गीत : न ओईलिने फूल हो माया

~गायात्री थापा~

न अस्ताउने जून हो माया
पानी मूल हो माया …
कोहिलाई जित कोहीलाई हार
कोहिलाई आँशु कोहिलाई हाँसो
कोहिलाई भूल हो माया …

(किन शंका गर्छौ मेरो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : दिल सम्झाउने कसरी

~बच्चु कैलाश~

हाँस खेल गर्दा बसेछ दिल सम्झाउने कसरी
बेईमानी रैछौ नभन मलाई बिर्सनु कसरी

आँखाले दियो मुटुले थाम्यो कसैले देखेन
मायाको कुरा मायाले बुझ्यो अरुले बुझेन Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : लाटीको छोरो

~श्याम साह~Shyam Shah

यो सुन्दर बजारको कथा हो। जसको सौन्दर्यतासँगको सम्बन्ध ठिक उल्टो थियो। केहीकेही त्यसरी नै, जसरी जलस्रोतको सबैभन्दा धनी देश नेपालको सम्बन्ध यहाँको लोडसेडिङ र खानेपानीको हाहाकारसँग छ।

सुरुमा त्यो डोम जातिको बस्ती थियो। जहाँ तिनीहरुले सुङ्गुर पाल्ने, हाटबजार सफा गर्ने, बाँसका भकारी, ढाकी, नाङ्लो बनाउने काम गर्थे। तिनका बस्तीभरि सुङ्गुरका र बस्तीबाहिर मानिसका बिष्टा परैबाट गन्हाउँथे। जब महेन्द्र राजमार्गले त्यस ठाउँलाई आफ्नो बाटोमा पार्‍यो, वरपरका गाउँ पञ्चायतका ठूलाबडा मानिसहरुका आँखा त्यहाँ पर्न थाले। तिनीहरु मिलेर सल्लाहले नै डोमहरुलाई त्यहाँबाट सारे। आफ्ना मानिसहरुलाई ल्याएर बस्ती बसाले। तिनीहरुले त्यहाँ ईनार खने, मन्दिर बनाए, स्कुल खोले। शनिबार र Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीत : कहिलेकाहीँ अमिलो अमिलो हुन्छ

~उषा शेरचन~

त्यही मन कहिलेकाहीँ अमिलो अमिलो हुन्छ
त्यही मन कहिले फेरि गुलियो गुलियो हुन्छ

बुझ्नै सकिन्न मनका हजारौं हजार रङ्ग
भोग्नै सकिन्न मनका हजारौं हजार ढङ्ग Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गित : किन बग्छ नदी आफै

~प्रथा~

किन बग्छ नदी आफै, सङ्घर्षको गति हो कि
सागर भेट्ने लक्ष्य बोकी, जीबनयात्रा हिड्दै छ कि ?

समरको यो बाटो छेकी नछेकिँदो पो रहिछ
पानीको यो बेग रोकी नरोकिँदो पो रहिछ ।।
किन बग्छ नदी आफै…। Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : रातभरि रोएँ म त शीतभरि रोएँ

~सुमन पोखरेल~

रातभरि रोएँ म त, शीतभरि रोएँ
आँसु लुकाई परेलीमा गीतभरि रोएँ

एउटा काँडा रोपिएछ मनको मझेरीमा
त्यही काँडा बिझाउँछ सँधै अँधेरीमा Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : चेली बिदा माग्छिन्

~मञ्जुल~manjul

सुनैको काइँयो सुनैको थाक्रो, सुनौली मेरो केश
नरोए आमा, न्याउली बास्तै म काट्छु माइती देश

दाजुले भेटे मनको बह पोखेर रोइदिउँला
भाइले भेटे बर्बरी आँसु झारेर रोइदिउँला Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : मौनताले पोल्न थाल्यो मनमा

~मदनकृष्ण श्रेष्ठ~

पानी सुक्यो बागमत्तीमा आगो लाग्यो वनमा
यो मायाको मौनताले पोल्न थाल्यो मनमा

सधैंलाई सुक्ने हो कि यो खोलाको पानी
बगर झैं हुने हो कि मेरो जिन्दगानी Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्वदेश गान : पहाडमा जाडो बढे

~दिनेश अधिकारी~Dinesh Adhikari

पहाडमा जाडो बढे, तराईले सेक्नुपर्छ
आँधी आए तराईमा, पहाडले छेक्नुपर्छ
हैन भने देशभक्ति छैन हाम्रो छातीभित्र
माटोलाई चोट लाग्दा मुटुहरू रुनुपर्छ

बाँडीचुँडी खाऊँ भन्छ, फाटे मन सिऊँ भन्छ Continue reading →

Posted in नेपाली गीत | Tagged , | Leave a comment

गजल : बिहानी भो

~गोपाल अश्क~

रूपकै सोचमा बिहानी भो
रात बित्यो फगत कहानी भो ।

भावनाको सधैं गरेँ पूजा
भावनाकै कुरा खरानी भो । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

डोटेली गजल : चक्कु हाणे तेरीबालाई

~श्रीजन श्री~

सकन्छेइ त अझै चक्कु हाणे तेरीबालाई।
रोऊँ कि त हाँसू मुइलाई पाडे तेरीबालाई।

संगसङै तर्दौ भणि जिन्दगीकी नदी,
वीच घाटौनि लैझाइ मुइलाई छाडे तेरीबालाई। Continue reading →

Posted in डोट्याली गजल | Tagged | Leave a comment

भलाकुसारी : छन्दमा लेख्न रहर भएर मात्रै हुँदैन – रमेश खकुरेल

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

(कवि रमेश खकुरेल नेपाली छन्दवादी कविता लेखनको क्षेत्रमा सम्मानित नाम हो । अचेल छन्दमा कविता लेख्ने कविहरूको सङ्ख्या र उपस्थिति त्यतिविघ्न उत्साहप्रद देखिँदैन । ‘विश्व साहित्यमा सबै छन्द प्रयोग गरिएर कविता लेखिएको छैन, त्यस दृष्टिले हामी छन्दवादी कविता लेखनमा विश्वसामू फूर्ति गर्न सक्छौँ । छन्दमाथि यस्तो दृष्टिकोण राख्नुहुने कवि रमेश खकुरेलसँग मधुपर्कका लागि गोपीकृष्ण ढुङ्गानालेले गर्नुभएको अन्तरङ्ग कुराकानी ।)

१. छन्द कवितामा कसरी तानिनुभयो ? Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

गजल : लेखिएको निधार छैन

~पूर्ण बन्धन~

भाग्यमानी भएस् भनि लेखिएको निधार छैन ।।
अहंकारीलाई सन्तोष दिने फलेको आहार छैन ।।

टन्टलापूर घामले भन्दा चर्को महंगीले पोल्छ,
सूर्यलाई हत्केलाले छेक्न सक्ने अधिकार छैन ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : गोली हो

~लक्ष्मी प्रसाद देवकोटा~Laxmi_prasad_devkota_1

क.
गोली हो यो गोली हो,
काननेर गाउँछ सुइँय ! रणको बोली हो
आजको यो निम्ता भाइ !
बल्दो भोलि हो !

ख.
चण्डीको यो गिडगिडी, रुद्रको यो तान
ध्वनिले डाक्छ ध्वनिको ढेर, मुग्ध आज प्राण !
जीतहारको छ आज द्धन्द्ध नृत्य, द्धन्द्ध नृत्य, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेराे रङ

~शरद पाैडेल~

फूकाे रङ सुन्दर
कि मेराे परिश्रम ?
याे अाकाश विशाल
कि श्रमले चाैडा बनेकाे मेराे छाति ?

उचाई,
सेताे हिमाल हाे
कि स्वाभिमानले उठेकाे मेराे शीर ?
गहिराइ,
सागर हाे
कि हाे मेराे हृदयकाे सतह ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : चेतनाकीे ‘संवाहक’ राधा

~माधव घिमिरे ‘अटल’~

त्यसो त अहिले अनेक विधामा लेखिएका बग्रेल्ती कृतिहरु हरेक दिन नै विमोचन, लोकार्पण वा सार्वजनिकीकरण हुन्छन् र छ्याप्छ्याप्ती पाइन्छन्, साहित्यिक बजारमा । लेखकका नजरमा ती निकै राम्रा, जीवनोपयोगी र समसामयिक समाजका आरसी पनि देखिएलान्, सिन्डिकेट पत्रकारिताको नजरमा तिनको मूल्य सुस्वादु सपेटा र सोमरस मिश्रित पार्टीले निर्धारण गर्लान् वा निजी निकटता वा विकटताले भारी पृथक भूमिका निर्वाह गर्ला । परन्तु एउटा कृति कालजयी हुने वा नहुने भन्ने विषयको प्रमुख निर्धारक चाहिँ पुस्तक प्रयोगकर्ता वा सचेत एवं ‘कागले कान लगेको भन्दा कागको पछि नदगुर्ने’ पाठक नै हुन् । पाठकको सन्तुष्टि भनेकै पुस्तक बाँच्ने दर्बिलो एवं गर्विलो आधार हो ।

मूलतः यो कालखण्डमा युवा पाठकको ठूलो जमात गजल, मुक्तक र कविता विधातिर आकर्षित छ । अलिक Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : फलामे पर्खाल र एक ढिका

~राधा कार्की~

वर्षौं वर्षदेखि उभिएको
फलामे पर्खाल
विद्यमान थियो

जनमानसमा त्राही–त्राही मच्चाउँथ्यो
मान्छेका सपना र मुटुहरू लुछ्थ्यो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : एउटा बूढोको अधुरो गीत

~ध्रुव सापकोटा~Dhruba Sapkota

तिनीहरू स्टुडियोमा पुग्दा चित्रकार आफ्नो अधुरो चित्रमा काम गरिरहेको थियो । त्यस स्टुडियोमा ऊ एक्लै थियो । एकाग्र भएर लागिरहेको । चित्रकार एकल चित्रकला प्रदर्शनीको तयारीमा थियो । चित्रकार स्थापित भइसकेको थिएन । सङ्खर्षरत थियो । उत्साहित थियो । उसले यो बाटो अँध्यारो देखेको थिएन । सोचेको पनि थिएन ।

केही समयअघि तिनीहरू दुईदिने पैदल यात्रामा निस्केका थिए । त्यसमा यो चित्रकार पनि सामेल थियो । तिनीहरूले पुग्ने तय गरेको ठाउँ पहाडको चुचुरोको एउटा भग्नावशेष थियो । पहिलो दिन तिनीहरूले तय गरेको ठाउँमा पुग्नुअघि एउटा छाप्रोमा रोकिए । तय गरिएको ठाउँमा पुग्न असम्भव थिएन । हतार गर्नुपथ्र्यो । बल गर्नुपथ्र्यो । एउटा गीतले तिनीहरूलाई रोक्यो । गीतबाट तिनीहरू आकर्षित भए । गीत एउटा बूढो मान्छे Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

व्यङ्ग्य निबन्ध : राष्ट्रिय सहमति

~रुद्र खरेल~

मुलुक लुटिएको खबरले मेची महाकाली हल्लियो । यसले मेरो मथिंगलमा पनि आठ रेक्टरको भुँइचालो ल्यायो । पालेपिलो सरकारमा बस्नेहरु जम्माजम्मी दुई थरिका थिए । एकथरिले भाग्य, पुनर्जन्म र ईश्वरमा विश्वास गर्दथे भने अर्काथरिले चाहिँ यस जन्ममा मात्र विश्वास गर्दथे । मलाई लाग्यो यी दुवै थरिसँग किन संवाद नचलाऊँ ?
मैले सबैभन्दा पहिले ईश्वरवादी–पुनर्जन्मवादीसँग संवाद अघि बढाउने निधो गरेँ । यसका लागि मैले केही प्रश्नहरु बनाएँ । संवाद अघि बढ्यो । Continue reading →

Posted in निबन्ध, हास्य - व्यङ्ग्य | Tagged , | Leave a comment

कविता : मेरो देशका निर्माता

~विभूति भट्टराई~

संसारकै अग्लो सगरमाथाको देश !
शान्ति र ज्ञानका सर्वज्ञ बुद्धको देश !
सीता र भृकुटीले यश फैलाएको देश
राजा जनकले स्याहारेको देश !
जयस्थितिको थितिले बाँधिएको देश !
पृथ्वी तरवार र दिव्य वाणीले एकीकृत देश !
महेन्द्रको एकताले उनिएको देश ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पुल

~प्रमोद अधिकारी~

तिमी पारी थियौ
धेरै टाढा ।

कहाली लाग्दो भेल
मैलो र घिनाउने
षडयन्त्र र सन्त्रासको
नदीरुपी समाज तरेर
तिमीलाई भेट्ने
विकल्प एउटै थियो – पुल । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पुस्तान्तर पछि

~सुवास खनाल~subash-khanal

उसको आँखामा
मैले
जीवनको उद्गम कथा पढेँ

उसको खुसी फुल्ने मुहारमा
म मुस्कुराएँ

रोइदिएँ र खसिदिएँ उसका आँखाहरुदेखि

तोतेबोलीमा लर्बरिएँ बनेर जिब्रो
कमजोर हिँडाइका पदचापहरुमा
लडेँ कैयौँपटक Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : सावधान

~प्रमोद ढुङ्गाना~

जस्तो छ यहाँ त्यस्तै नै चल्छ
यस्तै छ यहाँ यस्तै नै चल्छ
चले पनि चल्छ यहाँ नचले’नी चल्छ
चुप लाग धैरै नबोल
भित्ताको’नी हुन्छ कान
सावधान ! Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

अनूदित कविता : बाटोको दुःख

~कुमार अम्बुज~Kumar Ambuj
अनु : प्रमोद धिताल/सङ्गीत श्रोता

तपाईं कुर्चीलाई कुर्चीकै रूपमा
र घाँसलाई घाँसकै रूपमा हेर्नुहुन्छ
यो दुनियाबाट फुत्केर जान चाहनुहुन्छ
चमचमाउँदो तीरजसरी
त दुःख त्यहीँनेर सुरु हुन्छ–
किनभने तपाईँ हुन चाहनुहुन्छ कवि !
Continue reading →

Posted in अनूदित कविता | Tagged , , | Leave a comment

कविता : सन्त्रासहरू

~शशी लुमुम्बु~

बतासहरू बहन्थे– मन्दमन्द
तिम्रा आवाजहरूको आकाश लिएर ।
खोलाहरू हिँड्थे– कलकल
तिम्रा सम्मोहिनी शब्दहरू बोकेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : बिहेको पहिलो रात

~कुमार काफ्ले~kumar-kafle

मेरो त यतिछिटै बिहे गर्ने कुनै रहर थिएन तर मैले नमान्दा नमान्दै पनि बाबाममीले सारै कहर गर्नुभयो।कि त मैले उहाँहरूसँग विद्रोह गर्नुपर्ने भयो कि त उहाँहरूले भनेको केटासँग बिहे गर्नुपर्ने भो! जिन्दगीको सवाल थियोे,यी बूढाबूढी भएका बाआमा त डाँडामाथिका जूनघाम भइसकिहाले!जिन्दगी काट्नुपर्ने मैले हो।उहाँहरूले जेजे भन्यो त्यही,जोजोसँग भन्यो त्यहीसँग बिहे गर्नुपर्ने भन्ने के छ र?भनेर मन दह्रो पारेर अहिले म बिहे गर्दिनँ भन्छु भन्ने सोचेर उहाँहरू भएको ठाउँमा गएँ।जब मैले म आफ्नो खुट्टामा टेक्ने नभइकन बिहे गर्दिनँ भनेँ तब आमा रुन थाल्नु भयो।रुदैं हेर नानी तैंले हामीले भनेको केटासँग बिहे गरिनस् भने आफूखुसी गर तर हामीलाई बाआमा भन्नुपर्दैन!जे मन लाग्छ गर भन्दै भक्कानिन थाल्नुभो।उता बुबाले थप्न थाल्नुभयो, “तर एउटा कुरा याद राख्नु आफूखुसी गर्ने भए यी बूढा बाउआमालाई सम्झिनुपर्दैन!तेरा लागि हामी मरे सरह हो बुझिस्?” Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : उठ आमा

~अमृत सिङ थिङ~

गाउँ बस्तीमा तिम्रो सन्तान मर्दैछन् उठ आमा
भ्रष्टाचारी दलाली झन बढ्दैछन् उठ आमा

भोका नाङ्गा गरिब हामी खै कसका आश गरौं
हुने खानेहरु तिम्रै बुंई चढ्दैछन् उठ आमा Continue reading →

Posted in गजल | Tagged | Leave a comment

बाल कथा : सङ्गत गुनाको फल

~ललिता ‘दोषी’~lalita-doshi

सम्पदा र स्नेहा स्कुलबाट घर फर्किंदै थिए । सम्पदाले रुन्चे स्वरमा भनिन्, ‘आज पनि कक्षामा सजाय भोग्नुपर्‌यो । भगवान्‌ले मलाई पनि तिम्रोजस्तै बुद्धि दिएको भए हुन्थ्यो नि मलाई । राम्रो बुद्धि दिएको भए भगवान्को के खेर जान्थ्यो र ? ‘

‘लाटी भगवान्को आशीष हामी सबैमा बराबर हुन्छ । कुरा यतिमात्र हो भगवान्ले पनि मेहनतीलाई मात्र हेर्छन् । कमजोर र अल्छीहरूले भगवान्लाई दोष दिएर पन्छिन खोज्छन्’ स्नेहाले सम्झाइन् ।

‘त्यो त भन्ने कुरामात्र हो । तिमीलाई सबैले जितकुमारी भनेर त्यत्तिकै भनेको हो र ! जे मा पनि सबैलाई जितिदिन्छौ । त्यो भगवान्को कृपा हो । Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment

कविता : दिनचर्या

~विमल निभा~Bimal Niva

ऊ बिउँझन्छ
र उज्यालोतिर ढाड फर्काएर
भन्छः
शुभप्रभात !
म तीव्र यन्त्रणामा
जागराम छु
दुई आँखाहरु जलिरहेका छन्
मेरा
र चुप छु
यसरी उसको र मेरो Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरो संसार बद्लियो !

~सुरेन्द्र खौलराठी~Shree Surendra

हेर्दा हेर्दै मायाको आकार बद्लियो !
शनै: शनै: मेरो संसार बद्लियो !

थियौं हामी दुवै अलग अलग नदि ,
एउटै भई बग्न थाल्यौं धार बद्लियो ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

मनोवाद : जनवरीको चीसो साँझमा आफैंलाई एउटा पत्र

~कमल कुमार~kamal-kumar

पत्र लेख्न छोडेको वर्षौंपछि १५ सालको जनवरीको चीसो साँझमा आफैंलाई एउटा पत्र

प्यारो म

मलाई औपचारिकतादेखि घृणा लाग्छ । अनि यति भन्दा भन्दै पनि औपचारिक हुने आफ्नै बानीदेखि अनौठो लाग्छ । मन नपर्ने सबै कुराबाट भाग्न सकिँदैन । मन परेजस्तो गरिदिनु । रमाए जस्तो गरिदिनु । थाहा छैन मान्छेलाई के ले बाँधेको हुन्छ । मलाई नि बाँधेकै होला केहीले त । Continue reading →

Posted in पत्र साहित्य, मनोवाद / स्वगत | Tagged , | Leave a comment

गजल : गाउँ घरमै रमाउँछु

~अमृत सिङ थिङ~

गाउँले छोरो परें म त गाउँ घरमै रमाउँछु
गाई अनि भैंसी पाल्छु ठेकिमा दही जमाउँछु

लेकमा छ घर बारी, हजुर गैरी बेंसी खेत
कुटो कोदाली खन्दा खन्दै जोत्न हलो समाउँछु Continue reading →

Posted in गजल | Tagged | Leave a comment