कविता : म नेता

~सविता शर्मा~

म नेता यो राष्ट्रको
सबैको आशा तर थोरैको भरोसा
जनताको सीसीटीभीमा सधैँ कैद मेरो जीवन
म छुट्टु छु र धूर्त पनि
सीसीटीभी क्यामेरा र जनताका आँखाले पनि
मलाई पढ्न सक्तैनन्
मलाई गोपनीयता अति प्यारो
तर बखानु गर्छु पारदर्शिताको
मेरा प्रत्येक बिहानी
विद्वान् विदेशी मित्रका इमेल र एसएमएस डिलिट गर्न
तर भाषण ठोक्छु, स्वाधीनता र उग्र राष्ट्रवादको
म नेता यो राष्ट्रको
सबैको आशा, तर थोरैको भरोसा
विदेशमा भए पनि मेरा थुप्रै खाता
यहाँ छु म सामान्य सुकुम्बासी
गाह«ो हुन्छ मलाई काँडासरि सत्य आरोपमा
मन कुँडिन्छ भित्रैबाट, दाह«ा किटेर भित्रबाट
बाहिरबाट मुसुमुसु मुस्कुराउँछु
किनभने म नेता
मुस्कुराउनु मेरो धर्म
संविधानबाट हिन्दू शब्द हटाए पनि
मेरा हरेक भाषण सुरु हुन्छ उपनिषद्का श्लोकहरूबाट
र भाषण मेरा अन्त्य हुन्छन् महाभारतका प्रसङ्गबाट
धर्मनिरपेक्ष नेपालको
यो पनि एक नेताधर्म नै त हो ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.