~रजित ओझा~
उसले आज आँफै खाना बनाउनुपर्ने नत्र प्रायश उसको काम भएको ठाउँमा खाना खुवाउँछन् उसलाई । उसको खाट छेवैको स्टोभ को मट्टितेल हल्लायो । छचल्किएको आवाज आयो , आधा जति होला !स्टोभ पुरानै ठाउँमा राख्यो ,त्यहाँ बाट स्टोभ यताउति चलाउन मिल्दैन , उसले पत्रिका टाँसेको छ भित्तामा , नेपाली मोडल को साप्ताहिक को मध्यपृष्टमा आएको फोटो खुबै मन परेर धुवाँले भित्ता कालो पनि नदेखियोस् , र खाना बनाउन पनि रमाइलो भइराखोस् भनेर उसले टाँसेको , बिचरी दिन प्रतिदिन काली हुँदै गइरहेकी छे ।
चामल पनि सिद्दिन आटेको रहेछ ।आजको छाक टर्छ , भोली काम भयो भने उसले उतै खान पाउँछ । आफ्नो पर्स छाम्यो । पर्स उसको प्यान्ट को खल्तिमा यथावत थियो । अरु तिर जाओस् पनि किन र कसरी ? पर्स को Continue reading →