~नारायण पोखरेल~
जब म तेह्र बर्ष को थिएँ , त्यो बेला मेरो मिल्ने साथि कोहि पनि थिएनन् । हाम्रो परिवार गाँउको निम्न बर्गमा गनिन्थेँ।म कक्षा आठ मा अध्यनरत थिएँ ।एक दिन गाँउकै धनाढ्य ब्यक्ति को छोरो सँग मेरो घनिष्ठता बढ्न थाल्यो ।उ गाउँको धनी ब्यक्ति को एक मात्र सन्तान थियो ।म भने दुई सन्तान मध्यको कान्छो थिएँ ।मेरो दाई हुनुहुन्थ्यो ।दाई पनि पढ्दै हुनुहुन्थ्यो ।र त्यो साथिको नाम थियो “राजिब”। हामि दुई मा कैले पनि धनि र गरिबको कुरा हुने थिएन ।हामि दुई सँगै स्कुल जाने सँगै फर्कने गर्थ्यौ । केहि समयपछि उसको केटि साथि पनि हामि दुइको ग्रुपमा मिसिने कुरा गरिन् । मैले पनि सहमतिको जनाएँ ।अनि हामि त्यस दिन देखि तिन जना भयौँ । जहाँ जादा पनि तिन जना सँगै हुन्थ्यौँ ।केटिको नाम थियो “शलिना”।हरेक कुरामा निर्णय हामि तिन जना नै लिने गर्थ्यौ । हेर्दा गहुँगोरि शलिना , प्राय जसो दुई चुल्ठो कपाल बाट्थि,ओठ मा लिपिस्टिक प्रायजसो लगाउथी ।केहि खानेकुरा खाँदा पनि लिपिस्टिक पुछिन्छ कि जस्तो गरि अलि असजिलो Continue reading