~दिल थापा~
मेरी आमाले भन्नु भयो,
ए छोरा बिहे गर
नारिकोमलताको बसाल घर
एक्लोपनाताको देखेर बर्
मैले भने,
ए आमा युद्धको समाधिसँगै
अशान्तिको भङ्गसँगै
मुस्कानको लालिउक्त रङ्गसँगै
शान्तिको अनुभव गर्ने अङ्गसँगै
कुनै नारीको मनोविज्ञान माग्ने छु
मेरी आमाले भन्नु भयो
ए छोरा असम्भव कुरा नगर
महत्वकाङ्ंछी नबन
गुमी सकेको कुरा ल्याई बिहे गर्छु नभन
अवचेतनामा त्यसो नभन
मेरो दुई मुठी सासको आयु वर्ष गन
ए छोरा बिहे गर्
मैले भने,
सपना देख्न होइन नहुने
उद्धेश्य उडि चन्द्र छुने
त्यसैले आशाको सस्मी नमार
तपाईँको आयु ममा नसार
म बाचेको आयु तपाईँकै हो
म जस्तो छोराहरूको बिहे यहाँ भएकै हो
मेरी आमाले भन्नुभयो,
म पश्चिम को घाम हुँ
जुनसुकै बेला अस्ताउन सक्छु
त्यसैले ए छोरा बिहे गर्
मैले भने,
मेरो नजरमा तपाईँ पूर्वको घाम हौ
मेरा दाजु भाइ सकलको आमा हौ
मनबाट मन जोड्ने गाम हौ
सजीव मनको न्यानोपनाको खाम हौ
त्यसैले मेरी आमा
जुन दिन मेरो दाजु भाइ दिदी बैनाले शान्ति वकालत गर्ने छ
हजुरको आत्मा स्वयम् तपाईँले पाउने छ
तपाईँका टुक्रा टुक्रा शरीर एकीकृत हुनेछ
तपाईँको बिछोडको महसुस गरी
मेरा दाजु भाइ रुने छन्
हो आमा
मैले त्यही दिन बिहे गर्ने छु ।
– दिल थापा
भिरकोट तनहुँ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
