~सुन्दर मानन्धर~
भर्खरै कक्षाभित्र प्रवेश गरेको एकजना युवक पातलो शरीर, गडेको आँखा, लामो नाक, छुस्स दाहृी बढेको, चप्पल लगाएको, लामोकपाललाई तेल लगाएर पछाडि फर्काएको, पाइन्ट बाहिरै कमिज, हातमा पुस्तक र कापी लिएको– मन तानियो ।
कक्षामा अन्य विद्यार्थीका तुलनामा ऊ भिन्नै देखिन्थ्यो ।
अगाडिको बेञ्च खाली थियो । विद्यार्थीहरु पछि–पछि बसेका थिए । ऊ सबभन्दा अगाडिको उक्त बेञ्चमा आएर बस्यो ।
उमेर सानै भएपनि उसको व्यवहार देख्दा परिपक्व लाग्थ्यो । ऊ निकै भावुक देखिन्थ्यो, उसको उदासिन चेहरा कालोपाटीतर्पm तेर्साउथ्यो । मैले पढाइरहदा उसले कापीमा टिपिरहन्थ्यो । Continue reading →