कविता : गिट्टी कुट्ने दिदी

~तारा पराजुली~

यतिबेला
बेखबर जूनलाई सम्झियौ होला
उहीँ पुरानो कुन्जोमा फेसो हाल्दै
बेपत्ता उसका पाइलाहरु भूईँभरी खोज्यौ होला।

अँध्यारोका जुनकीरी बोलाएर
बिच बाटोका  पदयात्री   रोकेर उसको खबर सोध्यौ होला
उसले लगाएका वर बगैंचा
लटरम्म सुन्तला आँखाभरी झुण्डिरहँदा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : नदेखेको काला पहाड

~केशरमान बिसी~

धिपधिपे दियालोको प्रकाश कतिखेर पारि लेकाली पहाडबाट आएको तीब्र वेगको आँधीले निभाइदिन्छ । अरुनिमा दाउरा जोरजाम गरेर आगो फू फू गर्दै सल्काउँछे । अजय आज पनि साहुको काममा गएको छ तर बेला भइसक्यो फर्केको छैन । अरुनिमा चुलो बालेर मात्र के गरोस् पकाउनका लागि घरमा कुनै सरजाम छैन, उसले आज फेरि उही मकैको खोले पकाउने तरखर गर्दैछे ।

सन्ध्याकालीन रश्मीहरुले धर्तीबाट विदा लिँदैछन् । विस्तारै–विस्तारै कालीरातको पदार्पण हुँदैछ धर्तीमा तर त्यो कालीरात हिजोभन्दा आज झन्–झन् भयानक बनेर आउँदैछ भने आजभन्दा भोलि अझ भयावह हुने संकेत छ । त्यो घरमा भूत, प्रेत, मसान भिœयाएर झनै कठोर, झनै निर्मम झनै निर्दयी भएर आउँदैछ कालीरात । Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : आग्रह

~जीवन खत्री~

तिमी जाँदा,
आफू संगै लगेछौ
एक अन्तरा हिउँको गीत
एक अञ्जुलि झरनाको प्यास
भञ्ज्याङको एक थुङ्गा गुराँस
र गाउँको एउटा मुस्कान पनि, लगेछौ
र संगै लगेछौ
पोको पारेर अलिकती
तिमी जस्तै चञ्चल देश
Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : मनलाई सिलाइदेउ

~शान्ता गौतम~

फाटेको मनलाई सिलाइदेउ,
बाच्छ भने अमृत पिलाइदेउ।

खाल्टाखुल्टी किन जताततै,
डोजर लगाई मिलाइदेउ। Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : यस्तो होस अब

~जय प्रकाश ‘विवश’~

अचेल संसार एक्लो छ
रित्तो रित्तो छ
किन मनले यसरी हतासिएको अनुभूति गर्छ
खाली सन्नटा र रित्ततामा चलेको छ
मेरो आफ्नो संसार।।
होला तिमी हाँसेर बसेको देखेर आज म पनि मुस्कुराएको
होला तिमी रमाएको देखेर म पनि रमाएको Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो विज्ञान-प्रविधि

~प्रकाश माकृहाङ~

विज्ञान,
प्रविधि,
अनि म,
दुनियनं आज,
चिहाइरहेका छन् संघारमा उभिएर
म
अनि मेरै समिपमा उभिएर
जिस्काईरहेका छन् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रसन्नता

~प्रतीक ढकाल~

प्रसन्न चित्त हुन्छु रे प्रसन्न चित्त सुन्छु रे
प्रसन्न चित्त ली सधैं परोपकार गुन्छु रे
प्रसन्नता समूल हो प्रसन्न चित्त ‘फूल’ हो
प्रसन्न चित्त बस्छु लौ यही मेरो कबूल हो ।। १ ।।

प्रसन्न चित्त ईश हो प्रसन्नता परम् खुशी
प्रसन्न चित्त सृस्‍टिको सुरम्य सुन्दरी सखी
प्रसन्नता हो ‘कौमुदी’ प्रसन्नता सधैं सुखी
प्रसन्नता गुमेपछी बनिन्छ दारुणी दु:खी ।। २ ।। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गीत : शितल छायाँ दिन्छु

~सुवास संगम राई~

आउ बस मेरो छेउ शितल छायाँ दिन्छु ।
जुनतारा हैन तिम्लाई चोखो मायाँ दिन्छ ।

जब देंखे तिमीलाई मायाँ यो जाग्न थाल्यो
तिमी संगै सयौं झुनी काटौं लाग्न थाल्यो । Continue reading →

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : कपमा ऊभिएको अस्थिपन्जर

~सबिना सिन्धु~

साँच्चै किताब पढ्दै थियौ नि !
कति अध्याय पढ्यौ र जाँच्यौ आफ्नै हालत ?
शुन्य – शुन्यमा निर्वाह गर् यौ शब्दको प्रहार
र चपाउँदै चेतनाहिन एकाग्रता चर्कियौ समयको छातीमा ।

बत्ति निभेको एक साँझ
धमिला मैनबत्तिमा पोख्न खोज्यौ एउटा श्रङ्खला Continue reading →

Posted in कविता | Tagged | Leave a comment

निबन्ध : रक्सीको मात

~बासु ढकाल~

मात्तिनु राम्रो हो वा होइन यो अनुसन्धानकै विषय हो । कसैले मात्तिनुलाई राम्रो कुराको रूपमा पनि लिएका छन् । एकछिन हल्का मात्तिएर आफैभित्र हराउदा मान्छेले संसारिक दुःख भुल्छ रे तर सगसगै आˆनो दुःख भुल्ने बहानामा परिवार वा समाजलाई दुःख दिनु भनेको चाहि झन् दुःखको भारी बोक्नु हो भन्ने कुरा पनि आउछ । हुन त मात मदिराको मात्र हुदैन । धन सम्पत्तिको मात पनि चानचुने हुदैन । किनकि ठूल्ठूला विश्वयुद्धको सुरुवात धन-दौलतले भरिपूर्ण देशहरूबाटै भएको थियो। साथै रूप र लावण्यको मातले पनि ठूला-ठूला युद्ध निम्ताएको छ । तर्क गर्नेहरू भन्छन्- द्रौपदीले Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

कविता : शिर निहुराउने रहर

~मोहन बन्जाडे~

आफ्नै खोरिया आफैले फाँडेर
आफैले रोपी
आफन्तहरुले टिपी
छिमेकी मिलेर बाटेको धागोबाट
गाउँले मिली बुनेको कपडामा
कुनै देशबासी आफैले
सिम्रीक भुइँ र नीलो किनारा बीच Continue reading →

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : बोताहुदै रोतासम्म

~रामप्रसाद पन्त~

गोरुचौर, अर्थात् नाग्म-गमगढी सडकको ३७ किलोमिटर दूरीमा विराट पहाडको फेदीमा बसेको सानो गाउ । जहा सडक बनाउनका लागि नेपाली सेनाको एउटा इञ्जिनियरिङ क्याम्प बसेको छ । त्यसै क्याम्पमा हिजोको रात बिताएर आज बिहानै उठेको छु म ।

आज, अर्थात् अडसठ्ठी सालको जेठ सात गते । आज म राराको लागि प्रस्थान गर्दैछु । छ दिनदेखि सागसागै भएका मेजर सञ्जय केसी आज बिछोडिनुहुनेछ । तर उहाले मलाई एक्लै पार्नुहुने छैन । मेरो साथमा हुनेछन्- क्याप्टेन बोधिराज शाही, उनी श्रीमती शीताष्मा र दुई जना सिपाहीहरु । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

गजल : मार्ने नगर

~बिनोद खड्का~Binod Khadka

सजिएको सिउँदो देखाई मार्ने नगर
मायाप्रेमको नाटक गरी हाँस्ने नगर ।

मायामहल खडा गरीदिन्छु भन्ने तिमी Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : मूल्य चुकाऊ

~सरल सहयात्री पौडेल~

तिमी जाऊ, जतासुकै जाऊ
समुन्द्रपारि जाउ या आकाशतिर जाऊ
तर वलिदान दिने मेरो आफन्तको मूल्य चुकाऊ

तिमी वोल्न स्वतन्त्र छौ वोल Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Micro Story : Black Tika

~Eagam Khaling~

Outside the house, there are political controversies, talks on fall of humanity and rumors of death of God. Whenever Continue reading →

Posted in Micro Story | Tagged , | Leave a comment

कविता : के हो माया

~नीता के.सी.”भट्टराई”~

कोहि भन्छन दुई मुटुको ढुक-ढुकी हो माया !
कोहि भन्छन निको नहुने ब्यथा हो माया – -!

माया त मायानै हुन्छ चोखो र बिटुलो हुदैन माया !
बाच्छ सधै मुटुमै माया नाफा र घाटा केहि हुन्न माया ! Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : डर लाग्छ

~घनेन्द्र ओझा~

फूलसँग डर लाग्छ
काँडाको नै भर लाग्छ ।

यस्तो किन हुन्छ भन
तिमीमै नजर लाग्छ । Continue reading →

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : सिलोङमा डायरी हराउदा…

~डा. खगेन्द्रप्रसाद लुइटेल~

गुवाहाटी विश्वविद्यालयमा नेपाली एम्.ए. कार्यक्रमको उद्घाटनका लागि गुवाहाटी गएका बेला सिलोङ पनि जाने कार्यक्रम काठमाडौंबाटै तय भइसकेको थियो । मलाई सिलोङ लिएर जानका लागि गुवाहाटीको कार्यक्रम समापनकै दिन सिलोङको बुद्ध भानु सरस्वती कलेजका प्राध्यापक मेरा प्रिय विद्यार्थी टेकनारायण उपाध्याय आइपुगेका थिए । पुस २७ गते बिहान सबेरै गुवाहाटी विश्वविद्यालयको गेस्ट हाउसबाट हाम्रो सिलोङ यात्रा प्रारम्भ भयो । साढे दस बजेतिर सिलोङ झालुपाडा पुग्दा टेकनारायणकी श्रीमती डा. अरुणा खाना पकाएर हाम्रै प्रतीक्षामा बसिरहेकी थिइन् । Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कविता : मेरो भगवान्

~दिनार रनादी~

म जस्तै दुरुस्तै
मेरो छ भगवान् ।।

पूजा प्रसादमा हुरुक्कै हुने
निन्दा सहनै नसक्ने
म जस्तै दुरुस्तै
मेरो छ भगवान् । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : कविहरू र सत्ता

~तीर्थ श्रेष्ठ~Tirtha Shrestha

शासनारुढ
एक हूल पातकीहरूबीच
मलाई मेरो कविको शिर झुकेको मन पर्दैन
बरु भोकै मरोस् मेरो कवि
मलाई उसको कान्ती मरेको मन पर्दैन
अक्षरेका फूलहरूले कविसँग सुगन्ध माग्छ
कवि अक्षर फूलहरूलाई सुगन्ध दिन्छ
र अक्षरहरू जीवित हुन्छन्
अर्थात् Continue reading →

Posted in कविता | Tagged | Leave a comment

खम्बुवान लोककथा : रिथु चरा

~चन्द्रकुमार हतुवाली~

नेपालको हालको सुनकोसी नदी पूर्व र अरुण नदी पश्चिम बीचको भू-भागलाई उहिल्यै किराँत खम्बुवान्् नामले चिनिन्थ्यो । यहीँ किराँत खम्बुवान्को एउटा गाउँको एक घरमा एक जना बुहारी, दुई जना राउसे र बाउसे भन्ने मान्छे बसोबास गर्थे । यिनीहरूले गर्नुपर्ने कामको विभाजन पनि मान्छेअनुसार बेग्लाबेग्लै छुट्याइएको थियो । समाजमा चलेको चलनअनुसार बुहारीको भागमा घरधन्दा, बाउसेको भागमा हलो जोत्ने र राउसेको भाग भने गाईवस्तु चराउने परेको थियो । काम छिटो र राम्रो होस् भनेर काम विभाजन गरिए तापनि यी तिनै जना अल्छे भएकाले कहिल्यै चित्तबुझ्दो काम गर्दैन थिए । Continue reading →

Posted in लोककथा / दन्त्यकथा | Tagged , | Leave a comment

कविता : तिमी एक सुखी पात्र

~ज्योतिराज अधिकारी~Jyoti Raj Adhikari

यो जीवन तिम्रै सोचको प्रस्फुटन हो
किन व्यर्थ दोष थोपर्नु अरूमा
यो त तिम्रै मनको कथा हो
यो तिम्रै कल्पनाको व्यथा हो

त्यो मनले जब कथा हाल्दछ
तिमि सजिलै विश्वास गर्दछौ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : आइती

~कृष्ण सेन ‘इच्छुक’~Krishna Sen 'Ikchchuk'

परेला रुझेको तिम्रा आँखामा
असीम पीडा छैन
यो पनि म भन्दिनँ
पीरले भक्कानिएको तिम्रो मुटुमा
असह्रय वेदना छैन
यो पनि म भन्दिनँ
पानी दर्किरहेजस्तै तिम्रो मन धर्किरहेछ, आइती
तिमी रोइरहेकी छौ/आँसुकाढिरहेकी छौ
आज तिम्रो सिउँदोको सिन्दूर पुछिएको छ
तिम्रो रहर खोसिएको छ/तिम्रो खुसी खोसिएको छ
मालीबिनाको फूलबारीमा मैलोजस्तै एक्ली छौ, आइती
आज तिम्रो उमेरको जोली खोसिएको छ । Continue reading →

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : You

~Ismael Subba~

What do you like?

Say,if your life seems to be like a wilderness,
What do you like?

Have you ever said sometimes,
My life is beautiful,
Or its important for me to
Play my role….. Continue reading →

Posted in Translated Poem | Tagged | Leave a comment

गजल : बल्ल-बल्ल

~लाक्पा शेर्पा समर्पित~

चोखो प्रेम सार्ने बानी देखे बल्ल बल्ल
आत्मबल मार्ने बानी देखे बल्ल बल्ल

सके मद्दत गर्छु तर समस्या बढाउदिन
सागर नै तार्ने बानी देखे बलाल बल्ल Continue reading →

Posted in गजल | Tagged | Leave a comment

कविता : साँढ्याको कवित्

~कृष्ण प्रधान~

ऊ जति स्वतन्त्र
को छ र ?
भनेको
मान्दैन
नभनेको मात्र गर्छ
हेर्दा
अजङ्गको जूरो उचाल्छ।

हानुलाझैँ गरी
तीखा तीखा सिङ Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कविता : पहाडको बाटो

~प्रकाश सायमी~

मलाई पहाडको बाटो एकदम मनपर्छ
भीडमा हिँड्दा एक्लै लाग्ने
एक्लै हिँड्दा अग्लो लाग्ने
तिनीसितको सामीप्य
मलाई वेलाको धुनजस्तै लाग्छ,
मैले पहाडलाई नजिकबाट देखेको छु

कहिले आमाको आँसुमा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

अनूदित कविता : वर्तमान

~विश्वेश्वरप्रसाद कोइराला~
अनुवादक : रक्तसागर

विगतको जिन्दगीको सम्झना हो– वर्तमान ।
वा, म भन्न सक्छु,
हामी विगतका अनुभवलाई पुनः लागू गर्न खोज्छौँ
बितेका रातको सपनालाई प्राप्त गर्न खोज्नु हो– वर्तमान ।

विगत यथार्थ हो,
वर्तमान एउटा कथा Continue reading →

Posted in अनूदित कविता | Tagged , | Leave a comment

कविता : सपनाको छाता

~नरबहादुर घिमिरे~

ओथ्रा बसेको
कुनै पंक्षीको अण्डामा
दुई थोपा पानी पर्दा
तपाईलाई कस्तो लाग्छ?

जसरी तिमी सोच्दै छौं
पहिलो पटक छाता ओढेर
स्कुल गएको दिन।
त्यो पंक्षीले त उड्दै गरेको
बचेराको रोज सपना देख्छ। Continue reading →

Posted in कविता | Tagged | Leave a comment

कथा : औडाहा

~सुबिन भट्टराई~Subin Bhattarai

ऊ आएर खुत्रुक्क मेरो मोटरबाइकको पछाडि बस्छे । कतै छोइएलाझैँ, बडो र्सतर्कताका साथ दुवै खुट्टा यौटै साइडमा राखेर बस्छे, परम्परागत महिलाझैँ । पहेँलो साडीमा गुलाबी रङका बुट्टा कुँदिएका छन् । शरीरबाट अत्तरको कडा बास्ना प्रसारित भइरहेको छ । नाकै हरक्क गर्छ मेरो । तर उसको अनुहारतिर म त्यति ध्यान दिन्नँ । ठीकसित उसको शरीरलई नियाल्न पनि मन लाग्दैन । गम्ल्याङ्ग मेरो शरीरलाई आफ्नो हातले बेरेकी भए उसको उपस्थितिको अझ अर्को एउटा सबभन्दा बलियो प्रमाण हुन सक्थ्योे तर त्यसो हुन सक्तैन । अनुमान गरेरै निर्धक्क भई मैले उसको उपस्थितिलाई छाम्नुपर्ने बाध्यता छ । फर्केर पछाडि हेरे पनि हुँदो हो तर मभित्रको पौरुष अहम्ले, कमसे कम तत्कालीन परिस्थितिहरूको स्थितिबोध गरेकाले त्यसो गर्न दिँदैन । मैले आंशिक नेत्रहीनताको अभिनय गर्नैपर्छ ।

ऊ मेरी स्वास्नी हो । ऊ त्यही स्वास्नी हो जसलाई मैले सात महिना अगाडि साढे दर्ुइ लाख रुपियाँ नगद Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : म अनसनमै मरेँ भने….

~नुमनाथ प्याकुरेल~

म गोविन्द !
म निरीह यिनका नजरमा
मानवता हराएको
यो शहरमा
कैले उनले घचेटेर
कैले यिनले धकेलेर
कैले यता, कैले उता उछिट्याइन्छु।।

म बबुरो तिनका नजरमा
उठेर फेरि हिड्ने अभिलाषा ले,
मेरा तिनकोरि वर्ष वित्दै गर्दा Continue reading →

Posted in कविता | Tagged | Leave a comment

गजल : अर्कैसंग सल्क्या छौ रे

~दिपक अभिमन्यू~

गाउँघरमा हल्ला सुन्छु अर्कैसंग सल्क्या छौ रे
दिनरात उसकै नाम जप्दै उसैसित छल्क्या छौ रे

साँझ बिहान लत्तो छाडी मर्यादाको ख्याल नगरि
कुरा काट्छन नानाथरि उसैसित पल्क्या छौ रे Continue reading →

Posted in गजल | Tagged | Leave a comment