~गणेश खड्का~ भक्तिको लौह गर्दनको कसम ! आधा होसमा र आधा बेहोसमा हुँदै होइन पुरै होसमा चौतर्फी सोचविचारका साथ दुधको दुध,पानीको पानी बक्दैछु – मेरो एक इन्च माटो मिच्यौ भने म तिमीहरुको दुई इन्च गर्दन छिनाइदिनेछु मैले टिस्टा नदी उकालो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

स्रष्टा परिचय : नेपाली रङ्गमन्चको एउटा अथक योद्दा : हरिबहादुर थापा

~गणेश खड्का~ ” आजभोलि दुख्दैन गोडा मैनाकाँडो टेकेपनि रुन्छ मन चिरिन्छ छाती जोडी ढुकुर देखेपनि l “ राष्ट्रकवि माधवप्रसाद घिमिरेकृत बहुचर्चित गीतीनाटक ‘मालती मङ्गले’ मा समाविष्ट यो लोकप्रिय गीत सुन्दा त्यो जमानाको झझल्को आउँछ, जतिबेला नेपाली रङ्गमन्चमा उक्त नाटकको एकछत्र … Continue reading →

Posted in स्रष्टा परिचय | Tagged , | Leave a comment

कविता : अविजित प्रदेशका अविजेय योद्दाहरु

~गणेश खड्का~ अग्घोर मानवेतर मान्छे जस्ता आकृतिहरु युद्दोन्मादमा आकाशको फैलावट र धर्तिको विशालता सिमातिक्रमण गरेर मझेरीलाई ‘प्रदेश’ र आँगनलाई ‘परदेश’ को खण्डित भागबण्डा लगाउँछन् र ईप्सित एकलकाटे इमारत प्राप्तार्थ ओठ निचोर्दा दुध आउने भुराभुरिलाई रक्षा कवच बनाएर निहित स्वार्थको अडबाङ्गे … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : निद्रा नलागेको रात

~गणेश खड्का~ सुतेपछि राति निदाउन भनेर निद्रा नै लागेन भने पो फसाद पर्दो हो कसै-कसैलाई त्यो रातको मुख्य काम पनि त भएन निद्रै नलागेपछि निद्रा नलागेको रात – रङ्ग-रङ्ग प्रवृत्तिका मान्छेहरु के गर्दा हुन् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : माकुरो र माकुराहरु………..

~गणेश खड्का~ उहिले……………..नै धे………….रै पहिला जुगौं……………अघी यहाँ, भव्य जाल फिंजाएर बसेको ठू ……..लो माकुरो थिएछ बडेमानको – भिमकाय पित्तलभूँडे माकुरो , मैले देखिन, मैले भोगिन भेटें त ईतिहासका पानाहरुमा देखें त टुँडिखेलकुनाका शालिकहरुमा

Posted in कविता | Tagged | Leave a comment

कविता : कमिलाको बाटो

~गणेश खड्का~ कहिले मेरो घरमुनिको बाटो तिमी हिँड्यौ हिँड्यौ कहिले फेरि मेरो घरमाथिको बाटो म पनि हिडेकै हुँ बाटो त तिम्रो घरमाथि–मुनिकै कहिले दिएँ घरको पेटी, बलेसी, आँगन र करेसा दिएकै थियौ तिमीले पनि अलिकति घुर्यानको छेउ बाटो चाहिएको थियो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नाटक : आऊ हामी सँगै हिंडौ !

~गणेश खड्का~ पात्रहरु : १) बौद्द भिक्षु २) युवक ( प्रभाकर ) ३) युवती ( अनामिका ) ४) युवक २ ५) बृद्द ६) पत्रीका व्यापारी ( दृष्‍य – १ )

Posted in नाटक | Tagged , | Leave a comment

कविता : यक्षप्रश्न

~गणेश खड्का~ युद्द आहात बस्तीको साक्षात् प्रतिनिधि जीविकाको खोजीमा निरिह मुग्लानिएको कर्म योद्दा एउटा यक्षप्रश्न सोधी पठाउँछ घर भँडुवाहरुको नाममा खबरदार ! शान्तिको गीत गाउँदै धर्ती बोक्न चाहने कयौं भयग्रस्त निर्दोष अनुहारहरुको कोहिनूर युद्दोभिमानका क्षेप्यास्त्रहरुले नछेडिऊन् l … सावधान !

Posted in कविता | Tagged | Leave a comment

कविता : हेल्लो न्यू इयर ! हाई न्यू इयर !

~गणेश खड्का~ कलरफूल लाइटहरुको चमकता सर्वाङ्ग पोतेर नवीन आभूषणसँगै रमाएका सकल वयहरु मसक्क मस्किन्छन्, लचक्क लच्किन्छन् र, फैलिन्छन् सर्वत्र अर्धनग्न बन्दै नूतन मनहरुको कामुक रौनकता निमेष-निमेषमा उघ्रंदै फेरी हावामा फिँजिंदै स्वच्छन्द उड्न आतुर प्रत्येक स्याम्पियनका मादक फिँजहरु सेता-सेता वक्षस्थल नुहाउँदै … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ नेपालको व्यङ्ग्यचित्र

~गणेश खड्का~ साइँली बज्यै ! नातीको फोटो हेरेर किन रुन्छ्यौ बेकार, सतीले सरापेको देशमा अब फेरी तिम्रो श्राप…! चुपो लाग, यहाँ बोल्नु हुँदैन अपहरित तिम्रो नाती कहिल्यै फर्केर आउँदैन यो नयाँ नेपाल हो l … ठुलीकान्छी भाउजू ! छोराको लुगा … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नाटक : जागित्राहरु

~गणेश खड्का~ स्थान :  ( एउटा बिशाल भवनको भव्य कोठा l तर जिर्ण, भित्ताहरु चर्किएका l ) समय : ( मध्यरातको आसपास ) दृश्य / वातावरण : ( नेपथ्यमा रात्री किटपतङ्ग कराएको आवाज सँगै मंचको पर्दा उघ्रिन्छ l अँध्यारो मंचको … Continue reading →

Posted in नाटक | Tagged , | Leave a comment

कविता : झरी पर्दा सम्झिन्छु……

~गणेश खड्का~ अचेल झरी पर्दा- थुप्रै-थुप्रै पुराना झरीहरु सम्झिन्छु म जुन झरीहरुले मलाई झरीसँग प्रेम गर्न सिकाए, झरी पर्दा सम्झिन्छु मेरो बालापन अभिभावकको आँखा छली-छली झरीमा रुझी खेलेको र, चिसोले हनहनी ज्वरो आउँदासमेत झरी परेको आँगनमा उफ्रेको झरीमा रुझ्दा ज्वरो … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : संबिधान लेख्नुपर्छ देशवासी

~गणेश खड्का~ अब आँफै संबिधान लेख्नुपर्छ देशवासी सबै मिली व्यवधान छेक्नुपर्छ देशवासी । धेरै आए लोभिपापी,व्यभिचारी थरिथरी हामीले नै समाधान टेक्नुपर्छ देशवासी ।

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो माटो मिच्यौ भने…

~गणेश खड्का~ भक्तीको लौह गर्दनको कसम आधा होशमा र आधा बेहोशमा हुँदै होइन पुरै होशमा चौतर्फी सोचविचारका साथ दुधको दुध,पानीको पानी बक्दैछु- मेरो एक इन्च माटो मिच्यौ भने म तिमीहरुको दुई इन्च गर्दन छिनाईदिनेछु मैले टिस्टा नदी उकालो फर्काउन बाँकी … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : तारा चम्किला

~गणेश खड्का~ मोतीराम गजलका तारा चम्किला उनैबाट भए अरु सारा चम्किला गीत,गजल,कविता,नाटक पनि लेख्थे अरुलाई नि सिकाउने पारा चम्किला

Posted in गजल | Tagged | Leave a comment

कविता : एउटा असहज यात्रा तिम्रो र मेरो

~गणेश खड्का~ दुर्गम गलछेंडाहरुको सकसपूर्ण चेपबाट दूरस्पर्शित – सुवाशीत अफ्ठ्यारो ठाउँमा फूलेकी भिर फूल तिमी मेरो अनकन्टार गनतब्यहिन यात्राको कष्टकर पदचापहरुमा टाढैबाट तिम्रो चाहनाका एक बथान रहरहरु-खुशीहरु सुकोमल पाइला मिलाउने अभिलाषा जाहेर गर्दैछन् एक छाती हार्दिकताको मन बोकेर यतै आऊ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छेहरुबीच मान्छेको खोजी

~गणेश खड्का~ सृस्टिको उषाकालमा रामापिथेकस बाराजुले छोडेको घुर्मैलो सभ्यताको धराप लिस्नो टेकेर तङ्ग्रिदै-लत्रिंदै, देखिदै बिलाउदै गरेका स्वनामधन्य जन्तुहरुको सक्कली बिमोचनमा मेरो स्वकिय अनुसन्धाता मन आफ्नै समूहका अस्पष्ट अस्थिपन्जरहरुबिच कुरुप सभ्यताको खास्टोभित्र स्याउँस्याउँती मान्छेहरुको थाकबाट एउटा असल मान्छेको न्वारन गर्न चाहन्छ … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : यसपालीको दशैं र दिवंगत खुशीहरु

~गणेश खड्का~ मनले रहरभरी अँगालेका र सपनाभरी सँगालेका खुशीका दस्तावेजहरु च्यापेर एक मुट्ठी ‘दशैं’ सुख भोग्नका निम्ती जीवनहरु एक साल मरिहत्ते गर्छन् । दशैं,वर्ष दिनपछी एकफेर छेउमै आउँछ र भोका पेटहरुलाई हाउँगुजी देखाएर भाग्छ एक पसार ‘दशैं’ खुशी हाँस्नका खातिर … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : The Pursuit of man amongst men

~Ganesh Khadka ~ Translated By : Pancha Vismrit Stepping on the fragile ladder of indistinct civilization Left by forefather Ramapithecus In the early days of the world Rising and falling, appearing and disappearing The famous animals and in their animal-presence … Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : भङ्जाहा भुइँचालो

~गणेश खड्का~ यो कुन कम्पनशास्त्र हो, सम्झी-सम्झी,झम्टी-झम्टी काँप्नु पर्ने…? धामी,झाँक्री र बिजुवाहरु रातभरी काँप्छन् र भुत-प्रेत भगाएर,सियाशिकारी मन्छाएर मत्थर हुन्छन् अनि जान्छन् आफ्नो बाटो लिएर आफ्नै कामकाजमा भोलिपल्ट बिहानै तर यो,… एउटा भयङ्कर सन्त्रास र अज्ञात भय बर्षाएर काँपिरहन्छ पीडा-वेदनाले … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : धतुरेहरु र मेरो स्वकीय अडान

~गणेश खड्का~ मेरो समाजका सबै खाले स्वघोषित वरिष्ठहरु र मेरो दैलो-जस्केलो वरिपरी रोप्तै नरोपी उम्रेको उम्रेयै गरेर हैरान पार्ने धतुराहरु उस्तै-उस्तै लाग्न थालेकोछ मलाई अचेल धतुरे अस्तित्वहरु हुर्के भने तुलसी पवित्रता जिङ्लाउँदोरहेछ करेसामा मनहरु सकरात्मक मौलाएको जाती मान्छु म नकरात्मक … Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जबर्जस्त साझा नियती

~गणेश खड्का~ माझीको घरमा माछाको कोशेली बोकेर भि. भि. आई. पी. आतिथ्यको अपेक्षामा ग्वारग्वारती लश्किने लवस्तराहरु हास्यास्पद ! भट्टिमा रक्सीको सगुन भित्र्याएर रिपिटेड मोस्ट ईम्पोर्टेन्ट गेस्ट को दर्जामा बेशरम ओईरिरहने गतिछाडाहरु लज्जास्पद !

Posted in कविता | Tagged | Leave a comment

गीत : तिमी पुग्यौ धेरै टाढा

~गणेश खड्का~ तिमी पुग्यौ धेरै टाढा हिंड्नेलाई बाटो रै’छ छोडि गयौ सबै आफ्ना बस्नेलाई माटो रै’छ । ~~~~~~~~~~~~~~~~~~~~~~ तिम्रो भाग्य तिम्रो कर्म शिखरमा चढ्नु पर्ने सूनको दैलो खुलेपछी भित्र अघी बढ्नु पर्ने तिमीसँग नजिक हुनु जून छुनुको साटो रै’छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : खडेरी लागेको मन र असार

~गणेश खड्का “प्रतिक्षा”~ हरियो भन्नु सालको पात पहेंलो बेसार यता नि पानी उता नि पानी लागेछ असार । पानीलाई पर्‍यो लै रिमिझिमी रुझ्यौ कि रुझिनौ आँखाको चालले बोलाएँ मैले बुझ्यौ कि बुझिनौ । प्रिय सखा डल्ली, असारको यो झम्के झरी … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment