कविता : सन्त्रासहरू

~शशी लुमुम्बु~

बतासहरू बहन्थे– मन्दमन्द
तिम्रा आवाजहरूको आकाश लिएर ।
खोलाहरू हिँड्थे– कलकल
तिम्रा सम्मोहिनी शब्दहरू बोकेर
नदीहरू दगुर्थे– सललल
तिम्रा गीतका अन्तराहरू छोएर ।
जून आउँथ्यो– लमकलमक
ध्वस्त पार्दै अँध्यारोको आधारइलाका ।
तिमी हिँड्यौ कि– सारा वनजङ्गल÷चराचुरुङ्गी
भीरपहरा÷खोलाझ्रना
सबै–सबै उमङ्गित हुन्थे ।
तर, वर्षौं भयो
बहन छाडेका छन् बतासहरू
बग्न छाडेका छन् नदीहरू
निःशब्द छन्– वनजङ्गल÷भीरपहरा…
मात्र दगुरिरहेका छन्– सन्त्रासहरू
पहराहरूमा !
बतासहरूमा !!! !
नदीहरूमा ! ! !

(स्रोत : हिमालखबर १६ असाेज–१५ कात्तिक २०६७)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.