लेख : बोलीमै वाङ्मय

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

साहित्यको संसार छुट्टै हुन्छ। कसैको यसले मनै हर्छ तर कसैले यसलाई एक रत्ति मन पराउँदैनन्। कृति निकालेरमात्र कुनै पनि साहित्य आमपाठकमाझ पुग्छ भन्ने छैन। त्यसलाई आमपाठकसम्म पुयाउनु छ भने आमसञ्चार माध्यमको सहारा लिनैपर्छ। चाहे त्यो छापा होस् चाहे विद्युतीय। विद्युतीयमा पनि रेडियोका माध्यममार्फत् प्रभावकारी ढंगबाट सर्वसाधारणसम्म साहित्य पुयाउन लागिपर्नेहरुको जमात पनि कम छैन। नेपालमा २०२८ सालदेखि सुरु भएको रेडियो साहित्य अहिले दर्जनौं एफएमरेडियोमा विस्तारित भइसकेको छ। कोही साहित्यका शुभचिन्तक छन् त कोही Continue reading

Posted in लेख | Tagged | Leave a comment

गीत : झुपडीकी रानी

~शान्ता गौतम~

चौबन्दीमा सजेकी झुपडीकी रानी
आइदेउन मनभरि सबै आफ्नो ठानी ।

पर्खिरहेछु तिम्रो बाटो ईश्वरलाई भाकी
धुपी दुबो गाँसी माला स्वयंबरका लागि । Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : चोखो माया तिमीलाई दिउँला

~विपिन किरण~

सागर सरी चोखो माया तिमीलाई दिउँला
यो ज्यानले साथ दिए तिमीसँगै जिउँला
तिम्रो नभई मरेछु भने अर्को जुनी लिउँला

आऊ बस न छेवैमा मिठामिठा कुरा गरूँ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

Poem : Rain

~Sudhir Kwabi~

Oh wind ! listen
bring a cloud
at any cost
even it your heart is
desert
hope, rain of love .

Oh ! paddy stalk ! listen Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : यो देश नै स्वर्ग छ है मलाई

~कृष्णशरण उपाध्याय~

कृष्णा र कोशी पहरा फुटाई,
मेची र राप्ती छहरा छुटाई ।
निर्भिक बन्दै बहने रमाई,
यो देश नै स्वर्ग छ है मलाई ।

कस्तुरी या बांदर कृष्णसार,
अर्ना र हात्तीहरु छन् हजार ।
गैंडा र भालु डुल्ने रमाई,
यो देश नै स्वर्ग छ है मलाई । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : स्व खवरदारी

~मथुरा सैंजु~

नखाने चिज खाएर बरबाद परें आफै नै,
नगर्ने काम गरेर धोका खाएँं आफै नै ।

नबोल्ने बोली बोलेर शत्रु भएँं आफै नै,
झुठको यो दुनियाँमा झुठा भएँ आफै नै । Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : सम्झी सम्झी रुनु भन्दा

~नरेशदेव पन्त~

सम्झी सम्झी रुनु भन्दा बरु पागल बनाइदेऊ
तड्पी तड्पी बाँच्नु भन्दा बरु मृत्यु मलाई देऊ

मुटु साटेकै किन माया प्रीति बसेकै किन
साथ हिडेकै किन हत्ते गरी चाहेकै किन Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : गाई र उत्तरआधुनिक चितुवा

~हरिहर तिमिल्सिना~

सँगै अंकमाल गर्दै
चितुवा र गाईले एउटै पोखरीको पानी पिए भने
चितुवा, चितुवा नहुन सक्छ
गाई, गाई नहुन सक्छ ।

गाईले दूध दिन्छ
चितुवाले दूध दिँदैन Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : भ्रमको बाटो

~मीरा प्रसाईं~

एकदिन फेसबुक चलाइरहेका बेला एउटा फ्रेन्ड रिक्वेस्ट आयो । प्रोफाइल नहेरी हतपत अक्सेप्ट गर्ने बानी थिएन मेरो । तर त्यो बेला खै किन हो ? उक्त रिक्वेस्टलाई अक्सेप्ट गरिदिएँ । केही क्षण नै उताबाट स्माएलको इमोटिकेसन आयो अनि तुरुन्तै “अ म्यासिभ थ्याङ्क यु हजुर, म सरल शर्मा अमेरिकाबाट ।

मैले लेखँे, “वेल्कम ।”

फेरि स्माएलको इमोटिकेसन आयो ।

बदलामा मैले केही लेखिनँ । मेरो स्वभाव हतपत्त कसैसँग नजिक हुने खालको थिएन । भोलिपल्ट फेरि उहीँ सरल शर्मा स्माएलको इमोटिकेसनका साथ देखा प¥यो । हाय र हेल्लो गर्दै दुईचार दिन बिते । सबै पोस्ट र फोटोमा लाइक कमेन्ट भटाभट आउन थाले उसका । किन लाइक कमेन्ट गरेर चासो देखाएको होला ? आफ्नै मनसँग सोधे, एक मन रिस पनि उठ्यो । केही दिनको सामान्य कुराकानीपश्चात् ऊ मेरो सौन्दर्यमा Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

बाल कथा : बकुला र गङ्गटो

~उमाशङ्कर द्विवेदी~

कुनै वनमा अनेक जलचरहरूद्वारा सुशोभित एउटा पोखरी थियो । त्यस पोखरीमा विभिन्न प्रकारका भ्यागुता, माछा, सर्प, गङ्गटो तथा गोहीका साथै बकुलाहरू पनि निवास गर्दथे । बकुलाहरूमध्येको एउटा बूढो बकुला आफ्नो शक्ति सामथ्र्यले माछा समातेर जीविका चलाउन असमर्थ भइसकेको थियो । एकदिन ऊ अजस्रधारा आँसु चुहाउँदै पोखरीको डिलमा बसेर रोइरहेको थियो । त्यसलाई यसप्रकारले रोइरहेको देखेर एउटा गङ्गटो अन्य केही जलचर साथीहरूका साथ आइ उसको दु:खले दु:िखत हुँदै आदरपूर्वक सोध्यो–मामा, आज तपाईंले आफ्नो भोजनको प्रबन्ध गरिरहनुभएको छैन, केवल आँसु चुहाइ रोइ कराइ मात्र गरिरहनुभएको छ, के कुरा हो ? हामीलाई भन्नुस्, केही सहायता गर्न सकिन्छ कि ? Continue reading

Posted in बाल कथा | Tagged | Leave a comment

कथा : धोको

~उमालाल आचार्य~

म सरकारी कार्यालयको कारिन्दा, महँगीको मारमा गरिखानु न मरिजानुको अवस्था । खासमा मेरो तलब म एक्लैलाई पनि अपुग छ भने चारजनाको परिवारमा त्यो चटनीबाहेक केही होइन । यही चटनीमै झुण्डेको छ अधकल्चो यो जिन्दगी । तलबको अंक गणित मेरो श्रीमती, छोरी र छोरालाई थाहा नभएको पनि होइन । गियरवाला साइकल नपाएसम्म स्कूल नजाने धम्की दिएको थ्यो छोराले । शोकेससहितको दराज नभएसम्म कुनै काम नसघाउने ध्वाँस दिएकी छ छोरीले, ताजमहलको छाप भएको ठूलो लकेटसहितको सिक्री माग गरेको धेरै भयो श्रीमतीले । यी मागहरु मैले पूरा गर्न सक्ने औकातका थिएनन्, त्यसर्थ श्रीमतीले मलाई ‘नामर्द’, कंगाली, अभागी लगायतका अपशब्दले गाली गरिन् मैले चुपचाप सहें, किनकि मसँग विकल्प थिएन । विकल्प भनेको पैसा हो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : हिंडिरहेछन् हिउँमा

~तारा पराजुली~

खाली खुट्टा हिंडिरहेछन् हिउँमा
न त एक आङ लुगा छ जिउमा।

के उब्जाउलान् यी किसानहरुरु
घुन पुत्ली सरी छन् बिउमा। Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : के गर्नु

~अनुपम ‘नवोदित’~

घुर्मैलो सगरबाट जहाज, झर्‍यो के गर्नु
सुनबुट्टे सपनाहरू त्यतिकै, मर्‍यो के गर्नु

हजार-हजार मक्सदहरु, पूरा नहुदै Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : म देश खोज्न जान्छु

~दिपा धिताल~

पुगेर चौतारी, कहिले देउराली र
कहिले भँञ्ज्याङमा
लेख्नु प्रिय,
तिमीले प्रकृतिका कविताहरु
पुगेर बुढा आमा र बाबाको छहारीमा
लेख्नु प्रिय,
ओइलाउन लागेका जीवनका गाथाहरु
विवशतामा चाउरिएका कथाहरु
म देश खोज्न जान्छु ।

घुमेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म Continue reading

Posted in कविता | Tagged | Leave a comment

पत्र : अस्तित्वको खोजि

~लक्ष्मी मैनाली~

प्रिय ममतामयी आमा,
सम्झना

आमा आज म चिठी लेख्दैछु अहिलेसम्म मैले आफ्ना मनमा लुकाएर राखेका पिडाहरु तपाईलाई सुनाउन, आफ्ना मनभरिका व्यथाहरु पोख्न जुन मैले भोग्दै आएकी छु र अगाडि पनि भोग्नेछु सायद त्यतिन्जेलसम्म जबसम्म यि सास रोकिदैनन्, यि आँसु लुकाउने आँखाहरु चिम्लिदैनन्, पिडा लुकाउने मुटुको धड्कन थामिदैनन् तबसम्म। Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

गजल : यो कस्तो जिवन

~सन्तोष थापा~

रूदै रूदै बाच्नु पर्ने यो कस्तो जिवन
रूदै रूदै हास्नु पर्ने यो कस्तो जिवन

उनकै यादमा आंसुको बर्षाले परेली भिज्दा
रूज्दै भिज्दै बाच्नु पर्ने यो कस्तो जिवन Continue reading

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : आ-आफ्नो खेमा

~कात्यायन~dhanwantari-mishra-katyayan

– तिनीहरू जेलमा सडिरहेका थिए | तिनीहरूको ठूलो भीड थियो, खेमा थिएन |

– वरिष्ठ पत्रकारहरू प्रहरी-हिरासतमा परे; आई.सी.यू.मा पुस्तक पढ्दै बसे, छुटे |

– भिक्षु-संतहरू जेलमा परे, छुटे | Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : वितृष्णा

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

कृष्ण,श्याम,कन्हैया नाम अनेक ।
बन्यौ तिमी द्धापर युगका नायक ।
प्रकट होऊ बिनाश गर्न दुष्टता ।
हरण गर्‍यो ब्यभिचारले सदाचार । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हार्दिक श्रद्धाञ्जली

~महेश शाह~

महान आत्माहरु!
क्षितिज पारिको दुनियाबाट
आँखा चिम्लेर त हेर
दुखी छौ हामी ,दुखी छन तिनी
दुखी छन आज , सारा नेपाली
नेपालदेखि बङ्लादेश मौन छन्
यिन्नै तितो याद सँगाली

छड्के नजरले पनि त हेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरी आमालाई

~अमृत सिङ थिङ~

के ल्यायौ र ? दिवस तिमीले, मेरी आमालाई
मिठो भाषणमा भुलाउदै ,फेरि आमालाई

पहाडको कुना कन्दारामा पनि छन् नारीहरु Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : यसबेला

~हिरा आकाश~

यसबेला
घडीको सियो एकआपसमा जोल्ठिएर
ठीक बाह्र बजेको छ
र मान्छेका छायाहरू पुड्का भएका छन्।

यसबेला
पर्यावरण नै चकमन्न छ
वातावरण नै सुनसान छ
पानीको प्रवाह पनि माथिसम्म आइपुग्दैन
र डिल ओभानो छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : साँझकी हौ शशी

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

चिसो बिहानीको रवि हौ कि साँझकी हौ शशी .
कि कस्तो नाम दिउ तिमीलाई मेरी प्रियेशी ..

निदाएको पल होसकि बिउझियेको क्षण .
हासिरहन्छौ तिमी मेरो परेलिभित्र बसी .. Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : भ्यालेण्टाइन रोज

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

युगान्तकारी इतिहास संगालेको हाम्रो मिलनले
कहिल्यै अन्त्य नहुने हाम्रो प्रेमलाई
एउटा भ्यालेण्टाइन रोज साँचेको छ
शक्तीशाली छ त्यो रोज
संबेदनशील पनि त्यत्तिकै छ
हामी माझका उतारचढाबहरुलाई समथर उर्बरभुमि बनाइदिन्छ
क्षणिक बिछोडमा उर्लेर उठेका ज्वालामुखिहरुलाई शितल बनाइदिन्छ
मनमा चलेको आँधिबेहरीलाई निस्तेज पारिदिन्छ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : बिर्सन होइन

~बच्चु कैलाश~

बिर्सन होइन हामीले पिेरती लाएको वचन खाएको
दुईजना मिलेर संसार हामीले पाएको ।

मनले मनलाई बाँधेको छ
तनले तनलाई बाँधेको छ
एउटाले अर्कोलाई चिनेको छ
चाहना चाहना मिलेको छ
तिमी आँखा नखोल सपना बोकेर म आउँछु Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : सम्झौता

~नारायण पोखरेल~

यहाँ कसैको छोरी , कसैको दिदि, कसैको बहिनि बिहे गरेर अपरिचित घरमा गएर कसैको बुहारि कसैको भाउजु त कसैलाई आफ्नो जिवन साथिको रुपमा मान्ने चलन छ । त्यहि चलनलाई पछ्याउदै मैले पनि स्मारिका सँग बिहे गर्न बिहे मण्डपमा बसिरहेको छु । रातो सारी मा सजिएकी, हातभरी चुरा लगाएकी । बिहेको पुजा गर्दा पनि चुराको छ्याई छ्याई आवाजले भरीपुर्ण भएको थियो बिवाह मण्डप । त्यस माथि हातमा मेहन्दी लगाएकी । मेहन्दिको रंग भने खैरो रहेछ । मेहन्दिको रंग पनि रातो हुन्थ्यो त शीर देखी पाउ सम्म एकै कलर मा देखीन्थीन होला उनी । रातो घुम्टो ले स्मारीका को अनुहार छोपिएको थियो । मेरो मन मा भने उसको यो अवस्थाको अनुहार हेर्ने तलतलि लागिरहेको थियो । यस अघी पनि नदेखेको त होईन उनको अनुहार । केटिसँग कुरा गर्नुपर्छ भन्दै कोठामा हुलिदिएका थिए दुई चार दिन अगाडि । त्यति बेला नै दर्शन गरेको थिएँ अनुहारलाई । कालो कपाललाई Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गीति कविता : लेखिदिएँ तिम्रो नाम

~कृष्ण वस्ती~Krishna Wasti_1

अर्कै कुरा खेलेको पो ,थ्यो कि तिम्रो मनमा ।
लेखिदिएँ तिम्रो नाम, मैले देवी-थानमा ।।

नबोल्दा’नि दुख्छ्यौ अरे, बोल्नखोजे लुक्छ्यौ ।
छोयो कि त लाजवन्ती, झारजस्तो सुक्छ्यौ ।। Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

Poem : Lonely is the Heart

~Eagam Khaling~

Lonely is the Heart
I smiled just for you,
You smiled just for breaking my heart.
You compared me
With the dust lying on the deserts.
You broke my dreams
And played with my emotions.

I know,
It’s all in the understandings. Continue reading

Posted in Poem | Tagged | Leave a comment

कविता : जीतबहादुरका बच्चाहरुको अनुहार

~बिमल गुरुङ~bimal-gurung

लाटोकोसीरो पनि गाइरहेछ
काठको अग्लो खाँबामा उभिएर !
आकाशलाई कालो मासी परेको छ
पृथ्वी पाइखाना हो
शायद हिजो आकाशले रक्ति थुप्रै पिए जस्तो छ
कालो मासी
हो कालो मासी Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : झुम्के चुरा…

~गोपीकृष्ण ढुंगाना ‘पथिक’~

झुम्के चुरा बजाउदै अलिकति लजाउदै
आए म त तिम्रा सामू सानो संसार सजाउदै ।
चोरीदेउ लुकाइदेउ षोडसी यो जोवन
तिम्रै आशमा धरमरिदै बांचेको चोखो मन ।

तिम्रै लागि टिपी हेर आकाशको जून पनि
चाहिदैन बरु मलाई एक नम्बरी सून पनि । Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : अनुभब

वैकुण्ठ ढकाल-

राजनीति र वकालतलाई संगै अघि बढाईरहेका शंकरको देशमा नाम, ईज्जत चुलिएको छ । राजधानी काठमाण्डौंमा एकै कम्पाउण्डमा जुम्ल्याह महल पनि ठडिएको छ । श्रीमान श्रीमतीको सम्बन्ध पनि फेबिकोलले टाँसेर बाहिर नदेखिने काँटी ठोकिएको जस्तै छ । गहिरोसंग नियालेर हेर्दा पनि कहिंकतै सानो पनि छिद्र देखिदैन ।

कस्तो गज्जब साईतमा वकालत थालेछन, अहिलेसम्म हातमा लिएको कुनै पनि मुद्दा हार्नु परेको छैन, हारेको छैन । अदालतमा उभिएर गरेको शंकरको तार्किताको अघि सबै नतमस्तक पनि हुन्छन । तर्कले मात्रै मुद्दा जितिदैन, त्यो त कानुनको सामान्य जानकारी भएका सामान्य मानिसले पनि बुझ्ने कुरो भयो, तर्कका साथमा सबुत पनि हुन प-यो । तर्क र सबुतको संगमले त हो मुद्दा जितिने । Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : शहिद र युवा

~पशुपति कर्माचार्य~

शहिदहरू देशको लागि मरेर गए
“ल, हान् !” भन्दै हाँसी-हाँसी गोली खाएर गए
शहिदहरूको सपना पुरा गर्न नसके
यो जन्म खै के जन्म !

सहयोग त देशमा बालुवाको पानी भो Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : सार्है धोको रै’ छ

~मनु ब्राजाकी~Manu Brajaki

भागीको ढुङ्गालाई ढोग्ने सार्है धोको रै’ छ ।
ढोग्दाढोग्दा निंधारमा निस्क्या ठुलो फोको रै’छ ।

बगरेले हाम्रालागि ठूलो खसी ढालेको छ,
दुर्गालाई कुभिण्डोको चारखुट्टे बोको रै’छ । Continue reading

Posted in गजल | Tagged | Leave a comment