कविता : खिच्चा कुकुरहरु

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

टोलटोलका खिच्चा कुकुरहरु
ढाकरमा बोकेर नुन खाने ढाकरेहरुको देशमा
मार्बल ओच्छाएको महलभित्र
भेला जम्मा हुन्छन् ।
मालिकलाई रिझाउन बहस चलाउंछन्
बादविबाद गर्छन्
मालिकलाई कसरी वढि भन्दा वढि रिझाउन सकिन्छ भनेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : पानी झरेर अचेल

~अजित क्षेत्री~

मेरा नयन बर्षे भेल, पानी झरेर अचेल
उसकै यादको झरी लाग्ने बानी परेर अचेल ।

थाहा पाएँ उस्ले पाइला मोडिसकेछ अन्तै Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : नवयुग !

~दीपेन्द्र के.सी. ‘अपजसी’~

ए फतुरो !
तँ फगत घोषणा गर्छस्
खोेक्रो नवयुगको !
हेर त एकचोटी
तैले घोषणा सुनाउन
जम्मा पारेको भीडलाई
कुुपोषित नाँगा देहहरु !
एकचोटी तिनका फाटेका पैताला
फर्काएर हेर त Continue reading →

Posted in कविता | Tagged | Leave a comment

थामी भाषी गजल : निथेको खामको गजल

~अनुपम थामी~

गाइवे राङान अलम्थाको देशेङा है उच्या
झल्झली लुङ्वे केल्ङान मेसेङा है उच्या

त्यही सर्ग्याङा चाला उनी तोसा रादु बेरेङ
त्यही साकाले आथाङ्पाली ठेसेङा है उच्या Continue reading →

Posted in थामी गजल | Tagged | Leave a comment

कविता : सहिदको आत्मा दुखेको छ की ?

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

यता कतै भेटिन्छ कि सहिदका डोवहरु
त्यहि डोवमा टेकी टेकी गन्तब्यमा पुगीन्छ की
सहिद र सहिदकाजस्ता राष्ट्रभाव भेटिन्छ की
हेर्दै होलान् क्षीतीजबाट चर्तिकला हामीहरुका Continue reading →

Posted in कविता | Tagged | Leave a comment

थारू भाषी कथा : जुनीक जीन्गी

~निशा चौधरी~

“मै वेश्या नै हुँ । मै कौनो फे वेश्यालय खोल्ल नै हुँ । मै एक आदर्शवादी पवित्र नारी हुँ । मै पैसा लेक कौनो फे पुरुष मनैनसे यौन व्यापार नैकर्ल हुइटु । मै यौन व्यापारी नै हुँ ।” यी वाक्य कोनो एकठो साधारण मनैनके आघ बोल्ल नैरही । वेश्याहुकन खोज्टी नेङ्ना यौन प्यासी हुकनके सामने कलरही मोर संघरीया जुनी ।

पुलिसथानक एकठो कोठम आँजरपाँजर पुलिसनसे घेरल एकठो कुर्सीम बैठल रही ऊ । सक्कु पुलिसनके नजर जुनीकम रहीन । यकर आघका बोली कैक सक्कु पुलिसनके कान ठार रहिन् । Continue reading →

Posted in थारू कथा | Tagged | Leave a comment

भलाकुसारी : साहित्यिक पत्रिकालाई विज्ञापनमाथि बन्देज लागेको छ – रोचक घिमिरे

~हरिगोविन्द लुइँटेल~

साहित्यिक पत्रकारिताका प्रमुख समस्याहरु के हुन् ?

– साहित्यिक पत्रकारिताका मुख्य समस्या दुईटा छन्, ती हुन्– विज्ञापन र वितरण । विज्ञापनमा बन्देज लागेको छ साहित्यिक पत्रिकालाई । सरकारले पनि यिनलाई विज्ञापन दिँदैन, व्यापारिक संस्थानहरुले पनि यिनलाई विज्ञापन दिंदैनन् । पत्रिकाको मूल आर्थिक स्रोत नै विज्ञापनलाई मानिन्छ । तर विज्ञापनबाट साहित्यिक पत्रिकाहरुलाई जसरी वञ्चित गरिएको छ । त्यसैगरी साहित्यिक पत्रिकाहरु निरर्थक हुन् पुगेका छन् । यिनको कुनै उपादेयता नै छैन, यस्तालाई संरक्षण गर्नु राष्ट्रिय साधनको दुरुपयोग गर्नु हो भन्ने जङ्गली विचार हाम्रो Continue reading →

Posted in साहित्यिक भलाकुसारी | Tagged , , | Leave a comment

डोटेली गीत : माइत नइत हेरे मुख

~उत्तम भट्ट ‘विवेक’~

मट्की बरे गइथेइ माइत नइत हेरे मुख
माइतै मुणी बसी र मुनु क्याइ मान्या है दुख

कन्न्या हेरी आइ ग यो भुनी तुइले लइ जान्या है
मुइ जसा मुर्कट्यालाई कि निको मान्या है Continue reading →

Posted in डोट्याली गीत | Tagged | Leave a comment

पौराणिक कथा : बाहुन, ठग तथा बोका

~उमाशङ्कर द्विवेदी~

कुनै नगरमा मित्र शर्मा नाम गरेका एकजना अग्निहोत्री बाहुन बस्दथिए । माघको महिनामा अत्यन्त शीतल बतास चलिरहेको थियो । वातावरण कुइरोले डम्म ढाकेको थियो । आकाशमा बादल लागेको तथा फुस्स फुस्स पानी परिरहेको थियो । मौसम जाडोको कारण कष्टकर भएको हुनाले उनी कुनै गाउँमा गएर कुनै जजमानसित पशुको लागि याचना गर्दै भने,“जजमान, आउने औंसीको दिन मैले यज्ञ गर्नुछ । अत: मलाई एउटा पशु दान गर ।” बाहुनको याचना सुनेर एउटा दयालु जजमानले बाहुनलाई एउटा ह्ष्टपुष्ट तथा मोटो बोका दिए । मोटोघाटो भएको हुनाले त्यो बोका हिंड्नमा Continue reading →

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

गीत : गोरेटो अनि उस्तै छ गल्ली

~नरेशदेव पन्त~

गोरेटो अनि उस्तै छ गल्ली
तिमी कतै बदल्यौ कि
आकास उही छ धरती उही छ
कतै तिम्रो मन बदल्यो कि, ओ प्रिय

रुखमा खोपको प्रेमको चिनो Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : असमानता तोड्नुपर्छ

~योगेन्द्र काउचा~

सडक
छेउछाउ डुली हिड्ने
भोक र प्यासले
गलीरहने
बालकलाई सोध्नुपर्छ
बेसहारा
मगन्तेलाई सोध्नुपर्छ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : यस्तै रैछ जिन्दगानी

~निर्मला अवस्थी~Nirmala Awasthi_1

कैले घाम कैले छायाँ यस्तै रैछ जिन्दगानी
कैले हुन्छु आगो जस्तै कैले हुन्छु पानी पानी।।

सधैभरी जीवनमा आए हुन्थ्यो खुशी मात्रै
सोच्छु मात्र तर त्यस्तो कहाँ मिल्थ्थो छानी छानी।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : गीतहरु तिम्रो

~केशर देवकोटा~

यादमा गाइदिन्छु मेरी मायालु
गीतहरु तिम्रो ।

मेरो माया सधैँभरि
तिमीलाई रोज्छु Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : अब्यक्त प्रेम

~अर्जुन दाहाल~

अनिँदो छ, उ ,
आज ,
हिजो जस्तै, सदा जस्तै ,
मात्र तिम्रो चिन्तनमा ,
फेरि पनि अस्तब्यस्त छ ,
सुर्यको मिर्मिरे किरण अगावै ।

उसले आज दुई पटक लुगा फेरेको छ , Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : धोका दिएर हेर

~अमृत सिङ थिङ~

सक्छौं भने छाडी जाउ धोका दिएर हेर
पञ्च अमृत हैन बिषलाई पिएर हेर

कति लाउछौ घुर्की अनि फुर्ती पनि उस्तै Continue reading →

Posted in गजल | Tagged | Leave a comment

एकाङ्की : चन्द्रमामा हनिमून

~मञ्जु काँचुली~

(रकेट जमिनमा अवतरण गरेको घनघोर आवाज सुनिन्छ र केहीबेरपछि त्यो आवाज बन्द हुन्छ । आवाज नेपथ्यबाट रेकर्डको माध्यमबाट प्रसारित गरिन्छ ।)

प्रेमी-प्रेयसी, हामी हाम्रो हनिमून चन्द्रमामा यसरी मनाइरहेछौँ । हामी भर्खरै चन्द्रमामा अवतरित रकेटबाट ओर्लिएका छौँ । तिमी धेरै थाक्यौ होला । यतिखेर तिमीलाई कस्तो लागिरहेछ ? रकेटबाट यस चन्द्रमाको भूमिमा ओर्लंदा हवाईजहाजबाट कतै ओर्लिएजस्तो लागेन ? के तिमीलाई रमाइलो लागिरहेछ ?

प्रेमिका- रमाइलो लागेको छ तर……

– तर के ……..? Continue reading →

Posted in एकाङ्की | Tagged | Leave a comment

कथा : जुलुस

~रजित ओझा~Rajit Ojha

उसले आज आँफै खाना बनाउनुपर्ने नत्र प्रायश उसको काम भएको ठाउँमा खाना खुवाउँछन् उसलाई । उसको खाट छेवैको स्टोभ को मट्टितेल हल्लायो । छचल्किएको आवाज आयो , आधा जति होला !स्टोभ पुरानै ठाउँमा राख्यो ,त्यहाँ बाट स्टोभ यताउति चलाउन मिल्दैन , उसले पत्रिका टाँसेको छ भित्तामा , नेपाली मोडल को साप्ताहिक को मध्यपृष्टमा आएको फोटो खुबै मन परेर धुवाँले भित्ता कालो पनि नदेखियोस् , र खाना बनाउन पनि रमाइलो भइराखोस् भनेर उसले टाँसेको , बिचरी दिन प्रतिदिन काली हुँदै गइरहेकी छे ।

चामल पनि सिद्दिन आटेको रहेछ ।आजको छाक टर्छ , भोली काम भयो भने उसले उतै खान पाउँछ । आफ्नो पर्स छाम्यो । पर्स उसको प्यान्ट को खल्तिमा यथावत थियो । अरु तिर जाओस् पनि किन र कसरी ? पर्स को Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्द कविता : धर्म, पाप र ईश्वर

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द :- शार्दूलविक्रीडित

हे हे मानव बन्धु-बान्धव खुला ब्रह्माण्डका दर्शक !
विद्या, ज्योतिष शास्त्र लेखक, नयाँ विज्ञानका सर्जक
तिम्रो जन्म छ उच्च विश्वभरमा तिम्रै कडा हैकम
आफ्नै धर्म कदापि छैन बलियो ! देखिन्छ उल्टो क्रम ।

हिन्दू, बौद्ध, अनेक मुस्लिम भनी आफैँ भयौ खण्डन
गुम्बा,मन्दिर, चैत्य, मस्जिद बनी बाँडिन्छ तिम्रो मन
के हुन् सत्य असत्य कर्म जगमा के तुच्छ के सुन्दर ?
आफैँ वर्ग र सम्प्रदाय-तिर छौ, के चिन्दछौ ईश्वर !! Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : पुकार्छ

~कृष्ण वस्ती~Krishna Wasti_1

असारको बादलले पुकार्छ ।
तिहारको मादलले पुकार्छ ।।
पाकेर राताम्पुर बोटमाथि ।
वसन्तको काफलले पुकार्छ ।।

उठी सखारै धरती नुहाई ।
लाली चढेको नभमा सुहाई ।। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

गीत : पागल नठान मलाई

~रुमानी राई~rumani-rai

भावनामा बिगरहेछु म बादल नठान मलाई
तिम्रै नाम जपिरहेछु म पागल नठान मलाई ।

अँध्याराेलाई कुल्चिएर जुनेलीमा जून झुलेकाे छ
मनकाे उजाड वगैंचामा सुन्दर फूल फुलेकाे छ
त्यही जून हेर्दै टाेलाउँदै त्यै फूल चुम्दै रमाउँदै Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : म नेता

~सविता शर्मा~

म नेता यो राष्ट्रको
सबैको आशा तर थोरैको भरोसा
जनताको सीसीटीभीमा सधैँ कैद मेरो जीवन
म छुट्टु छु र धूर्त पनि
सीसीटीभी क्यामेरा र जनताका आँखाले पनि
मलाई पढ्न सक्तैनन् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

विष्णुबहादुर सिंहका तीन सेदोकाहरु

~विष्णुबहादुर सिंह~

१.
भूगोलपार्क
हातहरु चलाई
कम्मरमा छामेर
एउटा कुनो
ओठहरु कामेर
नोटहरु साटिए ।

२.
लाजको घुम्टो Continue reading →

Posted in सेदोका | Tagged , | Leave a comment

कविता : म बहुलाएको छु

~अजित क्षेत्री~

यी पत्थरका ईश्वर
अनि कर्कट जस्तै मान्छे
डडेलोले छोपेको आकाश
र
रुमानी सपनाहरुको कारखाना
ओ प्रिय
मसँग प्रेमका कुरा नगर
त बहुलाएको छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : सिमी–सिमीलाई, टपक्क टिपेर लान्छु तिमीलाई

~हिरण्य भोजपुरे~

तिमी मेरी पात्रा हौ, मेरी क्लियोपाट्रा हौ ।

तिमीलाई आज मैले देखेँ श्रीगणेश मिठाई पसलअगाडि । आज तिमीलाई झन् ‘फ्रेस’ देखेँ । र लाग्यो, ‘फ्रेस’ हुनु नै तिमी हौ ।

तिमीले पुतलीसडकको त्यो समथरमा मलाई ‘मोड’ बनायौ र Continue reading →

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : स्कुल

~रेखा पन्त~

सिंगो सिसाकलम काटेर
बराबर तिन टुक्रा मध्य
मेटाउने भएको पट्टिको एक भाग
हँसियाले तिखारेर
एउटा सानो खेस्रा कपि हातमा थमाई
डोहोर्याउदै मेरी आमाले
स्कुलमा पुर्याएको पहिलो दिन
जुनदिन
म आमाको आँचल समाउन Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : छुट्ने बेला

~तारा पराजुली~

केही बोलेनौ भावुक बनी छुट्ने बेला
उस्तै उदास थिएँ म पनि छुट्ने बेला।

भिजेका आँखा अबरुद्ध गला लिएर
गयौ गएँसम्म नभनी छुट्ने बेला। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : तीन भारी बोकेकी दाउरेनी र यात्रीको बातचीत

~माधवप्रसाद देवकोटा~

यात्रीः

पीठमहाँ त्यो जङ्गी भारी छ दाउराको बोकेको ।
छातीको त्यो झोलुङ्गामा दूधे बालक बोकेको ।।

जेठमासको मध्यान्दिनमा घाम टण्टलापूर कति ।
भत्‌भत पोल्ने ठाडो बाटो धुलो उडेको बुङ्बुङ्गी ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : ती कमरेड कहाँ छन् होला ?

~दिल थापा~

कालो पाइट र सेतो कमिज लगाएको
सेतो कमिजको गोजीमा लालीकिल्ला
जस्तो देखिने गरी कलम
पनि राखेको
खुट्टामा गोलिष्टरको जुत्ता लगाएको
पछाडीपट्टि कालो झोला भिरेको
मध्यम कद भएको
चिम्सा आखा र थेप्चो नाक भएको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरा कविता

~त्रिभुवनचन्द्र वाग्ले~

शब्दै शब्दैको समुद्रमा
अक्षर अक्षरको सागरमा
जब फ्याकिन्छु
म आवाज\निर्आवाज गुन्गुनाउन थाल्छु
माझी झैँ
माझीहरू मेरा आवाजमा लय थपिदिन्छन्
र आवाज कविता बन्छन्
मेरा कविता माझीले गाइदिए पुग्छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नजुरेको साइत

~खिमु केसी~

बिहानै मोबाइलमा घण्टी बज्यो रविनको । उ सुतेकै थियो । तेस्रो पटकको पूरै घण्टी बजेपछि रविनले फोन उठायो ।

‘हेलो’

‘को होला ?’

ऊ निद्रामै थियो । त्यसैले स्वर ठम्याउन सकेन ऊ ।

‘म रिजा ।’ Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

Translated Poem : Result of a War gone astray

~Purna Biram~
Translated by Yuyutsu Sharma

Having turned into uprooted settlements
of Koilabaas, dilapidated shacks
lie scarred and shattered.
The festering ledge of the familiar buildings
have started decaying, the spiders have
started shitting in famous flags
and in kitchens the chameleons
have started wriggling like insolent outlaws. Continue reading →

Posted in Translated Poem | Tagged , | Leave a comment

बाल कथा : गौंथली र खरायो

~उमाशङ्कर द्विवेदी~

कुनै ठाँउमा एउटा विशाल वृक्ष थियो । त्यस वृक्षको टोड्कोमा कपिञ्जल नाम गरेको एउटा गौंथली बस्दथ्यो । त्यसै वृक्षमाथि एउटा काग पनि बस्दथ्यो । साँझ परेपछि काग र गौंथली आपसमा देर्विर्ष, ब्रह्मर्षि तथा ऋषि मुनिहरूका प्राचीन चरित्र तथा आफ्नो दिउँसभरिको भ्रमण कालमा बाटोमा देखिएका विविध आश्चर्यजनक घटनाहरूको वर्णन गरेर अत्यन्त सुखपूर्वक आफ्नो समय बिताउँथे । एक चोटि कपिञ्जल नामक गौंथली अन्य गौंथलीहरूका साथ उडेर आफ्नो आजीविकाको लागि पाकेको धान भएको प्रदेशतिर गयो ।

त्यस राति ऊ फर्कि नआएको देखेर काग मनमनै विचार गर्न थाल्यो–हरे, कपिञ्जल आज किन फर्केन ? Continue reading →

Posted in बाल कथा | Tagged | Leave a comment