सुन्दर युवक सुतेका रुखमनि
थकित शिलाको तकियामा ।
यौटा घाँसी धार लगाई
बसीरहेको हँसियामा ।।
वनको मीठो गान घुसेको
यौटाको मृदु सपनामा ।
यौटाको दिल स्वर्ग उडेको
निर्मल जीवन बिपनामा ।। Continue reading
सुन्दर युवक सुतेका रुखमनि
थकित शिलाको तकियामा ।
यौटा घाँसी धार लगाई
बसीरहेको हँसियामा ।।
वनको मीठो गान घुसेको
यौटाको मृदु सपनामा ।
यौटाको दिल स्वर्ग उडेको
निर्मल जीवन बिपनामा ।। Continue reading
~चूडानाथ भट्टराई~
यो दिव्य नील, नभमा जडिए कमानी
त्रैलोक्यमै छ परिपूर्ण श्रद्धा ! जवानी !
मस्ती छ जीव जतिमा जड छन् फुलेका
आनन्दले मगन मस्त भइ झुलेका ।।१।।
साफल्यमा कृषकको फल गाँथिदो छ
उद्योगमा श्रमिकको दल गाँसिदो छ
आनन्दको लहरले दिल मिल्न सर्छ
लौ ! स्वर्ग मर्त्य यसले हुनु एक पर्छ ।। Continue reading
~विजय मल्ल~
त्यो पर माथि आकाशमा,
दिउसै दिन रोएको, छटपटाएको,
आँसु-झारेको
तिमीले देख्यौ ?
यसरी विस्मयले सोधेको मलाई अ-
हिले संझना छ ।
प्रिय ! उहिले वायुमा ओसारिएका Continue reading
~विक्रम सुब्बा~
आमाले रोजेको होइन, म
गर्भमा आएपछि , आमाको
ममताले मन्जुर भएको हुँ ।
रोजेको होइन आमा-बा मैले
उनकै रक्त-डल्लो भै जन्मेपछि
सभ्यताको एक हिस्सा बनेको हुँ । Continue reading
~सैलेन्द्र साकार~
को हेर्न आउछ मरेका चराहरु को
चिडियाखाना शरीर ?
जहा मरेका झै भएर बसेका छन
जीवित चराहरु झै चन्चल स्नायु
चरा हरुको सिनो गन्धले Continue reading
~अर्पण तामाङ~
खबरदार!
भोका नाङ्गा जनताहो!!
अझै सकिएको छैन क्रान्ति!
हात बाधेर नबसहै आयो भन्दै सान्ति!
त्यसैले मेरो यहा हरुलाइ
एउटा खबरदारि।
गिरि बिस्ट र थापा हरुको
सकुनि रथ मा बुइ चढेर
नारायणहिटिको बंश बिनास गरि
५८ को कालो इतिहास रच्ने Continue reading
~पेशल आचार्य~
गाउँघरमा जताततै कम्प्युटर किन्ने एक प्रकारको फेसनै जस्तो भएको थियो । हुनेखानेले त असल जातकै ब्राण्डेड कम्प्युटर किन्थे । सक नभएकाहरू चाहिँ छिमेकीका घरमा ल्याएको कम्प्युटर हेरी चित्त बुझाउँथे ।
लिपिका घरमा ऊ र उसका भाइहरू पनि बाआमालाई कम्प्युटर किनिदिनु भनी करकर गर्न थालेका थिए । निकै वर्षदेखि थातिरहेको थियो उनीहरूको कम्प्युटर सिक्ने रहर । स्कुलमा कक्षा ९बाट कम्प्युटरको कक्षा सुरू भएको थियो । लिपि यसपालि कक्षा ८मा गएकी थिई । उसको ठूलो भाइ शब्द कक्षा ५मा र सानो भाइ वाक्य चाहिँ कक्षा ३मा पढ्थ्यो । Continue reading
~मुकुन्द आचार्य~
अस्पतालका सबै चिकित्सकहरूको एक आकस्मिक गोप्य बैठक बस्यो । अस्पतालमा भर्ना भएका कुनै रोगीको अनौठो रोगबारेमा गहन छलफल भयो । तर रोगको सिङ–पुच्छर क्यै पनि अत्तोपत्तो लागेन । चिकित्सकहरूलाई पनि आआफ्नो निजी क्लिनिकमा जान हतार थियो । रोग र रोगीलाई यथावत् छाडेर बैठक सकियो ।
के गर्नु, रोग पनि त अचम्मकै थियो । रोगीको दुवै हात नमस्कारको मुद्रामा जोडिएका थिए । बुझिन्थ्यो, फेविकोलले दुवै हातलाई टाँसिदिएको छ । रोगीको अनुहारमा स्थायीरूपमा मधुर मुस्कान विद्यमान थियो । दुवै Continue reading
~मधुवन पौडेल~
ओहो ! कति भीड ! कहाँबाट आउँछन् मान्छे पनि ! त्यो दिन भोटाहिटीबाट इन्द्रचोक छिचोल्ने बाटो हिँडिनसक्नु थियो । रिक्सा, साइकल, गाडी अनि त्यसमा बाटोका दुवै छेउछाउमा नाङ्ले पसल ! अफिस छुटेर घर फर्केकाहरूको भीड, असनमा तरकारी किन्न जानेको भीड, अन्नपूर्णको स्थानमा बत्ती बाल्न आउनेको भीड, कुनाको पसलवरिपरि त सुत्केरीनिम्ति क्वाटी-वासः किन्नेको भीड अनि फाट्टफुट्ट हूलमूल गर्दै आएका अल्लारे केटाहरूको भीड !
यस्तो भीड मनोजका लागि खासै नयाँ थिएन तैपनि इन्द्रचोकतिर जानेभन्दा असनतिर आउनेहरूको भीड देख्दा उसको मनमा कौतूहल लाग्नु स्वाभाविकै थियो । Continue reading
~R. M. Dongol~
Translated by Yuyutsu Sharma
Wind launched an assault
on the green leaves of the tree
and the clouds unable
to bear the pangs smashed
their headpieces on the dried-up
riverbed of the night, vomiting blood.
Vomiting blood the same night Continue reading
~किरण पौड्याल~
छाती तिम्रा टेक्ने पाईला, हिंडे काटी म
बनि सैनिक राष्ट्र सिङ्गै, हिंडे लडी म
भूमि युद्ध, मैदान क्रान्ति, हिंडे दौडी म
आँखा काला, नियत खराब, हिंडे फोडी म |
काटी मुण्डा, बनि चण्डी, हिंड्थें गर्जी म
खुँडा, भाला, कर्द गर्जन, सिंहनादै म Continue reading
~मोहनशरण देवाचार्य~
निश्वार्थ मनमा मेरो , राष्ट्र नै थियो जीवन।
हे बत्सल्यमयी आमा, जिन्दगी छ समर्पण ।।१।।
नेपाली कन अर्काले , उपेक्षा नगरिकन ।
सम्मान पाउँने काम, गरौ नेपाली भै कन ।।२।। Continue reading
~गोविन्द विकल~
युग ।
तिमीले पिउन लागेको सर्बतको गिलासमा
एक टुक्रा बरफ म
क्रमशः बिलिँदै जानेछु।
युग ।
तिमीले तान्दै गरेको चुरोटको
एक सर्को धूवाँ म
क्रमशः हावामा विलीन हुनेछु।
युग । Continue reading
~गोपालप्रसाद पौडेल~
जुन रोहेको
ताराहरु हाँसेका
तैपनि फेरि उज्यालो लिएर
जुन चियाउँछे
घाम रिसाउँछ
झोक्केर तताउँदै
डाँडापारि गएर निदाउँछ
बाँसको झ्यांगमा Continue reading
~दिलिप राई “सगर”~
पृष्ठभूमि
मिर्मिरेमा घाम झुल्किन्छ, रोशनी छाउँछ उज्यालो । चिर्विराउँछन् चराचुरुङ्गी । उठ्दछन् पशुप्राणी । सनै सनै मेलो लाग्दछन् आ–आफ्नो दिनचर्यामा । चल्दछ हावा हल्लिन्छन् रूखपात । फुल्दछ फूल छर्दछ वासना । झुम्मिन्छन् मौरी पुतली । उड्दछ बादल गर्जिन्छ सगर । वर्षिन्छ झरी वर्षा । बग्छन् नदी खोला र बगाउँछन् ढुङ्गा माटो, पात पतिङ्गर । बग्दै मिसिन्छन् समुद्रमा । छचल्किन्छ लहर पौडिन्छन् माछा, डुङ्गा, किस्ती, जहाज । दगुर्छन् मोटरगाडी सडकमा । ओसार्छन् मान्छे मालसामान । जसै जन्मिन्छ मान्छे हुर्किन्छ उसँगै चेतना र सोचाई पनि ।
वैज्ञानिकहरू भन्छन् सूर्यलाई पृथ्वीले घुम्दछ र पृथ्वीलाई चन्द्रमाले । सम्पूर्ण तारा, नक्षत्र, ग्रहले आ–आफ्नो Continue reading
~रुमानी राई~
पसिनाले धरती गलाउनु पर्छ है ठूले
मानो रोपेर मुरी फलाउनु पर्छ है ठूले ।
बलवैंश भईञ्जेल आफ्नै देशको माटोमा
परिश्रमी पाखुरी चलाउनु पर्छ है ठूले । Continue reading
~अविनाश श्रेष्ठ~
।। एक ।।
उन्मादको अर्को नाम नै तिमी थियौ नायिका ।
उपकूल–उपकूल, बगर–बगर नदीमय सम्भावना तिम्रा उन्मत्त आँखामा
लोलाउँथे— रात, थाकेर बिसाएझैँ बोगनबेलियाको झ्याङमा ।
तिमी हुनु नै समुद्र हुनु थियो/तिमीभरि उर्लन्थे मेरो पौरुषका
अदम्य लहरहरू/ज्वारभाटाहरू । नीलो आवेगको पानीमा
उत्रने गर्थे/तृप्तिका फेनिल अनित्य कुसुमहरू । Continue reading
~सुधीर ख्वबि~
१.
भएर ज्ञानी
पढेर बस्छ सधै
बालक गुणी .
२.
असल बन
सहयोगी भएर
धूर्त नबन Continue reading
~माधव ‘सयपत्री’~
व्यञ्जना र अनुराग दिदीभाइ हुन् । उनीहरू घरबाट टाढा डेरामा बसेर पढ्छन् । गाउँमा हाइस्कुल नभएर त्यसो गर्नुपरेको हो ।
व्यञ्जना र अनुरागको घरमा एउटा फुच्चे बिरालो पनि थियो । उनीहरूको बाबा एउटा प्राथमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाँलाई विद्यालयको काममा बरोबर सदरमुकाम र अन्य ठाउँमा गइरहनु पथ्र्यो । त्यसैले उनीहरूका आमा एक्लै पर्नुहुन्थ्यो घरमा कहिलकाहीँ । त्यही फुच्चे बिरालो मात्र अनुरागकी आमाको साथी हुन्थ्यो । Continue reading
~माधवप्रसाद उपाध्याय ‘सयपत्री’~
एउटा किताबमा स्वरवर्ण समूह र व्यञ्जनवर्ण समूहका अक्षरहरू बस्थे । तिनीहरूले बोली र लेखाइमा कब्जा जमाएका थिए । दुवै समूहलाई आˆनो समूह महìवपूर्ण छ भन्ने ठूलो घमण्ड थियो । तिनीहरू सधैँ झगडा गरिरहन्थे तर सँगै जोडिएर बस्नुपर्ने बाध्यता थियो । कुकुर र बिरालाजस्ता एकछिन नमिल्ने तर सँगै बस्नुपर्ने । सँगै बस्दा लात्ती त लाग्छ नै । लात्ती त के मन नपरेकाको सास पनि गनाउँछ भनेझैँ तिनीहरू एकअर्कालाई आफूबाट टाढा राख्न खोज्थे । चाहेर मात्र के हुन्थ्यो र ? तिनीहरूको त लगनगाँठो नै कसिएको थियो । त्यसले छुट्टनिै दिँदैनथ्यो । सधैँ झगडा गरेर एकै ठाउँ बस्नुभन्दा छुट्टनिु बेस ठानी तिनीहरू तर्क गर्न लागे । Continue reading
~माधव ‘सयपत्री’~
किनकिन डी.बी. सरलाई महिला चालक भएको टेम्पु चढ्न मान लाग्छ । डीबी अर्थात् दिलबहादुर धामी सर ।
दिलबहादुर धामी सरको घर नेपालको पश्चिमी जिल्ला दार्चुला हो । जागिर खाने सिलसिलामा उनी रामेछाप पुगे । धेरै वर्ष रामेछाप उनको लागि उर्वरभूमि बन्यो । शिक्षकहरूको नामी सङ्गठनको जिल्ला अध्यक्ष जस्तो पदमा पुगे । धामी सर सबैका वाहवाह र प्रशंसाका पात्र बने । करिब १२/१५ वर्ष अस्थायी/स्थायी सेवा गरी आफू निकट राजनीतिक पार्टीको हातमा शिक्षा मन्त्रालय परेकै बेलामा दिलबहादुर सरले राम्रो ‘छलाङ’ मारे । छलाङ् त त्यस्तो पो छलाङ् । अरूका त कुराको मात्र छलाङ् । भ्यागुते छलाङ् । Continue reading
~तरुण पौडेल~
खोई त मेरो
समाजवादी फल
अभिवादन
सूर्य र ताँदो
सगरमाथा काँध
घाँटीको हड्डी Continue reading
~दण्डपाणि अर्ज्याल~
गोरखाको कुसुण्डे र झ्यावा गाउँको बीचमा गडीडाँडा पहरेभीरबाट आएको झ्याल्ला खोलो छ । झ्यावा गाउँको पुछार भ्याल्ला फाँटमा झ्याल्ला खोलाको पूर्वपट्टि रहेको सिजुङ पंचायतमा भ्याल्लाभूमे भन्ने भूमि-देवता प्रख्यात छन् । यिनको उत्पत्ति सम्वन्धमा पूर्वकालमा खेत जोत्दा हलाले एक पत्थरमा ठक्कर लाग्दा पत्थर फुटी रगत आई खेतको पानी सवै रगतै भएको र हलिगोरुसमेत मरेको भन्ने जनश्रुती परम्परा छ । के भयो भनी खोजी-नीति गर्दा दवाडीका पूर्खा साउन पाध्येलाई म यहाँको रैथाने भूमिदेवता हुँ भनी स्वप्ना भएछ । त्यही हलाले ठक्कर लागेको पत्थरलाई नै देवता मानी पूजा गर्ने, रुद्री गर्ने गर्न थले छन् अनि बली दिने र दुध चढाउने ठाउँ भिन्ना-भिन्नै बनाएछन् । ती देवताको थान बोहोरी र गिनरीको फेदमा छ । मन्दिर छैन । पर्खालले घेरिएको छ । जो गयो सवैले आफै पूजा गर्ने चलन चल्यो । Continue reading
~लता शर्मा~
युएस विमान आयो, दुई फन्को लगाउँदै ।
खरानी भो जीवन भुईँ टेक्न नपाउँदै ।
ढाकाबाट उडेको थ्यो, युएस बङ्गाल विमान ।
दुईहजार चहत्तर साल, फागुन बाह्रका दिन ।
कोहीका थिए छोरा छोरी, कोहीका प्यारा प्यारी ।
आउँछन् भन्दै बसेका थिए, सबै बाटो कुरी । Continue reading
~Eagam Khaling~
A young man walked slowly from the first letter ‘S’ to ‘i’ and pronounced the syllable ‘Si’ then from the third letter ‘t’ to ‘a’ and Continue reading
~सङ्गम घर्ती~
१
घडीको सुई हिन्छ हिन्दैन
समयले साथ दिन्छ दिँदैन
सोध्नु मन छ मनुह तिमीलाई
यमराजले मृत्यु किन्छ किन्दैन ?
२
तिम्रै हातले जहर पिलाई दिए हुन्छ
यमपुरिको टिकट पनि दिलाई दिए हुन्छ
शिरा, धमनी, अनि मुटु चिराफार गरी
दिल दायाँबायाँ ,यत्रतत्र मिलाई दिए हुन्छ । Continue reading
~दिल थापा~
मेरी आमाले भन्नु भयो,
ए छोरा बिहे गर
नारिकोमलताको बसाल घर
एक्लोपनाताको देखेर बर्
मैले भने, Continue reading
~भेषराज रिजाल~
सोलुको सल्लेरीमै बित्न लागेथ्यो बिहान ।
अघिल्लोदिन लेकाली चिसो छुनखोज्दै मज्जाले डुलिएथ्यो सल्लेरीको सेरोफेरो । होटल मिडप्वाइन्टको आलुको रोटी र भीर महले भोजनको तृप्ति मात्र होइन दिएथ्यो एउटा स्वादिलो सम्झना ।
भीर मह चाख्ने इच्छासँगै सुनिँदैथिए अनेक रोमाञ्चक कथा । Continue reading
~प्रतिमान सिवा~
हे मदन !
थोरै आशा र धेरै अभिलाषाहरु बोकेर
जिबिकोपार्जनको बैशाखी टेक्दै टेक्दै
ज्यानै कक्र्याउने त्यो ह्लासाको
चिसो डाँडामा थुर थुर काँप्दै गर्दा
र हैजाले लम्पसार घना जङ्गलमा लडि रहँदा Continue reading
~केशर देवकोटा~
स्वागतम स्वागतम स्वागतम छ
तिमीलाई मेरो हृदयमा बसी दिनलाई ।
शुभकामनाहरु टक्र्याउँछु तिमीलाई Continue reading
~राकेश कार्की~
एउटै भेटमा पनि यस्तो
आफ्नो जस्तो लाग्न थाल्यो
पहिलो मंजिलको पालुवाले
सम्बन्धको जरा हाल्यो
समुन्द्र भित्र आफ्नै Continue reading
~ऋतिक यादव~
तिम्रा प्रयासका हरेक पाईलाले सफलता चुमोस्।
पक्कै राष्ट्रलाई तिमीजस्ता खम्बाको जरुरत हुनेछ।
तिम्रा परिश्रमको कदर यो समुच्च संसारले गरोस्।
तिम्रा प्रशंसा गर्नेको अन्नत विकराल भिड हुनेछ।
आकाशमा तारा हेर्नेमा भीडमा मेरो नयन तर्सोस। Continue reading