छन्द कविता : विभेद

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द : शिखरिणी

कतै डाँडाकाँडा असहज भिराला र पहरा
कतै आँधी-बाढी क्षति-विलयका त्रास, नखरा
कुनै शोभादायी कुसुम र कतै तिक्त रजनी
अनेकौँ दर्जाका विविधमय छन् मानिस पनि ।।

मुठी कस्तैकस्तै स्वजनतिर हान्छन् कतिपय
छुरा धस्तैधस्तै थकित पद तान्छन् कतिपय
बसेका छन् कोही अमिरसरि अग्ला महलमा
खिएका छन् कोही जिनिससरि बिक्दै पसलमा ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

छोक : ललिपप चटाई

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

१
पृथक बिचार, सोंच अनुहार पृथक ।
तिनका शुत्राधार कथीत बिस्तारवाद ।
सबैलाई बाहुमा समेटी काखैमाराखी ।
भत्काय दुर्ग एकिकृत नेपाली समाज । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : तरङ्ग

~राजुराम मुनंकर्मी~

देशमा लोकतन्त्र आईसकेपछि पहिले नै निर्माण भईरहेको एउटा विशाल तलाउलाई पुननिर्माण गर्नुपर्ने सवैको ठम्याई रह्यो । लोकतन्त्र आउनु अघि सो तलाउमा दमन र निरड्ढुशताका तर ङ्गहरु मात्रै उग्ररुप लिंदै तरङगित भईरहे । त्यसका सामु अन्य तरङ्ग हरुले शिर उठाउनै सकेनन् ।

तलाउ पुनर्निर्माणको कार्य दुतगतिले सम्पन्न हुदै गए । स्वभाविकरुपले त्यसमा थरिथरि Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : ‘बन्द मन्त्रालय’ खोल्ने कि ?

~राजकुमार रेग्मी~

 एकजना सनकी मानिस आफ्नो अजंगको कुकुर लिएर बाटोको बीचमा बसिरहेको थियो। एकजना वटुवाले डराउँदै सोधेछ, ‘तपाईको यो कुकुरले टोक्ने त होइन?’ त्यो मानिसले कुकुर च्याप्प समातेछ, मुख तन्काएर हेर्दै भनेछ, ‘यसको मुखमा दाँत छ, कुकुर मेरो हो तर दाँत मेरो होइन। टोक्छ कि टोक्दैन यसैलाई सोध्नु नि !’

साँच्चै, आफ्नो दाँतको पो जिम्मा लिन सकिन्छ, कुकुरको दाँतको जिम्मेवारी कसरी लिनु, होइन त? यस्तैयस्तै खाले कृत्य मोरङमा भएको छ। मोरङमा प्रमुख राज Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

पुस्तक अंश : लोग्नेका नाममा कलंक

~रामकुमार एलन~

स्याउलीबाङ गाविसका दुःखसँग मकवानपुर जोडिएको छ । अधिकांश तामाङ जातिको बाहुल्य भएकाले गरिबी, दुःख, अभावमा उनीहरू नै पिल्सिएका छन् । त्यसमाथि चेपाङ, मगरहरू पनि छन् । विकट र दुर्गमले सिङ्गो जिल्ला पिसिएको छ । शिक्षा केही हुनेखानेको पहँुचमा छ । सुविधा उनीहरूकै काबुमा । गाउँका स्कुल र तिनका मास्टर तिनकै पहुँचमा । स्वास्थ्यचौकी र औषधि पनि । हुलाक उनीहरूकै । गाउँमा पुगेको देखिने विकास यही हो । बाटोका अध्यक्ष र चामल बाँड्ने भान्छे उनीहरूकै । कुनै तालिम, सुविधा आए मान्छे उनीहरूकै । त्यसैले गाउँका निम्छराका दिन फेर्न सकिएको छैन । थुप्रै गाविसमा यही समस्या छ । समस्या देखाएर डलर पचाउनेहरू पनि छन् ।

वेश्यालयको कोठरीबाट फर्किएपछि पार्वतीका दिनहरू झन् दुःखमा परे । अहिले सहकारीको कुरा गर्नुअघिका उनका काला दिनहरू मकवानपुरकै प्रतिनिधि नियति हो । यही नियतिका सिकार छन् अझै सयौँ Continue reading →

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

गजल : छातिभरि दुख्छ देश

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

मुस्कान छर्न खोजे पनि छातिभरि दुख्छ देश,
सुसाउँदा नि सूल बनी छातिभरि दुख्छ देश ।

हँसाउने खोज्नुपर्छ, रुवाउने जताततै,
सताउने हुँदा धनी छातिभरि दुख्छ देश । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : तिम्रो पछ्यौरी

~विपिन किरण~

तिम्रो पछ्यौरी उडायो हावाले मैले छुन सकिन
त्यै हावा जस्तै बैमानी पनि म त हुन सकिन

लजाऊ तिमी भुतुक्कै, म हेर्छु तिम्रो लाज
लज्जावती फूल पो हौ कि, छोएर हेर्छु आज Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : छोरी निहारिकासँग

~चक्रब्यूह क्षेत्री सुवेदी~

छोरी †
देश कहिलेकाँही शिशाको घरजस्तो हुँदोरहेछ
जसले ढुंगा हाने पनि चर्किने
देशको शिरमाथि
एउटा लाटोकोसेरोजस्तो लाटो अँध्यारो
जहिले पनि घोप्टिरहने ।

निहारिका †
देश बनाउन
पहिले मन बनाउनुपर्छ
राष्ट् बाँच्न Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : स्वतन्त्रताको साइपाटा

~राधेश्याम लेकाली~

होशियार !
दमन र प्रतिबन्धहरु
स्वतन्त्रताको
साइपाटा निस्कँदै छ अब

एउटा जुलुसले
हिड्न पाउनुपर्छ
एउटा जुलुसले
नारा लगाउन पाउनुपर्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मानिस

~सरण राई~

आदर्शको आकाशमुनि
आफ्नै आफ्नै आस्था र विश्वासको धरातलमा
बिभिन्न स्वार्थका छाताहरू ओढेर
मानिस अथाह मानिसको भेलमा बगिरहेको छ
मानिस अथाह मानिसको मेलामा हराईरहेको छ
रेशमको किराझैँ
मानिस आफ्नै स्वार्थको कोकिनमा कैदी भएको छ |

आदर्श र यथार्थको दुई समानान्तर रेखाहरु बीच Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटोमा एउटी स्त्री

~ज्योति जंगल~

अघिअघि
कोरेकी हुँदी हो त्यसले कपाल
या गाजलले
आँखै छोपेर
मुस्काउँथी होली ऐनासँग

तमाम सुन्दरीका जस्तै
नछोपिएका स्तनहरु छन्
वर्षौं ननुहाएको
उसको गन्धले
यो कविता सजाउनु छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ आगो

~हरिहर तिमिल्सिना~

झोसेर आगो आफ्नै पुच्छरमा
जलाइरहेको छु आफ्नै लङ्का
मलाई मान्छे बनाउने पुर्खाहरू
माफ गर–
म पनि आज बाँदर भएको छु !

यो राज्यको टाउको
खाल्डोबाट कहिल्यै माथि उठेन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हामि कस्ता पागलको पालि परेका छौँ !

~शैलेन्द्र कुमार थापा~

बाँचे देख्न पाइन्छ, आज यो साकार हुदै छ
आफु बसेको परिवेस देख्दा मन धर-धरि रुदै छ
हिजो परिवर्तनको पाठ पढ्दा वा पढाउदा
मुलुक र जनतालाई सर्बोपरि राखिन्थ्यो
सामन्तवाद र त्यस्का नाइकेहरुको
सत्यानास हुनु पर्ने कुरा भाकिन्थ्यो
सामाजीक विकृति विसंगति अनि
शोषण, दमन, उत्पिडनको कारक तत्व Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जिन्दगी नै समर्पण

~मोहनशरण देवाचार्य~

निश्वार्थ मनमा मेरो , राष्ट्र नै थियो जीवन।
हे बत्सल्यमयी आमा, जिन्दगी छ समर्पण ।।१।।

नेपाली कन अर्काले , उपेक्षा नगरिकन ।
सम्मान पाउँने काम, गरौ नेपाली भै कन ।।२।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा र अस्पताल

~शुषमा मानन्धर~

क्याबिन बाहिरको कोलाहलपूर्ण कोरीडोर थाकेपछि
अलिकति झप्की लाग्न पाएको हुन्न
काखीमुनि थर्मामीटर घुसाउँदै
ऊ झस्काउँछे
“आमा, ज्वरो नाप्नु प¥यो ।”
मध्यरातमा बल्लबल्ल लाग्न थालेको
पातलो निँद्रा पनि
अस्पतालकोएडजस्टेबल बेडबाट
छताछुल्ल पोखिन्छ,
पर परसम्म ।
सोहोर्दै थोपाथोपा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : म र तिमी

~भानु दुलाल~

म समयबाट डढेको ठूटो मान्छे
म चट्टानबाट चोइटिएको दर्शनढुंगा
म सयपत्रीको झ्याँगबाट अलग्गिएको क्यातुक्के फूल
म चामलभित्रको अमिल्दो धानको बिया
म बाटाभरि पोखिएको तोरी, कोदो, गहु, मकैको दाना ।

म भाचिएको पूलको मक्किएको फलेक
म भुत्ते कोदालीको फुटेको बिड
म घुर्मैलो, मैलो, फाटेको आकाश Continue reading →

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : राजा ज्ञानेन्द्रसँगको भेट

~एल एन सुवेदी ‘हस्ती’~

मैले ज्ञानेन्द्र शाह राजा हुँदा दुई पटक भेट्ने मौका पाएँ । एक पटक बेलायतबाट आफ्नो उपचार गरी नेपाल फर्कने क्रममा दुबईमा ट्रान्जिट हुदै आएका थिए । दुबईको डेरा स्थित इन्टर कन्टिनेन्टलको होटलको सातौँ तलामा बसेका रहेछन् । नेपाली समाज यूएईका तात्कालिक सभापति चन्द्रप्रसाद सापकोटाले एउटा बिन्ती-पत्र राजाको हातमा चढाएर नेपालीहरूको समस्याको बारेमा जानकारी गराउने भन्दै बिन्ती-पत्र तयार गर्न भन्नुभयो । मैले कागजमा जानी नजानी खेश्रा तयार गरें । वीच वीच प्रसंग मिलाउँदै सरकार ! सरकार ! भन्ने शब्द पनि हालें । जे पी सापकोटाले त्यसलाई शुद्धाशुद्धि गर्दै टाइप गरे । दुई जनाले बिन्ती-पत्रको स्वरुप तयार गर्यौ । राजालाई भेट्न जानेमा केही समाजका गन्यमान्य मानिसहरूको उपस्थिति थियो । त्यति बेला यूएईमा दूताबास थिएन । साउदी अरबले सबै कूटनीतिक सेवाहरू हेर्ने गर्थ्यो । साउदी अरबका कार्यबाहक राजदूत रमेश खनाल आउनु भएको थियो । Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : तिम्रो सम्झनामा

~लक्ष्मी केसी~

हसेरै बिदा गर्छु भन्थे तिमीलाई
तर मुस्कान कतै डेरा सर्यो ||
रोक्छु भन्थे यी मनभित्र मडारिएका बादललाई
तर आशु बनी बर्सिदियो ||

हुन त थियो बिछोड मात्र दुइदिनको
तर जन्मौजन्मको जस्तो भान भयो || Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : यो कथाको अन्त्य छैन !

~रजित ओझा~Rajit Ojha

फेरि मेरो ढाडले दुख दिन थालेको छ । मैले मेरि सुधालाई सुनाउन सक्दिन मेरो ढाड दुखाइको बारेमा । किन आइमाई मान्छे साना साना कुराहरुलाई ठुलो इस्यु बनाउँछन् खोई ! उसलाई नभनेकै ठिक छ मलाई रोग भन्दा उसको चाकर देखी डर लाग्छ ।

दुध दुहुँदा दुहुँदै कहिले काहिँ बाल्टी नै हुइँक्याइदिउँ जस्तो लाग्छ ।त्यति नै खेर हो ढाड दुख्ने ज्यादा !

“आ गाई बेचीदिउँ !” मैले भान्छा मा चियाको लागि पानी तताउँदै गरेकी सुधालाई हेर्दै प्रस्ताव राखेँ ।उसले मेरो हातबाट बाल्टिन लिने बेलामा पुलुक्क हेरी ।

“तँपाइले नभने पनि मलाइ थाहा छ ,मैले त अस्ति बेचौँ भनेको ! आखिर के कमी छ र अब ? ” उसले मैले नबोलिकननै मेरो ढाडको रोग पत्ता लगाई । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिहान हुनु अघि

~कुमार काफ्ले~kumar-kafle

आफूले हृदयदेखि नै मन पराएको युवकसँग बिहे गर्न पाउने थोरै भाग्यमानीमध्ये पर्थिन् शारदा।हुन पनि उनको रोजाईमा परेको सागर खाईलाग्दो,लोभलाग्दो,मिजासिलो र उनको हरेक भावना बुझ्ने खालको थियो।दुवैजना शिक्षित थिए।एकअर्कालाई पाएकामा दुवै खुशीले आल्हादित हुदैं भावी जीवनका मीठामीठा सपना बुन्थें,रमाउँथें र त्यसैमा हराउँथें।शारदा सागरमै विलीन हुन खोज्थिन् भने सागर पनि शारदाम‌ै आफ्नो सार्थकता खोज्थ्यो।

रमाइलोसँग समय बित्दै गयो।योजना मुताविक उनीहरू पहिलो सन्तानलाई जन्म दिने तयारीमा थिए। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : रित्तो बस‍

~कमल कुमार~kamal-kumar

बस छुटिसकेको बसपार्कमा
मलाई लिएर जाने बस
फेरि फर्केर आए जस्तो
नसोचेको आयौ तिमी

एक बस
खचाखच सम्झना बिउँताइदियौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : प्लास्टरको पीडा

~निर्मोही व्यास~Nirmohi Vyas

तन ठीक नभए मन पनि ठीक हुँदो रहेनछ र मन ठीक नभए तन पनि ठीक हुँदो रहेनछ, अनि तन र मन दुबै ठीक नभएपछि त झन् अरू केही पनि ठ्याम्मै ठीक हुँदोरहेनछ । अहिले आजका मितिमा म त्यही दशा भोगिरहेको छु । साँच्चै शारीरिक दुर्दशाले उब्जाएको मानसिक दुर्दशा अनि यी दुबै दुर्दशाले संयुक्तरूपमा जन्माएका यावत दुर्दशै दुर्दशा तर जे-जस्तो र जतिसुकै दुर्दशा आइलागे पनि जीवन त आखिर बाँच्नै पर्दोरहेछ, रोएर होस्, हाँसेर होस् वा रुञ्चेहाँसो नै हाँसेर किन नहोस् । मन त भुलाउनै पर्दोरहेछ बाँच्नलाई, चाहे जतिसुकै रेक्टर स्केलको भुइँचालोलाई छातीभित्र दबाएर भए पनि र जतिसुकै विकराल ज्वालामुखीलाई मुटुभित्र पचाएर भए पनि । त्यसैले आज अहिले यतिबेला म त्यस्तै भुइँचालो र ज्वालामुखीलाई दबाउने-पचाउने सक्दो प्रयासमा लागेको छु, आफ्नो मनको सदाबहार साथी कलमलाई फकाएर ।

अँ, Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

गीत : कोइलीको स्वर चोरेको तिमीले

~बच्चु कैलाश~

कोइलीको स्वर चोरेको तिमीले
कसरी होला यो मेरो मुटु चोरेको तिमीले
यसरी होला सुनेर जाऊ न ।

बादलबाट चियाउँदछौ तिमी जुनेली बनी संगिनी बनी
आँखामा पनि आउँदछौ तिमी सपना बनी बिपना बनी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अलिकति फेरिनुस् मन्त्रीज्यू !

~सरल सहयात्री पौडेल~

म तिम्रो आमा हुँ,
म तिम्रो बाबा हुँ
गरिब र निशाहय
भाइ, दाइ, दिदी वा बहिनी हुँ
म तिम्रो वर्ग आफन्त हुँ ।
तिमीसँग मेरो ठुलो माग छैन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : भोक

~भीष्म उप्रेती~Bhishma Upreti_1

‘जीवन सधैँभरि सोझो बाटोबाट मात्र हिँड्दैन’- जीवनमा चालीसौँ वर्षसम्म हिँडेपछि ज्ञानको एउटा झिल्को झिलिक्क बलेको छ मभित्र । यस्ता झिल्काहरू सधैँ बलिरहुन् र जीवन जाज्ज्वल्य भइरहोस् भन्ने चाहन्छु सधैँ तर चाहनु र हुनु दुई अलगअलग कुराहरू हुन् । यदाकदा हुने यिनको मिलनबाट प्राप्त हुने आनन्द र सौन्दर्य मेरा बाँच्ने प्रेरणाहरू हुन्- भोक हुन् । भोक भएपछि मान्छे गतिशील हुन्छ । गतिशील भएपछि बाँचिन्छ । गतिशील भएपछि नै हिँडिन्छ, गइन्छ र कहिलेकाहीँ पुगिन्छ पनि तर गतिशीलताहरूको बीचमा ‘पुग्नु’को स्थायी अर्थ हुँदैन रहेछ । एउटा ‘पुग्नु’मा पुगेपछि फेरि अर्को पुग्नुपर्ने ठाउँ देखिँदो रहेछ र भोक जागिहाल्दो रहेछ । बेलुका खाएर सुतेपछि बिहान फेरि भोक लागेजस्तो ।

यसो सोच्छु आजभोलि- मान्छेलाई डोर्याउने भोकले रहेछ । मान्छेलाई नचाउने भोकले रहेछ । मान्छेलाई Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : प्रवेश निषिद्ध गोलार्धमा

~कृष्ण प्रधान~

जाँदै थियौँ,
जाँदाजाँदै नदीले छेक्यो ।
कुनै पुल थिएन,
बाढी आएको थियो
पर्खियौँ
कुर्दाकुर्दै पानी सुक्यो नदीको
पार गर्यौँ ।

त्यहाँपनि बस्न मन थिएन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : युद्धलाई रोक्न सकेका छैनौ

~उषा शेरचन~

चेतना शून्य समयका
-प्रत्येक आयामहरु
अहम्को खोल ओढेर
-स्वविवेक हराएर
छेपारो जस्तै रङ्ग बदलिरहेका छन्
आ-आफ्नै डम्फू बजाइरहेका छन्
आँखामा पट्टी बाँधेर अन्धोको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : अनुहार

~अशेष मल्ल~ashesh-malla

बिहान सबेरै
उठेर ऐना हेरेँ
चर्किएको थियो
थाहा भएन
मेरो अनुहार चर्किएको थियो
कि ऐना
किन चर्किन्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Poem : Nostalgia

~Eagam Khaling~

Oh yes!
Dear, you came,
I was supposed to meet you, the ‘She’
Just a moment ago ‘She’ was here
On the serene bank of this stream—
Singing ‘Her’ songs Continue reading →

Posted in Poem | Tagged | Leave a comment

संस्मरण : स्मृति एकालापमा कवि कटुवाल

~अविनाश श्रेष्ठ~

समय बित्दै छ, कटुवाल दाइ। आफ्नो सम्पूर्ण निर्ममता र निष्ठुरतासाथ समय बित्दो छ। समयको अर्को मुखुन्डो ‘काल’ हो। कालको औपचारकि मुखुन्डो भिरेको समयले तिमीलाई बिताएको ३४ वर्ष पुगिसकेछ। कति छिटोछिटो कुदेको यो मेरो काल ! कहाली लाग्छ। यसले कुनै दिन मिति पुर्‍याइदिनेछ, मेरो पनि। म पर्खेर सुन्ने कोसिस गर्दै छु, कालको पदचाप। चुपचाप। उपायविहीन, निस्तेज, निरस्त बन्नैपर्छ सबैले, महाकालको सम्मुखमा। त्यसो भन्दैमा बाँच्नेले बाँच्न छोड्न त कहाँ मिल्छ र ! कि कसो कटुवाल दाइ?

तिमीलाई सम्झना होला नि कटुवाल दाइ, तिमी बाँचिरहँदा नै बितेका थिए देवकोटा। बितेका थिए लेखनाथ, गोपालप्रसाद रमिाल। शंकर लामिछाने, भिक्षु र सम पनि त तिम्रै Continue reading →

Posted in संस्मरण | Tagged , | Leave a comment

कविता : नदीको माझमा

~अमर गिरी ~amar-giri

नदीको माझमा छु म
डगमगाइरहेछ डुङ्गा
उठिरहेछन् छालहरू
ती ठोकिन्छन्
ढुङ्गामा/किनारमा
भयभीत छु म
विस्मित छु म
सोच्छु—
किनारामा उभिएर हेर्नेलाई
कति अभूतपूर्व लाग्दो हो यो दृश्य ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : दुश्मन

~बिष्णु भण्डारी~

सिर्जना पुन सुबेदार निर्मल बोहोराको घरमा पुग्दा साँझ परिसकेको थियो । कार्यदलका सबैजना उपस्थित भइसकेका थिए । उसलाई म अलि ढिला भएँ कि भन्ने लाग्यो । उसले एकपल्ट सबैको अनुहार हेरी र लुसुक्क एकातिर बसी ।

पूरा पन्ध्र वर्ष भएछ, ऊ त्यो घरमा नआएको । हुन त यसबीचमा लामो समय ऊ बाहिरै बसी । दोस्रो संविधानसभाको चुनावपछि हो ऊ नियमित रूपमा गाउँ बसेको । निर्मल बोहोरा भने आर्मीबाट रिटायर्ड भएपछि गाउँ फर्कियो । यतै ठेक्कापट्टा र विकास निर्माणमा लाग्यो । पार्टी प्रतिनिधिको रूपमा काम गर्‍यो । दुवैजना विपरीत विचारका । परस्पर विरोधी । दुश्मन कित्ताका । आज भने समयले दुवै जनालाई एकै ठाममा ल्याएर उभ्याएको थियो Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment