निबन्ध : पहाड काम, वीर काम

~इन्द्रबहादुर राई~

मलाई हाम्रो प्रतिष्ठानले दार्जिलिङबाट डाकिएकोमा मेरो मनमा संशय प¥यो । मलाई किन उहाँहरूले डाक्नुभयो मनमनै विचार आइहाल्यो । मभन्दा धेरै अधिकार पाउने धेरै अरू लेखकहरू छन्, नेपाली साहित्यको निम्ति मैले भन्दा धेरै बढ्ता योगदान दिनु भएका साहित्यिकहरू यहाँ छन् । १०–१५ मिनेट यसो गम्दा पनि ३० भन्दा बढी स्रष्टाहरू गन्ती गर्न सकेँ । पहिले उहाँहरूलाई बोलाइएपछि कुनै समयमा मलाई पनि बोलाइँदा उचित लाग्यो । मनमा यो संशयले गर्दा कुरी कुरी भयो मलाई । अनि सम्भेmँ यहाँ आयोजक वर्गले प्रतिष्ठान वर्गले कुनै आधार देख्नु भएको होला के ? Continue reading

Posted in निबन्ध | Tagged | Leave a comment

कथा : सम्बन्ध

~सुमित्रा न्यौपाने~

साउनेझरी झमझम परिरहेको थियो । पानी कहिल्यै बन्द हुने छैन झैं लागिरहेको थियो । मन्द उज्यालोमा छाता ओडेर गन्तव्यतर्फ अगाडि बढेका बटुवाहरूको आधा शरीर भिजेको देखिन्थ्यो । झिसमिसे साँझमा चारैतर्फ भ्यागुताहरू कराइरहेका सुनिन्थे । झ्यालमा बसेर म टोलाइरहेको थिएँ । अनेकथरि दृश्यहरू आँखा वरिपरि घुमिरहेका थिए । एक्कासी आमालाई देख्दा म अलि संहालिएँ र उठें । यदाकदाबाहेक म मेरी आमालाई मेरो कोठामा देख्दिनथें । काम परेको बेला म आफै आमासँग पुगिहाल्थेँ ।

‘बाबु मैले काम गर्न सक्न छोडेँ, आज भान्सामा लडे नि म’ । आमाले सुस्तरी भन्नुभयो । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : रामेश्वरको घर दरबारे झुपडी

~रामेश्वर पौडेल~

कसैले महल भन्छन् कसैले घर
घाम पानीबाट बच्ने एकै छ भर
कसैका भवन त दर्वार कसैका
शान्तिःले निदाउछन् झुपडी घरका

नाम जस्ले जे राखे नि काम एकै गर्ने Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : उसका लागि

~भुवन निस्तेज~

आफ्नै छायाँ साढेसात भा’छ उसका लागि
ऐना भित्रैबाट घात भा’छ उसका लागि

मध्यान्ह नै मध्यरात भा’छ उसका लागि
आशामा तुषारापात भा’छ उसका लागि Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : सकस

~महानन्द ढकाल~

कचहरी दोस्रो दिन पनि जारी थियो । तुलसीको मोठ अगाडि गाईको गोबरले लिपिएको भुँइ सुकिसकेको थियो । सतीदेवीको पार्थिव शरीर न त मोठनजिकै थियो न त लिपिएको ठाउँमा नै । आँगनको दुई कुनामा अन्तिम संस्कारका लागि तयार पारिएका सामानहरू छरप्रष्ट थिए । उत्तरपट्टि हरिया बाँसका घारा, बाबियोको डोरी, पिताम्बर, सेतो कोरा, धानको लावा, शंख, कुश, घ्यू, र खुद्रा पैसाहरू राखिएको थियो भने दक्षिणपट्टि काठको बाकस, एक बोरा नुन , खाडल खन्न तयार पारिएका कुटा र कोदालाहरू…..। लाग्थ्यो यहाँ दुई जनाको सँगै मृत्यु भएको छ । त्यो पनि फरक धर्म र संस्कृतिका । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कार्यपत्र : रापतीको गजल साहित्य र सङ्गीतको सिंहावलोकन

~सन्तोष श्रेष्ठ~

विषय प्रवेश
नेपालका १४ अञ्चलमध्ये एक रापती अञ्चल हो । रापती अञ्चलमा पाँच जिल्ला पर्दछन् ती हुन् दाङ, प्यूठान, सल्यान, रोल्पा र रुकुम । भौगोलिक बनोटअनुसार रापती अञ्चलमा रहेका यी पाँच जिल्ला एक हातका पाँच औँलाजस्तै भावनात्मक रूपले एकतामा बाँधिएर रहेका छन् । रापती नदीको नामबाट नामाकरण गरिएको यस रापती अञ्चल प्राकृतिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण नै मानिन्छ । यस अञ्चलका स्रष्टाको सिर्जनशिलता वा गजल साहित्य र सङ्गीतको अवस्था स्थानीय रूपमा र राष्ट्रिय रूपमा महत्वपूर्ण रहेको पाइन्छ । रापती अञ्चल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक क्षेत्र हो । Continue reading

Posted in कार्यपत्र | Tagged , | Leave a comment

कविता : म वेश्या रे ?

~मुस्कान बोध~

म वेश्या रे ?
मलाई कसले बनायो वेश्या ?
के यही समाज अनि समाजका
ठेकेदारहरू नै होइनन र !
मलाइ यो उपाधि दिने तिनीहरू नभइदिए
के यो वेश्याको जन्म हुन्थ्यो होला र ?
देख्नेहरूले मलाई नै गलत अनि कलंकित देख्छन् Continue reading

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : चिरा

~रुमानी राई~rumani-rai

धने र मने बिचको मित्रता बाल्यकालदेखी नै सुरु भएको हो ।

धने धनी बाउको छोरा-उसको लवाइख्वाई र फाँइफुट्टी अलिक माथ्लै स्तरको हुने नै भयो । मने गरिब किसानको छोरा-अर्थात ऊ मनको धनी तर धनको गरिब । अझ,धने सहरिया । मने सधारण गाउँले । यति हुँदाहुँदै पनि उनिहरुबिच यति गहिरो मित्रता गाँसियो कि मानौं उनिहरु एक सिङ्गो ऐना हुन् । जुन फुट्नु ऐनाको अस्तित्व जस्तै मित्रताको अन्त्य हुनु हो । हाट्बजार,मेला,पुस्तकालय,साहित्यिक कार्यक्रम,गाउँघरको Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

मुक्तक : दुखीहरु

~यान प्रकृति~

यहाँ देशमा विकासको गति उस्तै छ
बिग्रेका नेता ज्यूहरुको मति उस्तै छ
हुने खानेहरुको Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : जुध्नुपर्छ भन्छन्

~जय गौडेल~

यसैगरी जीवनसँग जुध्नुपर्छ भन्छन्
पैला खुट्टा बाँध्छन् अनि कद्नुपर्छ भन्छन्

आफ्नो पक्ष बनाउनलाई षडयन्त्रमा पारी
पैला जेल हाल्छन् पछि छुट्नुपर्छ भन्छन् Continue reading

Posted in गजल | Tagged | Leave a comment

संस्मरण : पिकीओतोको

~मनुजबाबु मिश्र~

पश्चिमी तटवर्ती महानगरको कार्यक्रम सकेर ‘मुनिराज’ सोझै आफ्नो भाइकहाँ आएर बसेको थियो । कामबाट छुट्टी लिएर भाइ चाहिँले दाजुलाई केही दिन त महानगरीका केही दर्शनीय स्थान, कला सङ्ग्रहालय आदि घुमाइदिएका थिए तर के गर्नु हेरेर नसकिने, घुमेर नसकिने, यो विशाल र विकसित देश, भाइ चाहिँले सधैँ घुमाइरहनु सम्भव थिएन । एक्लै घुम्न निस्कनु झन् असम्भव थियो । त्यसैले त्यतातिर घुम्न जाने मुनिराजजस्ता धेरै विदेशीले अधिकांश समय कोठामा नै झोक्राएर अथवा झ्याल बाहिरको दृश्य केलाएर बिताउनै पर्ने बाध्यता रहन्थ्यो ।

मुनिराजको समस्या पनि त्यस्तै थियो । अपरिचितै अपरिचित कोसँग बोलोस् ऊ बाहिर निस्किहाले पनि । मान्छे त छन् तर कसैलाई कसैसँग बोल्ने फुर्सद छैन । भाषाबिनाको सहर । ठिकै थियो होला तेह्रौँ शताब्दीका Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

पुस्तक समीक्षा : ‘वादी’ उपन्यास र मेरा अनुभूतीहरू

~डा‍.घनश्याम डाँगी~

डा.राजेन्द्र कुमार आचार्यको प्रस्तुत वादी उपन्यास पड्ने सुअवसर पाएँ । उपन्यासकारप्रति आभारी छु । पुनरावेदन अदालत तहका पूर्व रजिष्ट्रार माननीय जिल्ला न्यायाधीश पदमा बहाल रहनु भई न्याय सम्पादनको क्षेत्रमा दशकौंदेखि निष्पक्ष तटस्थ प्रस्ट र न्यायप्रेमी राष्ट्रसेवकको विशिष्ट पहिचान कायम गर्नुहुने उपन्यासकार आफूले विविध क्षेत्रमा संगाल्नु भएका अनुभव र अनुभूतिहरूलाई साहित्यिक विधाहरूमार्फत् जीवन्त शैलीमा प्रस्तुत गर्न सक्ने एक सिद्धहस्त एवम् लब्धप्रतिष्ठित श्रष्टाको रुपमा पनि सुपरिचित हुनुहुन्छ ।

यस उपन्यासको शीर्षक वादी शब्दले नेपालको मध्य तथा सुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गतका विशेषत Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : सरकारका नाममा

~किरण दहाल~

बसेर नयाँ आलीको डिलमा
चोबलेर एउटा खुट्टा
पानी भरिएको खेतमा
म हेरिरहेछु–
भर्खरै जोतेका आफ्नै गोरूका
थकित मुहार
र, आफैले कोरेका हलोका धमिला धर्साहरू
फलाउनुछ यसपालि अलि बढि धान Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : सन्तवीर गाउँमा छैन

~गणेश रसिक~Ganesh Rasik
सारजन्नी भाउजू पल्टन जानुभयो । त्यस दिनदेखि नून खाएको कुखुरो भएको छ सन्तवीर । आज – भोलि साँझपख बज्ने जोरमुरली पनि सुनिदैन गाउँमा । जुन दिन सारजन्नी भाउजूले गाउँ छोड्नु भयो त्यसै दिन सन्तवीरको हर्ष, खुसी र आनन्दहरू उहाँले आफ्नो सुटकेसमा बन्द गरेर जानु भयो ।

आजभोलि गाउँमा एक्लो छ सन्तवीर ।

हुन त आमा – बा छन् सन्तवीरका । आठजना दाजुभाइ, दिदीबहिनीको हकवाला पनि हो  सन्तवीर । तर ती सबैलाई उसको आत्माले आफ्नो ठान्दैन । आत्माले आफ्नो नठानेपछि आफ्नाहरू पनि पराईजस्तै । बरू Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पृथ्वीसँग प्रेम

~मिरा आचार्य~

आउ पृथ्वी
यो तिमीले मन पराएको शहर
म यस शहरकी किशोरी
तिम्रा बारेका कथा र किस्साहरु सुन्दा सुन्दै
मेरो किशोरी मन
तिमीलाई प्रेम गर्न पुगेछ
एक अमिट प्रेम ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

पुस्तक समीक्षा : परिहासका गजलहरु

~बद्री पलिखे~Badri Palikhe

पान्थर यासक ४ सुब्जनी बाट २०६४ सालमा परिहास नेपाली साहित्यमा सूत्र-मंगल-धुन गजल संग्रह लिएर देखा परेका छन । यो संग्रह पढ्दा परिहास गजल बिधामा जुनकिरिको पिर्लिक पिर्लिक उज्यालो र्छर्दै हाम्रा सामु गजलको शुयाङमा उडिरहे झैं लाग्छ । सूत्र-मंगल-धुन कलिला ठिटोको पाको गजल संग्रह हो । यस संग्रहमा परिहासका ६५ वटा गजलहरु छन् ।

संग्रहमा परेका गजलहरुमा सामयिक चिन्तन छ । जीवनको भोगाई छ । सामाजिकता छ । बर्तमान समयको प्रतिबिम्ब छ । माया छ । आग्रह छ । अपेक्षा छ । देश दुख्छ । समय पीडा छ । जीवन दृष्टि छ । मुलुकमा घट्दो साम्प्रदायिकता , भाषा, धर्म, जाति र भूगोलका लागी द्घन्द र आहत छ ।

मैले परिहासका गजलहरु पढें । सुन्दर भावनाहरु तुलनात्मक र लयात्मक प्रस्तुति स्वतस्फुर्त मनको लहर बाट कोका खोलो झै लाग्छ । म आफू परिहासको गजलगङ्गामा डुबुल्की मार्दै सूर्यस्नान गर्दा आनन्दानुभूति भएको अनुभव भयो । परिहासको गजलमा स्नान गर्दा भावनाको सरोवरमा राजहंशको जोडी तैरिरहेको पाएँ । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : समय दुख्छ यहाँ बाट

~पूर्ण विराम~Purna Biram

यो समय चितुवाले चिथोरेको
आभास लिँदै घाउ हेर्दै हिँड्नुपर्ने समय
घाम फर्केको इतिहास
नाङ्गा आँखा लिएर
दुःखी हुँदै पढ्नुपर्ने समय
तिमी आज पनि मेरा आँखामा लुक्यौ
केवल बतास पोखेर
दिन पनि लुक्यो Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन कविताजस्तो किन हुँदैन ?

~प्रमोद प्रधान~

म फूललाई हेर्छु
र, फूलसँग जीवनलाई दाँज्छु;
मभित्र एउटा प्रश्न उम्रन्छ—
जीवन फूलजस्तो सुन्दर किन छैन ?

नदी प्रवाहपूर्ण वेगमा बगिरहेको छ
म जीवनलाई त्यही नदीजस्तै बाँचेको हेर्न खोज्छु; Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : हजार पटक कती समझाउनु

~मोतिराम भट्ट~Motiram Bhatta

दिनको पचास त के हजार पटक कती समझाउनु ।
म गरीबका घरमा हरे तिमिले यसोरि न आउनू ।।

रिसमा थियौ कि खुशी थियौ मत केही जान्दिन के थियौ ।
कि यसो थियौ कि उसो थियौ मनमा कसोरि बुझाउनू ।।

न त आ भनुँ न त जा भनुँ म यसो भनूँ कि उसो भनूँ । Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : दोभानहरु भेट्न

~नाकारा~

तिमी र म फरक फरक ठाउमा नजन्मेको हो भने
कसरी बन्थ्यो र यो दोभान !?
र , तयार हुन्थ्यो
साझा लक्ष्य चुम्ने महान यात्रा !?
भेट भएको छ –
चलिरहने हावासङ्गै
हिडिरहने बाटोसङ्गै
बगिरहने नदिसङ्गै
ए कान्छी !
नथाक है !
पुग्नु छ निक्कै माथी –
हाम्रो अपहरित जुनतारा टिप्न
टुङ्ग्याउनु छ लामो यात्रा –
खोसिएको स्वर्ण बिहान ल्याउन ! Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : हिमालका कुरा गर्यौं, गुराँसका कुरा गर्यौं

~दिनेश अधिकारी~Dinesh Adhikari

हिमालका कुरा गर्‍यौँ, गुराँसका कुरा गर्‍यौँ
देशभक्ति देखाउन सहिदका कुरा गर्‍यौँ
बेला भयो आऊ अब इमानका कुरा गरौँ
बिरामी छ देश अहिले निदानका कुरा गरौँ

लुकीचोरी देशको भाग आफैँले पो खायौँ कि ? Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : एउटा अन्तर्वार्ता

~सीताराम नेपाल~Sitaram Nepal

सङ्कटकालको वेला थियो । एक दिन एक वरिष्ट प्रजातन्त्रवादी कम्युनिस्ट नेताको अन्तर्वार्ता लिन बिहान छ बजे नै उनको निवासमा पुग्नु पर्ने समय मिलाएको थिएँ । यी नेता भनाउदासँग भेटवार्ताको समय मिलाउनु पनि हामी जस्ता मझ्यैाला पत्रकारका लागि कहिलेकाँही वेश्याप्रेमी केटाको बिहेका लागि कन्या केटी खोज्नुजस्तै दुरुह हुन्थ्यो ।

टाइम घडीले घचघच्याएर ब्यूझाएपछि उठेँ । हाई काड्दै, आँखा मिच्दै अघिल्लै राति ठीक पारेको सोनी टेपरेकर्डर क्यासेट र त्यसको चक्का, टाइगर छापवाला ब्याट्री, सेलो म्याक्सराइटरको डटपेन, सनराइजको राइटिङ प्याड आदि अन्तर्वार्ताका लागि नभई नहुने सरजाम ठीक पारेर राखेको झोला टिपेर हिँडेँ ।

वषर्ा भएकोले होला, बाटोभरि पानी मसँग जिस्कन आयो, बाटै छेकुलाझैँ गरेर । पानीसँग जिस्कँदै, उसलाई तर्काउँदै, छक्क्याउँदै नेता निवास पुगेेँ । नेताले तातो चियाले सत्कार गरे । चियाले मलाई हुनसम्मको खुराक दियो । आफूलाई मनपर्ने नेतासँग चिया पिउन पाउँदा म दङ्ग परेँ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आर्यघाटमा केही लेखिरहेको छैन

~सुमन पोखरेल~

यस्तो बेलामा
मान्छे आम मान्छे भए
झोक्राएर बस्ने थियो कुनामा
वा फाल हाल्ने थियो भीरबाट खोल्सामा
वा एक गिलास पानी खाने थियो, धारामा थापेर ।

तर सबै म विशिष्ट हुन्छ
त्यसैले म
त्यसो गरिरहेको छुइनँ ।

यो बेलामा, यस्तो बेलामा
म केही लेखिरहन पनि सकिरहेको छुइनँ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : जलपरी

~विजय महर्जन ‘श्रीजय’~Bijay Maharjan

पौडी खेल्नु पनि गजबको रमाइलो हो। आनन्द पनि आउने, शरीरलाई कसरत पनि राम्रै हुने। झन टेलिभिजनमा देखिने पौडिबाजहरुको आकर्षक जिउडाल, आहा! अब त म पनि नसिकी छोडदिन, ज्यान गए जाला। यस्तै कुराहरु खेलाउँदै त्यस दिन म हान्निएँ एउटा सार्वजनिक विशाल पौडीस्थल तिर। शहरको मध्य भागतिर एउटा पार्कको बीचमा अवस्थित थियो त्यो कलात्मक भवन। भवनको छत अर्धगोलाकार सिसाले बनेको थियो। बाहिर चौरमा मानिसहरु दौड्दै थिए। टिकट काटेँ, भित्र पसेर हतार-हतार कपडा खोलेर पौडीको पहिरन पनि लगाए। जिउ तनक्क तन्काएर एकचोटी नुहाएँ। अनि अगाडि बढे पौडीको टुँडिखेलतिर। Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

अरुणबहादुर खत्री “नदी”का चार मुक्तकहरु

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'


चिठी लेख्दा आज कविता भयो
किन किन यो हृदय चञ्चल रह्यो
प्रकृतिको प्रेमी म प्रकृतिसँगै रमाउँछु
सुन्दरताको प्रतिबिम्ब मेरो मन बग्यो ।


बिदेसिनु भो देश छोडी सलाम हजुरलाई
सञ्चै छ या बिसञ्चो के छ हजुरलाई Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : यो हाम्रो बर्दिवास

~प्रकाश खतिवडा~

चुरेको काख तराईको माथ, यो हाम्रो बर्दिवास
स्थायी शान्ति, सामाजिक न्याय, विकासको गर्छ आस ।

पुर्व र पश्चिम, उत्तर र दक्षिण, दौडन्छन यातायात
जनताले पाका, ध्वाँ र धुला, केही छैन अरु खास । Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : उनी यस्ती

~कृष्ण वस्ती~Krishna Wasti_1

सन्सारको ‘स्वर्ग’ तिमी, पाऊँपाऊँ जस्ती ।
हिर्दयको ‘तीर्थ’ सधैँ, धाऊँधाऊँ जस्ती ।।

गाईबस्तु हेर्न जाँदा, मौका मिलाएर ।
वैशाखको ‘काफल’ टिपी, खाऊँखाऊँ जस्ती ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : अनएक्सपेक्टेड लभ

~सविता सापकोटा~

‟केटो कस्तो लाग्यो सवि ?”

पानी बिनाको माछा छटपटाएजस्तै मलाई केटा हेर्ने आउँदै छ भन्ने थाहा हुदाँ देखि नै छटपटीमा बसेको मेरी प्रेमी अर्थात राजको म्यासेज थियो । केशुले हेर्न आएको दिनदेखी मनमा व्यग्लै चन्चलता पलाएको थियो । पहिलो च्याटमै यु आर ब्युटिफुल भनेदेखि त झन आफैलाई ऐनामा हेरेर रमाउन थालेकी थिए । उ पनि मान्छे हेर्दा हेन्डमनै थियो । पढेलेखेको, जागीर गाएको त्यो भन्दा पनि मेरोजस्तै रुची भएको । राजसँग च्याट गर्दा कहिलेकाही के गरिराको भन्दा , किताब पढिराको भने पढ्नदास भनेर खिस्सी उडाउँथ्यो र यो फिल्म हेर त्यो हेर भनेर हैरानै पाथ्र्यो । आफूलाई फिल्म हेर्ने फिटिक्कै मन पर्दैन् । टिभी त मेरा

Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : स्वाभिमान

~विश्वराज अधिकारी~Bishwa Raj Adhikari

मैले उसलाई सोधें– बाबू तिमीलाई शहर लाने अंकलले खाने लगाउने राम्रो व्यवस्था मिलाइदिएका थिए, होइन?

उसले उत्तर दियो–एकदमै राम्रो व्यवस्था गरिदिनुभएको थियो । आफ्नै सन्तानजस्तो गरेर राख्नुभएको थियो, मलाई । आफ्ना सन्तानहरू र मबीच उहाँबाट कुनै किसिमको भेद भएको थिएन । म उहाँका सन्तानहरू सुत्ने कोठामा नै सुत्थें । एउटै भान्सामा खान्थें ।

मैले थप प्रश्न गरें– अनि पढ्ने पनि गरेका थियौ, बाबू ? Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : म र मेरी बैनी

~मनोहर काफ्ले~

“पेटमा छदा देखिनै तिमीहरु झगडालु स्वभाब का थियोउ । भोक लाग्दा मलाइ लात्तले हान्थेउ , म बुझ्थे , मैले पौस्टिक आहार अलि बढिनै खानु पर्ने हुन्थ्यो  ,किनकि तिमीहरु दुइजना मेरो पेटमा थियेउ । यस्तो लाग्थ्यो, तिमीहरु भित्र पनि लडाई गरि रहेका हुन्थ्येउ । मैले सन्तुलित खाना खाए पश्चात भने तिमीहरुको अघाएको जस्तो गरि चुप हुन्थ्येउ अनि म ढुक्क ले सुत्थे”। हाम्री आमा भन्ने गर्नु हुन्थ्यो ।

म र मेरो बैनी आमाको पेटमा एकैचोटी प्रवेश गरेका थियोउ , संगै बिकास भएका थियोउ । आमाले खाएको पौस्टिक तत्वले परिपूर्ण आहारको केहि अंश हामीले पनि पाएका थियोउ र दुबैले लुछाचुँडी गरेका थियोउ । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

Poem : Nothing

~Ismael Subba~Ismael Subba

I am nothing….

I exist,
It’s not because I want to….

As are we created,
Created are those winds,
Waters, fire and more
Just in a command.. Continue reading

Posted in Poem | Tagged | Leave a comment

Essay : 1 – 1 = 1

~Eagam Khaling~

This above reduced proposition (title) is extracted from Lakshmiprasad Devkota’s poem titled ‘Pagal’[1] (literally means a lunatic or a mad person), written against the autocracy, dictatorship and hypocrisy of then rulers of Nepal. Devkota was a great Nepali poet of the twentieth century. One of the scholars measuring his genuineness and extraordinary ability has honoured him with the title of ‘A Geographical Mistake’. Rahul Sanskritiyan Continue reading

Posted in Essay | Tagged | Leave a comment