कविता : म नेपाली हुँ

~भिमसेन थापा मगर~

म जात हैन
म धर्म हैन
म लिङ्ग हैन
म खास हुँ
म हिमाल हुँ
म पहाड हुँ
म मधेश हुँ
म देश हुँ ।

म ब्राहमण हैन
म क्षेत्री हैन
म वैश हैन
म शुद्र हैन
म खास हुँ
म समाज हुँ
म सस्कृति हुँ
म संकार हुँ
म नेपालीपन हुँ ।

म वेद हैन
म त्रिपिटक हैन
म मुन्धुम हैन
म कुरान हैन
म खास हुँ
म सभ्यता हुँ
म बिज्ञान हुँ
म मानवता हुँ
म नेपाली हुँ ।
र,
र मैले
मः नेपाली
मेरो देशः नेपाल,
मेरो जातः नेपाली,
मेरो धर्मः नेपाली भनेँ, भने ?
सगरमाथा तिमि अलिकति झुकिदिन्छेउ ??

– भोजपुर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.