~सुधीर ख्वबि~
१.
भएर ज्ञानी
पढेर बस्छ सधै
बालक गुणी .
२.
असल बन
सहयोगी भएर
धूर्त नबन
३.
लक्ष्य सजाउ
मेहनत लगाऊ
प्रथम होऊ
४.
नबन अल्छी
हिउँ लक्ष्यको बाटो
चुम शिखर
५.
चढ्नु पहाड
हौसला विश्वासको
चुम्नु चन्द्रमा
६.
काँचो माटो यो
बन्छ जे बनाए नि
बाल मन
७.
कलिला मन
बोकी कापी कलम
कोर्छ भविष्य
(स्रोत : ताराकुञ्ज सेकेन्डरी स्कुल वार्षिक स्मारिका बाट सभार)
