गजल : आउँछ कि ? सरकार

~अनुपम ‘नवोदित’~

बालुवा पेलेर तेल, आउँछ कि ? सरकार
वाक्पटुताले त रेल, आउँछ कि ? सरकार

भेदभाव छुवाछूत, सबै ज्यूं का त्यूं छन्
यो नफाली अब मेल, आउँछ कि ? सरकार

दूवो जस्तै भ्रस्टाचारी, मौलाको छ देशमा
यस्तालाई राख्ने जेल, आउँछ कि ? सरकार

शकुनीको पासा जस्तै, जालझेल छन् यहाँ
त्यस्तालाई जीत्ने खेल, आउँछ कि ? सरकार

गणतन्त्र संघीयता, आयो भन्छन देशमा
समृद्धि र विकासको भेल, आउँछ कि ? सरकार

-१७ मार्च, २०१८,
कालिन्चोक गाउँ पालिका,
लापिलाङ दोलखा
हाल – पराईभूमी ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.