~नारायण ढकाल~
एक
एकसमयसम्म ऊ र म अलग थिएनौं। हाम्रो नाम एउटै थियो। म शिवप्रकाश मैनाली र ऊ पनि शिवप्रकाश मैनाली। संसारले एउटा शिवप्रकाश मैनालीलाई मात्र जान्दथ्यो। खासमा ऊ थिएन तर म थिएँ। खासमा म थिइनँ तर ऊ थियो। ऊ शरीर थियो र म मन थिएँ। ऊ मन थियो र म शरीर थिएँ। ऊ र मबीच कुनै सिमाना थिएन।
एक दिन दुर्घटना भयो, ऊ मभित्रबाट निस्क्यो।
मेरो चालीसौं जन्म दिवसको बिहानको कुरा हो। आत्महत्या गर्न लागेको Continue reading