कविता : ताओ चिङ बगिराख/बगिराख

~बिमल गुरुङ~bimal-gurung

नदी हो
देखेको छु
छेउछाउका बगरहरुले रोक्न सकेको देखेको छैन
ताओ चिङ बगिराख … बगिराख ।

सूर्य हो
सूर्यको झुल्काईलाई कसैले छेक्न सकेको छैन
ताओ चिङ; उदाईराख … उदाईराख ।

आकाश हो
बादलहरुले छोप्न सकेको देखेको छैन
ताओ चिङ हाँसिराख हाँसिराख ।

ताओ चिङ बगिराख… बगिराख … बगिराख ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.