~केशर देवकोटा~
गाजलु आँखाले हेर्छ्यौ नि
मधुर मुस्कान तिम्रो लै
गाजलु आँखाले हेर्छ्यौ नि
सधैँ म त्यसमा खुसी छु । Continue reading
~केशर देवकोटा~
गाजलु आँखाले हेर्छ्यौ नि
मधुर मुस्कान तिम्रो लै
गाजलु आँखाले हेर्छ्यौ नि
सधैँ म त्यसमा खुसी छु । Continue reading
~रेखा पन्त~
सन्तानको निम्ति परेली, रुझाउँछिन् आमा !!
हाँसो सुम्पिएर पीडा, लुकाउँछिन् आमा !!!
घाम पानी झरी बादल् , पर्वाह नगरी
जसोतसो दिन्मा दुई छाक् ,जुटाउँछिन् आमा ! Continue reading
~दीपक कुमार ज्ञवाली~
म मानव सभ्यता र सँस्कृतीको पक्षधर हूँ । सभ्यता मेरो अलङ्कार हो । सभ्यता मेरो पहिचान हो । म सभ्य समाजमा मेरो सभ्य सभ्यता र सँस्कार बोकेर रमाऊन चाहान्छु । मेरो सभ्यता सँगै म जिउन चाहन्छु । सभ्यतासँग जिउनु मेरो रहर हो मेरो नैसर्गिक अधिकार पनि हो । सभ्यता र सँस्कृति शालीन नेपालीको पहिचान हो ।
प्रश्न गर्न सक्छन् सभ्यताले समाजमा यति धेरै जरो किन गाढ्यो रसभ्यतालाई किन अङ्गीकार गरीयो । मेरो सभ्यता बोकेर बाँच्न मलाई कसैले वाध्य गराएको छैन र सभ्यता र सँस्कृति बिना बाँच भन्ने अधिकारपनि कसैलाई छैन र मेरो यो रहर पनि होईन र वाध्यता पनि होईन यो त केवल मेरो सँस्कार हो । Continue reading
~अमृत सिङ थिङ~
बाँजो खेतमा खसाउ तिम्रो पसिना
सुनको वाला लहकिनेछ त्यहाँ
भिर पाखामा पोखाउ तिम्रो पाैंरख
लहरा बनि झाँगिने छ त्यहाँ
जहाँ पसिनाको थोपा खस्नेछ Continue reading
बैंशालु त्यो यौवनमा जवानीको मात थियो
तिमी एक्लै म नि एक्लै त्यो जुनेली रात थियो।।
चकमन्न भएपछि मेरो छेउ आयौ तिमी
उस्तै उस्तै दूई आत्माको मिलनको बात थियो।। Continue reading
~योगेन पौडेल~
म गङ्गामाया बर्ष ५३,
बेहोशीमै बर्बराउछु,
आँशुले लेखेको मेरो कहानी
आज तिमीलाई सुनाउछु।
यो चीसो बेड भन्दा अली पर
यो अस्पताल भन्दा अझै पर
यी चीसा मनहरु भन्दा धेरै पर Continue reading
~समीर पाख्रिन~
पोखरा निवासी एकजना श्रष्टा मित्र वीरगंज आउनुभएको उहाँको फेसबूक स्टेटस्बाट थाहा पाएँ । म उनीसित पहिलैदेखि नै भेट्न किनकिन लालायित थिएँ । उनको वीरगंज आगमनले मलाई उनीसित भेट्ने, साक्षात्कार गर्ने सुनौलो अवसर जुराइदियो । उहाँ दिनभरिजसो नै अनलाइनमा भेटिने हुँदा मलाई उनीसित सम्र्पक गर्न खासै गा¥हो भएन । हामीबीच अनलाइन सम्र्पक भयो । “शङ्करजी तपाईं वीरगंजमा कहाँ हुनुहुन्छ ?” मैले प्रश्न राखें ।
“आदर्शनगर, बहिनीज्वाइँको घरमा छु, रमेशजी ।” उताबाट जवाफ आयो ।
“हजुरलाई एकचोटि भेट्ने इच्छा थियो, भेट्न सकिन्छ ?” मैले फेरि सोधें ।
“किन नसक्नु ? म थोरै मन्त्री हो र नसक्नु ? भन्नोस् न कता भेट्ने ? तपाईं कता बस्नुहुन्छ ? उहाँले Continue reading
~उपेन्द्र सुब्बा~
देउरालीमा सिन्दुरले रातै पोतिएर
फूलपातीले छ्याप्पै छोपिएर
एउटा ढुङ्गा देउता भएर बसेको छ।
देउता ढुङ्गा पनि हुन सक्छ
ढुङ्गा देउता पनि हुन सक्छ Continue reading
~विधान आचार्य~
१
अक्षरहरूको जुलुस
विचारको ब्यानर र
नीबका प्लेकार्ड लिएर आएपछि
अक्षर नरुचाउने भाषण र शब्दहरू
हाहाकार गर्दै दौडिरहेको दृश्य हेर ।
२
देश सधैँ झूठको फसल खाँदैन
देश सधैँ रगतको टीका लगाउँदैन
देशमा मानिसहरू छन् Continue reading
~श्यामल~
बुस, गोर्भाचोभ, तेङ वा राजीव गान्धी
अहँ, ऊ कुनै नाम छान्दैन
कुनै पनि नाम
सद्दाम होस्
चाहे कुवेतको अमीरको नाम होस्
या अली खमेनीको Continue reading
~भानुभक्त आचार्य~
ख्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो झेल् पनी,
यस्का झेल उतार्नलाइ सजिलो यै हो व्यहोरा पनी।
ख्वामित् लाइ चढाउँनाकन यहाँ क्यै श्लोक् कवीता गर्याँ,
मेरा श्लोक् सुनिबक्सियोस् त झगडा छीनिन्छ पाऊ-पर्याँ।।
बीस् साल् सम्म त ज्यान त्यान यहिं वाँद् लाग्यो र खेत् रोपिया,
यो साल् बाँद पनि खोलिएछ जलले ढुङ्गा सबै छोपिया, Continue reading
~विक्रम सुब्बा~
भ्यालेन्टाइनको रातो थुंगाका ओँठले
मेरो निँधारको स्वाभिमान चुमेर
तिमीले मायाको वीउ छरिदिएपछि
मेरा मनका पातहरूमा टेकेर
जवान मायाको भुवैभुवा फुलेकोछ
ओँठका किरणहरू चुमेर तिमीले
मेरो मुस्कानमा प्राण हालिदिएपछि
दुई अधरका तरंगहरूमा Continue reading
~बद्री पलिखे~
१. मेरी कविता
पर्चाबाँड्दा र पोस्टर टाँस्दाटाँस्दै
भागदौडमा पक्राउ परी ।
२. मेरी कविता
हातमा प्लेकार्डबोकेर
जुलुसमा नारा लगाउँदालगाउँदै
पुलिसको लाठीचार्जमा सख्त घाइते भई। Continue reading
~किरण दहाल~
बरालिँदा साँझपख
यो सहरमा
नदेखियोस् तिमीलाई
ढल्न आँटेको
कुनै राणाकालीन पुरानो घरजस्तो
सम्झिराख्नु हरहमेसा–
सहर आधुनिकता मन पराउँछ
कुनै ब्रान्डेड स्प्रे छरेर
बास्नादार फूलजस्तै Continue reading
~एम सि सुमित~
साहस यो अटल बोके ढुङ्गा मैन बन्दछ
पटक हारेर त के भो शत्रु आँफै ढल्दछ
लडेरै लक्ष भेट्नु छ त पछी किन सरौँला र ! ?
नजलाए क्रान्तिको ज्वाला कहाँँ मुक्ती मिल्छ र !?
छातीमा गोली लागे पनि मुटु नफुटे पुग्छ Continue reading
~बी .पी. बजगाईँ~
ए राज्य सत्ता!
मलाई थाहा छ, तिमी हाम्रो मृत्युको
उत्सव मनाउने तयारीमा लागेको छौ,
यहाँ भेला भएर हामी तिमीलाई
नयाँ आकार दिने तयारीमा लागेका छौं|
हामीलाई कँज्याउन भनेर भरौटे मार्फत तिमीले
तर्कको चुनौतीको कुतुब मिनार नै यहाँ गाड्यौ,
आज त्यहीं उभिएर म तिमीलाई प्रश्न गर्दैछु ए सत्ता! Continue reading
~दण्डपाणि जैसी~
त्यतिबेला म जनकपुरमा कार्यरत थिएँ। म र भगवान जी एउटा योजनाको नापी लिन बिहानै साइट जाने कार्यक्रम थियो त्यसैले हाम्रो ड्राइभर जनकलार्इ विहानै बोलाएका थियौं। बिहानको करीब पाँच बजे तिर चिया नास्ता तयार गर्न भनेर देवी म भन्दा केही पहिले उठिसकेकी थिइन। जहीले पनि बाहिर जाँदा घरमै केही नखाइ हिड्न हुन्न भन्ने उनको मान्यता थियो।
म पनि बिउँझी सकेको थिएँ। छोरा छोरी दुवै मस्त निद्रामा थिए। बेडरुम सँगै बाथरुम एट्याच थियो। बाथरुमको ढोकाको तल करीब एक डेढ इन्चको भाग खाली थियो। बाथरुमबाट बाहीर निस्कने ढोकामा पनि त्यस्तै खाली ठाउँ थियो। कहीले मुसा त कहीले भ्यागुता छिर्थे। त्यस भागलार्इ बन्द गर्ने तर्फ कहिलै मेरो ध्यान गएको थिएन। Continue reading
~अज्ञात~
एकदिन चट्टु् ससुराली गएछ । ससुरोले चट्टु ज्वाईंको मानमनितो गरे ।
दिउँसोतिर खाजासाजा खाइसकेर ससुरोले चट्टुलाई भनेछ, “ज्वाईं, अब एकछिन यस्सो गफगाफ गरौंन ।”
चट्टुले भनेछ- “गफसफ त गर्नहुन्थ्यो, मलाईचाहिँ दिसा च्याप्यो । म दिसा बसेर आउँछु ।” यति भनेर चट्टु दिसा बस्न गयो ।
एकछिनपछि त चट्टुले कराउँदै आएर भन्यो।- “क्या अचम्म भो ।” Continue reading
~भूमि भण्डारी~
म यहां आएको भोलिपल्ट केन्याबाट आएकी सहकर्मीले सोधेकी थिइन् -‘तंलाई यहांका केटीहरु कस्तो लाग्यो’ भनेर । केटी देख्न पाएको छैन, कस्तो लाग्यो भन्दिनू । मैले त्यसै ‘राम्रा रहेछन्’ भन्दिएको थिएं । उनको अर्को प्रश्न थियो-‘नेपाल र यहांका केटीमा के फरक रहेछ त ?’ ‘हे भगवान् ! के फरक भन्दिऊ म अब ।’ ‘सन्सारका सबै केटी उस्तै त हुन् नि, मैले फरक छुट्याउन पाएको छैन ।’- मेरो जवाफ थियो । अहिले म भन्नसक्छु नेपालका केटी र यहांका केटीबीचको शारीरिक बनौटमा फरक । यहांका प्राय सबै केटीहरु ठूलो नितम्ब र बक्षस्थलका धनी रहेछन् जसको यहांको परम्परागत नृत्यमा ठूलो महत्व रहेछ । Continue reading
~ललिता ‘दोषी’~
बच्चा जन्मेको धेरै समय बितिसक्दा पनि युवती न कुनै प्रतिक्रिया, न कुनै उत्साह नै व्यक्त गर्छे । युवतीको त्यो व्यवहार देखेर सिस्टरहरू सोझै अड्कल लगाउँछन्, “उनी कुनै गहिरो सोचमै डुबेकी छिन् ।”
रमा सिस्टरले युवतीको एकाग्रता भङ्ग गर्दै भनिन्-”होइन बहिनी, तपाईं त मुर्दाजस्तै हुनुभयो नि ! छोरो कि छोरी के जन्मियो भन्ने पनि सायद पत्तो छैन, किन यसो गर्नुभएको ?”
सिस्टरले कुरा चुहाएपछि प्रभा रूखो स्वरमा जवाफ दिन्छे – Continue reading
~मदन राई ‘लामाखुले’~
ऊ उड्छ आकशमा
ऊमाथि घोडा चड्छ
करेली खैंचेर घोडाले उस्लाई दौडाउछ्
हातमा कुचिको सिर्कना लिएर
शसी शाहको टाउकोमा
दुख्ने गरी हिर्काउछ, Continue reading
अहा ! कति मिठो हावा चलिरहेछ
बहोस् …
बहिरहोस् …
युगयुगसम्म
जुगजुगसम्म
आजकल गरम दिउँसो कत्ति साह्रो अनुभब हुन्छ Continue reading
~कोमल भट्ट~
आज फेरि एउटा मुटु, टुक्रिएर रोएको छ
जिन्दगीको खुसी हाँसो,निख्रिएर रोएको छ ll
कसको आँखा लागेर हो, भताभुङ्ग भयो जम्मै
प्वालै प्वाल पर्ने गरी उध्रिएर रोएको छ ll Continue reading
~दिपक अभिमन्यू~
आज अचानक कृष्णप्यारी काठमाण्डौं आईपुगी आफ्ना प्रियतमलाई भेट्न।जब उसले आफ्ना प्रियतमलाई भेटि उसको खुशीको सिमा थिएन।उ यसपटकको काठमाण्डौं यात्रामा आफ्ना प्रियतमसङ्ग हराउन र उसको मायामा डुब्न चाहान्थि।बर्षौपछि आफ्ना प्रियतमलाई भेट्दा उसले सारा संसार बिर्सीई।भेट्ने बित्तिक्कै कसैको पर्वाह नगरि गमलङ्ग अङ्गालोमा बेरि उसले र बारबार अधरमा चुम्बन गरि।हेर्नेहरु उल्टै देखेको नदेखेझैं गर्दै आ आफ्नो बाटो तताए।लामो समयपछि अङ्गालोमा बेरिन पाएकी कृष्णप्यारी निकैबेर त्यो बन्धनबाट फुत्किन चाहिन।निकैबेरपछि Continue reading
~प्रज्वल अधिकारी~
केही जड्याहाहरू
दिनदहाडै भट्टी पसेर
रक्सिको इज्जत लुटेर निस्केका छन!
स्खलित भएर निस्केका उनीहरुको-
होस हराएको छ
शरीर बेहालत हल्लिएको छ
कोहि नग्न सरि छन
कोहि छाद्दै छन Continue reading
~केशव प्रसाद पाण्डे~
च्याटिङकै बिचमा उसले भनी, ‘व्यालेन्स सकिन लाग्यो आजलाई वाई है!’
यताबाट जवाफ,
दिउँसो टाईममै हाल्नुपर्छ नी? भोलि त हाल्नु है।
उताबाट उत्तर आयो ,कहाँबाट हाल्नु? मसँग भए पो।
मेरो पालो, Continue reading
~Dev Kumari Thapa~
Translation : Kumar Nagarkoti
“They say all nine planets are going to crash into one another and that the world is going to get submerged in water.”
“Surely not the whole world. Only the places with sinners, I am sure. God will protect holy places.”
“Nothing’s going to be spared when all nine planets crash, neither the sinful nor the holy, everything will be razed to the dust.” Continue reading
~मोहन बन्जाडे~
तिनका क्राउन र सेता टोपीले
कति युद्ध रचे, ग्यास च्याम्बर लादे
सभ्यता सके , भाषा बिर्साए
संस्कृति, संस्कार मासे
सम्पदा नासे
सम्पति लुटे
खै अफ्रीकी र माया सभ्यता Continue reading
~प्रह्लाद पोख्रेल~
१. मान्छेले जब भोग्नुपर्छ सहसा अत्याउँदो वेदना
चिन्ताको चुचुरो चुलिन्छ जहिले खुस्काउँदै चेतना
यात्रामा तब हिँड्नुपर्दछ उँभो हेर्दै गुराँसे वन
यात्रा गर्न जुराइए सहजमै बन्ने मनै कञ्चन ।
२. छन् छाँगा छहरा कतै मनहरा चौडा सफा पोखरी
पीडा, दर्द र दुक्ख, कष्ट मनका सन्ताप लग्ने हरी Continue reading
~प्रकाश दिप्साली राई~
नेपाली साहित्यलाई संमृद्ध बनाउनका निम्ति इतिहासका विभिन्न कालखण्ड हुँदै हालसम्म विभिन्न वाद, विचार र प्रयोगहरू हुँदै आएका छन् । बुट पोलिस, राल्फा, आयामेली लेखन, प्रगतिशील विचार हुँदै पछिल्लो पल्टको आन्दोलन वा अभियानहरू युद्ध साहित्य, भयवाद, सीर्जनशील अराजकता हुँदै पहिचान साहित्यसम्म आइपुगेको छ । यी वाद आन्दोलन र अभियान स्थायी–अस्थायी के कति रहे साहित्यविदहरूको तराजुले जोखिरहेका छन् । Continue reading
~उत्तम भट्ट ‘विवेक’~
छुट्टै बसी खानउ भुनी धुलो पिसाइ गैछ
गीतमा गाली दियो भुनी बुडिया रिसाइरैछ
माल बस्सु झानौ भुन्छी चढि बरे किया
झान्या बेला तै राणले इसा गीत दिया Continue reading