~योगेन पौडेल~
आधा मुटु लिएर नी मान्छे बांच्दो रै’छ
उदास आँखा फिक्का हाँसो ओठ हाँस्दो रै’छ
छातिभित्र गुम्सीएका पीर साट्नलाई
उमँगमा रमाएका खुसी बाँड्नलाई Continue reading
~योगेन पौडेल~
आधा मुटु लिएर नी मान्छे बांच्दो रै’छ
उदास आँखा फिक्का हाँसो ओठ हाँस्दो रै’छ
छातिभित्र गुम्सीएका पीर साट्नलाई
उमँगमा रमाएका खुसी बाँड्नलाई Continue reading
~किशोर दहाल~
मोहन वैद्य नेतृत्वको माओवादी र केही मधेसवादी तथा जनजाति केन्द्रित दलहरूले गरेको दुइदिनको बन्दले बेसीशहरमा नै रोकिनुपर्ने भयो । त्यसको सदुपयोग गर्न कतै घुम्न जाने कुरा भयो । पहिलो दिन बन्दको प्रभाव निकै परेको थियो । अन्तत: गाउँशहर दरबार जानेभईयो । बन्द नभएको भए आइतबार काठमाडौं फर्किने योजनामा थियौं ।
दिउँसो करिब दुई बजेको आसपास घाम लागेको थिएन । मौसम धुम्म थियो । हिड्नलाई उपयुक्त मौसम थियो ।
बेसीशहरबाट पारिपट्टी डाँडामा पर्थ्यो- गाउँशहर दरबार । यसको ऐतिहासिकता मलाई थाहा थिएन । यसअघि नाम पनि सुनेको थिइनँ । Continue reading
~प्रेमराजेश्वरी थापा~
मन, प्रेम प्यारको दुनियाँ छोडी
अश्रु, निवेदन आज बिर्सी तँ !
युग युगदेखि मानवलाई आफ्नो डरको प्यार दिएर
एक एक नरमा तैले कोमलताको झंकार दिएर,
प्रेम स्नेहको सट्टा-
“पौरष,” ‘साहस पाउनाको तेरो अभिलाष,
मिथ्या पार्यो नरले ;
‘भय‘ कातरता नै आए नरसाथ ! Continue reading
~Suman Pokhrel~
Trans : Abhi Subedi
In how many minds
Should I go crazy?
Whom should I ask?
Should I continue to hop
Like drops
That jump up
After water
Flowing from spout
Hits the ground,
Or remain transfixed
Like a stone under the selfsame spout Continue reading
~लक्ष्मिकला राई ‘जुनकिरी’~
आँखा भरी दुई कोसे सपना
अनि रहरको थुप्रो –
आधुनिक कान्तिपुर को सुख भोग गर्ने
जहाँ,
मलिलो माटोमा फलेको घर
गाडीले जन्माएको
असंख्य धुवा, धुलोको सुगन्ध,
सपनाले फुलेको
फुलहरूको बगैंचा
आकाशमा दौडेका
बादलको कमि संगै
पानीको अभाव अनि खुल्ला Continue reading
~विश्वराज अधिकारी~
मैले प्रस्टगरी भनेको थिएँ, पहिलो भेटमा नै, कुनै कुरा लुकाएको थिइनँ । खुलस्त पारेको थिएँ– शर्मिला, म एक विवाहित पुरुष हुँ । मेरा सन्तानहरू पनि छन्, तर तिनीहरू मसँग बस्दैनन्, हामी एउटै शहरमा बसे तापनि । मैलै उनीहरूलाई आफूसँग बस्न दबाब पनि दिन्नँ । छोराछोरी छुट्टाछुट्टै अपार्टमेन्टमा बस्छन्, अनि म छुट्टै अर्को अपार्टमेन्टमा । मेरो र पत्नी कल्पनाबीच असमझदारीले गर्दा हामी डिभोर्स गर्ने निर्णयमा पुग्यौ र डिभोर्स भयो पनि । हामी सबै विदेशमा नै बस्छौं, मेरी पूर्वपत्नी पनि । बीस वर्ष जति भयो विदेश बसेको ।
मैले यो पनि भनेको थिएँ– शर्मिला, तपाईं मभन्दा बीस वर्ष कान्छी हुनुहुन्छ । म प Continue reading
~जीवराज बुढाथोकी~
यी नौली युवती, उपत्यकाको खेतमा रोपाइ गर्दै
हिलोमा गडेका, ती सेता पिडुला पछि पछि सर्दै !!!
उनी टुरिष्ट हुन् रे ! हालै अमेरिकाबाट आएकी
आषाढ पन्ध्रको मेलामा, गाउँको खेत धाएकी !!
जिन्सको छोटो कट्टु, अर्धाङ्ग पहिरनमा जमेकी Continue reading
~मीनबहादुर विष्ट~
एउटा राष्ट्र थियो, ग्लोबमा
मानचित्रमा एउटा सहर पनि थियो
एउटा देवल थियो, चोकमा
एउटा गिर्जाघर पनि थियो
एउटा मस्जिद पनि थियो
गीता थियो, बाइबल थियो, कुरान पनि थियो।
विज्ञान थियो, संस्कृति थियो Continue reading
पिरतीको डोरी बरै काट्न नमिल्ने
जे गरे’नि आफैंलाई ढाँट्न नमिल्ने ।
हेर्दा-हेर्दै चमेली त सेतै फुल्यौ नि
तिम्रो-मेरो पुरानो त्यो याद भुल्यौ कि? Continue reading
~रुमानी राई~
फूल नटिप्नु
पटक्कै नटिप्नु फूल
भर्खरै,
जून अाेर्लेर फूलहरुमाथि
फूलहरु कवितामा अनुवाद भएका छन्
र,फूलको रङ्ग िटपेर कवि
समय-क्यानभासमा
कविताकाे पृष्ठभूमिभरी जीवन-रङ्ग पाेतिरहेछ……. Continue reading
~कुमार काफ्ले~
कथा मानवजीवनसित सर्वाधिक सन्निकट रहेको वाङ्मयको प्राचीन र लोकप्रिय विधा हो।कथाका विभिन्न वर्गीकृत रुपमध्ये सूत्रकथा सबैभन्दा कनिष्ठ प्रविधाको रुपमा साहित्यकाशमा उपस्थित भएको पाइन्छ।सूत्रकथा शब्द नेपाली कथा साहित्यको सन्दर्भमा प्रयुक्त कथा विधाको एक प्रविधा हो।सूत्रकथामा कथाका आवश्यक तत्वहरू सूत्रात्मकरुपमा उत्कर्षोन्मुख अवस्थामा समाहित भएर रहेका हुन्छन्।जुनसुकै विधाका पनि आफ्नै रुप र आकारप्रकार हुन्छन्।काव्य विधामा वृहतम् काव्यदेखि महाकाव्य,खण्डकाव्य,फुटकर कविता,मुक्तक बन्दै आएको स्थिति जस्तै आख्यान विधामा पनि उपन्यास,नाटक,एकाङ्की,कथा,लघुकथादेखि परिवर्तित हुदैं आइपुगेको रचना विशेषको नाम हो सूत्रकथा।काव्यको क्षेत्रमा मुक्तक कविताको एउटा स्वतन्त्र प्रविधा भएजस्तै आख्यान विधाको स्वतन्त्र प्रविधा हो सूत्रकथा।यसै आधारमा सूत्रकथाको पहिचानलाई निरुपण गर्नु उपयुक्त देखिन्छ। Continue reading
~केशव प्रसाद पाण्डे~
हजुरको छोराले ठिक गर्न नसकेको रोग ठिक गर्ने म छु नि अामा अब!
उस्ले मेरो अाँखामा छड्के हेर्दै भनि ।
उस्ले किन यी सवमा मलाई कमजोर वनाएर ठट्यौली गरिरहिछे !बुझ्न सकिरहेको छुईन ।पहिलो भेटमा यति नजिक कुनै स्त्री मसंग भएको रेकर्डमा पाँउदिन ।त्यो पनि एक बैरागी लेखक र फिजियोथेरापि डाक्टर ,अलि अस्वाभिक लाग्दा लाग्दै पनि पापी मनले सपनाको संसार सुदुरसम्मै नाप्न भ्यादिन्छ र पो! Continue reading
~साधना लामिछाने~
तन्काएर ओठ
मिलेको नमिलेको जस्तै भएनि
देखाएर दन्ते लहर
मोबाइलको डिजीटल क्यामेरा बाट
खिच्छु म एउटा सेल्फी
अनि टाँसिदीन्छु त्यो तस्बीरलाइ
जुकरबर्गको भित्तामा Continue reading
~प्रेमा शाह~
माया पोख्नलाई बहानानै चाहिन्छ र ?
माया श्रीँगार्न पर्व नै चाहिन्छ र ?
मुस्कान स्विकार्न , ढुकढुकी सीत लयबद्ध हुन
किन चाहिन्छ अनुमती !
मन, न ब्यारेक – न युद्धरत सिपाही
न सिमाङ्कन छ यसको , न सङियता स्विकार्छ मन !
प्रेमनै धर्म र निती मनको , भुगोल नभएको प्रेम ! Continue reading
~भूमि भण्डारी~
‘गिफ्ट के दिन्छौं त मलाई ।’
‘गिफ्ट? ल आँखा बन्द गर’-मैले भनें ।
‘नाई, मलाई डर लाग्छ ?’-उनले आँखा बन्द गर्न अस्वीकार गरिन् तर गिफ्ट भने मागिरहिन् ।
म चाँही के गिफ्ट दिनेहोला भनेर सोचिरहेको थिएं । त्यतिखेर उनलाई दिन भनेर मसँग केही थिएन । र, मैले सोचेको गिफ्ट पाउनका लागि उनी आँखा बन्द गर्न तयार थिइनन् । Continue reading
~रेखा पन्त~
डाँडैको घुमाउने चौतारी
लहरे वर र पीपल
चलिरहेको सिरसिर हावा ।
मृग नयनमा गाजल
घना बादल सरी कालो कपाल
लर्किएको लामो चुलठी Continue reading
~सङ्गम घर्ती~
सनट्न्न अँध्यारोमा जूनकिरिको धिपिक्क
मधुरो प्रकाश जो तिम्रा प्रेमपथमार्ग को निमित्त
अनब्रत जलिरहयो दिप सरि
अनि Continue reading
~सिद्धीश्वरमान श्रेष्ठ~
आज हामी दसैं मनाउँदैछौं
आज हामी तिहार मनाउदैछौं
आज हामी इद मनाउदैछौं
आज हामी छठ मनाउदैछौं
आज हामी प्रशस्त चाडबाड मनाउँदैछौं
~क्रान्ति पराजुली~
रातभर निन्द्राले साथ दिएन । निदाउन खोजे पनि मन र मष्तिष्कमा उडिरहेका विचारका वादलहरु रोकिने अवस्थामा थिएनन् । म त्यस्तो साथीको एकदमै आत्मिय साथी थिएँ जो सेक्सलाई शारीरिक आवश्यकता मात्र सम्झन्छे । मेरो विचारमा, सेक्स माया व्यक्त गर्ने आत्मीय सम्बन्ध मात्र हो, जीवनमा एक महिलाले एकपुरुष र एकपुरुषले एक महिलासँग मात्र राख्ने सम्बन्ध । के रेश्माले मलाई अत्यन्तै पुरानो सोच भएको मान्छे सम्झन्छे ?
“कन्या अर्थात छोरी दान दिने वस्तु होइनन् । गाई, बाच्छा, फर्निचर, भाडाकुँडासँग मान्छेलाई तुलना गर्न मिल्छ ?” एक युवतीले सम्पादक सामु तर्क राखिन् । यसले उनी पत्रकार भएको संकेत गथ्याे ।
“संस्कारलाई नमान्दा कागको वथानमा बकुल्ला बनिन्छ पत्रकार महोदय” सम्पादक Continue reading
~श्रीजन श्री~
फूलले हाण्या ढुङ्गो रोयो ढुङ्गाले हाण्या छाती।
छाती रोया जिन्दगीमाइ पड्या रैछ राती।
स्यालब्वासा सँगसङै पस्या गीतु गौनु,
कुकुर बिल्ला कब हुन्ना एकर्काका साथी? Continue reading
~अज्ञात~
उहिल्यै परापुर्वकालमा काठमाडौं उपत्यकाको पाटन नगरीमा तन्त्रमन्त्रविद्यामा ठूलो सिद्धी प्राप्त गरेका एकजना गुभाजु थिए। एक पटक यस नगरीमा भारतबाट एकजना जादुगर आई आफ्नो एक जना चेला साथै लिई चटक देखाउन थालेछन्। ती जादुगरले अनेक चटक देखाई झुक्याउँदै त्यसलाई तन्त्रमन्त्रको नाम दिई यस नगरीका मानिसहरूका मनमा त्रास पारी धन बटुल्दो रहेछ।
एक दिन जादुगरले Continue reading
~गोविन्द भट्ट~
रुद्र खरेलसित पहिलो चिनजान २०२५ सालताक साहित्य सङ्गम आठराईको प्रस्ताव अनुसार साहित्य सेवा समिति, शनिश्चरे र नेपाली साहित्य परिषद् झापा जस्ता पूर्वी नेपालका तिन सक्रिय संस्थाहरूको संयुक्त प्रयासद्वारा शनिश्चरेमा आयोजित मेची स्तरीय साहित्य सम्मेलनमा भएको हो । पछि थाहा भयो श्री खरेल पनि त्यस सम्मेलनका प्रमुख योजनाकारहरूमध्येकै एक हुनु हुँदो रहेछ ।
पञ्चायत कालीन नेपालमा त्यस वेलाको आन्तरिक परिस्थिति सङ्कटग्रस्त रहेको थियो । देशभित्र प्रजातन्त्रको पुनस्र्थापनाका लागि बामपन्थी र प्रजातन्त्रवादी दलहरू सङ्घर्षरत् थिए भने किसान विद्यार्थी र अन्य Continue reading
~विनय राजोपाध्याय~
सृष्टिया हे छगु उत्कृष्टम्ह प्राणी मनु, बुद्धिमान् म्ह प्राणी
न्ह्याक्व हे न्ह्योने थ्यंसां
अझं व सिवें न्ह्योने थ्यंकेमाःगु वैगु बानी
पलाः छिनाःसां
स्वाहाने गयासां
पःखाः गयासां
तिं तिं न्हुयासां
तं तं गयाःसां
ब्वायेँ ब्वायेँ जुयासां
फःसा ब्वया ब्वयासां Continue reading
~लीलाराज दाहाल~
जुठो बटुलेर खाएको हिजो
वेदनाको त्यो गीत गाएको हिजो।
समयको चक्र घुमिरहन्छ भन्छन्
दु:खले बेस्सरी सताएको हिजो। Continue reading
गाम–नगर में सोरसराबा सुनल गेल बड़ बेसी
लोकतन्त्र में अपन अधिकार लऽकऽ रहत मधेशी
जनसंख्या सँ जनसागर में जोरल छलांै हम सीधा Continue reading
~विमल निभा~
एक, स्पर्श गर्छ
दुई, फुसफुसाउँछ
तीन, बात मार्छ
चार, मुस्कुराउँछ
र पाँच ? पाँच बरबराउँछ
एक, विचार गर्छ
दुई, काम गर्छ
तीन, मद्दत गर्छ Continue reading
~निर्मोही व्यास~
चम्कँदै छन् यहाँ नक्कली लेखक
लेख्छ ज्याला लिई ‘प्रेत’ले बे–धक
चल्न खोज्छन् तिनै झन् बजारैभरि
अब्बलै पर्न खोज्छन् हजारैभरि
हुन्छ होटेलमा भव्य लोकार्पण
खानको–पानको दिव्य आकर्षण Continue reading
~अशोक सिलवाल~
फाट्टफुट्ट सेता बादलहरुसहितको नीलो आकाशमा छिनछिनमा प्लेनहरु उडिरहेका थिए । हामी एयरपोर्ट नजिकै पशुपतिको बनकालीमा थियौं ।
‘अबको केही घन्टामा तिमी पनि प्लेनमा उड्दै छौ’, मैले माइकललाई भनें ।
‘हो । म पेसेन्जरको रुपमा उड्दैछु’, उसले भन्यो । Continue reading
~लवप्रसाद कुइँकेल~
मलाई अग्लिएको हिमाल चाहिन्छ
मलाई ढाकिएको पहाड चाहिन्छ
मलाई फैलिएको तराई चाहिन्छ
मलाई चोइटिएको होइन
मलाई सिङ्गो नेपाल चाहिन्छ । Continue reading
~सेबन्त पोख्रेल~
भानु नाम गरी प्रसिद्ध कविमा, भाषा सरोष ले गरी ,
मान माथि पनि भक्त झन थपि दियौ, कहिलै नछूटने गरी |
पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका काखमा,
जन्म वि:सं १८७१ असार २९ मा तनहूँको रम्घामा | Continue reading
~गोविन्ददेव आचार्य~
छन्द : शिखरिणी
जुँगा-दाह्री पाके शिर-वदन सेता हुनगए
दुवै गोडा थाके दिनदिन निहत्थासरि भए
गयो बढ्दै स्वाँस्वाँ लघु कथनमै रुद्ध छ गला
हिँडे भागे टाढा मिलन-सुखका सुन्दर पला ।।
बन्यो ढोकै टाढा कदम पर चाल्नै सकस छ
तुना गाँठो पारी ठिकसित फुकाल्नै सकस छ
भयो साथी लौरो र नजर दुवै धूमिल बने
बने “कन्था” आन्द्रा अनि उदर साह्रो नसहने ।। Continue reading