~रेखा पन्त~
चित्कारले मुर्दा उठछ,पत्याउनु नपत्याउनु
ग्रहणले क्षितिज लुट्छ,पत्याउनु नपत्याउनु
नयन बाट अस्रुधारा, झर्दा वर्षा भेल जस्तै Continue reading
~रेखा पन्त~
चित्कारले मुर्दा उठछ,पत्याउनु नपत्याउनु
ग्रहणले क्षितिज लुट्छ,पत्याउनु नपत्याउनु
नयन बाट अस्रुधारा, झर्दा वर्षा भेल जस्तै Continue reading
राख तिम्रो आँखा भित्र नानी बनी बस्छु
तिम्रो तिर्खा मेटाउने पानी बनी बस्छु।।
कुलतमा तिमीलाई पर्न दिने छैन
तिम्रा सबै राम्रा राम्रा बानी बनी बस्छु।। Continue reading
~दिनेश अधिकारी~
रक्सी बेचेँ, आलु बेचेँ, बेचेँ च्युरा–मासु
सबैभन्दा धेरै बिक्यो जोबनको हाँसो
भट्टी भन्नु त्यस्तै रै’छ चल्दो रै’छ बैँस
उडेपछि लाली–रङ बाधा भयो बाटो
बर्को ओढे जीउलाई सुहाएन भन्थे Continue reading
~रमेशचन्द्र घिमिरे ~
कुखुरी काँ गरेर रातो भाले करायो
त्यो भालेको स्वर सुनी भाइ डरायो
सस्तो पाई महङ्गोमा बेच्न लान हो या
अल्लि ठूलो भएपछि काटी खान हो या Continue reading
~शैलेश थपलिया~
मनभरी आशा बोकी
आङ्मा उम्रिएका
तिखा काडाको ब्येथालाई
आफैभित्र लुकाएर
चारैतिर,
ति सुनसान बाताबरणमा
आफ्ना मन्त्रमुग्ध बासनाले
नया किरण को आगमन गरिरहेछ !
उजाडिएको बस्तीको गुलाफको फुल !! Continue reading
~अनुपम थामी~
अक्षेतामा दही राखी, टीका सार्दै थियौ
नजाउन प्रीय भनी, आँसु झार्दै थियौ
बिरानो यो ठाउँतिर, उडान भर्न लाग्दा Continue reading
~सागर भण्डारी~
मलाई जिउन सिकाउने
ए मेरी प्यारी आमा
मुटु दरो पारिराख है
ठूलो भुकम्प जान सक्छ
पृथ्वी बोक्न सक्ने तिम्रो शरिर
वायुमा डगमगिन सक्छ
अविश्वासका छालहरु उठ्न सक्छन्
विद्यवसंका कल्पनाहरु Continue reading
~दिपक घर्ति मगर~
तिम्रो माया छैन भन्यौ ढाँटेर गयौ..
अर्कैसँग मन अनि मुटु साटेर गयौ.
के दोष थियो र Continue reading
~अमृत सिङ थिङ~
जहाँ म प्रेमलाई फूलेको देख्छु
लाखौं जवानहरू भुलेको देख्छु ।।
कोमल ति फूललाई डस्नेहरु Continue reading
~सोम डेमनडौरा~
ज्ञानी सानु हाम्रो सानु छोरा
तिमी स्कुल जान थालेछौ
खै किन हो,
तिमीलाई स्कुल पठाउँदा मन कटक्क खान्छ
बाटोमा तिमी निराश भै नबोल्दा
गेटमा पुग्दा जब तिमी भक्कानिएर रुन्छौ Continue reading
~दिपा धिताल~
जिन्दगीले मलाई यसरी पिडा दिएको छ कि नानी सानो तिनो पिडाले मलाई असर नै गर्दैन । सहने बानी लागेको छ । अब त जिन्दगी पनि यस्तो लाग्छ कि यो जिन्दगी हैन पिडै पिडाको महासगर हो । यहि सागरमा तैरदा तैरदै आधा जिन्दगी नै बितिसक्यो । तर पनि सुख र खुसिको अनुभव कहिल्यै गर्न पाइएन ।
दिदी आँखा भरी आँसु पार्दै यी कुराहरू बोलिरहनु भएको थियो । सायद उहाँले बर्षौ देखि मनमा गुम्सिएर Continue reading
~ललिता ‘दोषी’~
वासन्ती फूलजस्तै सधैँ मगमगाउनु मधु तिमी
लाखौँको हृदयमा यसरी नै अटाउनु मधु तिमी
दिनदिनै शिखर चढ्दै चढ्दै जानु मधु तिमी
बेली, चमेली, वास्मतीझैँ सुगन्ध छर्दै जानु मधु तिमी Continue reading
~विमल निभा~
मेरो साथीका लागि
मलाई खरिद गर्नु थियो एउटा बुसर्ट
एकातिर बाहुला नभएको बुसर्ट
जनआन्दोलनताका
महेन्द्रको सालिकनेर पुलिसको गोलीले
मेरो साथी ढलेको थियो
र उसको एउटा हात काट्नुप-यो
त्यसबेलादेखि मेरो साथीलाई
अलि भिन्न प्रकारको बुसर्ट चाहिन्छ
एकातिर बाहुला नभएको Continue reading
~निर्मोही व्यास~
बाँसुरी म, प्रिया ! हौ तिमी रागिनी
सिन्चिदेऊ ममा प्रीति–सञ्जीवनी
सृष्टि–सौन्दर्यकी सार यौटै तिमी
अंश तिम्रो लिई रम्य छिन् मेदिनी
०
आज प्याला भरी घोल सातै सुर
प्राप्ति आजै त हो, भोलिको के भर ? Continue reading
नीलो आकाशमा
चपक्क टाँसिएको सेतो चन्द्रमा
निसास्सिने बिभत्स वातावरणले रुझेका,
आफ्नो प्रतिबेदन पेश गर्दै आफूलाई
अतितका पाइलाहरु खोज्दै
धरतीका तलाउहरु आँखाभरि भरि राखेर
माटोको कन्तुरबाट पैसा चोरेर
झिकेको आरोपमा मुछिएर
सिमलीको लठ्ठीले
भिषण चुटाई खाएको अबोध बालक झैं Continue reading
~नन्दलाल आचार्य~
१. अधोगतिको मूल जरो : दासत्व मनोवृत्ति
मित्र अग्नि !
आज म तँलाई मेरो सेरोफेरो घुमाउँदै छु । मलाई शब्दमा उत्रेको पाएपछि तेरो मन पनि शान्त होला भन्ठान्दै छु । तेरा मनमा उठेका हरेक प्रश्नहरूले जवाफ भेटे भने तँ पनि प्रश्नविहीन होलास् भन्ठान्छु । हेर् ! तँ मलाई अहिले केवल एक विद्रोहीका रूपमा मात्र चिन्छस् । म एक समयमा ‘राजदेव’ नामधारी अबुझ ठिटो पनि थिएँ Continue reading
~लक्ष्मी प्रसाद देवकोटा~
क.
एक छिनको तरङ्ग भनूँ कि ?
चाख लिनेले मार सुनूँ कि ?
किनकि ,
कानेखुशीको एक कुरो हो !
लहड चरो हो !
एक तरङ्ग !
सनकी !
ख.
ठोस जमीनमा उभ्भिरहेथेँ ।
चट् अल्प्यो !
खँदिलो सारा शून्य भएछ ! Continue reading
~सरल सहयात्री पौडेल~
श्रावणमा भेल आओस या बाढी, असिना परोस वा झरि, आकाशमा कालै–कालो वादल लागेर हप्तौंसम्म सूर्यको अनुहार नदेखिएपनि कसैलाइ अनौठो लाग्दैन । प्रत्येक मिनेटमा काला वादलहरु एकआपसमा ठोक्किएर सुनिने चट्ट्याङको आवाजले पनि केहि प्रभाव पार्दैन । यहि शिलशिलामा हजारौं जीवनको अन्त हुन्छ र दैनिक समाचारको विषय वनेर टुंगिन्छ । तर हिउदको कुरा फरक हो र वसन्तको कुरा झन फरक हो । यो वेला पर्ने असिना होस वा झरि, वादल होस Continue reading
~अमर नेम्बाङ लिम्बू~
भर्खरै मात्र न्यूयोर्कमा कवि नगेन्द्र इङ्नाम ‘आठराईली’ले ‘कोसेली परदेशबाट’ भन्ने एउटा वेग्लै स्वाद र रंग भएको आफ्ना ताजा कविताकृति पाठकहरूको माझमा पस्केका छन् ।प्रस्तुत संग्रहमा विगत लामो समयदेखि काव्य साधना गरिरहेका कवि ‘अठराईली’का समसामयिक काव्य चेतना बोकेका जम्मा पचास वटा कविता समाविष्ट गरिएका छन् जसलाई हामी मोटामोटीरुपमा स्थानीयता, प्रेम, नोस्टाल्जिया, देशभक्ति, व्यङ्य आदि समूहमा वर्गीकरण गर्नसक्छौँ । सम्पूर्ण कविताकृतिलाई सांगोपांग बुझ्न उक्त बिषयहरूलाई छुट्टाछुट्टै चर्चा गर्न आवश्यक भए पनि प्रस्तुत आलेखमा चाहिँ साहित्यिक स्थानीयता (literary localism) भन्ने सम्बन्धमा मात्र केही चर्चा गर्ने प्रयत्न गरेको छु मैले । Continue reading
~लक्ष्मण नेवटिया~
काठमाडौङ्का चौरहरूमा फोहर थुपारिएको फोटो राजधानीबाट प्रकाशित हुने प्रमुख अखबारको मुखपृष्ठमा छापिएको थियो।
मोफसलमा बस्ने एउटा भाले झीँगाले आफ्नी प्रेयसी पोथी झीँगालाई त्यो चित्र देखाउँदै उसको कानमा सुटुक्क ‘कान्छीलाई घुमाउने काठमाडौं सहर’ गुनगुनाइदिएछ। Continue reading
~दुर्गा विनय~
देख्दा–देख्दै कत्ति कथाहरू घटिसक्दा रहेछन् । भोग्दा–भोग्दै कत्ति उपन्यासहरू पनि तयार भइसक्दा रहेछन् । देखेका, भोगेकालाई लेख्दा पनि त कथाहरू तयार हुँदारहेछन् ।
लेख्दा–लेख्दै आवाज सुनें । बाहिरबाटै आएको हो । आवाज सुनेको हेर्न गएँ बाहिरतिरै । आज शनिवार हो । बिहानै थाहा पाएको । अर्थशास्त्रको किताब हातमा थियो । पढ्दै पनि थिएँ । खाल खालका अनुहारहरू बाटोमा हिंडेको पनि देखेको हुँ । खाल–खालका भाव लिएर । Continue reading
~भुवन निस्तेज~
वर्तमान परिप्रेक्षमा
ओझेलमा परेका छन् कतिपय परिप्रेक्षहरू !
वर्तमान परिप्रेक्षमा
हामी डराएर जूनकिरीसङ्ग
खाटमुनी लुकेका छौं
र पढ्दैछौं हाम्रो वीरताको इतिहास ! Continue reading
~सुरेश हाचेकाली~
लचकदार हुन नचाहने सूत्रहरूलाई च्यातेपछि मात्रै कवितामा इन्नोभेसनको यात्रा सुरु हुन्छ । त्यो इन्नोभेसनको पहिचान चक्रब्यूह सञ्चेतना(Labyrirth Conscern) ले भनेजस्तै विश्लेषण नमूनागत विविधिकरण अन्तर्गत गर्न सकिन्छ । यतिबेला यो लेखमा हाम्रो पचास र साठीका सिङ्गा दशकहरु हुँदै सत्तरीको प्रारम्भिक कालमा पनि कविता लेखिरहेका एक पूर्वेली युवा सर्जक एकु घिमिरेको वि.सं. २०७१ फाल्गुनमा स्कलर्स पब्लिकेशन, विजुलीबजारले प्रकाशन गरेको कबिता सङ्ग्रह एउटा बाटो गाउँसम्म माथि सैद्धान्तिक विचरण गर्दैछौं । हुन त एकुका कविताहरुलाई दृष्टिपात गर्ने बिभिन्न Continue reading
~कृष्णसिंह पेला~
१
नयाँ भित्तामा
पुरानै क्यालेन्डर
तीतो अतीत
२
स्वनामधन्य
मारक विषजन्य
त्यो अम्लबर्षा Continue reading
~रघु पन्त~
छोरीहरू छन्
र त घर रमाइलो छ ।
भुनभुन–गुनगुन माहुरीझैं भुन्भुनाउँछन्
चिरबिर–चिरबिर चराहरूझैं गाउँछन्
बतासले सुस्तरी छोएको रूखका पातझैं छुनुमुनु–छुनुमुनु नाच्छन् Continue reading
~श्रीजन श्री~
आस भायौ जम्माइ मिली माटो बचाउनाउ।
नेपाल आमा लेखियाको पाटो बचाउनाउ।
हाम्रा हिट्या गुहारौ नि बाड लाग्गु पस्यो,
सुण भायौ खालामाइको बाटो बचाउनाउ। Continue reading
~राधा कार्की~
तिम्रो
अजश्र सम्मानको
ओतले
मेरो हृदयाकाशको खुसी
लतपत नभए पनि
म भित्रका दुर्घटित सपनाहरू
क्रमशः उकालो चढ्नेछन् Continue reading
~विष्णु प्रभात~
अवधारणा र पृष्ठभूमि :
१. साहित्यिक–पत्रकारिता पत्रकारिताकै एउटा विशिष्ट रुप हो, जसले साहित्यका विविध विधाको अभिवृद्धिका निम्ति स्रष्टाका सिर्जना र द्रष्टाका मूल्याङ्कनलाई संयोजन गरी पाठकहरुमा पस्कन्छ । वाङ्मय, कला र सङ्गीतका क्षेत्रमा योजनाबद्ध वा स्वस्फूर्त ढङ्गबाट सञ्चालित समग्र गतिविधि, साहित्यिक गोष्ठी, सेमिनारहरु वा सम्मेलन, पत्रपत्रिका सम्पादन–प्रकाशन, व्यवस्थापन, साहित्यका समग्र विधालाई समेटेर तिनीहरुको प्रचार–प्रसार गर्ने, पत्रपत्रिका सञ्चालन गर्ने कार्यसँगै समेटिएर आउने सबै प्रकारका बौद्धिक Continue reading
~हिरण्य भोजपुरे~
श्रीमतीजी र म मन्दिर जाँदैछौँ । बालकुमारी । सुनाकोठीबाट ।
हामी हिँडिरह्यौँ । श्रीमतीजी गनगन गरिरहिन् । के रे Continue reading
~गणेश रसिक~
‘केही दृष्टि केही दृष्टिकोण’ निबन्धसङ्ग्रह । लेखक द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ । प्रस्तुत पुस्तकमा जम्मा अठार रचना समेटिएका रहेछन् । विषयगत प्रस्तुतिका हिसाबले तीन खण्डमा विभाजन गर्न सकिन्छन् रचनाहरू — व्यक्तिको जीवनीपरक, आफ्नै आत्मपरक, र विविध ।
आरम्भमा दिवङ्गत Continue reading
~हरि मञ्जुश्री~
भ्रमणमा हिँड्दा हामीले धेरै ठाउँमा ‘वा’ नै ‘वा’ भेट्यौँ । ती ‘वा’ हरूको नाउँ मैले सानैदेखि सुनेको थिएँ । तर ‘वा’ भनेको के हो, मैले वास्ता गरेको रहेनछु । सोधिखोजी गरेको पनि रहेनछु ।
धेरैवटा ‘वा’ तर्नुपर्दो रहेछ बाटोमा । पहिले त हामीले ‘वा’ माथि त्यति ध्यान दिएका रहेनछौँ । भोला सरले ‘वा’ नै ‘वा’ भेटेको कुरा गरेपछि पो मुकुन्द सर र म झसङ्ग भयौँ । “वा भनेको के रहेछ ? वा नै वा पो भेटिन्छ त !” — भोला सरले कुरा निकाल्नुभो । मुकुन्द सरले ‘खोलो हो कि ?’ भन्नुभो । Continue reading
~कमल कुमार~
कवितामै भए पनि
एउटा सुन्दर फूल फूल्दथ्यो
सपना उदाउँथ्यो हरेक विहान
अन्धकार झर्दथ्यो शीत भएर
हिमाल रातै रंगिन्थ्यो
बालक हाँस्दा Continue reading