गजल : दु:ख-पीड़ा पगाले’छु,

~शेखर ‘अस्तित्व’~

पहिले आँसू बनाउनलाई, दु:ख-पीड़ा पगाले’छु,
फेरि जल्दै मुटु माथी, जम्मै आँसू उमाले’ छु !

तिम्रा बाचा-बन्धन सबै, बाफ बनी उड़े पछि,
बचेका ती याद हरू, गजलमा नै संगाले’ छु ! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : करुणा, अहिंसा र प्राणी अधिकार

~रमेश भट्टराई ‘सहृदयी’~

१.
यो पृथ्वी कसैको जिजुबाको दाइजो भए
लाखौँ निरीह जीवसँग कर उठाइन्थ्यो होला
तिम्रो सर्वश्रेष्ठताको माप के हो मान्छे ?
अहिंसा परमो धर्म ठूलो या जिब्राको तृष्णामा मांसाहार ?
विज्ञानलाई सोध…
बुद्धलाई सोध….
तिम्रो र तिनको शारीरिक तत्वमा के भिन्नता छ रे ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नेपाली उपन्यास : दुई घुम्ती

~सञ्जीवनी शर्मा~

दुई घुम्ती | नेपाली उपन्यास | सञ्जीवनी शर्मा


‘ति निष्ठुरी हेमन्त अंकल नआएर के भो त अन्टी ? म पालिहाल्छु नि तपाईंलाई । किन फिक्री मान्नुहुन्छ हजुर ? तपाईं त मेरो सर्वथोक हो । आवश्यक पर्‍यो भने तपाईंलाई मात्र होइन महिमालाई पनि सबै सुरक्षा दिनेछु ।’ कपिलले १२ वर्ष हुँदा दिएको मर्द वचन झलभली सम्झन्छे, लुनी । नभन्दै उही कपिलसँगै लुनीकी छोरी महिमाको शुभविवाह सम्पन्न भयो । लुनीले बिहेमा आएका आफन्ती र जन्तीको सामु रहस्य खोलेकी थिई । ‘कपिलले सानैमा गरेको वाचा पूरा गरेकामा अब म ढुक्क छु । आज मेरो सपना साकार भएको छ । मेरो तपस्या पूरा भएको छ । मैले हुर्काएका, बढाएका, पढाएका र मैले संस्कार दिएका मेरा सन्तान भावी जीवनको शुरु गर्दैछन् । यहाँभन्दा खुशी म कहिले हुन सक्छु र !’ Continue reading →

Posted in नेपाली उपन्यास | Tagged | Leave a comment

कविता : अपहृत बिपना र जमदारनी बाेजू

~रुमानी राई~rumani-rai

जब जसबहादुरले पल्टनमा गाेराकाे हातबाट
जम्दार पदकाे फुली र फित्ता पायाे
सिन्दुर र टीका लायाे
तब जसमाया पनि जम्दारनी भई ।

दुश्मनसित लड्दालड्दै युध्द मैदानमा
जब दुश्मनकाे एम्बुसले जम्दारलाई टुक्राटुक्रा पार्याे
तब िवधवा जम्दारनी बाेजूकाे जीवन अाेह्रालाे लाग्दै गयाे । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : डायस्पोरा साहित्य चिन्तन र मन्थन

~दयारत्न शा.भि.~

मानवीय उन्नतिलाई वर्तमान परिपेक्षमा उन्नति भन्दा अवन्नतितिर ढल्केको तर्क ग्लोबल वार्मिङ, डिइन्डष्ट्रीलाइजेशन र अर्गानिक उत्पादन समूहले प्रस्तुत गर्दै आइरहेका लक्षोन्मुख समाज कतातिर लागेको छ भन्ने अनुमान गर्न सकिन्छ । नेपालको सन्दर्भमा ‘विकासे’ शब्दले केहि वर्ष यतादेखि मात्र जग गाडन थालेकोले अवन्नतिको सट्टा उन्नति नै ठानेको देखिन्छ । यस्तो उन्नति र अवन्नतिको मापडण्ड जाँच्न सक्नेहरुमा नेपाल बाहिर बसोबास गरेका नेपालका मान्छेहरुको समूहमा एक अनौथो रहर देखापरेको छ । त्यो हो ‘गैर आवासिय Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

नियात्रा : खप्तडको क्षितिजमा गरिबीको छाँया

~भेषराज रिजाल~

बझाङे तमेल कटेर सेती पारिपुग्दा तिर्कुलो रोप्दै थिए केही महिलाहरू । नदीमा बेपत्ता आफन्तको खोजीमा बाटैभर अलपत्र थिए केही मान्छेहरू । ढल्कँदो घामको रापले ओइलाएको तिर्कुलोको बोट र नदीको भुमरीमा बेपत्तिएको मान्छेको आकृति तौलिन्छु मनमनै । तिर्कुलो शीतको सरसताले जागे पनि बेपत्तिएको मान्छे, … । एकछिन स्तब्ध भयो शक्ति-सञ्चार । अनेक बोझले थिचियो पद-पाइलो । चोटै-चोटले थिल्थिलियो मन-मथिङ्गल ।

खोला किनारको बेँसीमा सरिसकेको धानका गाँज देख्दा बल्ल खप्तड उक्लन कस्सिएका पयरमा दरिलो उर्जा थपियो । त्यो उर्जा एकछिन मनमा तरङ्गियो र विद्युत गतिमा दगुर्‍यो शरीरभर । उर्जाशील स्पर्शले मोहित हुँदै जीवनको लयमा बग्न थालेँ म पनि । सोचेँ, कठीन मोडमा सुस्तिएको मान्छे जीवन दौडमा सामेल भएपछि छिटै वेगवान हुँदोरहेछ ।

जडारीगाडको किनारैकिनार कुदिरहेछौँ हामी । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

संक्षिप्त समालोचना : महाकवि देवकोटा र श्रीमद्भगवद्गीता

~विष्णुरुद्र शर्मा~

महाकबि देवकोटाका साहित्यिक महासागरबाट केही हरफहरु लिएर वहाँको अध्यात्मबादलाई हाम्रो ब्यवाहारिक जीवनमा अति सार्थक मार्ग दर्शक बनेको श्रीमद्भगबद्गीताका केही श्लोकहरुसङ्ग तुलनात्मक रुपले हेर्न सकिन्छ । गीताजीको यो श्लोक र देवकोटाको “यात्री” कवितामा अन्तरनिहित भाव भिजेर निचोरिएको वस्त्रमा ओसिलोपन एकाकार भए जस्तै मानवीयता र मानवसेवाको उच्चतम् रुप देख्न सकिन्छ । यस सन्दर्भमा श्रीगीताजीका श्लोकहरुलाई उद्धरण गर्दै थोरैमा गहन भाव उल्लेख गर्न सकिन्छ । श्रीमद्भगबद्गीताको दशौं अध्याय अन्तर्गत २०औं श्लोकमा भगवान श्रीकृष्णले आज्ञा गर्नुहुन्छ — Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

कार्यपत्र : नेपाली भाषाको मानकीकरणको प्रयासका घुम्तीहरू

~हेमाङ्गराज अधिकारी~

नेपाली भाषा छापाखानामा प्रवेश गरेपछि नै यसको मानकीकरण विशेष चर्चाको विषय बनेको हो। छापाखानाले लेख्य भाषाको प्रयोगको विस्तारमा व्यापक स्थान ओगटेको हुन्छ। प्रकाशनका गतिविधिमा जे जति विस्तार हुँदै गयो उति मानक प्रयोगप्रति पनि भाषाका प्रयोक्ताको चासो बढ्नु स्वाभाविक हुन्छ। प्रकाशनको प्रारम्भका केही दशकभित्र नै नेपालीको लेखन कथ्यवादी र लेख्यवादी धारमा विभाजित हुन थालेको थियो। एक थरीले नेपालीको लेख्य स्वरूपलाई कथ्यको निकट राख्ने जमर्को गरे भने अर्को थरीले यसलाई कथ्यभन्दा निकै फरक बनाउने कोसिस गरे । यस लेखमा उक्त दुई धारमा विभाजित दृष्टिकोणको चर्चाका साथै पछिल्ला गतिविधिले तिनका बीच समन्वयको खोजी गरेको तथ्यमाथि प्रकाश पारिएको छ। Continue reading →

Posted in कार्यपत्र | Tagged , | Leave a comment

युद्ध कविता : खण्डहर सिरिया

~अनुपम “नवोदित”~

यतिखेर म
यो गोल भूगोलको एउटा कुनामा
युद्धविजय नहुँदै
रन्थनिएको सिपाही जस्तै
बारुदले रंगिएको जिन्दगी बोकेर
गोलीले छेडिएका जिन्दगी घिसार्दै
फेरि,
नयाँ जीवन पाउने आशामा
उत्कट-उत्कट अभिलाषामा
अर्को कठोर युद्ध लड्दै गर्दा
अनायास, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : हाम्रो गाउँले जीवन

~गेहेन्द्र अधिकारी~

गाउँले केटो सहर छिर्यो त
सहरिया भइदियो,
एक दुई अङ्ग्रेजी बोल्यो त
बिदेशी भइदियो,
एक दुई पङ्ती कविता लेख्यो त Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : व्यर्थ

~अमृत सिङ थिङ~

सादा तस्बिरमा रङ्गीन
आँखा खोज्ने तिमीलाई
कसरी भनु अन्धको
तस्बिर भनेर
सागरमा डुबेर मोती
बटुल्ने तिम्रो चाहाना
सकेनौं पौडिन अाँखाको
नानी बनेर Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : समय

~आविष्कार कला~

देशको खबर
वर्तमानको\विगतका
एउटै छ बेहाल
जनताको पीडा मनमा
समाधानका विकल्प
सपना र कल्पनामा
समय उत्तर
हो कि
शासकको व्यवस्था ? Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गलैंचा बुन्नेहरूको गीत

~अविनाश श्रेष्ठ~

आङ्निमा जब तान छुन्छे
सबैभन्दा पहिले ऊ परिवारको भात बुन्छे, दाल बुन्छे
आङ ढाक्ने थोरै कपास बुन्छे ।

अनि आकाश बुन्छे, बतास बुन्छे Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : राजकुमारी

~स्वप्निल आचार्य~

एकाको देशमा, दूर आकाशमा, राजकुमारी थिइ,
मुख लुकाएर अलिकति लजाउँथी अलिअलि मुस्काउँथी ।
घुम्तो उघार्दा उसको मुहार देखेँ
हेरेको हेर्‍यै भएँ ।

कल्पनाको देशमा उ बस्दथी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : कुठाउँ

~अनामिका~
अनुवाद : सुमन पोखरेल

“आफ्ना ठाउँबाट निस्केपछि
कतैका रहँदैनन्
केश, आइमाई र नङहरू”-
व्याख्या गर्नुहुन्थ्यो कुनै श्लोकको यसरी
हामीलाई संस्कृत पढाउने गुरु ।

ठाउँ? ठाउँ भनेको के हो?
त्यसरी बुझेका थियौँ हामीले
एक कक्षामा पढ्दैखेरी ।

याद थियो हामीलाई एकएक क्षण Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कथा : सरको घडी

~दिनमान गुर्मछान~

बिहानै मोबाइलमा आएको मेसेजले अक्क न बक्क बनायो। घनश्याम सर बित्नुभएछ!
मैले तुरुन्त वीरेलाई फोन गरेर सोधें, “साँच्चै हो?”

“घनश्याम सर रहनुभएन…”, उसले रुन्चे आवाजमा भन्यो। पक्का भएको खबरले मनलाई उद्वेलित बनायो। आँखा रसाए।

स्कूलमा राष्ट्रिय गानको बेला म कहिल्यै पुगिनँ। जहिल्यै कक्षा शुरू हुनेबेला पुग्थें। पहिलो कक्षा घनश्याम सरको थियो। Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : मेटामोर्फोसिस

~राजेन्द्र पराजुली~Rajendra Parajuli

आठ कक्षामा पढ्दा विज्ञान शिक्षकले पढाएको ‘झुसिलकीराको जीवनचक्र’ पाठले राम उपाध्यायलाई अचम्ममा पारिदिएको थियो।

“अङ्ग्रेजीमा यसलाई मेटामोर्फोसिस भन्छन्”, शिक्षकले भनेका थिए, “एग, लार्भा, प्युपा र एडल्ट गरी चार चरणमा यसका चक्र पूरा हुन्छन्।”

रामलाई ‘मेटामोर्फोसिस’ शुद्ध उच्चारण गर्न पूरा एक वर्ष लागेको थियो। अरू चक्र Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : ल्याम्पपोस्ट

~मनु मन्जिल~

निभेर दिनभर उभिन्छु अचेल सडक किनारामा
बाँच्नै नहुने धेरैजसो दिनहरु बाँचेर
मात्र आयु नाघ्न नसकेर उभिएजसरी ।
यति खराब जिन्दगी पनि अभिनय होइन ।
यो विनाअर्थ उभिनु पनि सपना होइन ।
सिसाको यौटा आँखाले
बिहानको प्रत्येक रातो गुलाबमा आफ्नै लाज
प्रकाशित भएको हेर्दै
यो दीप्त आकाश तल, निभेर
दिनभर उभिन्छु अचेल सडक किनारामा । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जादुगर सरकार

~प्रदीप लोहागुण~

जब देशको मानचित्रबाट अचानक हराउँछ
दलबहादुरको देशभक्त गान्धीटोपी
जंगवीरको खद्दरको अहिंसक कोट

जब देशको राष्ट्रिय गीतबाट अचानक हराउँछ
रामसिंहको सुसेलिरहेको चुच्चो ओठ

अथवा हराउँछ अचानक जब यो देशको अनुहारबाट
इन्द्रेणी–सावित्रीका क्रान्तिकारी आँखाहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : चाखण्डीको खोंच

~युद्धप्रसाद मिश्र~

लहलह पल्लव हरित लताको,
छाया स्वर्गिक शीतल रुखको,
कुञ्ज छ मन्दिर चिडियाहरुको,
कलकल गान छ निर्मल जलको ।
१
गिरिको गहिरो-अन्तर-तट छ,
जल यो छलबल छलबल चलछ,
यो छलबलमा रुखको हरियो,
छाया तिरिमिरि तिरिमिरि छरियो । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : वर्षा-वियोग

~गोपालसिंह ‘नेपाली’~

झिरमीर- झिरमीर पानी पर्छ
झिरमीर- झिरमीर पानी पर्छ ।।१।।

बादल मा बिजुली चम्किन्छ
यो दुनिया झन्-झन् गम्किन्छ
तिम्रो बाटो हेर्दा हेर्दा,
आँखा तिरमिर-तिरमिर गर्छ
झिरमीर- झिरमीर पानी पर्छ ।।२।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मोते साहिँलो

~एकु घिमिरे~

होलीको सडकलाई टिपेर
भकुण्डोको आवरणमा गाँसेको अस्कोट
आपैंmले सिलाएको कपाल नछोप्ने टोपी
बर्षाको खरुकीजस्तै झप्प आँखिभूइँ
तराइको इनारजस्तो आँखा
माटोजस्तो दाँत
अचारमा पलाउने ढुसीजस्तो दारी
काँधमा हातेकलको भारी Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : सलाम गोबिन्द

~शान्ति प्रियवन्दना~

सलाम गोबिन्द
फेरी भिज्यो माटो
होनहार सन्तानको रगतले
पुछियो सिन्दुर
नवयौवनाको
हुर्किदै गरेका सन्तान

टुहरा हुन पुगे
छिनियो आमाको ममता Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : नारी

~शारदा पौडेल~

ढिकी जातो गर्नु पर्छ पकाएर खान
नत्र भने घरमा अन्न हुन्न एक माना

इन्धन छैन पकाउनलाई दाउरा खोज्न जान्छु
त्यहीबेलामा वस्तु भाउ सँगै जङ्गल लान्छु Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : केही केही केही केही

~सुमन पोखरेल~

आऊ हामी मिलेर बाँचौँ
एउटा केही।

जिन्दगी हैन ।

जिन्दगी हो भने,
अरू केही गरौँ
बाँच्नुबाहेक ।

तिमी र म एकअर्काको होऔँ
केही नयाँ ।

यसरी गरौँ एउटा केही नयाँ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आँसु

~भवानी भिक्षु~

गरे चरितार्थ नेत्रमा ‘भाद्र’
यिनीहरुले सीके ‘सावन’
हृदयको पश्चाताप-सँदेश,
सुनाए सँधै यही, पावन ।

०० ०० ००

भावना थाले हृदयमा उम्लन,
विवशताहरु असीमित उरमा भए, Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : के छ मेरो कसुर

~जीवराज बुढाथोकी~

नागरिक भै जन्मे म यो देशमा, के छ मेरो कसुर,
राखे उचित कुरा यो परिवेशमा, के छ मेरो कसुर !!

लोकतन्त्रको फल चाख्ने, मेरोपनि त हक छ हजुर,
हिड्नु पर्ने सधैं दुःखी यो भेषमा, के छ मेरो कसुर !! Continue reading →

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : सहर

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द : शिखरिणी

किराका ताँती झैँ निबिड जन-बस्ती सहरमा
धुवाँ, धूलो-मैलो घुलमिल छ हावा कसरमा
बडा ठाडाठाडा गगनसरि अग्ला महल छन्
कडा हल्लाखल्ला खलबल “वितण्डे अनल” छन् ।।

भन्यो कालोपत्रे “पिचिचि” अलपत्रे सडक छन्
सवारीका ताँती रसरङ अनौठा भडक छन्
सयौँ खाल्डाखुल्डी फुटफुट सयौँ जोल्टिङहरू
अहो ! गाडीभित्रै चह र चह जाँते पिङहरू ।। Continue reading →

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : युवक !

~कुलमणि देवकोटा~

तँ देख्तैनस्,
तँ देख्तैनस् यहाँ क्यै
तेरै चमकदार दुइ नजरले ?—
दृष्य यो वीभत्स रे वीभत्स !
कंकाली विषमता !
घोर रौरव नरक रे !
न देख्ने,
चोर होस् !
डाँका तँ होस् ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : जसरी भए पनि ज्यूनु छ

~माधवलाल कर्माचार्य~madhablal-karmacharya

लड्दै पड्दै मानिसलाई जसरी भए पनि बाँच्नु छ,
आपद्लाई टारी टारी जसरी भए पनि ज्यूनु छ ।

आशा सपना पूरै होला भन्नु निश्चय छैन कुनै,
भोलि पर्सिको ज्यूनु नै भन्नु सुरक्षा छैन कुनै । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रदान

~प्रेमराजेश्वरी थापा~

दिन सकीनँ प्रियतम दान ।
अम्बरदेखी अवनिसम्मको राशि-राशि आकांक्षा
कुन्नी कसरि भरिन गो सानो उरमा यतिको इच्छा ?
फेरि समर्पण कता, कसरि अभिलाषा भए प्रदान ?
दिन सकीनँ प्रियतम दान ।

शरद्-निशामा रजत-ज्योत्स्ना खिलखिल हाँसिरहेको
नीलमको प्यालीमा प्रियतम अमृत छचल्किएको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : गृहवुद्ध

~विक्रम सुब्बा~

गृहवुद्ध – १
सम्झना-मन्दिरमा आमाको दर्शन पाउँछु जसै
मुटुको चुम्बकले छातीमा टाँसेर मेरो गालामा
स्नेहको ओँठले छोएको न्यानो-न्यानो सम्झन्छु
धर्तीसमान विछ्याएको काखमा मलाई खेलाउँदा
मुमा-मुहारमा मुसुमुसु मुस्कानको ताराबाजी सम्झन्छु
कोमल कलेजीको कसौँडीबाट कंचन ममता, मेरो
तकदीरको थालीमा थपक्क थापेको सम्झन्छु
पर्देशलाग्दा बाटो-खर्च हालिदिने अञ्जुली सम्झन्छु
चिताएको पुगोस् भन्ने आमालु-मंगल-धुन सम्झन्छु
थकित पाइलामा फर्कँदा साँझ, मेरो सहस्रारचक्र[1]लाई
ब्रह्माण्ड-उर्जासित जोडिदिने कुशल हात सम्झन्छु
सम्झनामा मिस्सिएका आमाका अक्सिजन-सम्झनाहरू Continue reading →

Posted in कविता | Tagged | Leave a comment