पुस्तक समीक्षा : “संकल्प” महाकाव्य : संक्षिप्त विवेचना

~प्रकाश थापामगर~

प्रारम्भ

प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीको तेस्रो महाकाव्य “सङ्कल्प” हालै प्रकाशित भएको छ । उहाँका यसभन्दा अगाडि पुस्तकाकार रूपमा तीन वटा उपन्यास, दुई वटा महाकाव्य र एउटा खन्डकाव्य प्रकाशित भैसकेका छन् । पत्रपत्रिकामा प्रकाशित भएका साहित्यिक सामाग्रीहरू अलग्गै छन् । यसरी उहाँ लगातार साहित्यिक आन्दोलनमा हुनु हुन्छ ।

आजको समयमा वैचारिक आत्मिक सक्रियताका साथ साहित्य सृजना गर्ने कमै साहित्यकार छन्† नत्र भने Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : राम्रो लाग्छ

~कृष्ण वस्ती~Krishna Wasti_1

जात होइन चिन्तनको, कुल राम्रो लाग्छ ।
फक्रिएका सबैथरी, फूल राम्रो लाग्छ ।।

घामछाया बराबरी, जिन्दगीको माया ।
बाँडी-चुँडी सँगै भोग्दा, शूल राम्रो लाग्छ ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : महेन्द्रमालाको भूत

~सुमनराज श्रेष्ठ~

पाठ्यक्रम विकास केन्द्रले
विद्यार्थीको झोलाबाट हटाएको बर्षौंपछि
महेन्द्रमालाको पुरानो किताब
एकाएक देखापर्न आइपुगेको छ अचेल
सामाजिक सञ्जालका भित्ताहरूमा।

बजारबाट
जफत गरेर भएभरका संस्करणहरू
उहिल्यै गाडिएको हो
यसको अस्थिपञ्जरलाई श्मशानमा
तर कहिलेकाहीँ बौरिन्छ यसको आत्मा Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : पति परमेश्वर

~साधना लामिछाने~

ब्रत बसेको दिन सुत्न हुँदैन भन्थे तर मेरो भने दुई परेलीहरु जोडिए,खुलिन मानेनन निकै बेर ।

एकै छिनमा देख्न भ्याएँ सपना पनि । सपना सदा झैँ आयो ‘ऊ’,प्रिय पराई भईसकेको मान्छे । पिलाएर पानी तोडिदियो ब्रत ,सपनामै । जसले बिपनामा आँशु बाहेक केही दिएको थिएन । सपनाहरु प्राय मिठो हुन्छन् । आँखा चिम्लनुजेल । अनगिन्ति सपनाहरु करेला भन्दा तितो हुन्छन् । करेलाले एकछिन जिब्रोको स्वाद बिगार्छ तर बिगारेको हुन्छ सपनाहरुले जिन्दगीको स्वाद ।

‘भनेको थिएँ नि ब्रत नबस,मानिनस् ?’

‘हजूरकै लागि त हो नि’

‘ब्रत बसेर के हुन्छ आफ्नो ख्याल नगरेर ?’ Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पौराणिक कथा : राजा मान्धाता

~उमाशङ्कर द्विवेदी~

राजा युवनाश्व इक्ष्वाकुवंशमा उत्पन्न भएका थिए । उनले एक सहस्त्र अश्वमेध यज्ञ गरेर प्रत्येक यज्ञमा ठूलो धनराशि दक्षिणाको रूपमा ब्राह्मणहरूलाई दानमा दिएका थिए । आफ्ना मन्त्रीहरूलाई आफ्नो राज्यको भार सुम्पेर ती मनस्वी राजाले मनोनिग्रह गरेर सधैंको लागि वनमा नै रहन थाले । एकचोटि महर्षि भृगुका पुत्रले उनीद्वारा पुत्रप्राप्तिको लागि यज्ञ गराए । रात्रिको समयमा उपवासबाट तिर्खा लागेर उनको गला सुकेको कारणले उनलाई अत्यन्त तिर्खा लाग्यो । उनी आश्रमभित्र गएर पिउने पानी माग्न थाले तर जम्मैजना रात्रि जागरणले थाकेर गहिरो निद्रामा सुतेका कारण कसैले उनको आवाज सुन्न सकेन । आश्रमभि Continue reading

Posted in पौराणिक कथा | Tagged , | Leave a comment

कविता : व्यङ्गोद्गार

~श्यामदास वैष्णव~shyamdas baisrva

‘सत्य’ चिन्ने भए !
‘सत्य’ चिन्ने भए यदि-
‘झूटा’ को सङ्गत गर्न थाल !
तिनले जे-जे भन्छन्-
रगडेर नाक- ‘सही’ हाल !

स्वतन्त्रताको विशेषता जान्ने भए
कसैको ‘चाकरी’ गर्न थाल Continue reading

Posted in कविता | Tagged | Leave a comment

Translated Poem : Reason

~Suraj Subedi~
Trans : Suman Pokharel

Why would water
fall down from atop,
if no reason was there?

As mind visits the entire world in no time,
cloud visits the hearts of hills, and gets
water to emerge out of the source,
runs over the landscapes of sky
and creates azure identity. Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : मानव

~हृदयचन्द्रसिँह प्रधान~

मानव,
आशाको पछ्यौरा चारैतिर बिछ्याएर,
निर्वस्त्र दीनले शिशिर-ऋतुको विहान सूर्यलाई झैं
पर्खेर मैले तेरो हृदय-बाट फूल झर्ने बाटो पर्खिरह्को थिएँ ।
बाघ-हात्तीलाई पनि इशारामा नचाउन सकेको देखेर,
बिजुली आविष्कार गरी जल वायु सूर्यहरुलाई पनि मेख मार्न सकेको देखेर ।

यस्तै हजारौं अरु पनि आश्चर्यजनक
तेरा आविश्कार देखेर मानव,
तेरो शक्तिको मैले मुक्त कण्ठले तारीफ गरि रहेको थिएँ । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : रङ्गहरुको शहर

~गोविन्द श्रृङ्खला~

     मौसममा एउटा अनौठो मादकता , सडकका मध्य भागमा गाडिहरुको एकोहोरो तँ छाड म छाड । हल्का झरिले, अघि सम्म उकुस मुकुस भएको वातावरणमा केही राहत । दिनको उज्यालोलाई पछि पार्दै घाम डाडा पारि पुगिसकेको छ । साझको सात बजेको समय । काठमाण्डौको मध्य बानेश्वरको एउटा रेष्टुरेष्ट, वाहिर बाइक कार र जिपहरुको लामै ताँती, पार्किङ्ग क्षेत्रमा ठेलमठेल । रेष्टुरेण्टको सजावट ओहो ? मधुरो बत्तिको झिलीमिली । राता नीला हरिया वैजनी रङ्गका बत्तिहरु झिमिक झिमिक गरिरहेका छन् ।  संगीतको मधुरता छ । वेटरहरु ग्राहकको सेवाका लागि कुदिरहेका छन् । एक एक वेटरले एक एकवटा टेवुल जिम्मा लिएका छन् । सायद उनिहरुलाई पछि ग्राहकबाट पाउने “टिप्स”को लोभ छ । प्रत्येक टेवलहरु समावेशी देखिएका छन् । समावेशी यस अर्थमा कि अव नारि पुरुष समान हुन्, प्रायः सवै टेवलमा युगलकै बाहुल्यता छ । कुनै कुनै टेवुलमा एक्ला मान्छेहरु पनि फाट्ट फुट्ट देखिन्छन् ।  धेरै जसो टेवलहरुमा ह्विस्कि,वियर र वाइनका बोतलहरु सजिएका छन् । एकआध टेवुलमा ह्विस्कि Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : बाँदर त बाँदर नै हो !

~जीवराज बुढाथोकी~

आचारण असहिष्णु बनेपछि, बाँदर त बाँदर नै हो !
जनतालाई शत्रुमै गनेपछि, बाँदर त बाँदर नै हो !!

जनता यसलाई कति माया गर्छन फलफूल दिन्छन,
तर यिन्कै कठालो समातेपछि, बाँदर त बाँदर नै हो !! Continue reading

Posted in गजल | Tagged | Leave a comment

कथा : वार्ता

~रजित ओझा~Rajit Ojha

पुटिन जंगियो।मैले थम्थम्याएँ।

“वस वस उठिनै हाल्नु पर्छ त ?”

“नउठेर के गर्नु त ? म त्यसको खेतमा आगो लाइदिन्छु ।”

“हैन गाउँमा त छिमेकी छिमेकी मिलेर वस्नुपर्छ !” मलाई आशा छ उ मैले भनेको मान्नेछ।

“त्यो मिलेर वस्ने खालको मान्छे हो?” Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

छन्दबद्ध गजल : चाहिँदैन

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द : इन्द्रवज्रा

सान्निध्य खोस्ने धन चाहिँदैन
सङ्कल्प तोड्ने मन चाहिँदैन ।।

यी हात जानून् सहयोग, सेवा
बेढङ्गको गन्थन चाहिँदैन ।। Continue reading

Posted in गजल | Tagged | Leave a comment

तीर्थमान महर्जनया ६ नेवारी हाइकु

~तीर्थमान महर्जन~

१.
जुलुस वल
गोली कयेकाःहल
सहिद जुल

२.
मुक दर्शक
झी जनताया नेता
स्वःगु स्वलंतु Continue reading

Posted in नेवारी हाइकु | Tagged | Leave a comment

कविता : ………बनेर नयाँ वर्ष

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

मन गर्दैनन् स्वागत गर्न तै पनि आउँछ्यौ ।
नरुचाए पनि बारम्वार दैलोको सँघार नाध्छ्यौ ।

साछी छ इतिहास गुमेका सुनौला क्षण ।
अब हामीले पाउँदैनौं बितेका ति पल । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ वर्षको सौगात

~ऋतिक यादव~

नयाँ वर्षमा नयाँ उमङ्गका लहरका साथ प्रस्तुत भइहाल्नु ,
तिम्रा हरेक दिन नै सफलताको मतलबी सरोकार बन्नेछ ,
नयाँ प्रतिभाको खोजी गरि एक नयाँ पहिचान बनाइहाल्नु,
तिम्रा अगामी दिनमा क्रान्तिको जोडदार एपिसोड बन्नेछ ।

विश्वासको केन्द्रविन्दु भई सत्यताको नै प्रतीक भइहाल्नु , Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : आँखा रुन्छु बादलबाट…

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

आँखा रुन्छु बादलबाट…
तिमी मात्र मेरो आफ्नो छैनन् अरू कोही
तिमी बिनु दिन रात छ, बस्छु रोई–रोई

बाँसुरीको धुन मीठो बज्छ कहाँऽकहाँ
घाम÷जुन रम्दै नाच्छन् तिमी हुन्छौ जहाँ
हिँड्दा–हिँड्दै रात परे बास खोजुँ कहाँ Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

नेवारी कविता : निर्वाण

~बसन्त महर्जन~

सिमाहः हाः थें
हाइखँग्वःत फान्ताङ फुन्तुङ, फान्ताङ फुन्तुङ

प्याःथाय् ध्वग्गी थें
खँग्वःया जंगल चकनी
अनथन मदयेक जि तनी । Continue reading

Posted in नेवारी कविता | Tagged | Leave a comment

छोक : सलाइको काँटी

~अज्ञात~

मेरो थाप्लो
उसको कम्मरमा रगटेर
ज्वला निकाल्छु । Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अाफै लड्नु पर्छ

~कृष्ण पाैडेल~

मैले भन्न थालेकाे छु
अाफ्नाे मुक्तिकाे लागि, बर्गीय मुक्तिकाे लागि
याे दुनिया बदल्न हामी अाँफै लड्नु पर्छ ।

पहिले,
नीजी स्वार्थबाट माथि उठेर Continue reading

Posted in कविता | Tagged | Leave a comment

ईतिहास : भोट, मधेश र नेपाल

~बाबुराम आचार्य~

भोट, मधेस र नेपालको बारेमा वर्णन गर्नु यस निबन्धको उद्देश्य होइन, यी तीन शब्दका अर्थ र आशयहरू अभिव्यक्त गर्ने उद्देश्य मात्रै यस निबन्धमा राखिएको छ ।

सर्वप्रथम भोट शब्दको विषयमा नै विचार गरौँ । हिमालय पर्वतमालादेखि उत्तरतर्फ क्यूनलून पर्वतमालाले घेरिएको समुद्रतलबाट चौध–पन्ध्र हजार फूटको उचाइँमा रहेको पठार, प्राकृतिक बनावटको दृष्टिले एक पृथक् किसिमको भूभागको रूपमा रहेको छ । यस भूभागका जनताको भाषा र संस्कृति समेत अलग्गै किसिमको छ तापनि तेह्रौँ शताब्दीको चङ्गेजखाँको समयदेखि यो प्रदेश प्रत्यक्ष वा अप्रत्यक्ष रूपले चीन महादेशको राजनैतिक अङ्गको रूपमा रहँदै आएको छ । Continue reading

Posted in ईतिहास | Tagged | Leave a comment

उपन्यास अंश : अनि चमार राम भयो

~शिवानीसिंह थारु~

घुर्ना र अधिकलाल साँझ आँगनमा घुर तापिराखेका थिए । दुवै जना चुप थिए । अँध्यारिंदै गएको साँझ घुरको धुवाँमा लटपटिएको थियो । गम्लङ्ग ओढनी ओढेर, जीउ कुप्राएर, काखीमा हात च्याप्दै एकलदुकल गाउँलेहरू देखिन्थे । ध्वाँसे नीलो साँझमा धुस्रोफुस्रो ओढनीहरूले निन्याउरोपन थपिदिएका थिए ।

“बाउ, पञ्चयतीमा के फैसला भयो ? ” घुर्नाले स्वरको तातोले जमेको मौनता पगाल्न खोज्यो ।

“कहाँ गुवारहरू फट्किंदै फट्केनन् पञ्चयतीमा । बइमानहरू । हमरालोग नगए भनेचाहिं सजा सुनाउँछन् । तिनीहरू नआउँदा बसेको बसे गर्नुपर्छ । दुदु घण्टा फोकटिया इन्तजार गराए । अब भन्छन्, कसैलाई नागरिकता चाहे भने नागरिकता हुनेहरूको सिफारिस चाहिन्छ रे । भला बताऊ, तिनीहरूले सिफारिस हामीलाई गरिदिन्छन् । बहिंनचोहरू ।” Continue reading

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

कथा : मनौरो

~कञ्चन ओझा~

‘स्मोकिङ छोड्दा नि त्यो सिग्रेटको माया ला’को होला है, तिमीलाई ! तर, मबाट टाढा हुँदा मेरो अलिकति पनि माया लागेन नि ?’ भन्दै जोरसँग फोनमै कराउँछे ऊ ।

फोनको अर्को किनारमा थियो, समीर । जो उसको त्यत्रो ठूलो स्वरलाई सुनेर नि बडो शान्तपूर्वक केही नबोलेर धैर्य धारण गरी सुनिरहेको थियो । समीरसँग बोल्ने नि मन थिएन उसलाई, तर सहनको नि सीमा हुँदो हो सायद । अनि आज त्यो बाँध फुटेको थियो, बाढी आउने गरी । Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

मनोवाद : १९००

~टंक चौलागाई~

सबैजना आउनुभो ? ढोका लाइदेऊ त्यहाँ सहयोग गर्ने कोही भए ! (साउती) भाग्छन् के दर्शक, ढोका लगाएर थुन्नुपर्छ । कोही छैन ? आफैँ लगाइदिन्छु । (केहीबेर ढोकामै अडिएर) जसलाई आवश्यक पर्छ, काम उसैले गर्ने हो । (आदेश) ख्याल गर्नुस्, तपाईँहरूले यो ढोका खोल्न पाउनुहुन्न । ए प्राविधिक ! बत्ती बाल यार । देखिनु परेन ? मान्छे चिनिनु पर्‍यो । चिनिनकै लागि हो, यो युद्ध । …एकपटक दर्शकतिरको बत्ती बाल्देऊ कतिजना आएछन्, हेर्छु । थोरै भए बिस्तारै बोल्नु पर्‍यो । किन घाँटी सुकाउनु? Continue reading

Posted in मनोवाद / स्वगत | Tagged , | Leave a comment

समीक्षा : द्रौपदीको दुःख

~अभय श्रेष्ठ~chanki shrestha - abhaya

पूर्वीय साहित्यमा रुचि राख्नेमध्ये धेरैलाई ‘महाभारत’ सर्वाधिक प्रिय किताब हो । यसकी पात्र द्रौपदी सर्वाधिक महत्वपूर्ण पात्र । उनी नारी उत्पीडन, दलन, सहनशीलता र बौद्धिकताका प्रतिमूर्ति हुन् । प्रतिवाद क्षमता पर्याप्त हुँदाहुँदै पनि उनी पुरुषसत्ताको पाँग्राले नराम्ररी किचिएकी छन् । Continue reading

Posted in समीक्षा | Tagged | Leave a comment

कविता : आइमाईको लोग्नेमान्छेको जस्तो बल हुन्न

~यकिना अगाध~

मेरी आमा !
भालेको तेस्रो डाँकसँगै उठ्नुहुन्छ
भाइलाई पिठ्युँमा बोकेर
पँधेरा कुद्नुहुन्छ
आगो फुक्नुहुन्छ
बस्तुभाउलाई कुँडो पकाएर
बा र हामीलाई खाजापानी बनाउनुहुन्छ Continue reading

Posted in कविता | Tagged | Leave a comment

छन्द कविता : मंगल कामना

~चूडा निर्भीक~

छन्द : तोटक

सबको हित होस् धन सञ्चित होस् ।
दुखका दिन यी अब वञ्चित होस् ।।
सुखका दिनले युग चुम्न सकोस् ।
भव स्वर्ग जसै अब राज्य बनोस् ।।

न गरीब बनोस् न दुखी छु भनोस् ।
जनता सुखमा दिन–रात रहोस् ।। Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

कविता : सोचाइ , बुझाई र भोगाइ

~सुशील श्रेष्ठ~

बन्द गरेको फेसबुक खोल्न मन लाग्यो ,
थोरै भए पनि वास्तविकता शब्दमा पोख्न मन लाग्यो ।

अरूको होइन आफ्नो परिचय देऊ भन्न मन लाग्यो ,
कल्पनामा होइन जिन्दगी यथार्थमा बाच्न सिक भन्न मन लाग्यो। Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : शुभकामना !!!

~रबिन पुरि~

दिन ले रात लाई हात समाउँदै !
कहिले फकाउदै,कहिले जिस्काउदै !!
वर्ष हिउँद अनि हरेक रितुहरुमा!
कुहिरो,घाम र असिनाका डिक्काहरुमा !!

सूर्यले बादल सँग खेल्दै खेल्दै ,
चन्द्रमाले जुन तारा सँग चल्दै चल्दै !! Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वनचरीको लय

~त्रिभुवनचन्द्र वाग्ले~

आज पनि आमाको
भान्सामा बजेनन्
थाल, कचौराका घण्ट
सायद यतिखेर आमाको भान्सा
आमरण मौन व्रतमा छ
ल्याएर अलिकति सिस्नो र भ्याकुर
आमा Continue reading

Posted in कविता | Tagged | Leave a comment

Micro Story : The Unseen Power

~Ismael Subba~

Far there the horizon,sun is about to set as Deepak glances his life sitting in top of the hill unknown what’s next…An unseen power has lead him to walk all away from his home.Many things runs through his mind…There are such responsibilities which comes with him being from a middle class family. That power is still provoking his mind. It is talking about his failure,Its talking about his unknown results.It speaks again and again that no one cares for him. As the sun goes down and the warm air passes by him, waves of loneliness runs through his mind. He wants to Continue reading

Posted in Micro Story | Tagged , | Leave a comment

पुस्तक समीक्षा : ‘तन्नेरी हजुरबा’ उपन्यास : सामाजिक कुरीतिउपर गतिलो प्रहार

~भेषराज रिजाल~

वि.सं २००३ साल साउन १ गते पर्वत जिल्लाको साबिक शंकरपोखरी गा.वि.स., वडा नं. १, हाल फलेवास नगरपालिका, वडा नं. ३, नुवार, ठूलाघरमा माता नन्दकली रिजाल र पिता कलाधर रिजालको जेष्ठ सुपुत्रको रूपमा जन्मिनुभएको हो वरिष्ठ साहित्यकार सदानन्द अभागी । बि.एस्सी. (एजी) शैक्षिक उपाधि हासिल गरेका उहाँ ३४ वर्ष सरकारी सेवामा रही हाल नवलपुर जिल्लाको कावासोती नगरपालिका, शान्तिचोकमा सेवानिवृत्त जीवन बिताइरहनुभएको छ । इञ्जिनिएर बन्ने चाहना पूरा नहुने देखेर आफूलाई ‘अभागी’ लेख्न थालेका उहाँ साहित्यिक लेखनमा ‘सदानन्द अभागी’का नामबाट परिचित हुनुहुन्छ भने कृषि विज्ञानसम्बन्धी लेखहरूमा ‘सदानन्द जैसी’का नामबाट । वरिष्ठ माटोविज्ञका रूपमा जागिरे हुँदा इजिप्ट, थाइल्याण्ड, फिलिपिन्स, जापान, भारतलगायतका मुलुकका साथै नेपालका अधिकांश जिल्ला भ्रमण गरिसक्नुभएको उहाँ मुलुकको माया मान्ने असली माटोप्रेमी हुनुहुन्छ । Continue reading

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

कविता : कुरा छैन नभन

~अनन्त निरौला~

कृपया कुरा छैन भनेर नभन
कुरा त एक बहाना हो
उही उही कुरा गरे नि हुन्छ
एउटै कुरा फेरि फेरि भन्दा नि हुन्छ।
Continue reading

Posted in कविता | Tagged | Leave a comment